Friday, April 8, 2016

एक करोड नक्कली भारुसहित काठमाडौंमा ६ जना पक्राउ

काठमाडौं, २६ चैत । एक करोड नक्कली भारतीय रुपैयाँसहित काठमाडौंमा ६ जना पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरो महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंका ठमेललगायतका क्षेत्रमा छापामारी नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली, भारतीय र पाकिस्तानी नागरिक रहेको बताइएको छ ।

पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस संसदीय दल कार्यसमितिमा पनि देउवाको कब्जा, को–को भए विजयी ? सूचीसहित

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षका अत्यधिक बहुमत सदस्य विजयी भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज भएको मतदानमा अधिकांश सदस्य देउवा निकटका विजयी भएका हुन् ।

२१ सदस्य चयनका लागि भएको निर्वाचनमा ४२ जनाको उम्मेदवारी परेको थियो । विजेतामध्ये १७ जना सभापति देउवा पक्षधर हुन् भने चार जना मात्र वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । जातीय आरक्षणतर्फ खर्स आर्य पुरुषबाहेक सबैमा देउवा समूह विजयी भएका हुन् ।

प्रदेशतर्फ भने पौडेल समूहका तीन जना विजयी भएका छन् । पिछडिएको क्षेत्रबाट यसअघि नै राजीवविक्रम शाह निर्विरोध निर्वाचित भएका थिए ।

कसले कति मत ल्याएर जिते त ?

मधेसी महिलातर्फ प्रमिलादेवी दास (११२) र रश्मी ठाकुर (१२०), मधेसी पुरुषतर्फ रामअयोध्या यादव (१२३), दलित महिलातर्फ आशा विक (१२४), दलित पुरुषतर्फ रनभान कामी (१०५), जनजाति महिलातर्फ ज्ञानकुमारी छन्त्याल (१०९) आशा गुरुङ (१०८), जनजाति पुरुषतर्फ तीर्थ लामा (१११), आङटावा शेर्पा (१०४), खस आर्य महिलातर्फ गीता वाग्ले (१२१), मधु शाही ठकुरी (११९), खस आर्य पुरुषतर्फ राजन केसी (११८), थारुतर्फ भुटनीदेवी थारु (१०७) र मुस्लिमतर्फबाट अब्दुल रज्जाक (१३९) विजयी भएका छन् ।

त्यसैगरी प्रदेश नम्बर १ बाट दीपक खड्का (१०३), प्रदेश नम्बर २ बाट प्रेमकिशोर साह तेली (१०९), प्रदेश नम्बर ३ बाट ध्यानगोविन्द रञ्जित (११७), प्रदेश नम्बर ४ बाट रामचन्द्र पोखरेल (१०९), प्रदेश नम्बर ५ बाट विक्रम खनाल (१११), प्रदेश नम्बर ६ बाट तप्तबहादुर विष्ट (१२०) र प्रदेश नम्बर ७ बाट भरतबहादुर खड्का (११०) विजयी भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एयरको विमान

विराटनगर, २६ चैत । झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउन लागेको बुद्ध एयरको विमान विराटनगरमा आकस्मिक अवतरण गराइएको छ ।

७२ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एटीआर–७२ विमानको इन्जिनमा समस्या भएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमान उडेको केही बेरमै इन्जिनमा समस्या आएको बताइएको छ । तत्काल चालक दलका सदस्यहरुले विमानलाई सकुशल रुपमा आकस्मिक अवतरण गराएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारको नेतृत्व परिवर्तन गर्ने बेला आएको कांग्रेस महामन्त्रीको भनाइ

धादिङ, २६ चैत । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सरकारको नेतृत्वमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाली कांग्रेस धादिङको भावी योजना तर्जुमाबारे कार्यकर्ता प्रशिक्षणमा पुग्नुभएका महामन्त्री कोइरालाले प्रेस युनियनले शुक्रबार गरेको पत्रकार भेटघाटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले सन्तोषजनक काम गर्न नसकेकाले नेतृत्वमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभएको हो । उहाँले लक्ष्य र योजनाविहीन भएर नेपाली कांग्रेस सरकारमा नजानेसमेत स्पष्ट पार्नुभयो ।

महामन्त्री कोइरालाले सरकार परिवर्तन हुनसक्ने भन्दै नेपाली कांग्रेस सरकारमा जानुपर्ने अवस्था आएमा स्पष्ट नीति तथा कार्यक्रमका साथ जाने पनि बताउनुभयो । उहाँले मधेसका समस्या सम्बोधन गर्दै संविधान कार्यान्वयन, पुनर्निर्माण र भारतसँगको सम्बन्धका विषयमा स्पष्ट खाका लिएर मात्र आफूहरु अघि बढ्ने स्पष्ट पार्नुभयो ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेस धादिङले गरेको वार्षिक योजना तथा तर्जुमा तथा कार्य तालिका निर्माण गोष्ठीको समेत उद्घाटन गर्नुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अन्ततः दुई श्रीमती छाडेका करणसँग विहे गर्दै विपाशा, प्रियंकाले दिइन बधाई

मुम्बई । अन्ततः बलिउड अभिनेत्री विपाशा बसु दुई श्रीमती छाडेका करण सिंह ग्रोवरसँग विहे गर्न तयारी भएकी छिन् ।

विहे अप्रिल ३० मा हुँदैछ । ‘हेट स्टोरी ३’ का अभिनेता करणले यसअघि दुई विहे गरिसकेका छन् । तर, दुबैसँग डिभोर्स गरेर अहिले सिंगल छन् ।

विहेबारे विपाशा र करणले भने अहिलेसम्म मुख खोलेका छैनन् तर, यी दुबैको विहबारे बलिउडका कलाकारले प्रतिक्रिया दिन थालेका छन् । पहिलोपटक उनीहरुको विहबारे प्रतिक्रिया दिँदै विपाशाकी साथी अभिनेत्री प्रियंका चोपडाले दुबैलाई दाम्पत्य जीवनको बधाई दिएकी छिन् ।

priyanka-basuप्रियंकाले ट्वीटबाट विहेको शुभकामना दिँदै लेखेकी छिन्- ‘म मेरी साथी विपाशा र सुन्दर दुलाहा करणको विहेको खबरले खुसी छु । दुबैलाई विहेको शुभकामना ।’

भारतीय सञ्चारमाध्यमका अनुसार विहेको तयारी सुरु भएको छ । विहेको निम्तो पाएपछि प्रियंकाले ट्वीटबाट दुबैलाई बधाई दिएकी हुन् । समाचारअनुसार बिपाशाको घरमा बंगाली रीति रिवाजअनुसार विहे हुनेछ ।

बिपाशाको यो पहिलो विहे हो भने करणको तेस्रो । प्रेमी बनाएर रोमान्स गरेपनि विपाशाले अहिलेसम्म विहे गरेकी छैनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीको अंगालोमा कसरी पुगिन खुश्बु ?

काठमाडौं, २४ चैत । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अंगालोमा हालेको तस्वीर सार्वजनिक भएको छ ।

स्रोतका अनुसार यो फोटोले प्रधानमन्त्री ओली खुश्बुको विहे पार्टीमा सहभागी भएको बताउँछ । गुण्डा नाइके चरीको प्रेमिका भएर चर्चामा आएकी खुश्बु प्रेमी इन्काउन्टरमा मारिदा झनै चर्चा र विवादको घेरामा परेकी थिइन् ।

KP-oli-and-kusbu-oli

प्रेमी मारिएपछि खुश्बुले गत फागुनको अन्तिम साता लण्डन निवासी सन्तोष कार्कीसँग विहे गरेकी थिइन । याक एण्ड यति होटलमा भएको उनको विवाह समारोहमा प्रधानमन्त्री ओली सहभागी भएको तस्वीर सार्वजनिक भएको हो ।

तस्वीरमा खुश्वु प्रधानमन्त्री ओलीको अंगालोमा देखिएकी छिन् । स्रोतका अनुसार खुश्बुले प्रधानमन्त्री ओलीसँग आफ्नो नाता लाग्ने दाबी गर्दे आएकी छिन् ।

त्यही नाता लगाएर खुश्बुले प्रधानमन्त्रीलाई विहे समारोहमा बोलाएकी हुन् ।

खुश्बुले नाता लगाएपछि प्रधानमन्त्री ओलीले उनलाई समाजकल्याण परिषदमा उपाध्यक्ष बनाउन लागेको समाचार पनि बाहिर आएको थियो तर, उक्त पदमा विवाद भएपछि खुश्बुको नाम हटाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आजदेखि उदयपुर सिमेन्ट उद्योग सञ्चालन

उदयपुर, २६ चैत । उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज साँझदेखि सञ्चालन हुने भएको छ ।

उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको कुरा उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभएको छ ।

बिग्रेको मेसिनको दाँती मर्मत गरेर ल्याई परीक्षणसमेत गरिएको कारण अब आजदेखि उद्योग सञ्चालन भई सिमेन्ट उत्पादन सुरु हुने कुरा उद्योग प्रशासनका प्रमुख पौडेलले बताउनुभयो ।

जापानबाट नयाँ मेसिन खरिद गर्नका लागि पनि टेन्डर खुलाएर काम अगाडि बढाइएको कुरा उद्योग प्रशासनले बताएको छ ।

करिब दुई महिनासम्ममा जापानबाट अर्को नयाँ मेसिनसमेत आइपुग्ने भएको कारण पनि तत्काल बिग्रेको मेसिन मर्मत गरेर काम चलाउ गर्न सकिने भएको कारण उद्योग सञ्चालन सुरु हुन लागेको उद्योगले बताएको छ । उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँको बराबर सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनले बताएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं