Tuesday, March 1, 2016

नयाँ शक्तिको चन्दा दरः संस्थाबाट २० लाख, व्यक्तिगत ५० हजार

१८ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले एक आर्थिक वर्षमा कुनै पनि संस्था वा कम्पनीबाट २० लाखभन्दा बढी चन्दा नलिने निर्णय गरेको छ । साथै एकजना व्यक्तिबाट एक वर्षमा ५० हजार रुपैयाँमात्रै चन्दा लिइने नयाँ शक्तिको निर्णय छ ।

नयाँ शक्ति नेपालले मंगलबार बबरमहलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको ८ पृष्ठ लामो आर्थिक कार्यविधि-२०७२ मा व्यक्तबाट एक वर्षमा ५० हजार संस्था वा कम्पनीबाट २० लाख भन्दा बढी चन्दा नलिइने निर्णय सुनाएको हो ।

कार्यविधिमा विदेशी नागरिकबाट चन्दा स्वीकार नगरिने बताइएको छ । धार्मिक साम्प्रदायिक उद्देश्य बाेक्नेहरूबाट पनि नयाँ शक्तिले चन्दा नलिने भएकाे छ । विदेशमा दर्ता भएकाे संस्थाकाे चन्दा पनि अस्वीकार गरिने भएकाे छ ।

त्यसैगरी बहालवाला सरकारी कर्मचारीबाट पनि चन्दा नलिइने कार्यविधिमा उल्लेख छ । नेपाल सरकारको पूर्ण वा ५१ प्रतिशत भन्दा बढी स्वामित्व रहेको संस्थाका कर्मचारबिाट पनि चन्दा नलिइने नयाँ शक्तिले घोषणा गरेको छ ।

सार्वजनिक ठेक्कमा कालो सूचीमा परेकाहरु र फौजदारी अभियोगमा जेल परेको व्यक्तिबाट पनि नयाँ शक्ति नेपालले चन्दा नलिने घोषणा गरेको छ । भ्रष्टाचारको असिभयोग लागी छानविन भइरहेका फैसला भएका व्यक्तिबाट पनि नयाँ शक्तिले चन्दा नलिने भएको छ ।

त्यसैगरी १० हजार रुपैयाँ भन्दा माथिको चन्दा बैंकबाट मात्रै लिइने र चन्दाका लागि कसैलाई दबाव नदिइने कार्यविधिमा उल्लेख छ ।

Naya-Sakti-econimic-policy

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment