Sunday, February 28, 2016

कांग्रेस महामन्त्रीमा ज्वाइँ-ससुरा आमनेसामने

१६ फागुन काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनबाट को सभापति बन्ला भन्ने चर्चा-परिचर्चा जारी रहँदा महामन्त्री पदमा रोचक भिडन्त हुने देखिएको छ । नाताले ज्वाइँ-ससुरा अर्जुननरसिंह केसी र गगन थापा महामन्त्रीका लागि आपसमा भिड्न तयार भएका छन् ।

शेरबहादुर देउवाको प्यानलबाट केसी र कृष्ण सिटौलाको प्यानलबाट थापा महामन्त्रीमा उठ्न लागेका हुन् । सिटौला सभापतिमा उठेनन् भने स्वतन्त्र उम्मेदवारका रुपमा पनि लड्ने तयारीमा छन्, गगन ।

महामन्त्रीमा तेस्रो सम्भावित उम्मेदवार पनि छन्, बीपीपुत्र शशांक कोइराला, जसले रामचन्द्र पौडेलको प्यानललाई प्रतिनिधित्व गर्छन् । तर, धेरैको ध्यान केन्दि्रत हुनेछ, ज्वाइँ-ससुरामा ।

आ-आफ्ना बाध्यता

कांग्रेसका पुराना हस्ती केसीका लागि आफ्नै ज्वाइँसाहेबको चुनौती झेल्नुपर्ने अवस्था अपि्रय हो । आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका ६५ वर्षीय केसीका लागि कांग्रेसमा ‘अभि नहीं तो कभी नहीं’ को अवस्था छ । तर युवापुस्ताका ‘आइकन’ बनेका ४० वर्षीय गगन पारिवारिक कारणले आफ्नो राजनीतिक करिअरमा सम्झौता गर्न चाहँदैनन् ।

उनले पनि १५ वर्षपछि सक्रिय राजनीतिक जीवन त्याग्ने स्वघोषणा गरिसकेकाले चाँडै नेतृत्वको खुड्किलो उक्लन चाहन्छन् । यसरी परिबन्दले आपसमा ठोकिन आइपुगेका हुन्, यी ज्वाइँ-ससुरा ।

आपसी भिडन्त टार्न दुवैलाई पारिवारिक दबाब तीव्र छ । र, दुवै पक्ष अहिलेसम्म सौहार्दपूर्ण वातावरणमै एक-अर्कालाई गलाउन खोजिरहेका छन् । यद्यपि सफल भएका छैनन् ।

को बलियो ?

कांग्रेसभित्र गगनको प्रभाव क्रमशः बढ्दो छ । विशेषगरी युवा पुस्तामाझ लोकपि्रय रहेका उनलाई देशकै आशालाग्दा युवा नेताका रूपमा लिने गरिन्छ । प्रवासमा पनि उनको पकड राम्रो छ ।

अर्जुन पनि कांग्रेसभित्र लामो समयदेखि एउटा गुट चलाएका नेता हुन् । आफैं ‘पावर सेन्टर’ बन्न नसके पनि पावर सेन्टरहरू बनाउने र ढाल्नेमा उनको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । यसपटक उनी महामन्त्री पदका बलिया उम्मेदवार हुन् ।

अघिल्लो महाधिवेशनमा नै उनलाई सुशील कोइरालाले मनोनित महामन्त्रीको आश्वासन दिएका थिए । तर, विभिन्न कारणले उनको स्थानमा कृष्ण सिटौला महामन्त्री बने । त्यसैले उनी योपटक वरिष्ठ नेता शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।

सरसल्लाह जारी छ, भिड्दा अस्वभाविक हुँदैनः केसी

Arjun Narsing Kc (2)
अर्जुन नरसिंह केसी

महाधिवेशनका लागि तपाईंको तयारी कस्तो छ ?

म महामन्त्रीमा चुनाव लड्दै छु । अहिले अन्त्यन्त कठिन परिस्थितिमा कांग्रेस छ । पार्टीभित्र जुन विभाजन र गुट-उपगुटको अवस्था छ, त्यसलाई समाप्त गर्न सभापतिका आकांक्षी देखिएकाको बीचमा एउटा सभापति बनौं, अर्को संसदीय दलको नेताको रूपमा सहमति गरेर बाँकी पदमा व्यक्तिगत प्रतिस्पर्धा गरौं भन्ने मेरो पहिलो उद्देश्य हो । यसले पूर्णता प्राप्त गर्न सकेन ।

तर, लोकतान्त्रिक पद्धतिमा सहमति भएन भने निर्वाचन त हुन्छ । निर्वाचनमा लाइक म्यान्डेटहरूको समूह पनि बन्छ । समूहलाई स्थायी रूप दिनुहुन्न भन्ने मेरो मान्यता छ ।

यो भनेको तपाईं यसपालि संस्थापन छाडेर शेरबहादुर देउवा समूहमा जाने भनेको हो ?

ज्वार्इँसँगै चुनाव लड्ने मैले त कल्पना गर्दिनँ । तर, राजनीतिमा कहिलेकाहीँ असम्भव भनिएका कुरा पनि सम्भव भएर आउँछ ।

– म संस्थापन र प्रजातान्त्रिक भन्नै चाहन्नँ । शेरबहादुर देउवा समूहसँग निकटस्थ हुँदै अगाडि बढ्छु र त्यही समूहबाट महामन्त्री लड्छु ।

तपाईं पहिले संस्थापनको होइन र ?

सबै संस्थापनमै थिए । वैचारिक मतभेद अथवा विभिन्न कारण साथीहरू जो विभाजित भए, त्यसलाई स्थायी गुटको आधारमा भन्दा निर्वाचन प्रयोजनका लागि मतविभाजन र प्रतिस्पर्धा हुँदा को कता हुन्छ, त्यो गौण कुरा हो । तर, आखिर हामी कांग्रेस नै हौं । कांग्रेस एक भएर जानैपर्छ ।

त्यो निर्वाचनमा योपटक देउवा टिमबाट महामन्त्रीको उम्मेदवार बन्ने हो ?

म त्यतैतिर लागेको छु । मलाई कन्र्फमजस्तै लागेको छ । बाँकी प्रतीक्षा गर्नुस् ।

तपाईंसँगै योपटक गगन थापा पनि महामन्त्रीको उम्मेदवार देखिनुभएको छ । तपाईंहरूको त ज्वाइँ-ससुराको सम्बन्ध पनि छ, केही सल्लाह भएको छ कि ?

सल्लाह भएको छ । वैचारिक आदान-प्रदान भएको छ । मैले आफ्ना कुरा राखेको छु र उहाँले पनि आफ्ना कुरा भन्नुभएको छ । एउटा तार्किक निष्कर्षमा पुग्ला, प्रतीक्षा गरौं ।

यसमा तपाईं चुनाव लडे उहाँ नलड्ने वा उहाँ लडे तपाईं पछि हट्ने केही समझदारी भएको छ ?

उहाँ प्रमुख दुई पक्ष (संस्थापन र देउवा पक्ष) मध्ये कतैबाट महामन्त्री लड्नु भो भने म महामन्त्रीमै लड्दिनँ भनेको छु । अन्यथा मैले जे घोषणा गरेको छु, त्यसमा अघि बढ्छु भनेको छु ।

उहाँले के भन्नु भो त ?

एक त यो हाम्रो पारिवारिक कुरा भयो । राजनीतिक रुपले हामीले गम्भीरतासँग परिस्थितिको विश्लेषण गरेर एकअर्काले आफ्ना कुरा राखेका छौं । केही दिन प्रतीक्षा गर्नुस्, त्यसैबाट थाहा हुन्छ ।

तपाईंले दुईमध्ये एकबाट उम्मेदवार बने छाड्छु भन्नुभयो । तर उहाँ त कृष्ण सिटौलाको टिमबाट उम्मेदवार बन्ने चर्चा छ नि ?

मैले पनि सुनेको हो । तर, त्यसको अन्तिम टुंगो नलागेसम्म मैले केही भन्न सक्दिनँ ।

तपाईंले ज्वाइँ-ससुरा महामन्त्री पदका लागि चुनाव लड्ने अहिले नै कल्पना गर्नुभएको छ ?

मैले त कल्पना गर्दिनँ । तर, राजनीतिमा कहिलेकाहीँ असम्भव भनिएका कुरा पनि सम्भव भएर आउँछ । त्यस्तो अवस्था आएछ भने त्यही बेला नै विवेचना गरौंला । तर, अहिलेसम्म त्यस्तो सम्भावना देखेको छैन ।

यदि भएछ भने ?

लोकतान्त्रिक परम्परा हो । स्वाभाविक रुपमा लिनुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देबदहको जंगलमा बस दुर्घटना, तीन जना घाइते

कपिल ज्ञवाली

१६ फागुन, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा माइक्रोबस दुर्घटना हुदा तीन जना यात्रु घाईते भएका छन् ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ३१४७ नम्बरको माइक्रोबस देवदह ११ गणेश प्रतिक्षालय नजिकै पल्टिएको हो । बस तिव्र गतीमा गुडेको अवस्थामा अनियन्त्रित भएपछि सडक छेउमा रहेको कल्बर्ट समेत भत्काएर पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते तीन जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भक्तपुरमा पसलको पेटीमा शव भेटियो

१६ फागुन, भक्तपुर । ठिमीस्थित बोडे माइक्रो पार्क नजिकै एक युवकको शव भेटिएको छ । एक पसलको पेटीमा आइतबार बिहान करिब साढे पाँच बजे सिरहा फुलबारी घर भएका रविन्द्रकुमार कर्णको शव भेटिएको हो ।

हेल्मेट लगाएको र जुत्ता खोलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव नजिकै बा ४७ प ६६९५ नम्बरको मोटरसाइकल रोकि राखिएको थियो ।

प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरीले बताएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बैंकले २% व्याजमा ऋण दिएनन् ? राष्ट्र बैंकमा उजुरी गर्नुहोस्

पुष्प दुलाल

१६ फागुन, काठमाडौं । के तपाईलाई भूकम्पले भत्किएको घर बनाउन बैंकले २ प्रतिशत व्याजमा ऋण दिएका छैनन् ? यदि छैनन् भने राष्ट्र बैंकमा उजुरी गर्नुहोस् । राष्ट्र बैंकले तपाईलाई २ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने छ ।

सम्पूर्ण कागजात पुर्‍याएर बैंकमा ऋणका लागि आवेदन दिँदा पनि बैंकले ऋण दिएनन भने त्यस्ता बैंकको बारेमा जानकारी गराउन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भूकम्प पीडितहरुलाई आग्रह गरेका छन् ।

‘सम्पूर्ण कागजात पुर्‍याउँदा पनि बैंकले २ प्रतिशत व्याजमै ऋण नदिए राष्ट्र बैंकमा उजुरी गर्नुहोस, राष्ट्र बैंकले तपाईलाई २ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउँछ,’ चालू आर्थिक वर्षको मौदि्रक नीतिको अर्धवाषिर्क समिक्षा गर्दै आइतबार गभर्नर डा. नेपालले भने ।

भूकम्प गएको भोलिपल्टै अर्थात बैशाख १३ गते राष्ट्र बैंकले राष्ट्र बैंकले भूकम्पले भत्किएको घर बनाउन काठमाडौं उपत्यकामा २५ लाख र उपत्यका बाहिरका भूकम्प पीडितलाई १५ ला खरुपैयाँसम्म ऋण २ प्रतिशत व्याजमै उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर, भूकम्प गएको १० महिना वित्दा पनि यस्तो ऋण ५० लाख रुपैयाँ मात्रै प्रवाह भएको छ । गभर्नर डा. नेपालले यस्तो ऋणका लागि थप ५० लाख रुपैयाँ ऋण पनि स्वीकृति भइसकेको जानकारी आफूलाई आएको बताएका छन् ।

लाइन लगाएर ऋण दिइदैन
गभर्नर नेपालले सहुलियत दरको ऋणलाई राहतजस्तो नठान्न आग्रह गरेका छन् । ‘ऋण लिन कागज पुर्‍याएर बैंक जानु पर्छ । बैंकहरुले ऋण दिने हो, लाइन लगाएर राहत दिने होइन,’ उनले भने- ‘जोसँग तिर्नसक्ने क्षमता छ, उसले मात्रै यस्तो ऋण पाउँछन् ।’

सहुलित दरमा ऋण लिन आउने मान्छेको नियत हेरेर मात्रै बैंकले ऋण दिनसक्ने उनले बताए । ‘यहाँ कतिपय मान्छेहरु २ प्रतिशतमा ऋण लिएर अर्को बैंकमा बढी व्याजमा निक्षेप राखेर नाफा कमाउने उद्देश्यले लागि परेका छन्, त्यस्तालाई बैंकले ऋण दिँदैनन् ।’ नाफा कमाउने नियत भएकाहरुले नै अहिले सहुलियत दरमा ऋण नपाएको भन्दै हल्ला गरिरहेको उनको भनाइ थियो ।

‘बैंकले वास्तविक भूकम्प पीडितलाई भत्किएको घर बनाउन मात्रै २ प्रतिशतमा ऋण दिने हो,’ उनले भने । त्यसैगरी बैंकले ऋण उठ्छ कि उठ्दैन भनेर हेरेर मात्रै ऋण दिने भएकाले ऋण तिर्नसक्ने गरी चित्तबुझ्दो कागजात पेश गर्न नसक्नेले ऋण नपाउने उनले जानकारी दिए ।

सरकारको प्रष्ट नीति नहुँदा ढिलो भो
भूकम्पले क्षतिग्रस्त घर बनाउने सवालमा सरकारको नीति प्रष्ट आउन ढिलो भएका कारण सहुलियत दरमा बैंकले दिने भनेको ऋण प्रवाहमा ढिलाई भएको उनले बताए ।

‘सुरुमा सरकारले दिने भनेको २ लाख रुपैयाँ राहत लिनेले सहुलियत दरको ऋण नपाउने भन्ने कुरा थियो । तर, अहिले त्यो प्रावधान हटिसकेको छ, अब ऋण प्रवाह हुन्छ,’ उनले भने । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिमर्ँण गर्नुभर्ने घरको डिजाइन र मापदण्ड सार्वजानिक गरिसकेकाले अब यस्तो कर्जाको माग बढ्ने उनको भनाई थियो ।

‘सरकारी मापदण्ड पूरा गरेको घरलाई मात्रै बैंकहरुले लगानी गर्ने हुन् । तर सरकारले घरको नक्सा र मापदण्ड नै सार्वजानिक गर्न ढिलाइ गरेका कराण पनि यस्तो कर्जा कम मात्रै प्रबाह भएको हो,’ उनले भने ।

आफू राष्ट्र बैंकमा गभर्नर भएर आउँदा युवा किसानलाई ६ प्रतिशतमै उपलब्ध गराउने भनिएको कृषि कर्जा २/३ जनाले मात्रै लिएको र यस्तो कर्जा १३ सय किसानले १ अर्ब रुपैयाँ लिएको उनले उदाहारण प्रस्तुत गरे ।

त्यसका लागि राष्ट्र बैंकले ९० लाख ९९ हजार रुपैयाँ व्याज अनुदान पनि दिइसकेको उनले जानकारी दिए ।

‘अब भूकम्प पीडितलाई दिने सुहुलित दरको ऋण पनि यसरी नै बढ्छ,’ उनले भने ।

बैंकरहरुले पनि जवाफ दिनुपर्छ
दुई प्रतिशत व्याजदरमै ऋण प्रबाह गर्ने सम्बन्धमा उठेका प्रश्नको जवाफ बैंकरहरुले पनि दिनुपर्ने गभर्नरले बताए । ‘किन भूकम्प पीडितले सहुलियत दरमा ऋण पाएनन् ? बैंकर साथीहरु यही फ्लोरमा हुनुहुन्छ, यो प्रश्न बैंकरहरुका लागि पनि हो, उहाँहरुले पनि जवाफ दिनुपर्छ,’ गभर्नरले भने ।

अहिले बैंकहरुले ७/८ प्रतिशतमा घर कर्जा दिइरहेको उल्लेख गर्दै २ प्रतिशतमा भूकम्प पीडितलाई घरकर्जा दिन आग्रह गरेका छन् ।

‘७/८ प्रतिशतमै घर कर्जा उपलब्ध गराउने बैंकहरुको विज्ञापन म पत्रिकातिर देखिरहेको छु,’ उनले भने- ‘राष्ट्र बैंकले शुन्य व्याजदरमा पुनकर्जा उपलब्ध गराएको पैसा २ प्रतिशतमा दिन किन तपाई (बैंक) हरुलाई के समस्या छ ?  जनतालाई राहत हुने राष्ट्र बैंकको यो नीतिमा गभर्नरले बैंकहरुलाई आग्रह छ ।

के-के छ सुविधा ?
भूकम्प पीडितलाई सहुलियत दरमा आवासीय ऋण दिन राष्ट्र बैंकले बैंकहरुलाई शून्य ब्याजदरमा एक वर्षका लागि पुनःकर्जा दिइने राष्ट्र बैंकले घोषण गरेको थियो । बढीमा १० वर्षसम्म वाषिर्करुपमा पुनःकर्जाको नवीकरण हुने र बैंकले ऋण हरेक वर्ष नवीकरण गर्ने घोषणामा उल्लेख थियो ।

यस्तो ऋण लिएको एक वर्षसम्म भूकम्प पीडितले किस्ता तथा व्याज तिर्नुपर्ने नपर्ने तर दोस्रो वर्षदेखि भने नियमितरुपमा किस्ता तिर्नुपर्ने उल्लेख गरिएको थियो । ऋणीले तोकिएको अवधि अगावै ऋण तिरे बैंकले अतिरिक्त शुल्क लिन नपाउने पनि राष्ट्र बैंकको घोषणामा छ ।

चुक्ता पुँजी बढाउने समयमा दाताको दबाब
गभर्नर डा. नेपालले बैंकहरुको चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले दिएको समय बढी भएको भन्दै अन्तराष्ट्रिय दातृ निकाय विश्व बैंक र अन्त्राष्ट्रिय मुद्रा कोष -आइएमएफ) ले दबाब दिइरहेको बताए ।

‘चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले दिएको समय बढी भयो भन्दै त्यसलाई घटाउन मलाई विश्व बैंक र आइएमएफले दबाब दिइरहेका छन्,’ गभर्नरले भने- ‘त्यसकारण समय बढाउनेतिर त सोच्नै सकिँदैन, बरु कसरी समय घटाउने भनेर सोचिरहेको छु ।’

आर्थिक वृद्धिदर २ प्रतिशत, मुल्यवृद्धिदर साढे ९ प्रतिशत
गभर्नरले मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मौदि्रक नीतिमा प्रक्षेपण गरिएको आर्थिक वृद्धि र मुल्यवृद्धिको लक्ष्य प्राप्त गर्न नसकिएको बताएका छन् ।

चालू आर्थिक वर्षको मौदि्रक नीतिमा ६ प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्ने र मुल्यवृद्धि ८.५ प्रतिशतमा राख्ने लक्ष्य थियो । तर, अर्धवाषिर्क समिक्षामा गभर्नरले आर्थिक वृद्धि २ प्रतिशत मात्रै हुने र मुल्यवृद्धि साढे ९ प्रतिशत पुग्ने संसोधित अनुमान गरेका छन् ।

‘मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण हामीले लिएका लक्ष्यहरु प्राप्त हुन नसकेका हुन्,’ उनले भने- ‘मधेस आन्दोलन र भारतीय नाकाबन्दी दुबै हटिसकेकाले अब आर्थिक गतिविधि बढ्ने अपेक्षासहित चालू आर्थिक वर्षमा २ प्रतिशको आर्थिक वृद्धि र साढे ९ प्रतिशतको मुल्य वृद्धि हुने संसोधिकत अनुमान छ ।’

भारतबाट रेमिटान्स भित्र्याउन संयन्त्र निर्माण गर्ने
गभर्नरले भारतबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया सहज र सरल बनाउन भारतको भारतीय रिजर्व बैंकसँग द्विपक्षीय समन्वय संयन्त्र निर्माण गर्ने बताएका छन् ।

त्यसैगरी, सुनको आयात र वितरणलाई प्रभावकारी बनाउन कार्यबिधिमा संशोधन गरिने उनले जानकारी दिए । यसबाट सुनको आयात सहज र वितरण प्रभावकारी हुने राष्ट्र बैंकको अपेक्षा छ ।

भुक्तानी सन्तुलन १ खर्ब ५५ अर्ब बचतमा
आपूर्तिमा सुधार आएर आयात विस्तार हुने भएपनि आप्रवाहको वृद्धीदर उच्च रहेको र पूनर्निर्माणका लागि बाह्य ऋण तथा सहयोग परिचालन बढ्ने अनुमानका आधारमा अर्को वर्षको असार मसान्तसम्म १ खर्ब ५५ अर्ब शोधान्तर हुने संशोधित अनुमान छ ।

आयातमा आएको संकुचन र आप्रवाहमा भएको वृद्धिका कारण पुस मसान्तसम्म देशको शोधान्तर स्थित अर्थात भुक्तानी सन्तुलत १ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको छ ।
२०७३ को असार महिनासम्मको वैदेशिक विनिमय सञ्चिति  १३ महिनको सम्पूर्ण आयात धन्न सक्नेगरी हुने गभर्नरले बताए ।

तरलतामा सुधार हुँदै जाने अपेक्षा
मौदि्रक नीतिको अर्धवाषिर्क समिक्षामा राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता विस्तारै सुधार हुँदै जाने अपेक्षा गरेको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दी हटिसकेकाले आर्थिक क्रियाकलाप बढ्न गई तरलता विस्तारै घट्दै जाने केन्दि्रय बैंकको प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय बजारमा तेल तथा धातुजन्य वस्तुको घट्दो मूल्यको लाभ ठूला आयोजनाको कार्यान्वयन तथा पूनर्निर्माणका लागि लिन सके न्यून पुँजीगत खर्च र अधिक तरलताको समस्या समाधन हुने राष्ट्र बैंकको अपेक्षा छ ।

त्यसैले राष्ट्र बैंकले अनिवार्य नगद अनुपात, बैंकदर, वैधानिक तरलता अनुपात तथा पुनरकर्जा दरलाई यथावत राखेको गभर्नरले बताए । ‘अधिक तरलता व्यवस्थापनका लागि आवश्यक्ता अनुसार निक्षेप संकलन तथा रिभर्स रिपो बोलकबोलमार्फत तरलता प्रशोचन गर्ने कार्यलाई निरन्तरता दिइनेछ’ उनले भने  ।

अब आपूर्ति व्यवस्था सहज हुने र वैदेशिक ब्यापारमा वृद्धि भएर समग्र आर्थिक गतिबिधिमा सुधार आउने राष्ट्र बैंकको अनुमान छ ।

यो वर्ष विस्तृत मुद्राप्रदाय वृद्धिदर १८ प्रतिशत रहने प्रक्षेपण गरिएकोमा बढ्दो विप्रेषण आप्रवाह र बाह्य ऋण तथा अनुदानको कारण यो वृद्धिदर २१.५ प्रतिशत हुने संशोधित अनुमान छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेरि आन्दोलन गर्नुपरे राज्यलाई ठूलो नोक्सानीः राजेन्द्र महतो

१६ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधन गर्न राज्यलाई उपयुक्त समय मिलेको बताएका छन् । फेरि आन्दोलन सुरु भए राज्यले ठूलो मूल्य चुकाउनु पर्ने महतोले चेतावनी दिए ।

काठमाडौंमा आइतबार आयोजित अन्तर्क्रियामा अध्यक्ष महतोले भने, ‘अहिले न मधेसमा बन्द छ न नाकाबन्दी, त्यसैले मधेस आन्दोलनको माग सम्बोधन गर्न राज्यलाई उपयक्त समय आएको छ ।’

शक्ति सञ्चयका लागि मधेस आन्दोलनको स्वरुप परिर्वतन गरिएको पनि अध्यक्ष महतोले दाबी गरे । उनले भने, ‘अहिलेको आन्दोलनको स्वरुप परिवर्तन शक्ति सञ्चयको लागि हो, फेरि आन्दोलन गर्नुपरे राज्यले ठूलो मूल्य चुकाउनु पर्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक सिके लालले गन्तव्यमा नपुगि टुंगिएको कम आन्दोलनमध्ये अहिलेको मधेस आन्दोलन पर्ने बताए । मधेस आन्दोलनलाई समय र परिस्थितिले साथ नदिएको तथा दिल्लीको मधेससँग ठूलो स्वार्थ रहेकाले आन्दोलन सफल हुन नसकेको उनको विश्लेषण थियो ।

मधेस मुद्दालाई अन्तराष्ट्रियरुपमा समेत स्थापित गराउन सक्नु मधेस आन्दोलनको सबैभन्दा ठूलो उपलब्धी भएको उनले तर्क गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अस्ट्रेलियामा नेपाली नर्सलाई काम र इज्जतसँगै पैसा पनि

फाल्गुन १६, २०७२- बाग्लुङका गोविन्द राना अस्ट्रेलियामा क्लिनिकल नर्स म्यानेजरका रूपमा कार्यरत छन् । सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी आठ वर्षमै उक्त पदमा पुग्न सफल भए । १ सय २० जना बिरामीलाई रेखदेख गर्ने जिम्मेवारी पाएका उनी अस्ट्रेलियामा नर्सिङ पेसामा उच्च तहमा पुग्ने केही नेपालीमध्येका एक हुन् ।

अस्ट्रेलियामा नेपालीका लागि नर्सिङ पेसा पछिल्लो समयमा रोजाइको विषय बन्दै गएको छ । अन्य पेसाका तुलनामा काम पाउन सहज र इज्जतसँगै पैसासमेत मनग्गे कमाइ भएकाले यसतर्फ नेपाली युवकयुवती आकर्षित छन् ।

अहिलेसम्म कति नेपाली युवकयुवती यो पेसामा आबद्ध छन् भन्ने तथ्यांक नभए पनि संख्या दैनिक बढ्दै गइरहेको जानकारहरू बताउँछन् । वृद्धवृद्धा रेखदेख गर्ने नर्सिङ होममा नेपालीले सामान्य केयरदेखि म्यानेजरसम्मको पदमा आफूलाई स्थापित गरिसकेका छन् । नर्सिङ अध्ययन गरिसकेपछि अस्ट्रेलियाको स्थायी बसोवासको अनुमति (पीआर) लिन अन्य पेसाभन्दा सहज पनि छ ।

“नर्सिङ अन्य पेसाभन्दा सुरक्षित छ,” सिड् नीस्थित नेपियन अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत इरिना सुवेदी भन्छिन्, “इज्जत र कमाइसमेत राम्रो हुने भएकाले सबैले यसलाई छानेको हुनुपर्छ ।”

इरिनाजस्तै रजिस्टर्ड नर्सका रूपमा काम गर्ने नेपाली अहिले यहाँका प्राय: अस्पताल र नर्सिङ होममा छन् । नेपालीहरू आफ्नो कामप्रति लगनशील हुने भएकाले समेत रोजगारदाताका नजरमा छानिने गरेको हर्नस्बी अस्पतालमा सोही पदमा कार्यरत न्युलिन रेग्नी दाबी गर्छिन् ।

अस्ट्रेलिया सरकारको हालैको तथ्यांक अनुसार ८६ दशमलव ८ प्रतिशत नेपाली रोजगारीमा छन् । त्यसमा ३४ दशमलव ९ प्रतिशत सीपमूलक, व्यावसायिक र व्यापारमूलक रोजगारीमा आबद्ध छन् । सन् २०१४ मा १६ हजार ६७ रहेका नेपाली युवा अहिले १७ हजार ८ सय ३८ पुगेका छन् । तथ्यांक अनुसार नेपाली विद्यार्थी भिसामा यहाँ आउने क्रम बढेको मात्र छैन कि सरकारले समेत उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गरिरहेको छ ।

आकर्षक आम्दानी

अस्ट्रेलियामा नर्सिङ पेसामा लागेका नर्सहरूले न्यूनतम ५५ हजारदेखि १ लाख २० हजार डलरसम्म वार्षिक तलब प्राप्त गर्छन् । जुन नेपाली रुपियाँ न्यूनतम ५० लाखदेखि १ करोड १० लाखसम्म हो । सरकारले न्यूनतम तलब तोके पनि यहाँका अस्पताल र नर्सिङ होमले त्यसभन्दा धेरै तलब दिने गरेका छन् । सामान्य रजिस्टर्ड नर्सले पाँच दिन काम गरेर उक्त रकम कमाउन सक्छन् भने व्यवस्थापन तहमा पुगेर संस्था हाँक्नेहरूले अझै राम्रो तलब पाउने गरेका छन् ।

अस्ट्रेलियामा विकेन्ड लोडिङ (शनिबार र आइतबार काम गरेबापत पाइने अतिरिक्त रकम)समेत जोड्ने हो भने सामान्य नर्सहरूले उक्त रकमभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । यहाँको नियम अनुसार शनिबार काम गरेबापत आफूले पाउने उक्त दिनको तलबमा आधा थप र आइतबार काम गरेबापत ७५ प्रतिशत थप रकम पाउने गरेका छन् । त्यति मात्र नभएर नेपाली नर्सहरूले एक स्थानमा मात्र काम नगरी दुई वा तीन स्थानमा काम गर्ने भएकाले उनीहरूको आम्दानी उल्लेख्य छ ।

स्थायी बसोवासको बाटो

नेपालबाट उच्च शिक्षाका लागि आएका प्राय:को एउटै उद्देश्य भनेकै यहाँको पीआर लिनु हो । नर्सिङ अध्ययन गरिसकेपछि अन्य विषयलाई भन्दा पीआरको बाटो सहज भएकाले समेत नेपाली विद्यार्थीहरूले नर्सिङ पेसालाई छानेको पाँच वर्षयता एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरिरहेका सञ्जीव पाण्डे सुनाउँछन् ।

अंकका आधारमा र वार्षिक संख्या तोकेर अस्ट्रेलियाले विद्यार्थीलाई स्थायी अनुमतिपत्र दिने गरेको छ । लेखालगायतका विषयमा भने सरकारले तोकेको भन्दा धेरै आवेदन पर्ने भएकाले पीआर सहज छैन । नर्सिङ अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले छुट्याएको कोटामा आवेदन नै कम पर्छन् ।

यहाँका विश्वविद्यालयहरूले दुईवर्षे, तीनवर्षे र चारवर्षे नर्सिङ कक्षा सञ्चालन गर्दै आएका छन् । वार्षिक करिब २० देखि २५ हजार शुल्क लाग्ने नर्सिङ सकेपछि भने अंग्रेजी भाषाको परीक्षा आईएलटीएसमा सात वा ओईटीमा ‘बी ग्रेड’ ल्याउनैपर्ने प्रावधान छ । त्यसो नगरीकन नर्स भएर काम गर्न पाइन्न ।

“अंग्रेजी भाषाको परीक्षा केही गाह्रो भए पनि असम्भव भने छैन,” पाण्डे भन्छन्, “त्यति अंक ल्याउन नसके पाँच वर्ष अध्ययन गरेको भए पनि नर्स भएर काम गर्न पाइन्छ । ” ध

जो स्थापित छन्

सन् २००४ मा विद्यार्थीकै रूपमा अस्ट्रेलिया आएका चितवनका धर्म अधिकारी सेन्ट भिन्सेन्ट प्राइभेट अस्पतालमा क्लिनिकल नर्स एजुकेटरका रूपमा कार्यरत छन् । ५० जना सहकर्मीलाई विभिन्न तालिम दिने, नर्सिङ पेसामा भइरहेको कानुनी प्रावधान र नीति परिवर्तनका बारेमा सचेत गराउने जिम्मेवारी छ उनको । उपचार पद्धतिमा सुधार ल्याउने प्रक्रिया (क्लिनिकल ह्यान्डओभर)लाई सफलतापूर्वक व्यवहारमा ल्याएको भन्दै उनलाई अन्तर्राष्ट्रिय संस्था प्रेसएनेले अमेरिकाको फ्लोरिडामा सम्मानसमेत गरिसकेको छ ।

“यो पेसा अन्यभन्दा सुरक्षित मात्र नभएर अवसरसमेत प्रशस्त छ,” ६ वर्षयता नर्सिङमा लागेका अधिकारी भन्छन्, “त्यसैले पनि अहिले युवती मात्र नभएर कैयौँ नेपाली युवकहरूसमेत माथिल्लो तहमा बसेर काम गरिरहेका छन् ।”

उनका अनुसार अहिलेसम्म यो विषय अध्ययन गरेका कुनै पनि नेपालीले बेरोजगार बस्नुपरेको छैन । यो पेसामा सबै खाले व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आउन पाउनु यसको सौन्दर्य भएको उनी सुनाउँछन् ।

पाँच वर्षदेखि नर्सिङ पेसामा आबद्ध खिमानन्द न्युरे ग्रिनविच अस्पतालमा नर्सिङ युनिट व्यवस्थापकका रूपमा कार्यरत छन् । विशेष गरेर मानसिक स्वास्थ्यसम्बन्धी बिरामीे हेरचाह गर्ने जिम्मेवारी पाएका उनी त्यसबाहेक बिरामीको स्वास्थ्यमा सुधार ल्याउनका लागि गुणस्तर विकास, आफ्ना कर्मचारीको विकास र समग्र स्वास्थ्य सुधारका लागि काम गर्छन् । भन्छन्, “अन्य समुदायका व्यक्तिभन्दा मिहिनेती र लगनशील भएकाले नेपालीले अवसर पाउने गरेका हुन् ।”

काठमाडौँकी तिमिला श्रेष्ठ एडिलेडमा रहेको एल्डरकेयर नामक नर्सिङहोममा नर्स इन्चार्जका रूपमा कार्यरत छिन् । तीन वर्षदेखि ५५ जना बिरामीको रेखदेखको जिम्मेवारी उनले सम्हालेकी छन् । भन्छिन्, “अस्ट्रेलियामा आएर समेत नर्सिङ काम गर्न पाउँदा म सन्तुष्ट छु ।”

अस्ट्रेलिया आएका उनका धेरै साथी यसै पेसामा छन् । जम्मा पाँच दिन मात्र काम गरे हुने र त्यसमा समेत जिम्मेवारीसहित काम गर्दा मज्जा आउने उनको अनुभव छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सेल्फी खिच्दा नारायणी नदीमा युवती बेपत्ता

फाल्गुन १६, २०७२- सेल्फी खिच्दा चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा डुबेर आइतबार दिउँसो १ बजेदेखि एक युवती बेपत्ता भएकी छिन । अर्की युवतीको उद्धार गरिएको छ ।

नवलपारीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए । बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् ।

ईलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार दुबै जना अरुणा कलेजका विद्यार्थी हुन् ।

‘नदीको किनारमा सेल्फी खिच्ने क्रममा चिप्लेर युवती डुबेको खबर आएको छ,’ उनले भने, ‘एक जना साथी चिप्लेर खसेपछि अर्की पनि डुबेकी रहिछन‍् ।’ बेपत्‍ता युवतीको खोजतलास जारी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं