Wednesday, March 23, 2016

कांग्रेसका पूर्व सभापति त्रिपाठीको शव खोलामा भेटियो

चितवन, १० चैत । नेपाली काँग्रेस दारेचोक गाविसका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ ।

दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता हुनुभएको थियो ।

बेपत्ता त्रिपाठीको शव आज बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पार्टीको गाउँ कमिटीमा चार कार्यकाल सभापति भइसक्नु भएका त्रिपाठी, नेपाल रेड्क्रस सोसाइटी चितवन शाखा सदस्य, सामुदायिक सेवा केन्द्र दारेचोकका अध्यक्ष, स्थानीय शान्ति समिति दारेचोकका संयोजकलगायत विभिन्न सङ्घ संस्थामा आवद्ध हुनुहुन्थ्यो ।

काँग्रेस पार्टी चितवनले त्रिपाठीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा निर्वतमान सभापति त्रिपाठीको निधनले काँग्रेस चितवनले एक कर्मठ र जुझारु नेतृत्व गुमाएको उल्लेख गरिएको छ ।

यसैबीच आज बिहान भरतपुर उपमहानगरपालिका-१ मा एक वृद्धाको बेवारिसे शव फेला परेको छ । अन्दाजी ७०/८० वर्षको देखिने शव नारायणी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामचन्द्रलाई भेट्न शेरबहादुर पुगे बोहोराटारमा, के भयो कुरा ?

काठमाडौँ, १० चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता पौडेल निवास बोहराटारमा आज भएको भेटवार्तामा दुई नेताबीच १३ औँ महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयका बारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवम् कार्यकर्ताको कामका आधारमा उचित मूल्याङ्कन गर्न आग्रह गर्नुभएको थियो ।

सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने बताउनुभएको थियो ।

सो भेटवार्तामा १३ औँ महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महामन्त्रीमा ससुरासँग ‘दुश्मनी’ गरेका गगन एकाएक ससुराली जाँदा…

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा राजनीतिकसँगै पारिवारिक लडाइँ समेत लडेका गगन थापा र अर्जुननरसिह केसी निकै चर्चा र विवादमा तानिए ।

सबैभन्दा बढी आलोचना गगनको भयो किनकी उनी आफ्नै ससुराका प्रतिस्पर्धी थिए । चुनावमा प्रतिस्पर्धीलाई ‘दुश्मन’ बराबर मानिन्छ ।

दुर्भाग्य एकआपसमा भिडेका ससुरा र ज्वाई दुबै पराजित भए । महामन्त्री हारेपछि दुबैबीच सम्बन्ध चिसिएको खबर आएको थियो ।

तर, उक्त सम्बन्ध सुधार्न गगन मंगलबार गोंगबुस्थित ससुराली पुगेका छन् । उनी श्रीमती अञ्जना केसी र दुई छोरीसँगै ससुराली गएका हुन् । महामन्त्रीमा प्रतिस्पर्धी भएपनि ससुरा अर्जुनले गगनलाई ससम्मान स्वागत गरे ।

ससुराली जाने अवसर जुराइदिएको थियो फागु पूर्णिमा अर्थात होली पर्वले । ससुराली पुगेर उनले ससुरासँग होली खेले । समाचार स्रोतका अनुसार उनीहरुबीच पारिवारिक सम्वाद मात्रै भएको थियो । राजनीतिक कुरा भने भएन् ।

महामन्त्रीमा पराजित भएका थापा र केसी दुबै जनालाई सभापति शेबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

gaganarjun-narasingh

समाचार सौजन: दैनिक नेपाल

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दाजुभाई मिलेर ब्रसेल्समा आतंककारी आक्रमण गरेको खुलासा (भिडियोसहित)

एजेन्सी, १० चैत । बेल्जियमको ब्रसेल्सस्थित विमानस्थल र मेट्रो स्टेसनमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा संलग्न दुई जनाको पहिचान खुलेको छ । बम विस्फोटमा संलग्न संदिग्धहरुको तस्वीर सार्वजनिक भएलगत्तै उनीहरुको पहिचान खुलेको हो ।

दुई जना संदिग्धमा खालिद र ब्राहिम बार्कावी दाजुभाई भएको सुरक्षास्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तीन जना संदिग्धहरु जाभेन्तम् विमानस्थलमा विस्फोट हुनुअघि सँगै हिँडेको भिडियोमा देखिएको थियो । तस्वीरमा देखिएकामध्ये टोली लगाएका व्यक्तिको पहिचान भएको छैन । आत्मघाती विस्फोट गराएका दुवै दाजुभाइको घटनास्थलमै मृत्यु भएको र तेस्रो संदिग्ध व्यक्ति भने फरार भएको आशंका त्यहाँको प्रहरीले गरेको छ ।

खालिद एल बार्कावीले झुठो नाम प्रयोग गरेर बेल्जियमको राजधानी नजिकको जंगल एरियामा अपार्टमेन्ट भाडामा लिएका थिए । सोही क्षेत्रमा प्रहरीले गत साता गरेको छापामारीमा एक बन्दुकधारीको मृत्यु भएको थियो । त्यहीँ भेटिएको औठा छापहरुका आधारमा प्रहरीले पेरिस आक्रमणका मुख्य योजनाकार मानिएका साहल अब्दुसलेमलाई पक्राउ गरेको थियो ।

(हर्नुस् ब्रसेल्स आक्रमणका संदिग्धहरुको भिडियो)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसवादी दलका नेताले आफ्नै नाक काटे

काठमाडौं, १० चैत । होली नमनाउन अपील गरेको मधेसी मोर्चाकै नेताहरुले सुरुमै आफैले होली मनाएका छन् ।

सोमबार विजुलीबजारमा बसेको मोर्चाको बैठकले मधेसमा सरकारले रगतको होली खेलेको भन्दै यस वर्षको होली नखेल्ने निर्णय गरेको थियो भने होली नमनाउन सबैमा अपील गरेको थियो ।

तर, उक्त निर्णय भएको २४ घण्टा नबित्दै मधेसवादी दलका नेताहरुले आफैले होली खेले । नेताहरु मात्रै होइन् तिनका कार्यकर्ता र शुभचिन्तकले पनि रमाउँदै होली खेले । यसरी आफ्नै निर्णय लत्याउँदै मोर्चाका नेताहरु महेन्द्र राय यादवदेखि शरदसिंह भण्डारीसम्मले काठमाडौंमा भएका होलीका सार्वजनिक कार्यक्रम तथा मधेस पुगेर होलीमा रंगिएका हुन् ।

sarad-yadav

शरदसिंह भण्डारीले आफ्नै पार्टीका सभासद् दिनेश साहले जनकपुरमा गरेको होली मिलन कार्यक्रममा सहभागी भएर रमाइलो गरे । त्यसैगरी मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरम नेपालका नेताहरुले वीरगन्जमा मंगलबारै भब्य कार्यक्रमकाबीच होली मनाए ।

यसअघि सोमबार मोर्चाले जारी गरेको विज्ञप्तिमा ‘हाम्रो संघर्षको क्रममा पाँच दर्जन भन्दा बढी आन्दोलनकारीको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाइँदैन’ भनिएको थियो ।

रङको होली होइन् सक्छौ भने रगतको होली बन्द गरः झा

sanjib-jhaमधेसका जनतालाई होली नमनाउन अपील गरेर आफूचाँही होलीमा रमाएपछि त्यहाँका जनताले कडा विरोध गरेका छन् । उनीहरुले आफूहरुको संस्कृति र उत्सव मनाउन पाउने अधिकारमा मोर्चाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

एमाले निकट युवा संघका केन्द्रिय सचिबालय सदस्य एवं मधेस ब्यूरो प्रमुख सन्जीव झाले मोर्चाले निर्णयले संस्कृतिमाथि प्रहार भएको र जनताको उत्सव मनाउने अधिकारमा हस्तक्षेप भएको बताए ।

उनले भने- ‘सांस्कृतिक पर्व रोकेर कसैले पनि अधिकार पाउँदैन्, अर्काे कुरा आफ्नो अधिकार माग्दा अर्काको अधिकारलाई ख्याल गर्नुपर्छ । ‘होली सांस्कृतिक पर्व हो । यसमा राजनीति कोही कसैले गर्नुहुँदैन । सांस्कृतिक पर्वमा राजनीति गर्ने अधिकार कसैलाई पनि छैन ।’
उनले मोर्चालाई चुनौति दिँदै भने ‘रङको होली होइन् सक्छौ भने रगतको होली बन्द गर । रगतको होली र जनताको संस्कृतिमा हस्तक्षेप बन्द गर ।’

मंगलबार उपत्यकामा मनाइएको होली बुधबार तराईमा मनाइँदै छ । मोर्चाले होली नमनाउन अपील गरेपनि तराईमा धुमधामका साथ मधेसी जनताले होली मनाइरहेका छन् ।

Madhesi Morcha Play Holi_Birgunjsarad-yadav-2sarad-yadav-1Madhesi Morcha Statement About Holi2

समाचार सौजन: दैनिक नेपाल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अन्ततः चीनसँग भएरै छाड्यो इन्धन आयात सहमति, सम्झौतामा हस्ताक्षर छिट्टै

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमणको अन्तिम दिन नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा नेपाल र चीन इन्धन आयात सम्झौताका लागि तयार भएको उल्लेख छ । ‘इन्धन आयात सम्झौतामा सैद्धान्तिक सहमति भएको छ । छिट्टै सम्झौता गरेर नेपालमा चीनले तेल निर्यात गर्नेछ,’ दुई देशद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको आठौं बुँदामा रहेको इन्धन आयात विषयको सम्झौताका लागि सम्बद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन र मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न भनिएको छ ।

यो सैद्धान्तिक सहमति सँगै नेपाल र चीनबीच अब इन्धन व्यापार पनि हुने निश्चित भएको हो ।

यसअघि नेपालले आइतबार चीनसँग पारबहन लगायत १० वटा महत्वपूर्ण सम्झौता गरिसकेको छ ।

समाचार सौजन: दैनिक नेपाल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ठगी गर्ने ४७ म्यानपावरविरुद्ध मुद्दा दर्ता गर्न ढिलाइ

१० चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले ९ महिना अघिदेखि थालेको ४७ म्यानपावर कम्पनीको अनुसन्धान सकाउन ढिलाइ गरेको छ । नक्कली कागजपत्र बनाएर ठगी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिविरुद्ध कारवाही अघि बढाउन गत असारमै सिफारिस गरेको थियो ।

ती म्यानपावरमाथि नक्कली कागजात बनाएर कामदारसँग श्रम सम्झौता गरेर ठगी गरेको आरोप छ । अख्तियारले ललितपुरको एक प्रेसबाट नक्कली कागजपत्र बनाउँदै गरेको भेटाएपछि फाइलहरु नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

कारबाही फकुवा गर्न दवाब

विदेशी कम्पनीले दिने तलब, सेवा, सुविधालगायतका सम्बन्धमा कामदारसँग हुने सम्झौता म्यानपावर कम्पनीले नक्कली बनाएको अख्तियारको ठहर थियो । ति म्यान पावरको काम १० महिनादेखि रोक्का गरेपनि अन्तिम निर्णय नहुँदा व्यवसायी दोधारमा छन् ।

विभागले उनीहरुलाई वैदेशिक रोजगारको काममा प्रतिबन्ध लगाएको छ । तर, अझै मुद्दा दायर गर्ने कि कारबाही फकुवा गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

विभागका महानिर्देशक केदार बोगटीले ४७ म्यानपावरबारे अनुसन्धान भइरहेको बताए । व्यवसायीहरुले म्यानपावरको काम छिटो फुकुवा गरिदिन आग्रह गर्दै आएका छन् ।

९ महिनादेखि जारी अनुसन्धान नसकिएको भन्दै विभाग पन्छिरहँदा व्यवसायी भने काम फकुवाका लागि सरकारी अधिकारीले आर्थिक चलखेल गर्न चाहेको आरोप लगाउँछन् ।

तर, महानिर्देशक बोगटी भने धेरै म्यानपावरविरुद्ध एकैपटक अनुसन्धान गर्न जनशक्ति कम भएकाले ढिलाइ भएको बताउँछन् ।

‘विभागमा धेरै मुद्दाहरु आउँछन् । त्यसैले अनुसन्धानको चापले ति म्यानपावरको विषय नटुंगिएको हो,’ महानिर्देशक बोगटीले भने, ‘अब न्यायाधीकरण्मा चाँडै दोषि कम्पनीविरुद्ध मुद्दा चलाउनेछौं ।’

गत असार १८ गतेदेखि काम बन्द भएका ४७ म्यानपावर कम्पनीको मुद्दा अब केही हप्तामै वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता गरिने बोगटीले बताए । त्यसका लागि बयान सकेर अनुसन्धानको काम चलिरहेको उनको दावी छ ।

विभागले यी म्यानपवरको इजाजत रद्ध गर्न सक्ने देखिएको छ । तर, व्यवसायी भने वैदेशिक रोजगार ऐन र नियमावलीअनुरुप इजाजतपत्र कुनैपनि अवस्थामा रद्ध नहुने दावी गर्छन् ।

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं