Saturday, March 26, 2016

भारतीय राजदूतले मधेसीवादी दलहरुलाई उचालेः उपप्रधानमन्त्री मैनाली

१४ चैत, विराटनगर । उपप्रधानमन्त्री सीपी मैनालीले भारतीय राजदुत रणतीय रायले मधेसीवादी दललाई उचालेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला मधेसवादी दलहरुलाई उचाल्ने उद्देश्यले भेटघाट गर्नु कूटनीति मर्यादा विपरित रहेको उनले बताए ।

शनिबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसंगको कराकानी मैनालीले प्रधानमन्त्री ओली चीन भम्रण सकेर स्वदेश फर्केपछि यसबारे छलफल हुने बताए । आन्दोलनमा रहेका मधेसी दलका नेतालाई आन्दोलनमा कसरी जान्छौं, त्यसको तयारी कस्तो छ भनेर मनसाय वुझ्न् सामान्य नभएको उनले बताए ।

उप-प्रधानमन्त्री मैनालीले प्रधानमन्त्रीको जारी चीन भ्रमण नेपाल र नेपालीका लागि कोशेढुंढा सावित भएको पनि दाबी गरे । चीनसँग भएको सम्झौताले नेपालले दिर्घकालीन फाइदा लिन सक्ने भन्दै उनले भने, ‘अब भारतसँग मात्र व्यापार निर्भरता कायम रहनु पर्दछ भन्ने भएन ।’

माले महासचिव समेत रहेका उपप्रधानमन्त्री मैनालीले सरकार परिवर्तनको सम्भावना नरहेको दाबी गरे र कांग्रेसलाई समेत यहि सरकारमा ल्याएर संविधान कार्यन्वयनको दिशामा देश बढ्ने उनको तर्क छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुकमा मायाजाल विच्छ्याएर ठग्ने जीवनको रामकहानी

रमेश धमला

१३ चैत, काठमाडौं । शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको मुद्दा शाखाका डीएसपी रविन्द्र रेग्मीको कार्यकक्षमा युवतीहरुको भीड थियो । उनीहरु धारे हात लगाएर भन्दै थिए ‘त्यो फटा’लाई भेट्न पाएहुन्थ्यो ।

उनीहरुले खोजिरहेको फटाह अरु कोही नभएर अमेरिकी सेना हुँ भन्दै ठगी गर्ने जीवन लामा थिए । र, अहिले जसले उनलाई ‘फटाह’ भन्दै खोजिरहेका थिए, उनीहरु मध्ये धेरैले तीनै जीवनसँग विवाह गरेर अमेरिका जाने सपना देखेका थिए ।

जब बिहे गरेर अमेरिका उड्ने सपना देखाएर पैसा हात पारेका जीवन भागे, तब मात्र उनीहरुले ठगिएको पत्ता पाए । धेरैको उजुरी परेपछि प्रहरीले लामालाई क्राउ गरेको छ ।

२ पटकको भेटले २ लाख ६० हजार चट्

धरानकी रेश्मा राई (नाम परिर्वतन)लाई करिब १ वर्ष अगाडी राजु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा फे्रन्ड रिक्वेस्ट आयो । केहिदिन सम्म त उनले स्वीकार गरिनन् ।

तर, पटक-पटक म्यासेज आउन थालेपछि फेसबुक साथी बनाइन् । अमेरिकाको क्यालिफोर्निया बस्ने बताउने राजुसँग उनको च्याटबाट गफ हुन थाल्यो । केहि महिनाको फेसबुक च्याटपछि राजुले आफू केहि दिनमा नेपाल आउन लागेको र आएपछि भेटने बताए ।

फेसबुकको कुराकानीबाटै नजिकिएकी रेश्मा पनि अमेरिकाबाट आउने राजुलाई भेटन तयार भइन् । गत अक्टोबरमा राजु नेपाल आइपुगेको खबर रेश्माले पाइन् । उनिहरुको भेटघाट पनि भयो दुई पटक ।

केहि दिनपछि राजुले रेश्मालाई फोन गरेर आफ्ना एक जना आफन्त बिरामी भएर भारतको बैंग्लोरमा उपचार गरिरहेकोले पैसा चाहिएको तर, आफ्नो अमेरिकाको एटीमबाट पैसा निकाल्न नमिल्ने सुनाए । आफूलाई तत्काल २ लाख भारु खोजिदिन आग्रह गरे ।

राजुको मोहमा फसिसकेकी रेश्माले २ लाख भारु त दिन सकिनन्, जसो तसो गरेर २ लाख ६० हजार नेपाली रुपैयाँ भने दिलबहादुर श्रेष्ठको नाममा आईएमई गरिदिइन् राजुको लागि । पैसा पठाएको भोलिपल्टैबाट राजु फेसबुक र फोन सम्पर्कबाट गाएब भए, किनकी उनी राजु नभएर ठग जीवन थिए ।

जसले सिक्री बेचेरै पैसा बुझाइन्

नुवाकोटकी रमा थापा (नाम परिर्वत)लाई गत साउनमा सञ्जु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा साथी बन्न आग्रह आयो । केहीदिन स्वीकार नगरेपछि पटक-पटक म्यासेज आयो ।

आफू अमेरिकामा बस्ने र एउटै जिल्लाको भएको भन्दै कुरा गर्न खोजेको भन्दै पुरानै परिचय दिए । त्यसपछि फेसबुकमा कुराकानी हुनथाल्यो । मंसिरमा आफू नेपाल आएको भन्दै फोन गरे र गंगबुमा भेट्न बोलाए । ‘सन्जु’ रमालाई भेट्न चक्लेट लिएर पुगेका थिए ।

त्यसको केहि दिनपछि सुकेधारामा दोस्रो भेट भयो । त्यति बेला अमेरिकाबाट आएको बताउने सन्जुले रमालाई आइफोन उपहार दिएका थिए । तर, उनले अस्वीकार गरिन् । रमालाई के थाहा त्यही आइफोन दिएको बहानामा आफनो २ लाख चट हुन्छ भन्ने ।

केहीदिनपछि सन्जुले अंकलको छोरी बिरामी भएर थाइल्याण्ड लैजान लागेकोले पैसा जरुरी परेको भन्दै पोखराबाट फोन गरे । रमाले सुरुमा त आफूसँग पैसा नभएकोले सहयोग गर्न नसक्ने भन्दै टारेकी थिइन् । तर, पटक-पटक आग्रह आए पछि उनको मन पग्लियो ।

परिवारले खाजा खान दिएको पैसा जम्मा गरेको ५० हजार र घाँटीमा लगाएको सुनको सिक्री विक्री गरेर १ लाख ५० हजार जम्माभयो । केहि दिनमा फिर्ता गर्छु भनेकोले आमासँग थप एक लाख माग गरिन र २ लाख ५० हजार आइएमईमार्फत गरेर सन्जुलाई पठाइन् । तर, रमालाई के थाहा उनी जीवनको जालमा परेकी थिइन् ।

को हुन् जीवन ?

यो त प्रतिनिधि घटना मात्र हो जीवनले चलाएको गठी धन्दाको । प्रहरीका अनुसार उनले यसरी नै फेसबुकमा अनेक नामबाट पेज बनाउने, युवतीहरुसँग सम्वन्ध बढाउने र ठग्ने गर्दैर् आएका थिए ।

उनको नागरिकतामा रहेको नाम जीवन तामाङ छ । २००४ सालमा जीवन अफगानिस्तान गएको अनुसन्धानका क्रममा खुलेको छ । कहि वर्ष अफगानिस्तान बसाइको क्रममा केही अमेरिक सेनालाई साथी बनाए र उनीहरुसँग केहि तस्वीरहरु पछि खिचाए ।

अफगानस्तानबाट फर्किएपछि बेरोजगार जीवनले ठगी धन्दा सुरु गरे । उनले २०६९ सालमा मकवानपुरका एक व्यक्तिलाई अफगानिस्तान पठाइदिन्छु भन्दै ठगेको खुलेको छ । मकवापुरका ती पीडितसँग पनि जीवनको फेसबुकमार्फत नै चिनजान भएको थियो ।

करिब ४ लाख रुपैंया ठगी गरेको आरोपमा पक्राउ परेका उनी ७० साल चैतमा धरौटीमा छुटे । त्यसपछि भने उनले युवतीलाई निशानामा पारेर ठगी धन्दा चलाउन सुरु गरे ।

१६ जनाबाट ४२ लाख असुली, श्रीमतीको साथ

जीवन पक्राउ परेको खबर सार्वजनिक भएपछि उनीविरुद्ध उजुरी गर्नेहरु सानोतिनो भीड नै लागेको छ काठमाडौं प्रहरीमा । काठमाडौं बाहिर रहेका कतिपय पीडितले फोनबाटै उजुरी टिपाएका छन् ।

अहिलेसम्म १६ जना युवतीबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको जीवन आफैंले स्वीकार गरिसकेका छन् । अहिलेसम्म ठगेको पैसा कहाँ छ भनेर प्रहरीले खोजिरहेको छ । पछिल्लो पटक उनले ५ लाख रुपैयाँ पोखराका दाइ पर्ने व्यक्तिलाई पठाएको खुलेको छ ।

जीवनसँगै उनकी श्रीमती सूवी पनि प्रहरी हिरासतमै छिन् । जीवनले आफनो ठगी धन्दामा श्रीमती सुवीको पनि सहयोग लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विषेश गरेर आफुलाई विश्वास नगर्ने युवतीलाई बहिनी भन्दै श्रीमतीसँग कुरा गर्न लगाउँथे ।

फोटोसपको कमाल

चाबहिलस्थित जीवनको डेरामा छापा मार्न पुगेको प्रहरीलाई उनको कोठामा देखिएको दृष्यले चकित बनायो । बाराका ओबामादेखि जर्ज बुसुँगग खिचिएका तस्वीरहरु राखिएका थिए । तर, सबै फोटोसपबाट जोडिएका तस्वीरहरु थिए, जुन ठगी धन्दामा प्रयोग भएको छ ।

५ वटा कोठा भएको ˆल्याटमा बस्ने उनले कुकुर पालेका थिए भने एउटा कोठामा छुट्टै मन्दिर नै खडा गरेका थिए । उनले ˆल्याटको ३० हजार र एसीको ५ हजार गरेर महिनाको ३५ हजार भाडा बुझाउँथे ।

कोठामा अमेरिकन आर्मीको पोशाकमा सजिएको फोटो राखेर बसेरका जीवनको धन्दाबारे घरमालिकले समेत सुइको पाएका थिएनन् । करिब ४ महिना अघि उक्त घरमा बसेका जीवनले आफू अवकाश प्राप्त अमेरिकन सेना भएको बताउने गरेका थिए ।

प्रहरीलाई जीवनले आफू ३ कक्षा मात्रै पढेको बताएका छन् । तर, फेसबुकमा भने उनी पोख्त रहेछन् । जीवनले सबैलाई फेसबुकबाटै आफ्नो ठगी जालमा पारेका छन । फेसबुकबाटै युवतीको विवरण लिने र भेटनु अघि गाउँ पुग्ने र त्यसको फेहरिस्त सुनाउने उनको गजबको शैली थियो ।

फेसबुक ‘आतंक’ रोक्न नयाँ कानुन चाहिन्छः एसएसपी थापा

जीवन तामाङले फेसबुकको प्रयोग गरेर चलाएको ठगी आतंकले प्रहरीलाई चकित बनाएको छ । पछिल्लो समय समाजिक संजाल सूचनाको लागि जति उपयोगी छ उतिकै घातक बन्दै गएको उदारहण जीवन तामाङ भएको काठमाडौंका एसएसपी बिक्रम सिंह थापा बताउँछन् ।

नेपालमा सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा पक्राउ परेकाहरुलाई विद्युतीय ऐन अन्र्तगत कारबाही हुने गरेको छ । जुन निकै फितलो देखिने भएकोले सामाजिक सञ्जाल नियन्त्रण गर्न नयाँ कानुनको जरुरी भएको एसएसपी थापा बताउँछन ।

एसएसपी थापा भन्छन्, ‘फेसबुककै कारण कतिको ज्यान गएको छ, कति ठगिएका छन् । त्यस्तालाई कावारबाही गर्न प्रहरीलाई पनि प्रविधि चाहिन्छ र कानुन पनि नयाँ बनाउनु पर्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्तिले सफा गर्‍यो बौद्ध परिसर

१३ चैत, काठमाडौं। ‘हरियाली काठमाडौं, सफा काठमाडौं’ भन्ने नाराका साथ २४ हप्ते काठमाडौँ सफाइ अभियान सुरु गरेको नयाँ शक्ति नेपालले आज विश्व सम्पदा स्थल बौद्ध क्षेत्रको सफाइ गरेको छ ।

यही चैत ६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट सुरु भएको अभियानको दोस्रो साता आज बौद्ध क्षेत्रको सफाइ गरिएको हो ।

काठमाडौँ महानगरपालिका-६ बौद्ध स्तुपबाट गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकसम्म गरिएको सहर सफाइबाट पाँच ट्रक फोहर निकाली व्यवस्थापन गरिएको अभियानकर्मी नीरज लामाले जानकारी दिए।

कार्यक्रमको शुभारम्भ गर्दै नयाँ शक्तिका सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले उपत्यकालाई सफा बनाउने २४ हप्ते कार्यक्रमअन्तर्गत दोस्रो साता बौद्ध क्षेत्रको सफाइ गरिएको बताए ।

“अर्को हप्ता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन क्षेत्रको सफाइ गरिनेछ, क्रमशः उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रको सफाइ गरी सहर सफा गर्न जुट्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नेछौँ”–उनले भने ।

सफाइमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो । दुई वर्षअघि वागमती सफाई महाअभियान सुरु गरेर वागमतीको शुद्धीकरणमा योगदान पुगेजस्तै काठमाडौँलाई आदिकवि भानुभक्तको शब्दमा ‘अमरावती कान्तिपुरी नगरी’ बनाउन जनचेतना जगाउने उद्देश्यले अभियान सुरु गरिएको अभियानकर्मी लामाले राससलाई जानकारी गराए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइतबार मिस्टर नेपाल

चैत्र १३, २०७२- नेपाली पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल—२०१६’ को भोलि आइतबार सम्पन्न हुने ग्रान्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको आयोजक एक्सपोज नेपालले जनाएको छ ।

विजेताले मिष्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकोले प्रतियोगिता भव्य बनाउने तयारीमा लागेका जनाउँदै आयोजक संस्थाले मिस्टर नेपालमा स्थानीय स्तरमा हुने सौन्दर्य प्रतियोगिता मध्येकै भव्य स्टेज हुने दाबी गरेको छ । यसपटकको मिस्टर नेपालमा ४५ जिल्लाका ५० प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगीहरूलाई सैद्धान्तिक, प्रयोगात्मक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

मिस्टर नेपालको ग्रान्ड फिनालेलाई तीन जना उद्घोषकहरू कला सुब्बा, सुशील नेपाल तथा रोजिन शाक्यले सञ्चालन गर्नेछन् । दुई चरणमा विभाजन गरिएको प्रतियोगिताको उद्देश्य युवाहरूको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउनेछ । प्रतियोगिताका सहभागीहरूलाई स्वीमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ्ग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ आदिका विधामा समेत पोख्त बनाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कथाः सपनाकी बेहुली

– सविता सापकोटा

छोरी भएर जन्मिसकेपछि पराईको घरलाई आफ्नो सम्झेर जानुपर्ने विधाताको नियमलाई कसैले पनि हत्कडी लगाउन नसक्दो रहेछ । रातो साडी, रातै चुरा सबै रातो पहिरनमा सजिएर बेहुलीबन्दा सबैको मुहार मोतीझैं चम्केको देखिन्छ । बाबाआमाको न्यानो काख र मायामोह त्यागेर पराईको अँगालोमा रमाउनुपर्ने नियमले साथीभाइ, आफन्त सबैलाई बिरानो बनाउँदो रहेछ । लामो यात्रामा अदम्य साहस बटुलेर एक्लै होमिएको मेरो मन निकै चिन्तित थियो । सधैं बसमा सँगै यात्रा गर्ने साथीको यादले एउटा पीडा थियो भने खाली रहेको सिटमा कस्तो मान्छे पर्ला भन्ने अर्को पीर थियो ।

कोहीसँग चाहेर पनि जीवन बिताउन नपाउने र कोहीसँग नचाहँदा–नचाहँदै पनि जीवन जिउनुपर्ने दैवको खेल देख्दा पनि अचम्म लागेर आउँछ, मन भारी हुन्छ र म सुस्केरा हाल्न पुग्छु । केही बेरको समयपछि मेरो छेउको खाली सिटमा एउटा अधबैंसे युवक आइपुग्यो र यो सिट खाली हो भनी बस्यो । वर्षांैसम्म सँगै साथ बिताएकी साथीको विवाहमा जान आँटेकी म मनमा धेरै कुरा खेलाउँदै थिए । रहर भनूँ वा बाध्यता, पराईको अँगालोमा बेरिएर हाँस्नुपर्ने कठोर जीवनलाई म आफ्ना कल्पनाको किताबमा पाना पल्टाउँदै थिए । घरमा सधैँ पढ्नु छ भन्दै खाएको थालमा चुठ्ने बानीले मनमनै आफैंलाई गिज्याइरहेको थियो । यो जाडो याममा चिसो पानीले भाँडा माझ्दै गरेको सम्भिँmदा पनि मन नै बरफ भएर आएको थियो । ओहो † अरूका बाबा–आमाले कस्तो व्यवहार देखाउने हुन् । सबै मानिस एकै हुँदैनन् । हुनत हाम्रा हातका ५ औंला त बराबर हुँदैनन् । कतिपय घरमा बुहारीलाई नोकर नै सम्झन्छन् भने कोही घरमा माया र स्नेहले सजाएर राखेका हुन्छन् । यो सबै भाग्यकै खेल हो जस्तो लाग्छ । आफ्नो भाग्यमा जे लेखेर आएको छ त्यो भोग्नैपर्छ र ढिलो या चाँडो जहिले भए पनि पराईको घरमा जानैपर्छ । भाग्यको खेललाई न इरेजरले मेटाउन मिल्छ, न त कटरले नै चुच्चो बनाउन । उफ † यो चिसो मौसममा कसैले पनि विवाह नगरोस् । मेरो सोच पनि कस्तो ? त्यो भन्दैमा विवाहका लागि उपयुक्त मानिने मंसिर महिनामा लगन जुरे पनि विवाह नै नगरी बस्नु त ।

विवाहको दिनमा रातो पहिरनमा सजिँदा मोतीजस्तै टल्किन्छन् सबै बेहुली । विधाताको नियमलाई न कसैले बाँध्न सक्छ न त कसैले रबर चुटाएजसरी चुटाउन । जुनसुकै केटीलाई पनि आफ्नो भावी श्रीमान् असल परोस्, आफ्नो भावना बुझोस्, दु:खसुखमा साथ देओस्, लक्ष्य चुम्न मद्दत गरोस् भन्ने लाग्छ ।

पुरुषको मस्तिष्क त म पढ्न सक्दिनँ, तैपनि मैले सुनेअनुसार पुरुषहरूलाई पनि आफ्नी श्रीमती अरूभन्दा स्मार्ट होस् भन्ने लाग्छ रे । सम्मान भन्ने चिज दुवैले दुवैलाई दिनुपर्छ जस्तो लाग्छ ।
कहालीलाग्दो यो जीवन देखेर पनि यो मन त्यसै भारी भएर आउँछ । हातमा हत्कडी र नेलसरह चुरा लगाउनुपर्ने, घाँटीमा गाई–गोरुलाई दाम्लो बाँधेसरह पोते लगाउनुपर्ने, सिउँदोदेखि लिएर आँखा, ओठ सबै सजाउनुपर्ने । मन नलागेर भए पनि रातो पोसाकमा आफूलाई सजाउनुपर्ने । के एक नयाँ बन्धनमा बाँधिन मैले यी सबै गर्नुपर्ने हो र ? के मेरो जिन्दगीको गन्तव्य यही हो ? यसरी मैले नचाहेर भए पनि उसलाई साथ दिनुपर्छ भनेर सबैले सिकाउँछन् । छोरी भएर यो धर्तीमा जन्म लिएपछि आफ्ना इच्छा–आकांक्षालाई एकातिर कुजाएर जिन्दगी नै अरूका निम्ति तर्पन गर्नुपर्दा मन नै बरफ जमेजसरी चिसिन पुग्छ । जीवनको लामो यात्रामा एकल जीवन जिउने यात्रीहरू पनि यो दुनियाँमा छन् । के उनीहरूले यी सबै सपना सजाएका हुँदैनन् ?

विविध सोचको भुमरीमा डुब्दै म त सपनीमा आफूलाई बेहुलीका रूपमा सजाउन पुगेछु । आफ्नै नजिक बसेको युवकलाई बेहुलाको भेषमा ऊसँगै रातो साडीमा सजिएर हिँडेको सपनी देखेछु । विवाहका लागि कुनै सोच नबनाएको यो मनले अचानक बेहुली बनेको सपना देख्दा म झसङ्ग भए । के विवाहपूर्व कुनै मोडमा सबै नारीले यस्तै सपना देख्छन् र ? खाजा खाने ठाउँमा बसको ब्रेकसँगै बिउँझिएकी म आफूलाई पाइन्ट–टिसर्टमा पाउँदा झसङ्ग भए । खोई कस्तो दिवासपनामा रुमलियो मेरो मन । म त दिनमा सुत्ने र रातमा ब्युँझिने उल्लूजस्तै भएछु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आउनुस्, मिलेर अमेरिका छिरौं !

अमेरिकी वैज्ञानिकको दावी, ‘राम, रावण र हनुमान असली पात्र हुन्, कथामात्रै होइन रामायण’

आधुनिक युवा पुस्ताले रामायण र महाभारतको कथालाई किंबदन्तीकोरुपमा मात्रै बुझ्ने गर्छन् । अब उनीहरुले आफ्नो बुझाई सच्याउनुपर्ने अवस्था सिर्जना भएको छ । किनकी अमेरिकी वैज्ञानिकहरुले रामायणमा उल्लेख भएको पाताल लोक तथा रामायणमा उल्लेख भएका कहानीलाई सत्य सावित गर्ने तथ्यहरु भेट्टाएका छन् ।

रामायणमा उल्लेख गरिएको छ, ‘यही स्थानबाट हनुमानले राम र लक्ष्मणलाई पातालपुरीको राजा अहिरावणको पञ्जाबाट मुक्त गराएका थिए । उक्त स्थानमध्य अमेरिकी महाद्वीपमा पूर्वीहोण्डुरसको जंगलमूनि रहेको छ । अमेरिकी वैज्ञानिकहरुले लाइडर प्रविधिबाट उक्त स्थानको थ्रिडी नक्सा तयार गरेका छन् । जसमा जमिनको गहिराइमा गदाजस्तो हतियार लिएको बाँदर देवताको मूर्ति रहेको पुष्टि भएको छ ।

ahiravana-8

स्कूल अफ म्यानेजमेन्ट साइन्सेजका निर्देशक तथा वैदिक विज्ञान केन्द्रका ईञ्चार्ज प्रो. भरतराज सिंहले भने, ‘पहिलो विश्व युद्धपछि एक अमेरिकी पाइलटले होण्डुरसको जंगलमा केही अवशेष देखेका थिए । अमेरिकी पत्रिका ‘डेली टाइम्स ग्याजेट’का अनुसार यस सहरबारे पहिलो जानकारी अमेरिकी खोजकर्ता थिं‌योडोर मोर्डले सन १९४०मा दिएका थिए । एक अमेरिकी पत्रिकामा उस प्राचीन सहरमा बाँदर देवताको पूजा हुने गरेको कुरा लेखेको थियो, तर उसले त्यसको कारण खुलासा गरेन । पछि रहस्यमयी तरिकाले थिंयोडोरको मृत्यु भयो, उनको मृत्यु अझै रहस्यकै घेरामा छ ।

ahiravana-5

करीब ७० वर्षपछि अमेरिकी ह्यूस्टन यूनिभर्सिटी तथा नेशनल सेंटर फर एयरबोर्न लेजर म्यापिङ्गका वैज्ञानिकले होण्डुरसको घना जंगलमा मस्किटिया नामक स्थानमा लाइडर नामक प्रविधिको सहयोगमा जमिनको गहिराइको थ्री-डी नक्साङ्कन गरे, जसमा प्राचीन रामायणमा उल्लेख भएको पाताल लोकनामक प्राचीन सहर पत्ता लाग्यो । यसक्रममा जंगलकोमाथिबाट विमानको सहायतामा अर्बौं लेजर तरङ्ग जमिनमा फ्याँकिएको थियो । यसरी थ्री-डी डिजिटल नक्सा तयार भयो । थ्री-डी नक्सामा जमिनमूनिको गहिराईमा मानव निर्मित कैयन बस्तु देखियो । यसमा हातमा गदाजस्तो हतियार लिएर घुँडा टेकेको भीमकाय बाँदरको मूर्ति पनि सामेल थियो ।

ahiravana-6_hj5Kkcu

होण्डुरस सरकारले सो एेतिहासिक जंगलमा अनुसन्धान गर्न प्रतिबन्ध लगाइपछि यसबारे थप खोज हुन सकेको छैन । अमेरिकी इतिहासकार पनि मान्छन्, ‘पूर्वी होण्डुरसको घना जंगलस्थित मस्किटिया नामको इलाकामा हजारौं वर्ष पहिले एक गुप्त सहर थियो । त्यहाँका मानिसशरु एक भीमकाय बाँदर मूर्तिलाई पूजा गर्दथे ।

ahiravana-3

प्रो. भरतराज सिंहले भने, ‘बंगाली रामायणमा पाताल लोकको दूरी १००० योजन रहेको भनिएको छ । जुन लगभग १२ हजार ८०० किलो मिटर हुन्छ । यो दुरी सुरुङको माध्यमबाट भारत र श्रीलंकाको दूरी बराबर छ । रामायणमा वर्णन छ कि, ‘अहिरावणको कब्जाबाट भगवान राम र लक्ष्मणलाई छुटाउनका लागि हनुमानले पातालपुरीका रक्षक मकरध्वजलाई हराउनु परेको थियो । मकरध्वज बजरंगबलीकै पुत्र थिए, उनको स्वरुप पनि बजरंगबलीजस्तै थियो । अहिरावणको बधपछि रामले मकरध्वजलाई नै पातालपुरीको राजा बनाइदिएका थिए । जमिनमूनी भेटिएको सो बाँदरको मूर्तिप्रतिबारे अनुसन्धानकर्ताहरुको निष्कर्ष छ, त्यहाँका मानिसहरुले सोही समयदेखि मकरध्वजको मूर्ति पुज्ने गरेका थिए ।

साभारः साझा पोष्ट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं