Wednesday, March 16, 2016

हिन्दु धर्ममा ‘१०८’ अङ्को महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ?

हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ।

यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त?

आउनुहोस्, जानौँ के रहेछ त १०८ को महत्व?

  • सर्वप्रथम त, सूर्यको व्यास पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।
  • पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ।
  • आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’हरू हुन्छन्।
  • हिन्दु धर्ममा शक्तिशाली ठानिने ‘श्रीयन्त्र’मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन हुन्छन्, जसको आ-आफ्नै शिव र शक्ति गुण हुन्छ। अनि त्यसको कुल निकाल्दा १०८ हुन जान्छ।
  • ज्योतिषशास्त्रका अनुसार, १२ नक्षत्र (राशि) र ९ ग्रहहरू हुन्छन्, जसलाई गुणा ( गर्दा १०८ हुन आउँछ।
  • तान्त्रिकविद्याका अनुसार, एक व्यक्तिले एक दिनमा करीब २१,६०० पटक स्वास फेर्ने अनुमान गरिएको छ, जसमध्ये १०,८०० लाई सौर्य ऊर्जा र १०,८०० लाई चन्द्र ऊर्जा मानिन्छ। १०,८०० लाई १०० ले भाग गर्दा १०८ हुन्छ।
  • हिन्दु धर्मका प्राचीन साधु ‘भरत’ले ‘नाट्य शास्त्र’ रचेका थिए, जसमा १०८ करणहरू छन्। (करण:- हात र खुट्टाको चाल)
  • संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन्, जसको आफ्नै शिवपक्ष र शक्तिपक्ष हुन्छन्। जसको कुल निकाल्दा १०८ अक्षरहरू हुन आउँछन्।
  • हिन्दु धर्ममा १०८ पुराणहरू र १०८ उपनिषदहरू छन्।
  • ९ र १२ को गुणा गर्दा १०८ हुन्छ र विश्वका अनेकौँ परम्परामा यी दुवै ९ र १२ अङ्कको विशेष महत्व रहेको पाइएको छ।
  • अङ्गगणितमा १, २ र ३ को पावरलाई जोड्दा १०८ हुन्छ:-
    १ को पावर १ = १
    २ को पावर २ = ४
    ३ को पावर ३ = २७ र
    १, ४ र २७ को गुणा गर्दा १*४*२७ = १०८ हुन्छ।
  • संस्कृत भाषाको गणितमा ‘हर्शद अङ्क’ भन्ने हुन्छ, जसको अर्थ हुन्छ:- यस्तो मूलाङ्क जसलाई त्यसैको अङ्कसङ्ख्या )ले भाग गर्दा मूलाङ्क नै आउँछ। हर्शद अङ्कको एउटा राम्रो उदाहरण भनेकै १०८ हो।

  • अभिलाषा – हिन्दु शास्त्रका अनुसार, नश्वर प्राणीमा १०८ वटा सांसारिक अभिलाषाहरू हुने ठानिन्छ।
  • असत्य – शास्त्रका अनुसार, मानवजातीले बोल्ने असत्य कुराहरूको १०८ प्रकार भएको ठानिन्छ।
  • अज्ञानता – मानवजातिका १०८ अज्ञानता हुन्छन् भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।
  • हृदयचक्र – अध्यात्मवादका अनुसार, मानिसको शरीरमा हजारौँ शक्तिरेखाहरू हुन्छन् र त्यसको प्रतिच्छेदन भएको विन्दुलाई नै ‘चक्र’ भनिन्छ। अनि हाम्रो मुटुनेर हुने हृदयचक्र १०८ वटा शक्तिरेखाहरू मिलेर बनेका हुन्छन्, जसमध्ये एक रेखा ‘सुषुम्ना’ शिरचक्रतर्फ फैलिएको हुन्छ। आत्मज्ञान प्राप्त गर्नको लागि यहि शिरचक्रलाई महसुस गर्नुपर्छ भन्ने अध्यात्मशास्त्रीहरू विश्वास गर्दछन्।
  • प्राणायं – यदि कोहि व्यक्ति ध्यानमा तल्लीन भएर दिनमा केवल १०८ पटक मात्रै सास फेर्न सक्षम हुन्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्ने अध्यात्मशास्त्रमा उल्लेख गरिएको छ।
  • पञ्चभूत – भनिन्छ, यो ब्रह्माण्ड पञ्चभूतले बनेको छ:- जल, वायु, अग्नी, धर्ती र आकाश। हिन्दु शास्त्रमा यी ५ तत्वलाई ‘पञ्चभूजाकार’ मा राखिएको छ। अनि पञ्चभूजाकारको प्रत्येक कुनाको कोण १०८ डिग्री हुन्छ।
  • काल – यो पनि भनिन्छ कि मानवजातिमा १०८ प्रकारका भावनाहरू हुन्छन्:- ३६ प्रकार भूतसँग जोडिएका, ३६ प्रकार वर्तमानसँग जोडिएका र ३६ प्रकार भविष्यसँग जोडिएका।
  • गङ्गा नदी – महाभारत क्षेत्रमा बग्ने पवित्र नदी ‘गंगा’ पृथ्वीको १२ डिग्री देशान्तर र ९ डिग्री अक्षांश मा फैलिएको छ। अनि १२ र ९ लाई गुणा गर्दा १०८ हुन आउँछ।
  • १, ० र ८ – हिन्दु धर्मका पुराणका अनुसार, १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान अर्थात सम्पूर्णता र ८ लाई अनन्त ज्ञानको प्रतीक मानिन्छ।
  • चाँदी र चन्द्रमा – ज्योतिषशास्त्रमा धातु चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ र रसायन शास्त्रका अनुसार चाँदी को परमाणविक तौल १०८ हुन्छ।
  • अङ्कसीमितता – १०८ को १ र ८ लाई जोड्दा ९ हुन्छ र गणितशास्त्रमा प्रमुख अङ्क अर्थात मूलाङ्क केवल ९ सम्म मात्रै सीमित हुन्छ:- ०, १, २, ३, ४, ५, ६, ७, ८, ९
  • ध्यान – अध्यात्मवादका अनुसार, ध्यान गर्ने जम्मा १०८ तरिका हुन्छन्।
  • मेरु वा सुमेरु – रुद्राक्ष मालाको टुप्पामा हुने एउटा दाना, जहाँबाट गन्न सुरु गरिन्छ, जुन १०८ मा पर्दैन, त्यसलाई सुमेरु अथवा मेरु भनिन्छ। यसको मतलब हुन्छ, आदि पनि त्यहि अन्त्य पनि त्यहि।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हिलारी क्लिन्टनको राष्ट्रपति बन्ने सपना चकनाचुर ! जेल सजाय हुनसक्ने

काठमाडौं, ३ चैत । अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेकी हिलारी क्लिन्टन संकटमा फसेकी छिन् ।

विदेशमन्त्री हुँदा देशका गोप्य सूचनाहरु चुहाएको अभियोगमा उनीमाथि अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले छानबिन थालेको छ । अमेरिकामा गोप्य सूचना चुहाउनुलाई ठूलै अपराध मानिन्छ ।

यसले उनको राष्ट्रपति बन्ने प्रयासमा केही धक्का लागेको समाचार एजेन्सीले जनाएका छन् । अमेरिकी कानुनअनुसार यो मुद्दामा दोषी ठहरिए क्लिन्टनलाई जेल सजाय समेत हुनसक्छ । अमेरिकामा सूचना चुहाउनेलाई १५ वर्षसम्मको जेल सजाय हुने प्रावधान छ ।

हालका राष्ट्रपति बराक ओबामाको पहिलो कार्यकालमा क्लिन्टन विदेश मन्त्री थिइन् । त्यो बेला उनले गोपनीय सूचनालाई सम्हालेर राख्न नसकेको आरोप लागेको थियो । अब एफबिआईले छानविन थालेपछि क्लिन्टनको मुद्दाले त्यहाँको राजनीतिक बजार तातिएको छ ।

डेमोक्र्याट्स पार्टीबाट राष्ट्रपतिको दौडमा रहेकी उनको राष्ट्रपति बन्ने सपना चकनाचुर भएर जेल जानुपर्ने अवस्थाबारे जताततै चर्चा भइरहेको छ । विपक्षीले त झन मौकाको फाइदा नै उठाएका छन् ।

यो मुद्दामा क्लिन्टनसँग एफबीआई एजेन्टले आगामी महिना बयान लिनेछन् । समाचार अनुसार अनुसन्धानका क्रममा उनका सहयोगीसँग पनि एफबीआईले बयान लिनेछ ।

विदेश मन्त्री हुँदा क्लिन्टनले आफ्नो घरमा एक निजी सर्भरको प्रयोग गर्दै आएकी थिइन् । जसबाट उनका केही ईमेलमा भएका गोप्य सूचना चुहिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मिडिया परिसरमा सकेट बम भेटियो (फोटो फिचर)

– नरेन्द्रसिह कार्की

दार्चुला, ३ चैत । दार्चुला विकास संगठनमा रहेको मिडिया परिसर छेउमा बुधबार दिउँसो सकेट बम भेटिएको छ । माटो खन्ने क्रममा बेल्चामा सकेट बम फेला परेको हो ।

दार्चुला विकास संगठनको भित्र रहेका सारथी मिडिया ग्रुप, नयाँ नेपाल एफएम, लगायत पत्रपत्रिकाको कार्यालय अगाडि बम भेटिएको हो । सकेट वममा तार जडित छ । बम द्वन्द्वकालमा राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपी सदरमुकाम खलंगाको जिल्ला प्रहरी कार्यालय नजिकै रहेको हुँदा कसले राख्यो भनेर यकिन अनुमान कसैले गर्न सकेको छैन ।

किसनसिह धामीले माटो भएको ठाउँ खन्ने क्रममा सकेट बम फेला परेको हो । हातमा तारजडित संकास्पद वस्तु फेला परेपछि बमको आंशका भएको धामीले बताए ।

सकेट बमलाई अहिले सत्रुभञ्जन गुल्ममा रहेका नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Bom (4)  Bom (2) Bom (1)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देउवाले केन्द्रीय सदस्यमा ७ जना मनोनित गरे, झण्डै छुटेका थिए गगन थापा

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ७ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

बुधबार अपराह्न पार्टी कार्यालय सानेपामा आयोजित नवनिर्वाचितलाई प्रमाण पत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा देउवाले १३ औं महाधिवेशनमा पराजित भएका अनुहारलाई केन्द्रीय सदस्यमा मनोनित गरेको घोषणा गरेका हुन् ।

यसरी मनोनित हुनेमा देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेल, अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका छन् ।

यसैगरीको निवर्तमान सभापति सुशील कोइरालाको निधनको खबरले बिरामी भएर चुनावी प्रतिस्पर्धामा भाग लिन नपाएका नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचित ६४ जना पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।

उक्त समारोहमा बोल्ने सबै नेताले पार्टीलाई एक ढिक्का बनाउने उदघोष गरेका थिए ।

झण्डै छुटेका थिए गगन
देउवाले मनोनितहरुको नाम घोषणा गर्ने क्रममा गगन थापालाई छुटाएका थिए । त्यसपछि हलमा सहभागीहरुले अनौठो माने र कानेखुसी चल्यो ।

लगतै कार्यक्रम सञ्चालकले सबै मनोनितहरुको नाम भन्ने क्रममा महामन्त्रीमा पराजित गगनको नाम पनि भनेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खुमबहादुर खड्काको भाषणले एमालेमा खैलाबैला, वामदेवले निकाले विज्ञप्ति

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काको एउटा सनसनीपूर्ण बयानले सत्तारुढ नेकपा एमालेमा खैलाबैला मच्चिएको छ ।

यो विषयमा एमाले उपाध्यक्ष वामदेव गौतमले विज्ञप्ति नै निकालेका छन् । विज्ञप्ति जारी गर्दै गौतमले तत्कालिन समयमा नेकपा एमाले फुटाउने विषयमा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खड्काको संलग्नता नरहेको दाबी गरेका छन् ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि सरकार परिवर्तनको विषयमा नवनिर्वाचित खड्काले ‘वामदेव गौतमसँग मिलेर एमाले पार्टी त फुटाए, ओली सरकार ढाल्नु के ठूलो कुरो भयो ? भनेपछि गौतमले बुधबार विज्ञप्ति जारी गरी खड्काको उक्त भनाईको खण्डन गरेका हुन् ।

उनले भनेका छन्- ‘नेपाली काँग्रेसका नवनिर्वाचित नेता खुम वहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ ।’

पार्टी विभाजन अघि र पछि खुमबहादुरसँग आफ्नो कुनै सम्पर्क नरहेको दाबी गर्दै गौतमले खुमबहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए आफूले पार्टी नफुटाउने उनले बताएका छन् ।

‘खुमबहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।’ उनले भनेका छन् ।

पार्टी फुटिसकेपछि काँग्रेस नेतृत्वको सरकारमा नेकपा(माले) सामेल हुने सन्दर्भमा खुमबहादुरसँग भेट भएको उनले स्वीकार गरेका छन् ।

गौतमले भनेका छन्– ‘उनले मलाई त्यसबेलाका आइजीपी अच्यूत कृष्ण खरेललाई हटाउने विषय तपाइले उठाउनु होला गिरीजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए । त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुप¥यो । जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भयो ।’

नेकपा(माले) संचालनका लागि खुमवहादुर गिरिजा प्रसाद कोइरालाबाट वा उनीहरु नजिकका व्यवसायी वा अन्य कुनै काँग्रेसका कारण मैले एक रुपैया पनि सहयोग वा अन्य चन्दा नलिएको गौतमले दाबी गरेका छन् । ‘त्यसबेला सहयोग गर्ने व्यक्तिहरु अहिले पनि जिवीत छन् र उनीहरु अहिले सबै एमाले पार्टी भित्र वा एमालेकै शुभचिन्तक भएर रहेका छन् ।’

वामदेवको विज्ञप्तिः

Bamdev Gautam

यस्तो थियो खुमबहादुरको सनसनीपूर्ण बयानः

khum-bahadur-khadka1बामदेव गौतम जिवितै छन्, मैले नै एमाले फुटालेको हुँ, अब कम्यूनिष्टको सरकार लामो समय कसरी टिक्ला ?’ नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्य पदमा भारी मतबाट बिजयी भएका पूर्वमन्त्री खुमबहादुर खड्का आफ्नो निवास सानेपामा सोमबार साँझ भन्दै थिए ‘महाधिबेशन भर्खर सकिँदैछ, आजै नै सरकार परिवर्तनको कुरा गर्न मिल्दैन, तर कम्यूनिष्टको सरकार लामो समय चल्न पनि दिन हुँदैन, जनताले दुख पाउँछन् ।’

नेपाली कांग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवा सशक्त प्रतिपक्षको भूमिका बस्ने उद्घोष गरिरहेका बेला अर्का प्रभावशाली नेता तथा भावी उपसभापतिका रुपमा हेरिएका खड्का भने कम्यूनिष्ट नेतृत्वको सरकार लामो समय चल्न नदिने पक्षमा छन् । भ्रष्टाचारको मुद्दा लाग्नुभन्दा पहिले सांसद खरिद विक्रिमा अगुवाई गरेको खुलियाम अभिब्यक्ति दिने खड्का फेरी सरकार गिराउने र बनाउने खेलमा लाग्न पक्का पक्की नै छ । उनले पहिलो निशाना एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई बनाउने अनुमान गरिएको छ ।

खुल्ला केन्द्रीय सदस्यमा दोस्रो बढि मत ल्याएर बिजयी भएपछि खड्का फेरी कांग्रेस राजनीतिमा उदायएको राजनीतिक बृत्तमा चर्चा छ । भ्रष्टाचार प्रमाणित भई कैद सजायसमेत भोगि सकेका खड्का सांसद वा मन्त्री बन्न भने पाउने छैनन् । आफु मन्त्री नभएपनि कम्यूनिष्टको सरकार ढाल्न उनले आन्तरिक तयारी थालिसकेका छन् ।

२०५४ सालमा एमालेलाई विभाज गर्न उनले मुख्य भूमिका खेलेका थिए । गिरिजाप्रसाद कोइरालासँग मिलेर उनले एमाले विभाजन गरेका थिए । ‘त्यो बेला कांग्रेस भन्दा एमाले शक्तिशाली बन्दै गएपछि मैले नै एमाले विभाजन गरेको हुँ’ उनले एक बर्षअघि एसकाठमाडौं डटकमसँग भनेका थिए ‘एमाले विभाजन गर्न बामदेवसँग २१ पटक छलफल गरेँ र पार्टी फुटाल्न सफल भएँ ।’

एमालेबाट माले जन्माउन खड्काले बामदेव गौतमसँग लामो छलफल गरेका थिए । तीन पटक उनले तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग वार्ता पनि गराएका थिए । ‘एमाले फुटाउने र त्यसपछि बन्ने सरकारमा बामदेवको पार्टी मालेलाई सरकारमा लिने, चुनावमा बर्दियाबाट जिताउने र मालेको विस्तारका लागि गिरिजाबाबुले आर्थिक सहयोग गर्ने जस्ता बिषयमा कुरा मिलेको थियो’ खड्काले भनेका थिए ‘एमाले फुट्यो तर गिरिजाबाबुले न सरकारमा लिनुभयो, न चुनाव जिताउनु भयो, त्यो बेला बामदेवलाई धोका भयो ।’

एमाले नफुटाएको भए २०५६ सालमा कांग्रेस ठुलो पार्टी नवन्ने पक्का भएपछि गिरिजा र खड्काले त्यो भूमिका खेलेका थिए । बामदेव गौतमलाई जुन आश्वासन गिरिजाले दिएका थिए पछि ति कुनैपनि पुरा भएनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रीमानलाई जेलबाट निकाल्न अपहरण, राजधानीमा दुई जना पक्राउ (घटना विवरण)

ललितपुर, ३ चैत । प्रहरीले एक ८ वर्षीया बालिकाको अपहरणको अभियोगको दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर उपमहानगरपालिका–९ बालकुमारी बस्ने बलराम पाण्डेको ८ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण गरी बन्धक बनाउने ललितपुर बालकुमारी बस्ने काभ्रे सिमथली–५ का १६ वर्षीय भिमसेन भण्डारी र १६ वर्षीया बिनीता बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १ गतेदेखि हराई बेपत्ता भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं चाबहिलस्थित पूर्वेली गेष्ट हाउसको कोठा नम्बर ३०२ मा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकाको उद्धार गरी दुबैजना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक किसन सिंह थापाले अभियुक्त बिनिताको श्रीमान् प्रकट भन्ने बिष्णु भण्डारी चोरी मुद्धामा काभ्रेस्थित बनेपा हिरासतमा रहेको र गत फागुन २८ गते अदालतमा पेश हुँदा वकिलले मुद्दा मिलाउन ३ लाख आवश्यक पर्ने भनेपछि उनले अपहरणको योजना बनाएको अनुसन्धानबाट खुलेको बताए ।

सोहि अनुसार बिनिताले आफन्त पर्ने भीमसेनको सहारा लिएकी थिइन् । प्रहरीका अनुसार बिनिता र भिमसेनले काठमाण्डौं कोटश्वरमा भेटघाट गरी प्रखरलाई निकाल्नको लागी सुरुमा निजहरुकै चिनजानका अन्य २ बालबालिकालाई अपहरण गरी पैसा असुल गर्ने प्रयास गरेका थिए । तर सो प्रयास असफल भएपछि तेश्रा पटकमा सम्झनालाई छनौट गरी उनीहरु अपहरण तथा बन्धक बनाउन सफल भएका थिए । डीएसपी थापाका अनुसार उनीहरुले बालिकाको अभिभावकहरुबाट रु ५ लाख रुपैया फिरौती रकम मागी ३ लाख प्रकट भण्डारीलाई छुटाउन धरौटी राख्ने र बांकी एक आपसमा बांड्ने योजना अनुसार उक्त कार्य गरेको खुल्न आएको छ ।

यस्तो छ पुरा घटना विवरण (कारणसहित):

मिति २०७२।१२।०१ गते करिब १८:०० बजेको समयमा ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ९ च्यासल स्थित आफ्नै कोठा अगाडी खेली रहेको अवस्थामा जि. काभ्रेपलान्चोक सर्सियुखर्क गा.बि.स. वडा नं. १ घर भई हाल ल.पु.उ.म.न.पा. वडा नं. ९ बालकुमारीमा कोल्ड स्टोरको ब्यवसाय गरी बस्ने बलराम पाण्डेको छोरी बर्ष ८ की सम्झना पाण्डेलाई जि. काभे्र सिमथली गा.बि.स. वडा नं. ५ स्थायी वतन भई हाल ल.पु.जि. ल.पु.उ.म.न.पा. वडा नं. ९ बालकुमारी बस्ने अ. बर्ष १९।२० कि बिनिता बस्कोटा(भण्डारी)ले लुकामारी खेल्ने भन्दैं बच्चाको दिदी र दाईलाई लुक्न लगाई सम्झना पाण्डेलाई ललाई फकाई पैंदलै बालकुमारी पुल सम्म लगी त्यस पश्चात भिमसेन दाईलाई भेट्न जाऊ भनि बालकुमारीबाट सार्वजनिक बस चढाई कोटेश्वर चोक नजिक सम्म पु¥याई बसबाट ओराली योजना अनुसार उक्त स्थानमा आई बसेका जि. काभ्रे सिमथली गा.बि.स. वडा नं. ५ बस्ने  अं. बर्ष १९।२० का भिमसेन भण्डारीलाई जिम्मा दिई आफु फिर्ता भएको र तत्पश्चात निज भिमसेन भण्डारीले बच्चालाई आफुसाथ बसमा चढाई महाराजगंज तर्फ लगी सो रात टिचिङ्ग अस्पताल नजिक गेष्ट हाउसमा राखेको र अर्को दिन मिति २०७२।१२।०२ गते निजले उक्त गेष्ट हाउसबाट बच्चालाई गोपीकृष्ण हलमा लगी  दिउसों २ सो पुरा र साझंको सो को एकछिन गरी दिन भर फिल्म समेत देखाई तत्पश्चात करीब १८ः०० बजेको समयमा बिनिता दिदीलाई भेट्न जाऊ भनि काठमाडौं चावहिल स्थित पुर्वेली गेष्ट हाउसमा ल्याई बन्धक बनाई राखेकोमा प्रहरी परीचालन तथा कारवाहीको कम्रमा मिति २०७२।१२।०२ गते साझं करीब २०;०० बजेको समयमा चावहील स्थित उक्त पुर्वेली गेष्ट हाउसको कोठा नं. ३०२ बाट बालीकाको सकुशल उद्धार गरी स्वास्थ्य परीक्षण समेत गराई आफन्तको जिम्मा लगाएको र उक्त घटनामा संलग्न बिनिता बास्कोटा(भण्डारी) र भिमसेन भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।

निज बिनिता बास्कोटा (भण्डारी) को श्रीमान् प्रकट भन्ने बिष्णु भण्डारी चोरी मुद्धामा काभ्रे बनेपामा हिरासतमा रही मिति २०७२।११।२८ गते अदालतमा पेश हुदांका बखत भेटघाट भए पश्चात वकिलसंग सम्पर्क गर्दा रु. २।३ लाख जति खोज्न लगाएको र सोही २८ गते साझं बिनिता भण्डारी र भिमसेन भण्डारीले काठमाण्डौं कोटश्वरमा भेटघाट गरी प्रखर भण्डारीलाई निकाल्नको लागी रकम जम्मा गर्नको लागी कसैलाई अपहरण गरी पैसा असुली गर्ने भन्ने निष्र्कसमा पुगी सुरुमा निजहरुकै चिनजानका अन्य २ जना बालबालिकालाई अपहरण गरी पैसा असुल गर्ने प्रयास गरेको तर बिबध कारणले गर्दा अपहरण गर्न असफल भई तेश्रा पटकमा सम्झना पाण्डेलाई छनौट गरी अपहरण तथा बन्धक बनाउन सफल भएको  र निज अपहरणकारीहरुले बालिकाको अभिभावकहरुबाट रु ५ लाख रुपैया फिरौती रकम मागी रु. २ लाख ५० हजार प्रकट भन्ने बिष्णु भण्डारीलाई छुटाउन धरौटी राख्ने र बांकी एक आपसमा बांड्ने योजना अनुसार उक्त कार्य गरेको खुल्न आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारत ढल्दा पाकिस्तानमा खुसीयाली, सामाजिक सञ्जालमा मजाकको पात्र !

काठमाडौं, ३ चैत । भारतमा जारी विश्व ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा न्यूजिल्यान्डसँग लज्जास्पद पराजय बेहोरेपछि भारतीय टिम हाँसोको पात्र बनेको छ । विभिन्न सामाजिक सञ्जालमा भारतीय टिमलाई हाँसोको पात्र बनाइएको छ ।

न्युजिल्यान्डसँग हिजो भएको खेलमा भारत ४७ रनले पराजित भएको थियो । भारत पराजित भएकोमा पाकिस्तानमा विशेष खुसीयाली नै भएको छ । पाकिस्तानी क्रिकेटका फ्यानहरुले न्युजिल्यान्डलाई बधाई दिइरहेका छन् ।

भारतलाई हराएको विशेष गरेर पाकिस्तानी क्रिकेट फ्यानले न्यूजील्यान्डलाई बधाई दिइरहेका छन् ।

कतिपय पाकिस्तानीहरुले भारतीय टोली हारपछि पभेलियन फर्किएको र दर्शकले हुटिङ गरिरहेको भिडियो पोस्ट गरेका छन् ।

पंकज रोयले ट्विटरमा लेखेका छन्– ‘जो अर्काका लाग िखाल्डो खन्छ, ऊ आफैं त्यही खाल्डोमा पर्छ । भारतले आफ्नो स्पिनरलाई सहयोग पुग्ने पिच बनायो र अन्तिममा त्यसैमा नमीठो हार भोग्यो ।’

हीरा नामको एक ट्विटर हन्याडलबाट आएको ट्वीट यस्तो थियो– ‘कागजको शेर, नागपुरमा ढेर । विश्वको उत्कृष्ट ब्याटिङ लाइन अप । हाहाहाहाहा ।’

सुल्तान महमूद नामका युजरले ट्वीटरमा लेखेका छन्– ‘दुई मिनेटका मौन ती दर्शकका लागि जो नागपुरमा ब्ल्याकमा टिकट किनेर म्याच देख्न पुगे ।’
अफरोज नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्– ‘न्यूजिल्यान्डका खेलाडीका आँखा यो थाहा पाएर भरिए कि जति माया उनीहरुलाई न्यूजिल्यान्डबासीले गर्थे त्यो भन्दा धेरै माया पाकिस्तानीले गर्दा रहेछन् ।’

उसमान मरुफले ट्विटरमा लेखेका छन्– ‘विश्वको स्वघोषित सर्वश्रेष्ठ भारतीय टीम आफ्नो शर्मनाक हारको बहाना खोजिरहेको छ । के शर्मको कुरा भो र !’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं