Monday, March 7, 2016

सानेपा जाँदा फसे रामचन्द्र, खुमबहादुरको फेला परेपछि…

काठमाडौं, २४ फागुन । दोस्रो चरणको मतदानमा सभापति पदका लागि समर्थन जुटाउने क्रममा कार्यबाहक सभापति रामचन्द्र पौडेल सानेपा पुगेर फसेका छन् ।

ठूलो आशा बोकेर त्यहाँ पुगेका पौडेल नेता खुमबहादुर खड्काको फेला परेपछि फसेका हुन् । खासमा उनी भोट भाग्न गएका थिए । तर, खुमबहादुरले उल्टै भोट मागेपछि पौडेललाई फसाद पर्यो ।

‘तपाईले मलाई सभापतिमा सपोर्ट गर्नुपर्यो । जे भन्नुहुन्छ म गर्न तयार छु’ रामचन्द्रले भने । जवाफ फर्काउँदै खुमबहादुरले भने– त्यसो हो भने पहिला वरिष्ठ नेता शेरबहादुर देउवालाई समर्थन गर्नुस् । अनि म मान्न तयार छु ।’

यति कुरा भइसकेपछि खुमबहादुरले ‘तपाई जस्तो पाको नेताले यसरी विभाजन ल्याउँदै हिड्ने’ भनेर पाठ पठाउँदै साप थर्काएका थिए । त्यसपछि पौडेल कालोनिलो मुख लिएर निस्किए ।

यसैगरी खड्कालाई भेट्न पुन मतदान हुने निर्णय भए लगत्तै विहान रामचन्द्र पौडेल, शशांक कोइराला र शेखर कोइराला खड्का निवास सानेपा पुगेका थिए । उनीहरुलाई पनि खड्काले देउवालाई सर्वसम्मत गर्न आग्रह गरेका थिए ।

‘रामचन्द्रजीहरु आउनु भएको थियो, मैले तपाईलाई सहयोग गर्न सक्दिन, शेरबहादुरजीलाई सर्वसम्मत गर्नुस् भनेर पठाई दिए’ खड्काले सञ्चारकर्मीसँग भने ।

कांग्रेस सभापतिका लागि अहिले २ वजेदेखि दोस्रो चरणको मतदान हुदैछ । कांग्रेस विधानमा पहिलो चरणमा कसैले पनि पचास प्रतिशत मत नल्याए धेरै मत ल्याउन दुई उम्मेदबारबीच पुन मतदान हुने प्रावधान छ ।

नेता खड्काले दोस्रो पटक हुन लागेको कांग्रेस सभापति निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्न कांग्रेसका सबै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई आग्रह समेत गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रतिनिधिबाटै ठगिए नेता ! कांग्रेस महाधिवेशनमा एक जना पक्राउ

काठमाडौं, २४ फागुन । फर्जी मत हाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेस सभापतिको निर्वाचनमा केन्द्रीय सदस्यका उम्मेद्वार बद्री पाण्डेको नाममा भोट खसाल्न पुगेका ती व्यक्तिलाई प्रहरीले पक्रेको हो ।

उनी नक्कली महाधिवेशन प्रतिनिधि पास लगाएर राष्ट्रिय सभागृह प्रवेश गरेको स्रोतले जनाएको छ । जब निर्वाचन समितिले पाण्डेले मत खसालिसकेको कुरा थाहा पाएपछि फर्जी मत हाल्न आएका ती व्यक्तिलाई समातेको हो ।

उनको नाम खुलाइएको छैन् । त्यहाँ भएका नेता र सुरक्षाकर्मीलाई झुक्याउँदै ती व्यक्ति नक्कली भोटर बनेर भित्र छिरेका हुन् । यद्यपी निर्वाचन समितिका पदाधिकारीले समयमै चिनेर प्रहरीको जिम्मा लगाए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भिडियो – कांग्रेस महाधिवेशन स्थलमा कुटाकुट, पौडेल समूहका एकको मुखै फुट्यो

काठमाडौं, २४ फागुन । कांग्रेसको १३औं महाधिवेशनस्थल भृकुटीमण्डपमा संस्थापन र देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ ।

आ-आफ्नो पक्षमा प्रचार र नाराबाजी भईरहेको बेला सभापतिका उम्मेदवार रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षका कार्यकर्ताबीच झडप भएको घटनास्थल पुगेका हाम्रा सहकर्मी विमल योगीले जानकारी दिए ।

उनले भने- ‘८-१० जनाको समूहमा रामचन्द्रका कार्यकर्ताले नाराबाजी गरिरहेका थिए । त्यही नजिकै खुमबहादुर खड्काको समूह उभिएर भोट मागिरहेका थिए । देउवा र खड्का समूहलाई तथानाम गालि गरेपछि कार्यकर्ताबीच झडप भयो । घटनामा रामचन्द्र पौडेल समूहको प्रचार गरिरहेका एक कार्यकर्ताको मुखै फुटेको छ ।’

घटनालाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रण लिएको डिएसपी रेवती ढकालले बताए । डीएसपी ढकालका अनुसार घाइते कार्यकर्तालाई अस्पताल लगिएको छ ।

हेर्नुस् भिडियोः

भिडियोः विजपाटीबाट ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रसियाका ग्लेबलाई खुल्ला प्याराग्लाईडिङको उपाधि

पोखरा २३, फागुन । रसियाका ग्लेव सुखोत्सकीले पर्यटकीय नगरी पोखरामा सम्पन्न १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि आफ्नो पोल्टामा पारेका छन् । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगितमा उनले ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । पाँच दिनको टाक्सको आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि आफ्नो कब्जामा पार्न सफल भएका हुन ।

भारतका अजय कुमार शर्मा उपविजेता भए । उनले ५ दिनको टाक्समा ३ हजार २ सय ८५ अंक ल्याएका हुन् । शर्माको ग्लेव भन्दा २९ अंक कम हो । चाईनाका जुम्मिङ सन्ङ तेश्रो स्थामा आउन सफल भए । उनले ३ हजार २ सय ४१ अंक जोडे ।

त्यसै गरी महिलातर्फ भएको प्याराग्लाईडिङ प्रतियोगितामा कोरीयाकी युन हि कीम प्रथम भएकी छन् । ५ दिनको टाक्समा उनले २ हजार ५ सय ५१ अंक ल्याउदै उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंक ल्याउदै दोश्रो स्थानमा रहिन। काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक ल्याउदै तेश्रो स्थान हासिल गर्न सफल भईन ।

त्यसै गरी नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्य विशाल श्रेष्ठ प्रथम भएका छन । उनले ५ दिनको टाक्समा ३ हजार ६३ अंक बटुल्दै प्रथम भएका हुन । २ हजार ९ सय ४८ अंक ल्याएका कृष्ण सुनुवार दोश्रो स्थान हासिल गर्न सफल भए । २ हजार ७ सय ८७ अंक जोडेका राजेश वंजन भने तेश्रो स्थानमा रहेका छन । त्यसै गरी स्पोर्टस क्लासमा विशाल थापा प्रथम, रविन गुरुङ दोश्रो र अनिस भट्टराइ तेश्रो भए ।

त्यसै गरी नेपाली वेष्ट डेव्युमा शेर बहादुर गुरुङ र शंकर गुरुङ घोषित भए । समुहमा उत्कृष्ट क्रिमिया भयो भने दोश्रो युक्रेनको टीम र तेश्रो रसियनको टिम भएको छ ।

खुल्लामा विजेतालाइ ४० हजार, उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई २० हजार साथमा ट्रफी मेडल प्रदान गरीएको थियो । अन्य ईभेण्टमा विजेतालाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो स्थान हासिल गरेकालाई जनहि १० हजार साथमा ट्रफी मेडल प्रदान गरीएको थियो ।

प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिपीएस) को आधारमा उनीहरुलाई तोकिएको दुरीको आधारमा कुन कुन क्षेत्रमा उनीहरु पुगे सोको आधारमा अंक दिईएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगिताको अवधिमा शनिबार अभ्यास खेल, एक दिन टाक्स रद्ध गर्नु पर्यो भने एक दिन खराव मौसमका कारण ८ जना प्याराग्लाईडीङ पाईलटहरु फेवातालमा खसेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँग महत्वपूर्ण व्यापार सम्झौता गर्न एमालेको जोड

प्रकाश सिलवाल/काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता (बिप्पा)लगायत महत्वपूर्ण सम्झौताका लागि प्रमुख सत्तारुढ दल नेकपा एमालेले सरकारलाई आग्रह गरेको छ ।

आइतबार र सोमबार गरी सम्पन्न एमालेको ३४औँ स्थायी समितिको बैठकले खासरी पारवहनजस्ता क्षेत्रमा कुनै एक मुलुकको मात्र निर्यातमा मात्र निर्भर नरही चीनसँग पनि आवश्यक सम्झौता गर्नुपर्ने निष्कर्ष निकालेको हो । नयाँ संविधान बनेसँगै दक्षिणी छिमेकी मुलुक भारतबाट लगाइएको अघोषित नाकाबन्दी र त्यसबाट नेपालको आपूर्ति व्यवस्थामा परेको मारलाई समेत ध्यान दिई उत्तरी छिमेकी मुलुक चीनसँग सहकार्य हात फैलाउन सरकारले पनि तयारी गरिरहेको छ ।

यद्यपि नाकाबन्दी अन्त्य भए पनि भारतको पहिलो राजकीय भ्रमण (फागुन ७–१२गते) गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुई देशको सम्बन्ध विस्तारमा योगदान गरेको ठहर पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले आउँदो चैतको पहिलो साता गर्ने चीनको पहिलो भ्रमणको तयारी र योजनाबारे जानकारी गराई त्यसमा सदस्यहरुका राय ग्रहण गरेका थिए । भारतसँग केही वर्ष पहिला (डा बाबुराम भट्टराईको प्रधानमन्त्रित्वमा) नै नेपालले बिप्पा गरिसकेको छ ।

चीनको भ्रमणलाई सफल, परिणाममुखी र ऐतिहासिक बनाउन पारवहन सम्झौता, पेट्रोलियम पदार्थको आयात, ऊर्जा र पूर्वाधार विकास, नयाँ नाका खोल्न र खोलिएका नाकामा पूर्वाधार निर्माणमा विशेष ध्यान दिन एवम् नेपालको परनिर्भरतालाई अन्त्य गर्ने दूरगामी आर्थिक विकासका क्षेत्रको पहिचान गर्न बैठकले प्रधानमन्त्रीलाई सुझाव दिएको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भूपरिवेष्ठित नेपाल पारवहनका लागि दक्षिणी छिमेकीसँग मात्र निर्भर नरहने भन्दै बहुराष्ट्रिय पारवहनको ढाँचामा अघि बढ्ने बताएका थिए । अध्यक्ष ओलीले अहिले मुलुक र एमाले दुवै चौबाटामा रहेको र यसबाट बचाउने दायित्व र जिम्मेवारी दलले आफूलाई दिएको सन्दर्भमा मुलुकलाई जोगाउँदै सुदृढ, गतिशील र एकताबद्ध एमाले नै आप्mनो शक्ति मान्ने र राष्ट्रिय स्वाभिमानको रक्षा र समृद्धिमा लाग्ने आधार भएको उल्लेख गरेका थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बिप्पा, पारवहन, व्यापार, ‘क्रस बोर्डर’ सम्झौता, ऊर्जा विकास, थप उत्तरी नाका खोल्ने, इन्धन निर्यातका क्रममा सिधै नेपालसम्म पाइप लाइन विस्तार, नेपालसम्म तेल भण्डार केन्द्र निर्माण, नेपालसम्म जोड्ने रेलमार्ग विस्तारका विषयमा सहकार्यका र सहयोगका लागि नेपालले प्रस्ताव गर्नेछ । बैठकले ती कामका लागि सरकारलाई जिम्मेवारी दिएको छ ।

नेता श्रेष्ठले भारतले नेपालसँग परामर्श नगरी नेपालसम्म रेल मार्ग जोड्नेसम्बन्धी एकपक्षीय रुपमा आफ्नो बजेट तर्जुमा गरेको विषयलाई स्वीकार नगरिने पनि स्पष्ट गरे ।

राष्ट्रिय सहमतिको सरकारमा जोड

बैठकले मुलुकको विषम परिस्थितिमा एमालेको नेतृत्वमा सरकार बन्न नदिने चलखेलका बीच सरकार गठन भएको र अघोषित नाकाबन्दी र अन्य प्रतिकूलता चिर्दै यहाँसम्म मुलुकलाई ल्याउनुलाई सरकारको सफलता मानेको छ । नाकाबन्दी खुलेपछि जनताले भोगेका आपूर्ति समस्या समाधान, कालोबजारी नियन्त्रण र प्रभावकारी काम गर्न बैठकले जोड दिएको छ । ‘सरकारले राष्ट्रियहित र स्वाभिमानलाई उँचो राख्न, नाकाबन्दी र मधेस समस्यालाई आधारभूत रूपमा हल गर्न, भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन र जनतामा नयाँ आशा र विश्वास जगाउन सफल भएको विश्लेषण गरेको छ ।’

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘जनताका आकाङ्क्षा र चाहनालाई ध्यानमा राख्दै वस्तु र सेवाको सहज प्रवाहलाई थप प्रभावकारी बनाउन, प्रतिकूल परिस्थितिको दुरुपयोग गर्दै कतिपय तत्वबाट भइरहेको कालोबजारी र कृत्रिम अभावलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न, सिङ्गो राज्य संरचनालाई संविधानको मर्मअनुरूप जनसेवामा परिचालन गर्न, स्थानीय निकाय निर्वाचनको ठोस तयारी गर्न र विकासनिर्माणलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।’

बैठकले संविधानको कार्यान्वयन, पुनःनिर्माण र समृद्धिको लक्ष्य पूरा गर्न सरकार बाहिर रहेका दललाई अझ गहिरो समझदारीमा आउन र वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने काममा योगदान गर्न आह्वान गरेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फोटोमा हेर्नुस् : सैनिक मञ्च टुँडिखेलमा सेनाको शक्ति प्रदर्शन

काठमाडौँ : नेपाली सेनाले महाशिवरात्रीको दिन पारेर हरेक बर्ष पर्वसँगै सैनिक दिवस मनाउने गरेको छ। त्यसो त नेपाली सेनाको छापमा भगवान् शिवले बोक्ने त्रिशुल र डमरुको चिन्ह प्रयोग भएको छ। महाशिवरात्री पर्वको अवसर पारेर सेनाले सोमबार सैनिक मञ्च टुँडिखेलमा आफ्नो शक्ति र कौशल प्रदर्शन गर्‍यो। फोटोमा हेर्नुस् सैनिक दिवसमा सेनाको शक्ति प्रदर्शन-

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस सभापति चुनावमा ३१२० मत खस्यो

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ३ हजार १२० मत खसेको छ ।

यो पहिलो चरणको भन्दा कम हो । कुल ३ हजार १६१ मतदाता रहेकोमा ३ हजार १४८ मत खसेको थियो । तर, कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

निर्वाचन समितिका अनुसार सभापतिको मतगणना आजै हुनेछ । सम्भवत आजै ८ बजेबाट मत गणना हुनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं