Monday, March 14, 2016

पोखरामा भारत—पाकिस्तान वार्ता!

काठमाडौं— दुस्मन मुलुकहरु भारत र पाकिस्तानबीच पर्यटकीय नगरी पोखरामा वार्ता हुने भएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीजबीच सार्क परिषद बैठकको दौरान वार्ता हुने भएको हो।

१७ मार्चमा भारतीय र पाकिस्तानी पक्षबीच वार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। पोखरामा मार्च १६ र १७ मा हुने दक्षिण एशियाली सहयोग संगठन (सार्क) को परिषद बैठक हुँदैछ। सो बैठकमा भाग लिन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सुष्मा स्वराज नेपाल आउँदैछिन्। बैठकमा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीज पनि आउँदैछन्।

दुई देशबीच तिक्तता बढेको अवस्थामा यो वार्ताको तयारी भएको हो। पाकिस्तानी पक्ष वार्ताको पक्षमा रहँदै आएको छ। भारतीय पक्षले पोखरा वार्ताको आधिकारिक पुष्टि गरेको छैन।

बहुपक्षीय मञ्च सार्क सधैँ भारत र पाकिस्तानबीचको तनाबका कारण प्रभावित बन्दै आएको छ। सार्कका अन्य राष्ट्रका हितमा कुनै निर्णय हुन लागेमा भारतीय पक्षले सधैँ पाकिस्तान मुद्दा उठाएर त्यसलाई छायाँमा पार्ने गरेको छ।

नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेश ८ सदस्य राष्ट्र रहेको सार्कको इन्टर समिट सेसन पोखरामा आजदेखि सुरु भएको छ। समिटको अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ। स्तरीय इन्टर समिट सेसन सार्क मिनी सम्मेलनको रूपमा चिनिन्छ।

आगामी सार्क समिट पाकिस्तान गर्ने विषयमाथि यी बैठकहरुमा छलफल हुने बताइएको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँग आधा दर्जन एमओयुमा हस्ताक्षर हुन्छः परराष्ट्रमन्त्री

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब आधा दर्जन एमओयूमा हस्ताक्षर एवं पत्रहरुको आदान-प्रदान हुने बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनवीच पारवहन, व्यापार र लगानीलगायतका विषयमा छलफल हुने र निश्कर्षमा पुग्ने प्रयास गरिने मन्त्री थापाले जानकारी दिए ।

‘चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा हुन लागेको भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ,’ परराष्ट्रमन्त्री थापाले भने, ‘चैत ७ गते बेइजिङ पुगेपछि ८ गतेदेखि दुईदेशका प्रधानमन्त्रीस्तरीय औपचारिक वार्ताहरु हुनेछन् । यसक्रममा आधा दर्जनजति एमओयु र पत्रहरुको आदान-प्रदान हुने सम्भावना रहेको छ ।’

विश्वविद्यालयमा ओलीको भाषण

भ्रमणका क्रममा नेपालको पूर्वाधार विकासमा चिनियाँ सहायेगका विषयमा समेत कुराकानी हुने र निर्णय हुने अपेक्षा गरिएको मन्त्री थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले चीनका शीर्षनेताहरुसँग छलफल गर्ने र दुई देशवीचको सम्बन्ध सुदृढ पार्ने मन्त्री थापाले बताए । साथै प्रधानमन्त्री ओलीले चीनमा रहँदा त्यहाँको विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए ।

बोआओ समिटमा सम्बोधन गर्ने

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मार्च २३ तारेखदेखि हुने बोआओ सम्मेलनमा सहभागिता जनाउने मन्त्री थापाले बताए । उनले भने ‘२३ तारेखबाट हुने बोआओ समिटमा उहाँले सम्बोधन गर्नुहुनेछ । साथै विश्वका नेता एवं सरकार प्रमुखहरुसँग द्वीपक्षीय र बहुपक्षीय कुराकानीसमेत गर्नुहुनेछ ।’

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ हुने मन्त्री थापाको दाबी छ । भ्रमणबारे जानकारी दिँदै थापाले भने-‘यो भ्रमण नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिनका लागि कोशेढुंगा हुने हामीलाई विश्वास छ ।

सार्क मन्त्रीस्तरीय बैठकको तयारी पूरा

यसैवीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले पोखरामा आयोजना गरिएको सार्क मन्त्रिस्तरीय बैठकको तयारी पूरा भएको बताए ।

उनले भने- ‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो, सार्कको मन्त्रिस्तरीय बैठक नेपालले आयोजना गर्नुपर्थ्यो त्यसैले हामीलवे यो बैठक मनोरम एवं सुन्दर नगरी पोखरामा आयोजना गरेका हौं ।’

सार्क बैठकको तयारी पूरा भएको र यो बैठक सफल हुनेमा आफू आशावादी रहेको थापाले बताए । बैठकमा सार्कका सदस्य रहेका ८ वटै देशको सहभागिता हुने उनले जानकारी दिए । मन्त्री थापाले भने- ‘बैठकमा विगतका शिखर सम्मेलनका निर्णयहरुको समीक्षाका साथै आगामी रणनीतिक योजना र कार्यक्रमहरुबारे विस्तृत छलफल हुनेछ ।’

सार्क मन्त्रिस्तरीय बैठकले यस क्षेत्रको आर्थिक, सामाजिक एवं सांस्कृतिक  सम्बन्ध सुदृढ बनाउनेबारे निर्णय गर्ने थापाले स्पष्ट पारे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Shekhar Koirala hospitalised

KATHMANDU: Nepali Congress leader Shekhar Koirala has been admitted to the Thapathali-based Norvic International Hospital after falling sick all of sudden on Monday.

Koirala’s aide Dinesh Chandra Thapaliya said that Koirala was admitted to the hospital after he suffered from diarrhoea and weakness on Sunday.

NC leaders– Ram Chandra Poudel, General Secretary Shashank Koirala, Sujata Koirala, Bal Bahadur KC visited Koirala in the hospital and inquired about his health.

A team led by Dr Madhu Ghimire has been appointed for Koirala’s treatment.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Have not crossed jurisdiction, clarifies Speaker

KATHMANDU: Speaker Onsari Gharti Magar said she did not cross her jurisdiction by responding to the recommendation of the Judicial Council to forward appointment process of 11 new justices at the Supreme Court.

Amid controversies over her response to the Council that the Parliament currently could not hold parliamentary hearing on the names, Gharti Magar called on Chief Justice Kalyan Shrestha, who also chairs the Council, and informed him that she did not have any ill intention in responding to the recommendation.

“I have understood my rights and responsibilities,” the Speaker told journalists at her office after the meeting, “I have not made this decision recklessly.”

“I have just informed (the Council) what the reality is now.”

Of late, the chief of the legislative body has been dragged into controversies for allegedly refusing to obey the Council’s recommendation.

Speaker Ghartio said that she had informed the Chief Justice that the recommendation could not be forwarded immediately in absence of the Parliamentary Regulations and the Parliamentary Hearing Committee.

“I am ready to seek solution by calling the Legislature-Parliament meeting at the earliest,” she told journalists, “Initiatives have been taken from my side. I have asked parties to find agreement on the Regulations.”

A few days ago, the JC had nominated new 11 justices Dipak Karki, Kedar Chalise, Sarada Prasad Ghimire, Meera Khadka, Hari Krishna Karki, Bishwambhar Shrestha, Ishwar Khatiwada, Anand Mohan Bhattarai, Anil Kumar Sinha, Prakash Man Singh Raut and Sapana Pradhan Malla.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महानगर यातायातको ‘हाइटेक’ बसमा ढुंगा प्रहार, सिसा फुट्यो, यात्रु सकुशल

१ चैत, काठमाडौं । महानगर यातायातले अाइतबारदेखि काठमाडौं उपत्यकामा सञ्चालन गरेको सुबिधा सम्पन्न बसमा ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट बा ४ ख १०६ नम्बरको बसको सिसा फुटेको छ ।

सोमबार मध्यान्ह बल्खुमा बसमाथि ढुंगा प्रहार भएको थियो ।

यात्रुहरु भने सकुशल छन् । ढुंगा प्रहार गर्ने व्यक्तिको पहिचान नभएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडाैं एयरपाेर्टमा हावाहुरीका कारण दुईवटा बिमान डाइभर्ट, ५ वटा होल्डमा

१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा चलेको हावाहुरीका कारण दुईवटा बिमान डाइभर्ट गरिएका छन् ।

५ वटा बिमानलाई आकाशमै होल्ड गरिएको छ । अवतरणको समयमा हावाहरी चलेर मौसम प्रतिकुल भएपछि बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर युनिटले बिमानलाई डाइभर्ट गरेको हो ।

फ्लाई दुबईको एफजेट ५५७७ र कोरियन एयरलाइन्सको केए ६९५ बिमान डाइभर्ट गरिएका हुन् । कोरियन एयर २ बजेर २५ मिनेटमा अवतरण हुनुपर्ने थियो भने फ्लाइ दुबइ २ः४० मा आइपुग्नुपर्ने हो ।

बिमानस्थल स्रोतकाअनुसार फ्लाई दुबइलाई भारतको लखनउ र कोरियन एयरलाइन्सलाई बैंककमा डाइभर्ट गरिएको छ । मौसम सामान्य नभएसम्म बिमानहरु अवतरण गर्न नसक्ने त्रिभुवन बिमानस्थलले जानकारी दिएको छ ।

यस्तै जेट एयरर्वेजको २६०, एयर अरेबीयाको ५३१, एयर इन्डियाको २४७ र २१५ तथा कतार एयरलाइन्सको ६४६ बिमानलाई होल्ड गरिएको एयर ट्रापिक कन्ट्रोलर युनिटले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रश्रितको प्रत्यारोपः शारदा भुसाल पागल थिइन्, ‘अश्लील साहित्य’ जफत गरियोस्

चिरञ्जीवी पौडेल

१ चैत, काठमाडौं । पूर्वएमाले नेता मोदनाथ प्रश्रितले आफूमाथि बलात्कारजस्तो संगीन आरोप लगाउने अर्घाखाँचीकी महिला शारदा भुसाललाई ‘पागल’को संज्ञा दिएका छन् । भुसालले लेखेको आत्मकथा नियन्त्रणमा लिन प्रश्रितले प्रशासनसँग आग्रहसमेत गरेका छन् ।

हालै बजारमा आएको ‘धरातल’ शीर्षकको आत्मकथामा भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालले १३ वर्षको उमेरमा आफूसँग प्रश्रितले पटक-पटक जबरजस्ती सम्वन्ध राखेको र यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

चर्चित साहित्यकार एवं पूर्वशिक्षा मन्त्रीसमेत रहेका प्रश्रितले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर भुसालको पुस्तकमा लगाइएको आरोपबारे आपत्ति जनाएका छन् ।

पत्नी र छोरासहित बागबजारको हार्दिक होटलमा पत्रकार सम्मेलनमा आएका प्रश्रितले शारदाको आत्मकथालाई ‘अश्लील साहित्य’ को संज्ञा दिए ।

आफ्नो लिखित मन्तव्य वाचन गर्दै प्रश्रितले भने, ‘केही दिनयता अत्यन्त काल्पनिक, मनगढन्त, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लील साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ । यदि मैले पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै, कुनै आवाज उठाइएन ?’

प्रश्रितले शारदा भुसालसँग आफ्नो पुरानो चिनजान रहेको बताएका छन् । उनको दावी अनुसार शारदा सानैमा मानसिक रोगी थिइन् ।

‘निज हाम्रो पार्टीका तत्कालीन जिल्ला नेताकी छोरी हुन् । सानैमा पागलपनको सिकार भएपछि उनका बुबाको आग्रहमा ०४८ सालमा मैले काठमाडौंमा ल्याएको थिएँ,’ प्रश्रित भन्छन्- ‘मेरो स्वयंभूमा रहेको डेराकै नजिक मित्रसागर नेपालको घरमा डेरा खोजेर राखिदिएको थिएँ । तत्कालै एकजना मानसिक चिकित्सककहाँ लगेर औषधि पनि गरायांै । तर, उनी १०-१२ दिनमै डेरा छाडेर भागिछन् । हामीले त्यसपछि उनका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं ।’

एमालेका पूर्व पालिटब्यूरो सदस्यसमेत रहेका प्रश्रितका अनुसार भुसालको पागलपन कहिले कम र कहिले बेसी हुन्थ्यो । अनलाइनअबरसँग कुरा गर्दै उनले भने-‘पागलपन दुई किसिमका हुँदा रहेछन्, एउटा पूर्णपागल जो, हरबखत एउटै गतिमा पागल हुन्छ, दोस्रो चाहिँ अँधेरी रातमा बढी च्याप्ने र उजेली रातमा अलि ठीक हुने ।’

पालगपनको परिभाषा दिँदै प्रश्रितले अनलाइनखबरसँग भने- ‘चन्द्रमाको प्रभावले गर्दा यस्तो हुँदोरहेछ, उनी (शारदा) दोस्रो दर्जाकी पागल हुन् ।’

चर्चित प्रगतिशील साहित्यकार प्रश्रितले शारदा भुसालको चरित्रमाथि पनि प्रश्न उठाएका छन् । उनले भने, ‘सानैदेखि आवारागिरी गर्थिन् । चरित्र राम्रो थिएन र उमेरमा बिहे पनि भएन । पछि श्रीमती गुमाएका एकजना झा थरका व्यक्तिले बिहे गरे भन्ने सुनेको थिएँ ।

शारदासँग ०४८ सालमा भेट भएपछि आफ्नो एकैपटक ०५४ सालमा भेट भएको प्रश्रितले बताए । उनले भने- ‘त्यतिबेला शारदा भुसालले कुनै सभाको आयोजना गरेकी थिइन् र त्यसमा मलाई निज आफैंले प्रमुख अतिथिका रुपमा भाषण गर्न लगाएकी थिइन् । मलाई निजबाट ‘मेरा अभिभावक तथा सम्मानित काका’ भनेर सम्बोधन गरिएको थियो ।’

प्रश्रित प्रश्न गर्छन्, ‘यदि निजको नजरमा म अपराधी नै थिएँ भने किन मलाई आमसभामा प्रमुख अतिथि बनाइयो ?’

प्रश्रितले आफूमाथि कुनै ठूलो षडयन्त्रको तानाबाना बुनिएको र नक्कली विवरणसहितको पुस्तक तयार गरिएको दाबी गरे ।

पुस्तक नियन्त्रणमा लिन आग्रह

प्रश्रितले समाजविरोधी एवं तथ्यहीन सामाग्री प्रकाशित गरेको भन्दै शारदाको आत्मकथा नियन्त्रणमा लिन प्रशासनसँग आग्रहसमेत गरेका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामाग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस् भन्ने मेरो अनुरोध छ ।’

प्रश्रितद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यसखाले कुकर्म गर्नका लागि कुनै पनि प्रकाशक वा लेखक उद्यत नहोस् भन्नका लागि सबै साहित्यकार तथा पत्रकार मित्रहरुलाई आवश्यक वातावरण मिलाउन पनि अनुरोध गर्न चाहन्छु ।’

शारदा भुसालको पुस्तक मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमा शारदाले प्रश्रितमाथि मात्रै आरोप लगाइकी छैनन्, पशुमन्त्री शान्ता मानवी र आफ्नै पिता गुणनीधि भुसालले समेत मोदनाथ प्रश्रितलाई नै सहयोग गरेर आफूमाथि अन्याय गरेको आरोप लगाएकी छिन् । शारदाका पिता गुणनिधि भुसाल अर्घाखाँचीका पूर्वएमाले नेता हुन् ।

बाबु भन्छन्ः प्रश्रितले त्यस्तो कार्य गरेको विश्वास छैन

शारदा भुसालले पुस्तकमा आफ्नै बाबुसमेतको सहयोगमा प्रश्रितले आफूमाथि घृणित कार्य गरेको आरोप लगाएकी छिन् । एमाले छाडेर सामान्य जीवनयापन गर्दै आएका शारदाका बुवा गुणनीधि भुसाल अहिले अर्घाखाँचीमै छन् ।

शारदाका ७७ वर्षीय बुवा गुणनीधिसँग अनलाइनखबरले फोनमा सम्पर्क गर्दा उनले छोरीको प्रकाशित पुस्तकका बारेमा हल्ला सुनेको बताए ।

उनले भने, ‘चार वर्ष भयो छोरीसँग हाम्रो घरपरिवारको सम्पर्क छैन । अहिले जे पायो त्यही लेखेर किताब निकालेको कुरा सुनेको छु, तर पढेको छैन । पढ्नु पनि छैन ।’

के तपाईंकी छोरा सानो छँदा मानसिक रोगी थिइन् ? भन्ने प्रश्नमा गुणनीधिले यो विषयमा आफूलाई एकिन नभएको बताए । उनले भने, ‘बौलाही भनेर लुगा खोलेर हिँड्ने र जे पायो त्यही बोल्ने खालको होइन । तर, सानैदेखि हाम्रो कन्ट्रोलमा थिइन, आफूखुशी हिँड्ने र मनलाग्दी कामहरु गर्ने गर्थी । उसमा पागलपनको लक्षण थियो, तर एकिनका साथ भन्न सक्दिँन ।’

प्रश्रितले पिताको आग्रहमा उपचारका लागि काठमाडौं ल्याएको बताए पनि गुणनिधिले त्यो अस्वीकार गरे । उनले भने- ‘मैले काठमाडौं पठाएको होइन, शान्ता मानवीको पछि लागेर आफैं गएकी हो ।’

मोदनाथले आफूमाथि पटक-पटक बलात्कार गरेको र यसमा पिताको समेत साथ रहेको भन्ने शारदाको आरोपका विषयमा गुणनिधिले भने, ‘मोदनाथजीसँग पहिले पार्टीमा सँगै काम गरेको हुँ, उहाँबाट त्यस्तो हर्कत भयो होला भन्ने विश्वास छैन । ऊ जसको सरसंगतमा छे, उसैको उक्साहटमा यस्ता कुराहरु लेखेकी हुन सक्छे ।’

गुणनिधिका अनुसार ९ कक्षामा पढ्दै गर्दा शारदा जनकपुरका झा थरका व्यक्तिसित हिँडेकी थिइन् । तर, बिहेपछि छोरीसँग सम्पर्क नरहेको उनले बताए ।

‘बिहेपछि परिवारका सदस्य कसैसँग पनि सम्पर्कमा आइन, हाम्रो रीतिरिवाज तोडेर बिहे गरेकाले हामीले पनि वास्ता गरेनौं,’ गुणनिधिले अनलाइनखबरसँग भने- ‘पछि पत्रपत्रिकामा उसका विषयमा राम्रा कुराहरु आउन थाले । कहिले भ्रष्टाचारको विषयमा अनसन बसेको भनेर आयो, कहिले अमेरिकामा पुरस्कार पाउन लागेको भनेर आयो ।’

आफ्नी छोरीसँग ४/५ वर्ष पहिले एकपटक भेट भएको बताउँदै उनले भने, ‘त्यसपछि उसको मुख पनि देखेको छैन ।’

किताबमा के छ ?

मञ्जरी प्रकाशनले बजारमा ल्याएको धरातल नामक आत्मकथामा शारदाले प्रश्रितसँगको संगतबारे लामो परिचर्चा गरेकी छिन् । पुस्तकमा उनले मोदनाथलाई तँ भनेर सम्वोधन मात्रै गरेकी छैनन्, नाम बिगारेर ‘मोदे’ भनेकी छिन् ।

पुस्तकमा लेखिए अनुसार ०४६ सालमा प्रजातन्त्र आएपछि ०४७ साल वैशाख १ गते अर्घाखाँचीको सन्धिखर्कमा विजयसभा राखिएको थियो । उक्त सभामा प्रश्रति र गुणनीधिसहित एमालेका विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत थुप्रै नेता आएका थिए । सो कार्यक्रम सकिएपछि शान्ता मानवीले गुणनीधिसँग शारदालाई काठमाडौंमा लगेर पढाउने प्रस्ताव गरेको र गुणनीधिले स्वीकार गरेको पुस्तकमा उल्लेख छ ।

काठमाडौं लैजाने क्रममा बाटोमा विभिन्न ठाउँमा बास बस्दा हाल पशुमन्त्री रहेकी शान्ता मानवीले आफूलाई राति मोदनाथसँग सुत्न लगाएको उनले लेखेकी छिन् ।

काठमाडौंमा आफूलाई दिनभरि कोठाभित्र थुनेर राख्ने गरिएको र राति प्रश्रितले आफूमाथि जबरजस्ती यौनसम्वन्ध राख्ने गरेको उनले आरोप लगाएकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं