Monday, February 29, 2016

रामचन्द्र र कृष्ण सिटौला एकअर्कालाई गलाउने कोसिसमा !

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी छ । संस्थापन समूहबाट कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला र सुजाता कोइरालाले सभापति दाबी गरेका छन् ।

अर्को समूहबाट शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार देखिएका छन् । तर, सभापतिका आकांक्षीहरुले टीम घोषणा गर्न सकेका छैनन् ।

रामचन्द्र पौडेल र देउवाले १९ गते मात्र टिम घोषणा गर्ने तयारी गरेका छन् भने सिटौला अझै पनि आन्तरिक छलफलमै छन् ।

सोमबार पनि सबै नेताहरु आफ्नो समूहको छलफलमा व्यस्त रहे । संस्थापनका दुई आकांक्षी पौडेल र सिटौला जिल्ला सभापति तथा पूर्व सभापतिहरुलाई प्रयोग गरेर एकअर्कालाई फकाउने वा गलाउने प्रयासमा जुटे । तर, दुबैले न अर्कोलाई गलाउन सकेन र कसैलाई फकाउन नै सके ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलको पक्षमा जिल्ला सभापतिहरुको भेला गर्ने र नेताहरुलाई भेटेर दबाब दिने टोलीको नेतृत्व काभ्रे सभापति मधु आचार्यले गरिरहेका छन् ।

उनकै पहलमा आइतबार अबेर भृकुटीमण्डलमा भेला भएको छ भने सोमबार पौडेल र शशांक कोइरालालाई भेटेका छन् । भेलामा सहभागी एउटा टोली भने दबाबका लागि सभापति अर्का आकांक्षी कृष्ण सिटौला कहाँ पुगेको थियो । उनीहरुले सिटौलालाई लाई संसदीय दलको नेता वा मनोनित महामन्त्री बन्न आग्रह गरेका छन् ।

‘विचार र एक्सनका हिसावले रामचन्द्र पौडेल सक्षम हुनुहुन्छ’ काभ्रेका जिल्ला सभाति मधु आचार्यले भने, ‘हामीले नेताहरुलाई भेटेर उहाँको नेतृत्वमा चाँडै टिम बनाउन भनेका छौं ।’

महामन्त्री सिटौलाको समर्थनमा पूर्व जिल्ला सभापति र केही वर्तमान सभापतिको टिम सक्रिय छ । जसमा काठमाडौंका भीमसेनदास प्रधान, काभ्रेमा शिव हुमागाईँहरु छन् ।

उनीहरुले संस्थापन पक्षबाटै एउटै उम्मेदवार बनाउने भए कृष्ण सिटौलालाई निर्वाचित महामन्त्रीको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव छ । ‘रामचन्द्र दाइले सिटौलालाई उधारो पद प्रस्ताव गर्नु भएको छ । तर, उहाँले मान्नु हुन्न’ काठमाडौंका पूर्व सभापति भीमसेनदास प्रधानले भने-‘हामी संस्थापनलाई जिताउन चाहन्छौं । त्यसका लागि सिटौलालाई एकमोडेट गर्नुपर्छ । नत्र रामचन्द्र पौडेल जित्दैनन् ।’

तर, पौडेल शशांकलाई अघि सार्न चाहन्छन् । र, अब सहमति हुने सम्भावना टर्दै गएको छ ।

देउवा चुनावी रणनीति बनाउँदै

वरिष्ठ नेता शेरबहादुर देउवा समूहमा नेता नेता व्यवस्थापन संस्थापनमा भन्दा निकै सहज देखिएको छ । महामन्त्री र कोषध्यक्ष पदमा दाबेदारहरु देखिएपछि देउवालाई सभापति बनाउने मिसनमा प्रतिवद्ध छन् । त्यसैले देउवा अब संस्थापनले टीम घोषणा नगर्दासम्म पर्खने रणनीतिमा छन् । उनको १९ गते मात्र टीम घोषणा हुने सम्भावना रहेको निकटवर्तीहरु बताउँछन् ।

सोमबार देउवा समूहले निर्वाचन व्यवस्थापनबारे छलफल गरे । बानेश्वरस्थित सम्पर्क कार्यालयमा अपराहृन उनको समूहको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएको जनसम्पर्कको समिक्षा हुनुका साथै आगामी रणनीतिबारे छलफल भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

११ बेलायती कम्पनी बिजनेश मिसनमा काठमाडौं अाउने

१७ फागुन,काठमाडौं । ब्रिटेन-नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी)ले ११ विदेशी कम्पनीलाई विशेष व्यापार तथा लगानी मिसनमा काठमाडौं ल्याउने भएको छ ।

व्यापार लगानी तथा सञ्जाल विस्तारबारे आगामी मार्च १४ देखि १७ सम्म काठमाडौंमा हुने बैठकमा ति कम्पनीले सहभागता जनाउनेछन् ।

नेपालमा लगानीको क्षेत्रहरुको पहिचान गर्न यो मिसन टोली काठमाडौं आउन लागेको हो । यसको संयोजन बीएनसीसीका कार्यकारी प्रमुख रिचार्ड बेलीले गरेका हुन् । टोलीमा यातायात क्षेत्रको भौतिक संरचनाका विज्ञहरु समेल हुनेछन् ।

टोलीमा स्कटल्याण्डका ३ वटा नयाँ कम्पनीहरु पनि सहभागी हुनेछन् । यस्तै नेपालमा फिल्म क्षेत्रमा लाग्न चाहाने युवालाई प्रशक्षिण दिने गरी एक कम्पनीले काठमाडौंमा आफ्नै कार्यालय स्थापनामा जुटेको बीएनसीसीले जनाएको छ । सो कम्पनीका प्रतिनिधि पनि काठमाडौंमा आउनेछ ।

चिकित्सा, दन्त चिकित्सा र नर्सिङ क्षेत्रमा लगानी गर्न तीनवटा कम्पनी इच्छुक छन् । यस्तै एक संस्थाले वृद्धवृद्धाका लागि ‘केयरिङ होम’ मा लगानी गर्न इच्छा देखएको छ ।

टोलीमा सहभागी हुने अर्को एक कम्पनी विभिन्न उत्पादनहरुको आपूर्ति गरी थोक तथा खुद्रा व्यापार गर्न चाहान्छ ।

यस्तै मिसनमा चेन रेष्टुरेन्ट खोल्न चाहानेदेखि नेपालको शिक्षा स्वास्थ्य, बैंकिङ र जलविद्युतमा पनि लगानी गर्न चाहाने लगानीकर्ता सहभागी हुनेछन् ।

यी कम्पतीहरु संयुक्त अधिराज्यमा सफल र स्थापित कम्पनीहरु भएको बीएसीसीले जानकारी दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घर फर्काइ दे भन्ने नेपाली महिलालाई कुवेती मालिकले भने : तँलाई त किनेर ल्याएको हुँ

कल्पना भट्टराई/नवलपरासी । फागुन १७ – श्रीमान दुई पटक विदेश जाँदा पनि कमाउन नसकेपछि आफैं विदेशिनुको विकल्प देख्नुभएन नवलपरासी बर्दघाटकी रेखा मुसहरले ।

पहिलो पटक कतार जाँदा एक वर्षमै कम्पनी बन्द भएर श्रीमान फर्किएपछि विदेश जाँदा सय कडा दश रुपैयाँका दरले लिएको ऋण बढेको बढ्यै थियो । ‘त्यसैले अब त म नै जान्छु भन्ने ठानेर विदेश गएँ’ रेखाले ५ वर्षअघि आफू विदेश जानुको कारण सुनाउनुभयो । तीन जना छोराछोरीकी आमा रेखालाई छोराछोरीको भविष्यको चिन्ता धेरै थियो त्यो बेला । त्यसैले एजेण्टले भनेकै काममा जान तयार हुनुभयो, धेरै बुझ्न खोज्नु भएन ।

रेखालाई विदेश पुग्नुको हतारो थियो त्यति भएपछि एजेण्टलाई अरु के चाहियो र ? आफूले खोजे जस्तै मान्छे भेटेपछि एजेण्टले रेखालाई भारतको बाटो हुँदै कुवेत पुर्‍याए । कुवेत पुग्दा रेखाले आफना अगाडी आफूले बनाएको योजना सफल बनाउने कुरा भन्दा समस्याको चाङ ठूलो देख्नुभयो । ‘यहाँ त एजेण्टले धेरै दुःखको काम छैन्, घरको काम मात्रै हो भन्दै पठायो तर विदेशको यथार्थ त त्यहाँ पुगेपछि बल्ल थाहा पाएँ’ रेखा भन्नुहुन्छ ।

४० जनाको परिवार घरमा काम गर्न पुगेकी रेखाले त्यहाँ बसुञ्जेल न आराम गर्न पाउनुभयो न त राम्रोसँग खान नै । नेपालबाट उहाँलाई सय दिनार अर्थात ३६ हजार रुपैयाँ दिने सर्तमा कुवेत लगिएको थियो । तर तलव त परै जाओस त्यो घरमा बसुञ्जेल घर परिवारलाई फोन गर्नसम्म पाउनुभएन उहाँले । त्यसैले पुगेको केहि दिनमै उहाँले काम नगर्ने भन्दै नेपाल फर्काइदिन घर मालिकलाई आग्रह गर्नुभयो तर घर मालिकले उहाँको आग्रहलाई ठाडै लत्याइदिए ।

‘घर जान्छु भन्दा साहुले तँलाई एक लाखमा किनेर ल्याएको हुँ’ उहाँले विगत सम्झँदै भन्नुभयो ‘त्यसै घर जान पाउँदिनस भन्थ्यो ।’ तर उहाँले रोइ कराई गर्न छोड्नुभएन । त्यसैले ६ महिनापछि घर मालिकले उहाँलाई कुवेतमा रहेको रिक्रुमेण्ट एजेन्सीमा ल्याएर छोड्यो ।

६ महिनाको काम गरेको उहाँले एक रुपैयाँ पनि पाउनुभएन । त्यसपछि त्यहि एजेन्सीमार्फत अर्को ठाउँमा काम गर्न जानु भयो र त्यहाँ डेढ वर्ष विताएर दुई वर्षपछि घर फर्किनुभयो । त्यहाँ बस्दा उहाँले धेरै समस्या भोग्नुभयो । आफूले समस्या त भोग्नुभयो नै अरु नेपाली महिलाले भोगेका समस्या पनि नजिकैबाट देख्नुभयो ।

उहाँले दुई वर्ष बसे पनि श्रीमान र आफू विदेश जाँदा लागेको ऋण तिर्न सक्नुभएन । यस कारण फेरि उहाँका श्रीमानले मलेसिया जाने निर्णय गर्नुभएको थियो, तर दोस्रो पटक जाँदा भने विरामी भएर फर्किनुभयो । ‘ऋण थपिएको थपिएकै छ, त्यसैले फेरी विदेश जाने योजना बनाएकी छु’ रेखा भन्नुहुन्छ ‘तर घरेलु कामदारमा चाहिँ जान्न ।’

अब बुझेर र सिकेर मात्रै जान्छु

विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि उहाँ फेरि विदेश जाने तयारी गर्दै हुनुहुन्छ । तर अहिले उहाँलाई पहिलाको जस्तो कुनै हतारो छैन । सुरक्षित आप्रवासन परियोजना सामीले परासीमा सञ्चालन गरेको सुचना तथा परामर्श केन्द्र पुगेपछि उहाँ अब सीप सिकेर र राम्ररी बुझेर मात्रै विदेश जाने निर्णयमा पुग्नुभएको हो ।

एजेण्टले त अहिले पनि हतारो लगाइरहेका छन् उहाँलाई । तर अहिले भने उहाँ एजेन्टको भरपर्दा धोका पाइन्छ भन्नेमा सचेत भइसक्नु भएको छ । ‘एजेण्टले अनुभवीले तालिम लिनु पर्दैन्,छिटो गए छिटो पैसा कमाइन्छ त्यसैले तुरुन्तै उडी हाल भनेको छ’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ‘तर मैंले मानिन ।’

छिट्टै धेरै कमाउने सपना देख्दा समस्या

सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार घरका समस्याले थिचिएका महिला आवश्यक सूचना र जानकारी नलिई विदेश जाँदा समस्यामा परेको पाइएको छ ।

त्यसमा पनि लगानी कम, त्यो पनि एजेण्टले नै लगाइदिने अनि थोरै योग्यता भएपनि पुग्ने भएकाले महिलाहरु घरेलु कामदारका रुपमा जान इच्छुक हुने सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासीकी कार्यक्रम संयोजक उमा पौडेल बताउनुहुन्छ ।

एजेन्टहरुले पनि जाने व्यक्तिको अवस्था बुझेपछि छिटो गए छिटो पैसा कमाउन सकिने प्रलोभन देखाउने र काम उतै सिकिन्छ भनेर ठगिरहेको पाइएको उहाँले बताउनुभयो । ‘एजेण्टले घरको काम भन्दा महिलाहरुले यहाँको जस्तै सोच्छन’ पौडेल भन्नुहुन्छ ‘तर विदेशमा कामको प्रकृति धेरै फरक छ, त्यो काम गर्न सीप नपुगेपछि महिलाहरु यातनामा पर्छन् ।’

गतवर्ष नवलपरासीबाट सय महिला विदेशीय

नवलपरासी जिल्लाबाट आर्थिक वर्ष २०७१/७२ मा १४ हजार ४ सय ७६ जना मध्ये ४ सय १८ जना महिला वैदेशिक रोजगारीमा गएका छन ।

यो आर्थिक वर्ष २०७२/७३ को श्रावण देखि पुस सम्म ६ महिनाको अवधिमा ४ हजार ९ सय ८ जनो मध्ये ६ सय २८ जना महिला छन । काठमाडौंबाट राहदानी निकाल्ने महिलाको संख्या ३ सय २३ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सगनुलाई ‘मिनी आईपिओ’ मा जान अमेरिकी मान्यता

काठमाडौं: सगुनले मिनी आईपीओको मान्यता प्राप्त गरेको छ। यो सँगै अब सगुनले अब आफ्नो दुई करोड अमेरिकी डलर नेपाली रकमबराबरको सेयर प्रत्यक वर्ष बिक्रीवितरण गर्न पाउने भएको छ।

अमेरिकन कानुनअनुसार विस्तारित अवस्थामा रहेका कम्पनीलाई सेयर बजारमा प्रवेश गर्नको लागि दिइने यो सुविधा सगुनले पनि प्राप्त गरेको छ। सूचनाको प्रविधिको क्षेत्रमा नेपाललाई चिनाउन र नेपाली पनि सूचना र प्रविधिको क्षेत्रमा सक्षम छन् भन्ने सन्देश प्रवाह गर्नको लागि एउटा अहम् भूमिका निर्वाह गर्न सफल सगुन मिनी आईपीओ प्राप्त गर्ने पहिलोनेपालीले लगानी गरेको कम्पनी भएको छ।<

मिनी आईपीओ प्राप्त गरेपश्चात् अब सगुनको सेयर खरिदमा विश्वभरिका प्रत्येक नागरिकले लगानी गर्न पाउने भएका छन्। मिनी आईपीओ प्राप्त गरेपश्चात विशेषगरी अमेरिकन र क्यानडाका नागरिकले विस्तारित अवस्थामा रहेका कम्पनीमा लगानी गर्न पाउने सगुनका संस्थापक गोविन्द गिरीले बताए।

उनका अनुसार सगुनजस्ता सामाजिक सञ्जाललाई आईपीओ प्राप्त गर्नको लागि त्यहाँ रहेका बैंक तथा वित्तीय संस्थाले मान्यता प्रदान गर्नुपर्छ। सगुनलाई अहिलेसम्म चारवटा बैंक तथा वित्तीय संस्थाले आईपीओ प्रदान गरिसकेका छन्।

आईपीओ प्रदानसँगै उक्त बैंक तथा वित्तीय संस्थाले त्यसमा लगानी पनि गर्नुपर्ने हुन्छ। यो अनुसार सगुनमा अहिले चारवटा कम्पनीको लगानी थपिएको छ। मिनी आईपीओ प्राप्त गर्नको लागि कम्पनी अमेरिका र क्यानडामा दर्ता हुनुपर्ने बताउँदै गिरीले भने, ‘अब हामी आउँदो अप्रिलबट विश्वव्यापी रूपमा सेयर खरिदको लागि आह्वान गर्नेछौं।’

सगुन अब एउटा व्यक्तिको मात्र नभएर सम्पूर्ण प्रयोगकर्ताको भएको बताउँदै गिरीले जसरी सगुनमा खाता खोलेसँगै प्रत्येक प्रयोगकर्ताले पैसा प्राप्त गर्दछन् त्यसरी नै अब प्रत्येक प्रयोगकर्ता हाम्रो लगानीकर्ता पनि हुने बताए।

उनका अनुसार पछिल्लो समय यो कम्पनीमा लगानी गर्न धेरै नेपाली इच्छुक रहेका थिए। योसँगै अब उनीहरूको चाहना पनि पूरा हुने भएको छ। अब प्रत्यक नेपालीले सगुनमा लगानी गरी सहभागी हुने पाउने उनको भनाई थियो। उनका अनुसार सगुनको लागि यो ठूलो अवसर हो। योसँगै सगुन अब एक चरण माथि सरेको छ।

साथै सगुनले आफूलाई पनि विस्तार गरेको छ। उसले नयाँनयाँ फिचरहरू दिएर आफूलाई पनि विस्तार गरेको हो। नेपाली मौलिकपन र विश्वप्रविधिलाई एकै ठाउँमा ल्याई विकास गरिएको सामाजिक सञ्जाल ‘सगुन’ले परिस्कृत भर्सन २.१ को सुरुवात गर्दै फागुन ११ गतेबाट डेस्कटप र ल्‍यापटप भर्सन ल्‍याएको छ।

यसअघि नेपालबाटै विश्वव्यापी रूपमा दोस्रो संस्करण २.० भर्सन सार्वजनिक गरेको सगुनले यस पटक भने मोबाइल वेब भर्सन ल्‍याउँदै स्मार्टफोन प्रयोगकर्ताहरूलाई चलाउन सजिलो हुने गरी नयाँ फिचर उपलब्ध गराएको छ।

पहिलो भर्सन २.० मा भएका कमीकमजोरीलाई सगुनले २.१ मा व्यवस्थित गरेको छ। सगुन खोल्ने बित्तिकै अब तपाइले दिनहुँ गरिने क्रियाकलापलाई व्यवस्थित गर्न माई डे, तपार्इंको मुड सेट गर्न र कुराकानी गर्नको लागि मुड टक र तपाईंको व्‍यक्तिगत र गोप्‍य कुरा अभिव्‍यक्त गर्न ओपन सेक्रेटलगायतका विशेषताहरू थप गरेको छ।

सगुनको नयाँ भर्सनलाई मोबाइल वेब एप्सको जस्तै बनाएकोले यसको मोबाइल एप्स आउनुभन्दा पहिले नै प्रयोगकर्ताले एप्सको अभाव महसुस गर्ने छैनन्। यसका साथै सगुन चलाउँदा प्रयोगकर्ताले सेक्रेट ट्र्याकिङको सुविधा पाउनेछन् जसबाट उसले आफूले गरेको पोस्ट् कुन देशको कुन सहरमा कति जनाले हेरे भनेर प्रत्यक्ष रूपमा हर्न सक्नेछन्।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

९० सालको भूकम्प र पुनर्निर्माण ! यसो गरे जुद्ध शम्शेरले !

१९९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो । त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत्  आइपरेको थियो । परिआएको दुःख धैर्यवलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनैखोस्री झिक्ने, बचाउने, घाइतेहरुलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाँउ नपाईरहेकालाई पाल छाप्रो, टहरो, बाँस, रबर, टिनापात इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मालमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जे जे काम भएको थियो सबैलाई थाहै छ ।

भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरी खडा गरी सबैले चाँडो विश्राम गर्न पाउन् भन्ना निमित्त यहाँ चार भन्ज्याङभित्र र पहाड–मधेशको समेत जंगल खोलिदिई दुनियाका निमित्त लखन रुपैयाँको काठपातबेदाममा छोडियो । ठाउँठाउँमा भट्टी बनाई पोलाएको करोडन ईट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकिएको टिनपाता, किलाकाँटाहरु सरल मोलमा पाउने प्रबन्ध पनि भयो । नेपालमा भएजति कालीगड पनि पहिले दुनियँका निमित्त छोडिए । भत्किई–बिग्रिई खण्डहर सहर शून्य, उदासलाग्दो भइरहेका सहर–गाँउहरुमा ठाउँठाउँ थुप्रिरहेको र सडकको एवं दुनियाँको नासिएका घरको माटो समेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो ।

फन्ड खोली दीनहीन दुःखीहरुलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो । साना–ठूला सबैलाई एकैबाजी त्यस्तो ठूलो भुकम्पको मारबाट उठ्नलाई फन्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टककै अड्कने, पुगिसरी आउनेहरुसँग पनि सबैका घरमा नगद महजुद नरहने, खोजमेल गरुन भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातीर लागून भने स्वार्थी सुदखोरखहरु पहिले यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकट परेको मौका छोपी बढव बढी व्याज, घीउ खानी खोज्ने भई दुःखीहरुमाथिदुःख थपिन जाने भई धेरै जसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरुलाई त्यो संकटबाट उकास्ने महलवसरि विना व्याजमा चार वर्षको भाखा गरी सापट दिना निमित्त मोरु पचास लाख रुपैयाँ पर सारियो । त्यसमध्ये मोरु २९८२३१/६२ सापटीको रुपमा गयो ।

यी सबै प्रवन्ध र मद्धतबाट भुकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तासँग आफ्नो थातवास तयार गरि आफ्नो वालवच्चा, मालमत्ता थन्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए । त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले, पुराना छाँटकाँटको ठाँउमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन् । देवालय, पाटी–पौवाहरु पनि धेरै नै बने । यति हुन गएकोले अ‍ै ले देख्ने नयाँ मानिसले हेर्दा ‘ नेपालमा भुकम्पको मार त्यतिको भएको थियो के त ?’ भने जस्तो दृश्य प्रत्यक्षै देखिरहेकोछ । यतिसम्म यति चाँडो हुन सक्नु सानो सान्तोषको कुरा होइन । भुकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै वलले फेरी याति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरु सबैले देखे–सुनेकै होलाऊ ।

कोहीकोही जंगी–निजामति जागिरदार, रजौटा–पुरोहितहरुले तमसुक लेखी संस्थातर्फबाट, सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कट्टी गराए, कसैले आफ्नो घरघरानाबाट ल्याई वुझाइसकेका छन् । ती जागिरदारहरुमध्ये धेरै ऐले पनि जागिरेमा बहाल छन् तापनि तिनीहरुले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नुपरेको पनि सम्झीराखेकै छु । त्यो दैवी दुर्घटनामा भत्केका घर–पर्खालले मिची अकाल मृत्यु भएकाहरुको आत्माको शान्ति र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो । शास्त्रानुसार तिनीहरुको अवश्य उद्धार हुन गई तिनको परत्र सुध्रन गएको हुनुपर्दछ । दुर्गतिको लक्षण पनि केही–कतै देखिदैंन, सुनिदैंन ।

आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यस काममा उठेको फन्डमा राखिदिने बन्दोवस्त भएकाले कुल जम्मा मोरु १०७४६१३.७९ नोटक रु २७३३१.३ आएको हो । त्यसमध्ये नानी कमान्डर इनचिफ जनरल पद्यशमशेर जंगराणा र नानी फ.क.ज. मोहनसमशेर जंग व. राणा प्रवृत्ति छ जना (फ.क.ज बबरसमशेर, द.क.ज. केसरसमशेर, ज.सिँहसंशेर, ज. कृष्णसंशेर, ज. शंकसंशेर) हाम्रा भतिजाहरु तर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालिस हजार मोरु जम्मा हुन आयो । विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित, भारदार, दुनियाँबाट र नेपालमा रहेका विदेशीहरुबाट गरी मोरु ३४९१३।७९ नोटक रु. ४२९४… चन्दा आएको थियो ।

स्नेहले विशेष सहानुभूति प्रकट गरी ब्रिटिस, जापानी, हिन्दुस्तानी सज्जनहरुले पनि, नोटक रु.२३०३७.२..३ पठाएका थिए । सो आएको जम्मै दाम फन्डमा जम्मा हुन गएको छ । यो फन्डबाट यहाँ नेपाल खाल्डोका र पहाडका समेत अकिन्चन दीन दुःखीलाई जिल्ला जिल्ला, गाँउगाँउ सम्म डोर पाठाई अन्न बस्त्र बाँड्ने, विउ मासिएकालाई विउ दिने, दुनियादारको भत्केको घर, छाप्रो, कटेरा बनाउनलाई दाम दिने, माटो मिल्काईदिन इत्यादि काममा गरी जिम्मा मोरु ५४४४.६८ नोटक रु. ३८४२…. खर्च भइसकेको छ ।

सो वाहेक भूकम्पले भत्केका–विग्रेका देवदेवालय, पाटीपौवाहरुको जीर्णेद्धारको खर्च, भूकम्पोद्धार सम्वन्धी काम गर्नालाई नयाँ थप भएका कामदार–कारिन्दाहरुको तलव, मसलन्द, रेलभाडामा भएको खर्च अघि फन्डतर्फबाट भइरहेको थियो तापनि तिनीहरुलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकार तर्फबाटै गर्ने बन्दोवस्त मिलाएकाले अब फन्डपट्टी नोट कम्पनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६ वाँकी रहने सापटीवाला तिमी दुनियाहरुलाई पाटीमा सोधभर्ना गरिदिने बन्दोवस्त गरिएको छ ।

प्यारा प्रजा हो,

यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएको छ । यस्तो परिआँउदा त्यहाँका वासिन्दाहरुले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगभन्दातिर झन् मन बढाई आफ्नो आँट र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन् । यही नेपालमा पनि शक्तिसिँह देवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ । त्यत्तिकै टाढाको के कुरा, सय वर्ष अगाडि १८९० सालमा पनि यस्तै उत्पातले धेरै धनजन, घर–देवालय, सहरको नास गरेको रहेछ ।

त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरु केवल आफ्नै आँट र उद्योगको जोरले फेरी उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ । यी कुराहरुले सदासर्वदा उद्योगमा दत्तचित्त भई प्रजा–प्राणीहरुले आफ्नो जीवन सुजीवन बनाउँनु र स्वावलम्बी भई आफ्नो देशको उन्नती गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ । दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्नतिर नलागे अघिका परिपस्थितिसम्म पुग्न पनि गाह्रो हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ ।

सांसारिक जीवनमा सधैं सुखको दिन मात्र आइरहँदैन । कहिले कस्तो परि आउँदछ, कहिले कस्तो । मुलुकमा लडाइभिडाइँको काम परिआयो भने अवस्था अनुसार जस्तो परिआउँछ सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरु लाग्ने गर्छन् । जस्तो लडाइभिडाइ उस्तै देशमा परि आएको दैवी दुर्घटना पनि दैवी लडाईजस्तो हो । अकस्मात त्योस्तो दैवी परीआएपछि घरवास तयारी भए धmै तिमीहरु क्षतिपूर्तितिर जाँगर बढाइ, उद्योगधन्दामा लागि मितव्ययी बानी बसाली सकेसम्म चाँडो स्वावलम्वी हुने, भन्दामा पनि दत्तचित्त हुने वेला थियो ।

अवस्थाअनुसार खस्रो धस्रो लगाई रुखा वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतछीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २–३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा वुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, शिल्पकार कालिगडहरुले शिल्प र कालिगडी कामतर्फ विशेष प्रयत्न पुर्याउने, यस्तै अरु ज–जसको जुनजुन काम छ, उसमा हौसला बढाईm पारिश्रमसाथ उद्योगभन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको भनले आफ्नो र्निवाह चलाई थोरबहुत जो सकिन्छ साँच्दै जान सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसाथै देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ । नजान्ने नबुझ्नेले पनि जान्नुबुझ्नु योग्य छ ।

यही मितव्ययी हुने स्वावलम्वी हुने तरफ अर्थात चाहिँदोबाज्जी मात्र गर्ने र आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएकोवस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेका र उद्योग परिषद स्थापना र स्वदेशी चीजको प्रर्दशनी आदिकने प्रवन्ध गरी बाटो देखाउने उपाय पनि भएको छ ।

विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका वासिन्दा प्रत्यकको आत्मीक बलको उन्नती र अवनतिसँग सम्वन्धराख्तछ, उन्नतीको चाहना कसलाई हुँदैन ? देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पुर्याई उपायतिर लाग्नु पर्दछ । टाढासम्म विचार नजर अगाडि फैलाई धैर्य र जाँगर दुई हातमा लिइ उपाय उद्योगथिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाईदा नभई रहँदैन । यिनै कुरा मौमा परेमा तिमीहरुलाई बराबर सम्झाइ बोध गराउने ।

कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरुले देखे जानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरी गप गरिएको छ । सो म्यादसम्ममा पनि सोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैयाँ लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तमसुकैमा लेखिएको र आम इस्तिहार समेत भई राखेका हुनाले त्यसको लिलाम गर्न केही बाधा थिएन ।

त्यसो गर्दा भत्केको घर सवैलाई एकै चोटी तयार गर्नुपरेको पर्खे विस्तार गर्ने अवसर नभएको कालिगढको र अरु ज्यालादारीको महँगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नााई पुरानो आफ्नो सामानसमेत काम लाग्ने जति काममा लगाई ती घरहरुमा तिनीहरुको निजायती धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरुको मान कल्पनातीत कुरा त छँदैछ, लिलाम लिने भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाईने स्वभावै हुनाले जेनकेन गरी बल्लवल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरु फेरी विनास्थानका हुन जाने छाँट देखिन आयो ।

कोही कोहीले ता सोही घर साहुलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्इाएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगवन्धक राखिने गरी भने पनि दुवै थरीलाई पछिसम्मको टन्टा छुट्ने भएन । फेरी प्रजाहरुको बासको सुख पनि तिजीहरुकाहातमा हुने भएन । व्याकबाट कर्जा मिल्ने प्रवन्ध हुन गएमा पनि ऋणमाथि झन् व्याज थपिदैं जाने भयो । भाखा पाए तिर्ने थियौ भन्नेयस्तो भनाई पनि सुनियो ।

के चार वर्षको भाखा कम थियो र । त्यो चार वर्षको व्याज सयकडा पाँचका दरले मात्र दिनुपरेको भए पनि कति तिनुपर्ने भइसक्ने थियो, आफैं हिसाव गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरुको अवस्था विचार गरी हेर्दा सर्कारको हरगुहारबाट तनमनधन लगाईप्रजाहरुले ऐले पाईरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भुकम्पको घाउ पुरिदाँ नपुरीँदा तिनीहरुले फेरी दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होला भन्ने छाँट देखिन लाग्यो ।

हेर सर्कार र दुनियाँको सम्वन्ध वावुछोराको जस्तै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यागं वेग्दावेग्लै रहेको छता पनि ती सवै मिल िएक शरीर एक ज्यान बनेको छ । शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ । त्यतैबाट शरीरका सारा अवयवहरुको सन्चालन हुने हुनाले शिरलाइए ‘उत्तमांग अंगप्रत्यांगमा जो सुःख दुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमा.गमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरुका उत्तमांग सर्कार हुन् । अर्थात राज्यका अंगप्रत्यंग प्रजाहरु उत्तमांग सर्कार बनिरहेका छन् । ती सबै मिली एक शरीर एक जीउ भएको हुन्छ । सरकारलाई सहयोग परेको सुख दुःखमा प्रजालाई परेको सुख दूःखमा सरकारले सहानुभूति देखाई सहयोग  गर्नु स्वभाविक हुनुपर्ने कुरा हो ।

सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकारले खुद बनाउनुपर्ने दरबार सक्रिया घर अड्डा अस्पताल असरवावघर धरहरा नयाँ बाटो ठाँउठाँउका पाटीपौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णेदार कारिन्दाहरुको तलबमसmन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झै त्यसतर्फ पनि सरकारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुदैंछ तापनि हार्दिक भावभक्ति राखी सरकारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुने सकेसम्म हारगुहार गरी रक्षा गर्नु सरकारको कर्तव्यनै हो, सोही अनुसार त्यो भयानक भूकम्पमा तिमीप्रजाहरुको उद्धार निमित् सकभर गरी अघि यहि ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुने सम्म गर्नामा बाँकी राख्ने छैन’ भनेको तिमीहरुले सम्झीराखेकै होलाऊ ।

यी सबै कुराको ख्याल साथसाथै संस्थानका ऋणी प्रजाहरुले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरुले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भने बमोजिम जुन कामका निम्ती लिएको छ सोही स्ववासी घर खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहवासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफरना प्यारा प्रजाहरुलाई चिन्ता र सहबाट पनि गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६।६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५,६०,९५६ कटाई बाँकी मोरु २४,२१,३६०।६२ जम्मै तिमीहरुको सुखशान्तिको खातिर माफीगरिदिएको छु ।

कोहीकोही जंगी निजामति जागिरदार रजौटा प्रोहितहरुले तमसुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कट्टा गराई कसैले आफ्नै घरघरानाबाट ल्याएर बुझाईसकेका छन् । ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरुको सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु । घर घर माटामा चुलो भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो त्यसो हुनाले तिनीहरुले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तमसुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रवन्ध हुनेछ । आजसम्म अरु बुझाऊन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता दिने बन्दोवस्त हुनेछ । पाउने छौं खाति  जामासँग सुखशान्तिपूर्वक विश्राम गरुन् । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजिवन गराउँदै रहुन् ।

यो भुकम्पोद्धार सम्बन्धी सुरुदेखि  आखिरतक हरेक विषयमा आडर बमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फका कमान्डिङ जनरल लगायत हाम्रा भाइछोराहरुबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औं स्वयंसेवकहरुबाट पनि परिश्रम र तन्देही साथ काम भई चाँडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरु र पुलिसहरुलाई एक लाख इनाम र विशेष काम गर्नेहरुलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरु समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ । ती राम्रो काम गर्नेहरुलाई समाप्तिको यो अवसरमा पनि फेरी धन्यवाद गर्दछ ।

(तत्कालिन प्रधानमन्त्री जुद्ध शम्शेर राणले १९९० सालमा गएको भूकम्पपछि पुनर्निर्माणकालागि देशवासीका नाममा गरेको सम्बोधन )


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आर्थिक मुद्दालाई प्राथमिकता नदिँदा देश पछाडिः उद्योगपति चौधरी  

१७ फागुन, काठमाडौं । उद्योगपति विनोद चौधरीले राजनीतिक दलहरुले आर्थिक मुद्दालाई प्राथमिकता नदिएका कारण विदेशी लगानी भित्रिन नसकेको बताएका छन् । राजनीतिक दलका नेताहरुले आर्थिक मुद्दालाई बेवास्ता गर्दा मुलुकको आर्थिक विकास पछाडि परेको उनले बताए ।

आफ्नो आत्मकथाको अंग्रेजी संस्करण सार्बजनिक गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले आर्थिक मुद्दालाई प्राथमिकता नदिँदा विदेशी लगानी आकर्षित हुन नसकेको र औद्योगिकीकरण फस्टाउन नसकेको बताए । अस्थीर राजनीतिका कारण पनि आर्थिक विकास पछि परेको उद्योगपछि चौधरीको भनाइ छ ।

चौधरीको आत्मकथा नेपाली भाषामा तीन वर्ष पहिले छापिएको थियो । अंग्रेजी संस्करणको पुस्तकमा नेपाली संस्करण प्रकाशन भएयताका विवरणहरु समेत समावेश गरिएको प्रकाशक नेपालयले जनाएको छ ।

सडक जीबनबाट अर्बपतिको सूचीमा पुग्न सफल चौधरीको सफलताको कथा उनको आत्मकथामा पढ्न पाइन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बालकृष्ण खाँड भन्छन्- सभापति जितेपछि शेरबहादुर देउवा नै संस्थापनको नेता

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वालकृष्ण खाँडले पार्टीको १३ औं महाधिवेशनपछि शेरबहादुर देउवा संस्थापन पक्षको नेता बन्ने दाबी गरेका छन् ।

साथै १३ औं महाधिवेशनबाट कांग्रेसभित्र ६०/४० को भागवण्डा समाप्त हुने खाँडको भनाइ छ । महाधिवेशनमा पदाधिकारीमा नभई केन्द्रीय सदस्यमा मात्रै उम्मेद्वारी दिने तयारीमा रहेका देउवा पक्षका नेता खाँडसँग गरेको संक्षिप्त कुराकानीः

देउवा पक्षका उम्मेदवारहरुको टिम घोषणा कहिले हुन्छ ?

आन्तरिक छलफल भइरहेको छ । उपयुक्त समयमै टिमबारे तपाईंहरूलाई जानकारी गराउँछौं ।

महामन्त्री, उपसभापति, कोषाध्यक्षको उम्मेदवार मोटामोटी तय भइसक्यो कि ?

अहिले मूल कुरा १३औं महाधिवेशनमा सभापतिमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूूलाई प्रस्तुत गर्नुहुन्छ । अन्य पदाधिकारीको हकमा पहाड र मधेस मिलाउनुस्, १२औं महाधिवेशनमा हामीसँग नरहेका साथी मध्येबाट पनि पदाधिकारी र केन्द्रीय समितिमा समेट्नुस् भनेका छौं ।

किनकि, गिरिजाप्रसाद कोइराला हामीबीच रहनुभएन । भर्खरै सुशील कोइराला पनि दिवंगत हुनुभएको छ । राष्ट्रिय एकता, पार्टीभित्र मेलमिलाप र सदभावको वाहक तपाईं -देउवा) नै हो । त्यसकारण सबैलाई समेटेर टिम बनाउनुस् भनेका छौं । त्यहीखालको गृहकार्यमा उहाँ हुनुहुन्छ ।

महामन्त्रीमा शशांक कोइरालालाई प्रस्ताव गर्नुभएको खबर आएको थियो, अर्जुननरसिंह केसीको नाम पनि आएको छ, को हो महामन्त्रीको उम्मेदवार ?

अहिले कांग्रेसको प्रचलनमा देउवा समूह र संस्थापन समूह भयो । संस्थापन समूह भनेको त पार्टी सभापति जो रहन्छ, त्यो नै हुने भो । अहिलेको संस्थापन समूहबाट पदाधिकारी राखेर टीम बनाउनुस् भनेर हामीले उहाँलाई भनेका छौं ।

यसको मतलव, हाम्रो टीममा पदाधिकारीका लागि उपयुक्त पात्र नभएर होइन । उपसभापति, महामन्त्री भएका साथीहरू हुनुहुन्छ । हामी पनि लामै समयदेखि केन्द्रीय समितिमा छौं । उपयुक्त पदका लागि उम्मेदवारी दिन सक्ने हुँदाहुँदै पनि हामीले के भन्यौं भने शेरबहादुर देउवा कांग्रेसभित्र परिवर्तनको वाहक हुनुहुन्छ । हामी सबैको आशाको केन्द्रबिन्दु हुनुहुन्छ । पार्टी एकता र सदभावका लागि हाम्रो धरोहर हो । त्यसैले सबैलाई समेटेर टिम बनाउनुस् । त्यसमा तपाईंले भनेका नाम हुन पनि सक्छन्, अरु हुन पनि सक्छ ।

व्यक्तिगतरूपमा तपाईंचाहिँ कोषाध्यक्षको दाबेदार हो ?

मलाई पनि साथीहरूले पदाधिकारीमा उठ्नुस् भन्नुभएको थियो । विधानमा अहिले परिमार्जन गरेर पदाधिकारी बढाउने काम भएन । त्यसैले यो महाधिवेशनको प्रारम्भिक निर्वाचनमा धेरै पुराना केन्द्रीय सदस्य पनि पुनः केन्द्रीय सदस्यमै आफूलाई प्रस्तुत गर्नुपर्ने अवस्था छ ।

उसोभए तपाई पदाधिकारीमा नलड्न पनि सक्नुहुन्छ ?

अहिले छलफलमै छौं । उहाँले पदाधिकारीका लागि तपाईं आफू प्रस्तुत हुनुस् भन्ने हो भने लड्नुपर्छ । तर, मानसिकरूपमा हामी कुनै पदाधिकारीका रुपमा लडिहाल्नुपर्छ भन्ने छैन । १३औं महाधिवेशनले शेरबहादुर देउवालाई नेतृत्वको जिम्मेवारी देओस् र उहाँ सभापति बन्नुहोस् भन्ने हामी सबैको सदीक्षा छ ।

आफू के हुने भन्दा पनि देउवालाई कसरी सभापति बनाउने भनेर लाग्नुभएको हो ?

देउवा हाम्रो अभियानका प्रतीक हुनुहुन्छ । पार्टीमा परिवर्तनका लागि मूलधारमा देउवा पुग्नुस् र सबैलाई समेटेर अघि बढ्नुस् भन्ने सदीक्षा हो ।

उद्घाटनसत्र आउन तीन दिन मात्रै छ, जोड-घटाउ त भइसक्यो होला, के छ ?

महाधिवेशन प्रतिनिधिलाई भेटिरहेका छौं । धेरै साथीहरु परिवर्तनका लागि उत्सुक हुनुहुन्छ । १२औं महाधिवेशनमा सहयोग गरेका जो दोहोरिएर आउनुभएको छ, उहाँहरू देउवाको पक्षमै हुनुहुन्छ । जति युवा र नयाँ साथीहरू आउनुभएको छ, उहाँहरूले पनि देउवाले नै समर्थन गर्छौं भन्नुभएको छ । विगतमा जसले समर्थन गरेनन्, ती साथीले पनि योपटक सहयोग गर्छौं भन्नुभएको छ । उहाँले ठूलो भोट मतान्तरमा विजय प्राप्त गर्नुहुन्छ भन्ने आँकलन छ हाम्रो ।

बाहिर शेरबहादुर देउवा सभापति बने उहाँले संस्थापनलाई समेट्नुहुन्न भन्ने रहेछ नि ?

कसैलाई पनि गाह्रो पर्दैन । हामी सबै राजनीतिक पृष्ठभूमिबाट आएका छौं । कोही नेवि संघ, कोही तरुण दल, कोही विभिन्न विङ्स र आन्दोलनबाट आएका छौं । २००७ सालको जनक्रान्ति, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ को जनआन्दोलन र पछिल्लो ०६०/६२ को आन्दोलनको पुस्ता कांग्रेसमा छ ।

शेरबहादुर सभापति हुनुभो भने पुरानो र नयाँ पुस्तालाई समेटेर कांग्रेसलाई एक ढिक्का बनाउनुहुनेछ र कांग्रेसलाई पहिलो पार्टी बनाउनुहुनेछ । शेरबहादुर सभापति भएर कसैलाई नोक्सान हुँदैन । शंका-आशंका गर्न जरुरी छैन । हामीले पनि त्योखालको दबाब दिन्छौं कि सबै पक्षको साझा नेता बन्नुस् ।

तर, विगतले त्यसो भन्दैन, उहाँ कहिल्यै संस्थापनको नेता बन्नुभएन, खालि ४० बोकेर बस्नुभयो भन्ने छ नि ?

पार्टी विभाजन नहुनुपर्थ्यो । विभाजनले धेरै नेता कार्यकर्ताको मन दुखेको छ । केही नेताले ठूलो पद प्राप्त गर्नु भएको छ, फाइदा पनि भएको छ । तर, धेरैको मन दुखायो । तथापि गिरिजाप्रसाद र शेरबहादुर देउवा दुवैको साझा प्रयासले पार्टी एक भएको हो ।

फेरि एकपटक एक ढिक्का भएर कांग्रेस अघि बढेको छ । त्यसैले ६० र ४० को कुरै भएन । पार्टी मिलाउने बेला ६० र ४० को फर्मुलामा एकता गरेको हो । तर, १२ औं महाधिवेशनमा त उहाँको ४५ प्रतिशत भोट आएको थियो नि । अब १३ औं महाधिवेशनपछि ६० र ४० को कुनै अवशेष रहँदैन ।

उहाँले आउने स्थानीय, प्रदेश र लोकसभाको चुनावमा कांग्रेसका योग्य, जुझारु र प्रतिबद्ध नेतालाई प्रस्तुत गर्नुहुन्छ । र, त्यसमा ६० र ४० को कुनै गन्ध आउनेछैन ।

शेरबहादुर देउवाका तीन एजेन्डा के हुन् ?

अहिले संविधान जारी भएको छ र यसको कार्यान्वयन गर्नुपर्नेछ । संविधान कार्यान्वयन गर्न कांग्रेस सुदृढ चाहिन्छ, कांग्रेसको नेतृत्व पनि सबल चाहिन्छ । कांग्रेसको नेताले लचिलो भएर अन्य दलको पनि सहअस्तित्व स्वीकार गर्दै संवादको माध्यमबाट सहमतिमा ल्याएर सँगै लिएर जाने नेता चाहिन्छ । त्यो तागत शेरबहादुर देउवाभित्र छ भन्ने हाम्रो विश्वास हो । किनकि विगतका कठिन दिनमा पनि उहाँले सबै दललाई मिलाएरै सरकार चलाउनु भो र निकास दिने कोसिस गर्नु भो ।

अहिले पनि उहाँले पार्टीमा सबैलाई समेट्ने कोसिस गर्नुहुनेछ । संविधान लागू गर्ने क्रममा अधिकतम सहमति चाहिन्छ । देउवा सभापति हुनु भो भने संसदमा अग्रसरता लिनु हुनेछ र सबै दललाई मिलाएर संविधान परिष्कृत गर्ने, जनताको पक्षमा बनाउने र कार्यान्वयन गर्ने र आउने दिनमा हुने चुनावमा कांग्रेसलाई अग्रता दिलाउने हाम्रो सदीक्षा छ । त्यसको नेतृत्व देउवाले गर्नुहुनेछ ।

जित्ने आधार के छ ?

१२ औं महाधिवेशनभन्दा अहिले हाम्रो जनसम्पर्क बढेको छ । धेरै साथीहरू आउनुभएको छ, उहाँहरूले पार्टीमा परिवर्तन चाहनुभएको छ । पुराना र नयाँ क्रियाशीलबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनुभएको छ, उहाँहरूले देउवालाई रुचाउनुभएको छ । समावेशिताका कारण धेरै साथीले आउने मौका पाउनुभएको छ, यस कदमको सुरुवात देउवाले नै गर्नुभएको हो । पार्टीमा समावेशीकरणको सुरुवात उहाँले नै गरेको हो । त्यसैले उहाँले विजयी प्रान्त गर्ने सुनिश्चित छ ।

अहिले चारजना सभापतिको उम्मेदवार हुने देखिन्छ, सभापति जित्न १६ सय प्लस भोट चाहिन्छ, तपाईंहरूको हिसाब कस्तो छ ?

अहिले शेरबहादुर देउवाले १७ सय बढी भोट पाउनुहुन्छ । भ्रातृ संस्थामा पनि उहाँको पक्षमा मत बढेको छ । जनसम्पर्क समितिमा पनि उहाँको प्रभाव छ । विगतमा सहयोग गर्ने त छँदैछ, नगर्नेहरूले पनि अहिले त देउवा उपयुक्त हो भनेकाले पहिलो चरणमा नै चाहिने बहुमत प्राप्त गर्नुहुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं