Tuesday, March 1, 2016

बिस्मितालाई खोज्दा बृद्ध भेटिए

फाल्गुन १८, भरतपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएकी नवलपरासी गैडाकोट १६ की १९ वर्षिया विस्मिता ज्ञवालीलाई खोज्ने क्रममा प्रहरीले आज एक बृद्धको शव फेला पारेको छ ।

६० वर्ष भन्दा बढी उमेरको जस्तो देखिने ती पुरुषको शव नारायणी नदीमा बग्दै गरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । परिचय खुल्न नसकेको ती पुरुषको शव परिक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ । अस्ती आइतबार नारायणी नदीमा हराएकी विस्मिता भने आजसम्म पनि फेला नपरेको प्रहरी निरिक्षक सत्यनारायण थापाले बताउनुभयो ।

नदी किनारमा साथीसंग सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा डुबेकी विस्मिताको आज पनि आफन्त, उनी अध्ययनरत अरोमा कलेजका शिक्षक, सुरक्षाकर्मी लगायतले खोजी गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment