Tuesday, April 5, 2016

११ आयोजनामा जलविद्युत विकास कम्पनीको साढे ८ अर्ब लगानी

पुष्प दुलाल

२४ चैत, काठमाडौं । जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले चार वर्षअघि स्थापना भएको जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न ११ जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँ लगानी गरेको छ ।

कम्पनीले ३ सय ८८ मेगावाट विद्युत उत्पादन क्षमता भएका आयोजनाहरुमा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले अनलाइनखबरलाई जानकारी दिए ।

कुल २ सय ९० मेगावाट विद्युत उत्पादन क्षमताका आधा दर्जन आयोजनाहरु ‘पाइपलाइन’मा रहेको रौनियारले बताए । पाइपलाइनमा रहेका आयोजनाहरुको ड्यू डेलिजेन्स अडिट (डीडीए) भइरहेको उनले बताए ।  ‘डीडीए रिपोर्ट हेरेपछि मात्रै ती आयोजनाहरुमा लगानी गर्ने कि नगर्नेभ नेर निर्णय गर्छौं’ रौनियारले भने ।

कम्पनीले कम्तिमा २० मेगावाटदेखि बढीमा ८२ मेगावाटको आयोजनामा लगानी गर्ने सम्झौता गरिसकेको छ । कम्पनीले लगानी गरेको सबैभन्दा सानो आयोजना भनेको मकवानपुरस्थित बाग्मती साना जलविद्युत आयोजना हो ।

त्यस्तै २० मेगावाटको सो आयोजनामा कम्पनीले २० करोड रुपैयाँ  लगानी गर्ने भएको छ । कम्पनीले लगानी गरेकोमध्ये सबैभन्दा ठूलो आयोजना भनेको सोलुखुम्बुस्थित ८२ मेगावाटको तल्लो सोलू जलविद्युत आयोजना हो, जसमा कम्पनीले ६० करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीले सबैभन्दा बढी लगानी गरेको आयोजना हो, ४२ मेगावाट विद्युत उत्पादन क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना । सो आयोजनामा कम्पनीले ९८ करोड ६१ लाख रुपैयाँ लागानी गरेको छ ।

सुरुका दुई वर्ष लगानी योग्य रकम बबैंकमा राखेर व्याज खाएको भन्ने आरोप लाग्दै आएको कम्पनीले पछिल्ला वर्षमा लगानी बढाउन सफल भएको हो ।

कम्पनीले लमजुङस्थित ४९ मेगावाटको सुपर दोर्दीमा ४० करोड,  सोलुखुम्बूस्थित २३ .५ मेगावाटको सोलुखोला जलविद्युत आयोजनामा २० करोड, लमजुङस्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनामा कम्पनीले ५० करोड, ताप्लेजुङस्थित २५ मेगावाटको कावेली बी-१ जलविद्युत आयोजनामा कम्पनीले २० करोड रुपैयाँ लगानी गरेको छ ।

Budhigandaki-hydro-2त्यसैगरी, दोलखाको ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनामा कम्पनीले ४० करोड,पाँचथरस्थित २१.६ मेगावाटको  तल्लो हेवा जलविद्युत आयोजनामा कम्पनीले १५ करोड, लमजुङस्थित ३० मेगावाटको ङ्यादी जलविद्युत आयोजनामा कम्पनीले ५० करोड, ताप्लेजुङपस्थित ४९.६ मेगावाटको सुपर दोर्दी आयोजनामा कम्पनीले ४० करोड, ताप्लेजुङकै ३७.६ मेगावाटको काबेली-ए आयोजनामा कम्पनीले ४ अर्ब २४ करोड लगानी गरेको छ । कावेलीमा भएको लगानी कम्पनीले विश्व बैंकबाट लिएको सफ्ट लोन हो ।

त्यसैगरी कम्पनीले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्व भएको रेमिट हाइड्रो नामक सहायक कम्पनी स्थापना गरेको छ । रेमिट हाइड्रोले उत्पादन गर्ने १२५ मेगावाट क्षमताका दुई आयोजनामा १९ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ  । तर, उर्जा मन्त्रालयमा पुगेको रेमिट हाइड्रोसम्बन्धी कम्पनीको प्रस्ताव मन्त्तालयमा वर्ष दिनदेखि थन्किएर बसेको छ ।

त्यस्तै, कम्पनीले ४०० केभीए क्षमताको अन्तरदेशीय प्रसारण लाइन मुजरफ्पुर-ढल्केबर बनाउने कम्पनी पावर ट्रान्समिसन कम्पनी नेपालमा १४ प्रतिशत सेयर पुँजी छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ भए पनि कम्पनीले विभिन्न माध्यमबाट वित्तीय स्रोत जुटाएर परिचालन गर्ने सीइओ रौनियारले बताए । ‘बन्ड जारी गर्ने, संस्थागत ऋण लिने र अन्तराष्ट्रिय संस्थाहरुसँग सहुलियत दरमा ऋण लिएर वित्तीय स्रोत जुटाउँछौं,’ उनले भने- ‘यीमध्ये हाम्रो प्राथमिकता बन्ड जारी गर्ने मै हो ।’

कम्पनीले बहुराष्ट्रिय बैंकहरुसँग ऋण लिन सक्ने र विश्व बैंक,एसियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोष लगाायतसँग सहुलियत दरमा ऋण लिएर आयोजनाहरुमा लगानी गर्ने उनले बताए । विश्व बैंकसँग ५ अर्ब रुपैयाँ लगानीका लागि सैद्दान्तिक सम्झौता भइसकेको र त्यसको कार्यान्वयन हुन बाँकी हरको उनले सुनाए ।

सरकारले उर्जा संकटकाल घोषणा गरिसकेको सन्दर्भमा त्यहाँ उल्लेख भएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर आन्तरिक गृहकार्य भइरहेको उनले सुनाए । ‘कसरी वित्तीय स्रोत जुटाउने र नयाँ जलविद्युत आयोजनालाई अघि बढाउने भन्नेमा आन्तरिक गृहकार्य भइरहेको छ,’ रौनियारले भने ।

अहिलेको उर्जा क्षेत्रको समस्या उर्जा उत्पादनमात्रै नभएर प्रसारण पनि भएकाले त्यसतर्फ पनि कम्पनीले लगानी गर्ने सन्दर्भमा छलफल भइरहेको उनले जानकारी दिए ।

‘हामी निजी क्षेत्रका प्रवर्द्धहरुलाई आयोजना निर्माणमा ऋण दिनबाहेक सरकारले अघि बढाउन खोजेका आयोजनामा आंसिक लगानी गर्न, आफैंले नेतृत्व गरेर आयोजनाहरु बनाउन र रेमिट हाइड्रोजस्तै थप सहायक कम्पनीहरु स्थापना गरेर लगानी बढाउन चाहन्छौं,’ रौनियारले भने ।

ठूला आयोजनाहरु निर्माण सम्पन्न हुन ९/१० वर्ष लाग्ने भएकाले मझौला आयोजनाहरु निर्माणमा सबैले जोड दिनुपर्ने उनको धारणा छ । हरेक वर्ष राज्यले ५०/६० मेगावाटको हरेक वर्ष २ वटा आयोजना बनाउने हो भने जनताले अहिलेकोजस्तो लोडसेडिङको सास्ती भोग्न नपर्ने उनको भनाई थियो । ‘आगामी पाँच वर्षमा कम्पनीले जलविद्युत क्षेत्रमा ४० देखि ४५ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना छ,’ रौनियारले भने ।

कम्पनीले १५ देखि २५ मेगावाट विद्युत उत्पादन क्षमताका आयोजनाहरुलाई अधिकतम २० करोड रुपैयाँ र २५ मेगावाटभन्दा माथिका आयोजनाहरुलाई आवश्यकताअनुसार  वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाइलट विजय लामाको अनुभवः विमान चालकलाई ‘सेकेन्ड चान्स’ हुँदैन

चिरञ्जीवी पौडेल/ नविन अर्याल

२४ चैत, काठमाडौं । विमान चालक बन्ने विजय लामाको बच्चैदेखिको हुटहुटी हो । उनकै शब्दमा भन्दा विमान चालक नै बन्छु भनेर उनी पढ्थे, खेल्थे, हिँड्थे, सुत्थे, निदाउँथे र ब्युँझन्थे ।

‘त्यतिबेला एउटा प्लेन आकाशमा उड्दा सिंगो काठमाडौंलाई थाहा हुन्थ्यो । म आकाशतिर हेथेर्ँ र कल्पिन्थेँ,’ विजय भन्छन् ।
उनलाई बाल्यकालमा विमानचालक बन्ने हुटहुटी पैदा गर्ने थुप्रै कारणमध्ये एक कारण हुन्-रामकुमार अकेला ।

रामकुमार अकेला (खास थर प्रधान) नामका व्यक्ति उनको घरमा धाइरहन्थे । एयरपोर्ट भन्सारमा काम गर्ने उनी सधै गोजीभरि चकलेट बोकेर आउने गर्थे । ‘यो प्लेनमा बाँड्ने चकलेट हो, प्लेनमा जति पनि चकलेट पाइन्छ,’ भन्दै विजयलाई खुवाउथे ।

अकेलाको नजर चाहिँ हुँदोरहेछ विजयकी दिदी (ठूलोबुवाकी छोरी जुग्नु) तिर, जो विजयको घरमा बसेर पढ्थिन् । अकेलाले उनकी जुग्नु दिदीलाई पट्याएरै छाडे र पछि बिहे पनि गरे ।

विजयलाई भने ‘प्लेनमा त जति पनि चकलेट पाइन्छ’ भन्ने उनको शब्द महत्वपूर्ण लाग्यो । विमान चालक बन्नलाई सायद यो पहिलो उत्प्रेरक तत्व थियो भन्ने लाग्छ उनलाई ।

तर, बाल्यकालमै उनको आँखामा समस्या आयो । डाक्टरले उनलाई माइनस वाला चश्मा भिराइदिए । विजयले कतै सुनेका थिए, माइनस चश्मा लगाउनेले विमान चालकको लाइसेन्स पाउन सक्दैन ।

यसरी एउटा माइनस चश्माले उनको सपनाको भ्रुण हत्या गरिदियो । उनी अरु नै क्षेत्रमा बरालिन थाले ।

विजय गिरीले देखाए बाटो

अलि ठूलो भएपछि विजयले फेरि सुने, चश्मा लगाउनेले पनि पावर हेरेर विमान चलाउन पाउँछ । उनको सपना फेरि जागाज्योति भएर ब्युँझियो । उनले आमासँग आफ्नो चाहना प्रकट गरे । आमाले तत्कालै उनलाई च्याप्प समातेर विजय गिरीकहाँ लगिन् ।

विजय गिरी त्यतिबेलाका चर्चित पाइलट थिए । बिहान जाँदा उनी भेटिएनन् । बेलुका फेरि गए आमाछोरा । विजय भेटिए ।
‘विजय, विजय दाइलाई नमस्ते गर’ आमाले विजयलाई अह्राइन् । विजयले आज्ञापालन गरे ।

‘त, तिमी पाइलट बन्ने ?’ विजयले सोधे ।

‘हो, सर । तपाईंजस्तै बन्ने हो,’ विजयले फूर्तिसाथ जवाफ दिए ।

‘के पढ्दैछौ ?’ विजयले सोधे ।

‘इन्डियामा आइएस्सी सकेर अहिले त्रिचन्द्रमा अंग्रेजी र पोलिटिकल साइन्स लिएर बीएस्सी पढ्दै छु ।’ विजयले झन् फुर्तिसाथ जवाफ दिए ।

गिरी चुपचाप कोठाभित्र छिरे । आमा-छोरा ट्वाल्ल परेर बसिरहे । एकछिनपछि हातमा पाँचवटा यमानका किताब बोकेर निस्किए विजय गिरी । उनले ती पुस्तक विजयका हातमा थमाए । विजय ट्वाँ परे ।

‘ल यी किताब पढ्न थाल,’ विजयले भने, ‘तिमी पाइलट बन्न सक्छौ । पक्का सक्छौ ।’

विजय भन्छन्, ‘सायद मेरो फुर्तिलो र आत्मविश्वास भरिएको जवाफ देखेर उहाँ प्रभावित बन्नुभयो । यो केटो पाइलट बन्न लायक छ भन्ने महसुस गर्नुभयो । नत्र कसैले आफूसित भएका किताब अरुलाई यत्तिकै किन दिन्छ ?’

विजयले उनलाई किताब मात्रै थिएनन् । एउटा अमेरिकी नागरिकको नाम, ठेगाना र फोन नम्बर पनि दिए । उनी थिए बीजे ज्याकलिन । उच्चारण गर्दा विजय नै सुनिन्थ्यो । अब झन् रमाइलो हुने भयो !

‘यो मान्छेलाई मेरो नाम लिएर फोन गर्नु, तिमीलाई सबै सहयोग गर्छ,’ विजयले उनलाई भनेका थिए । किताबको ठेली र विजेको ठेगाना बोकेर विजय आमासँगै बाटो लागे ।

Bijay Lama_3

तीन विजयको संयोग

त्यतिबेला काठमाडौंमा फोन गर्न अहिले जस्तो ‘फ्री’ थिएन । एकाध ठाउँहरुमा ट्रङ्कल सुविधा थियो । अमेरिका फोन गर्दा मिनेटको एक सय ८० रुपैयाँ लाग्थ्यो । तीन मिनेटको पैसा पहिले नै जम्मा गर्नुपथ्र्यो ।

विजयले अहिलेको आरएनएसी बिल्डिङमा नै आएर तीन मिनेटको पैसा ३६० रुपैयाँ जम्मा गरे । त्यसपछि फोन नम्बर डायल गरे । थप पैसा थिएन, त्यसैले तीन मिनेटमा सबै कुरा सक्नुपर्ने थियो । फोन उठ्यो ।

‘हाई विजे, दिस इज वियज । विजय, आक्स्ड मि टु कल यू ।’ उनले सासै नफेरी भने ।

‘ह्वाट ? ह्वाट ?’ विजे अल्मलिए ।
विजयले फेरि त्यही लाइन दोर्‍याए, ‘हाई विजे, दिस इज विजय, विजय आक्स्ड मि टु कल यू ।’

रणभुल्ल परेका विजय च्याँठि्ठए, ‘आर यू किडिङ मी ?’

त्यसपछि विजयले विस्तारमा भन्नुपर्‍यो । उनले भने, ‘हाई विजे ज्याकलिन, दिस इज विजय लामा फ्रम नेपाल । क्याप्टेन विजय गिरी आक्स्ड मी टु कल यू, विकाउज आई वान्ट टु बी ए पाइलट ।’

उताबाट जोडजोडले हाँसेको आवाज आयो । बीजे डलरमा हाँसिरहेका थिए, यता विजयको तीन सय ६० रुपैयाँ पैसा चैट हुन लाग्यो ।

खास कुरा बोल्नै बाँकी थियो । त्यसपछि हत्तपत्त उनले भने, ‘म पाइलट पढ्न त्यहाँ आउँछु । मलाई आइ-ट्वान्टी र्फम चाहियो ।’ बीजे एस एस भन्दै थिए, फोन काटियो ।

उनलाई अमेरिका पठाउन बुवाले ६ हजार डलर कहाँबाट जम्मा गरे, उनले थाहा पाएनन् । यद्यपि त्यतिबेला एक डलर बराबर १० रुपैयाँ मात्रै थियो

त्यही फोनको भरमा बीजेले आइ-२० र्फम पठाइदिए । त्यसलाई भरेर विजयले उनैलाई पठाए । त्यसको केही समयभित्र उनी अमेरिका उडिसकेका थिए ।

उनलाई अमेरिका पठाउन बुवाले ६ हजार डलर कहाँबाट जम्मा गरे, उनले थाहा पाएनन् । यद्यपि त्यतिबेला एक डलर बराबर १० रुपैयाँ मात्रै थियो ।

अमेरिकामा तालिम

ब्याचलरको पढाइ बीचमै छाडेर अमेरिकाको टेक्सास पुगे विजय । एयरपोर्टमै लिन आएका बीजेले उनलाई त्यो रात एउटा होटलमा लगेर राखे । भोलिपल्ट अफिस लगे । अफिसमा थुप्रै नेपाली युवाहरु उनले देखे ।

नेपालीहरु नै बस्ने एउटा अपार्टमेन्टमा उनलाई बस्ने प्रवन्ध मिलाइदिएका रहेछन् बीजेले । त्यहीँ बसेर उनले पढ्न थाले ।

‘मसित जान्छस् ?’ पाइलटको तालिम लिइरहेका शशीधर पाठकले एक दिन उनलाई सोधे । उनले ‘जान्छु’ भन्ने जवाफ दिए । शशिधरले उनलाई आफ्नो पहिलो ‘इन्ट्रडक्टरी फ्लाइट’मा आफूसँगै राखेर उडाए । जहाजलाई हावामा चटकेले जसरी अनेक तरहले गोता खुवाउँदा विजय डराएनन्, बरु रोमाञ्चित बने ।

शशिधरले आकाशमा अंग्रेजी ८ अंकको आकार हुनेगरी जहाजलाई तोडमोड गरेर घुमाएर देखाए । विजयले आँखा चम्काउदै भने, ‘वाउ’ !

विजयको पढाइ र तालिम अगाडि बढ्यो । उनले प्राइभेट पाइलटको लाइसेन्स लिए । तर, कमर्सियल, इन्स्ट्रुमेन्ट, मल्टिइञ्जिनको लाइसेन्स लिन बाँकी नै थियो । घरबाट ल्याएको पैसा रित्तियो । साथीहरु घरमा फोन गर्दै पैसा मगाउन थाले । उनलाई फोन गर्न मन लागेन ।

‘हाम्रो आर्थिक अवस्था धेरै राम्रो थिएन । बुवाले जसरी-तसरी पैसा व्यवस्था गरेर अमेरिका पठाउनुभयो । त्यसपछि थप पैसा पठाउन सक्ने उहाँको क्षमता थिएन । फेरि मलाई आफ्नो लक्ष्य पूरा नगरी फर्किन पनि मन थिएन’ विजय सम्झन्छन् ।

प्यालेस्टीनी साहुको गाली

विजयसँग अमेरिका जानासाथ किनेको एउटा थोत्रे टोयटा गाडी थियो । बेच्न चाहे पनि नबिक्ने अवस्थाको । उनीसँग हातमा थियो चार सय डलर । यता कोठा भाडा ४५० डलर तिर्न बाँकी थियो । विजय काम खोज्ने चक्करमा लागे ।

उनको सेक्युरिटी कार्डमा ‘नट भ्यालिड फर इम्प्लोइमेन्ट’ लेखेको थिएन । उनले एउटा पिजाहटमा वेटरको भ्याकेन्सी देखे । गए । र्फम भरे । प्यालेस्टीनी साहु रहेछन्, सलाह ।

सलाहले उनको र्फम हेरे । केही कुरा सोधे । विजयले खरर अंग्रेजीमा जवाफ दिएपछि प्रभावित बने झैं देखिए । एकैछिनमा जागिर पक्का भयो ।

‘भेरी गुड, भोलिदेखि काममा आउनू’ सलाहले विजयलाई भने । विजय खुशीले उफ्रिन मात्रै सकेनन् ।

जाँदाजाँदै सलाहले सोधे, ‘ग्रीन कार्ड त छ नि हैन ?’ विजय अक्क न बक्क परे । उनीसँग ग्रीन कार्ड थिएन । साँचो बोल्दा जागिर जाने । झूट बोल्दा आत्माले नदिने । उनलाई धर्मसंकट भयो ।

फ्याट्टै भने, ‘ग्रीन कार्ड त छैन ।’

प्यालेस्टिनी बोस एकाएक आगो भए । आफ्नो बहुमूल्य समय नष्ट गरेको भन्दै नानाथरी गाली दिन थाले । विजय रुन मात्र सकेनन् ।

‘यू ब्लडी फूल इडियट, गेट आउट’ भनेर सलाह चिच्याएपछि केही हल्ला नगरी विजय हिँडे । हिँड्नुअघि सलाहले विजयले मुठ्टीमा राखेको र्फम खोस्दै फेरि एकपटक गाली दिए, ‘यू ब्लडी फूल इडियट । यू डन्ट निड दिस ब्लडी फूल…’

दिक्दार भएर विजय कोठामा गएर पसारिए । भोलिपल्ट बिहानसम्म पसारिएकै थिए । अपार्टमेन्ट रहेको साझा फोनको घन्टी बज्यो । उनैले उठाए । हेल्लो भन्नासाथ उताबाट गाली वषिर्यो, ‘यू ब्लडी फूल इडियट । ह्वाई आर यू लेट इन द अफिस । डन्ट यु नो द भ्यालु अफ टाइम ब्लडी फूल…’

आवाज चिरपरिचित थियो, र पनि विजयले सोधे, ‘हु आर यू प्लीज ?’

‘आई एम योर बोस, ब्लडी फूल ।’

विजय फेरि अक्क न बक्क भए ।

फेरि उताबाट बोस चिच्याए, ‘कम विदिन १८ मिनेट ब्लडी फूल, अदरवाइज यू आर फायर्ड ।’

फोन राखेर उनले हत्तपत्त पाइन्ट र टिसर्ट भिरे । अनि थोत्रो टोयोटा गाडी स्टार्ट गरेर कुदाए ।

‘नर्मल स्पिडमा त्यहाँ पुग्न २५ मिनेट लाग्थ्यो । तर, मैले थोत्रो गाडी पनि यसरी कुदाएँ कि १६ मिनेटभित्रै अफिसमा हाजिर,’ विजय सम्झिन्छन् ।

अघिल्लो दिन मार गाली गरेर खेदेको प्यालेस्टीनीले भोलिपल्टै किन बोलायो त ? विजय भन्छन्, ‘आइ एम नट स्योर । तर, सायद मैले इमान्दार जवाफ दिएको देखेर पग्लियो होला । अरु सबैले जागिर पाउनका लागि ग्रीन कार्ड छ भनेर ढाँट्दा रहेछन् र भोलि ल्याउँछु भन्दै टार्दा रहेछन् । मैले ढाँटिन । यत्तिको इमान्दार मान्छे छाड्नु हुँदैन भन्ने सोच्यो होला । अर्को कुरा, म हेर्दा पनि स्मार्ट र अंगे्रजी राम्रो बोल्ने भएकाले प्लस प्वाइन्ट भएको हुनुपर्छ ।’

कार्यालय पुगेपछि प्यालेस्टीनी बोसले उनलाई शर्त राखे, ‘काम सुरु गर तर, एउटा शर्तमा । कसैले सोधपुछ गर्न आयो भने मैले बोसलाई ग्रीन कार्ड छ भनेर ढाँटेको हुँ भन्नु ।’

विजयले ‘ओके सर’ भनिदिए ।

वेटरबाट काम थालेका उनी चाँडै नै ‘डिस वासर’ मा बढुवा भए । त्यसपछि सिफ्ट सुपरभाइजर हुँदै असिस्टेन्ट म्यानेजर बने । अनि त प्यालेस्टीनी बोस ढुक्कले उनलाई पिजाहट जिम्मा लगाएर होलिडे मनाउन निस्कन्थे ।

पिज्जा हटमा जागिर खान थालेपछि विजयको पढाइले निरन्तरता पायो । हरेक विहीबार उनको तलब आउँथ्यो । उनी शुक्रबार आफु पढ्ने कलेजमा पैसा जम्मा गर्थे । बाँकी पैसाले खान बस्न र घुमफिर गर्न पर्याप्त हुन्थ्यो ।

पछि उनले वकिलहरुको सहयोगमा काम गरेर बस्न मिल्ने कानूनी कागजात नै बनाए । अनि, एउटा ग्यास स्टेसनमा पनि काम गर्न थाले ।  ग्यास स्टेसनमा उनले क्यासियरबाट सुरु गरे । त्यसपछि क्लर्क, असिस्टेन्ट म्यानेजर हुँदै ट्रेनिङ सुपरभाइजर बने ।

हातमा वाकिटकी लिएर नयाँ गाडी चढेर रवाफका साथ हिँड्न थाले । त्यतिबेला दुईतिरबाट गरेर महिनाको पाँच हजार डलर कमाउने गरेको उनी बताउँछन् ।

Bijay Lama_2

पाइलट बनेर नेपाल फिर्ता

अमेरिकामा पाइलट कोर्स पूरा गरेर सन् १९८७ मा नेपाल आए विजय । अमेरिकामा उनले मल्टिइन्जिनसम्मको लाइसेन्स पाएका थिए । यहाँ आएपछि ट्वीनटरको तालिम पनि लिए । सोही वर्षको जून १ बाट उनले आरएनएसीमा को पाइलटको जागिर पाए ।

को-पाइलटबाट सुरु गरेका विजय क्रमश क्याप्टेन, इन्स्ट्रक्टर, चिफ पाइलट, सुपरभाइजर, सुपरीटेन्डेन्ट, ग्राउन्ड इन्स्ट्रक्टर, रिसोर्स म्यानेजमेन्ट इन्स्ट्रक्टर र डेपुटी डाइरेक्टर भए  ।

केही वर्षअघि मात्रै नेपाल एयरलाइन्सले उनीसहित केही पाइलटलाई एयरबसको तालिमका लागि फ्रान्स पठायो । अहिले एनएसीसँग रहेका ६ जना एयरबस कमाण्डरहरुमा विजय एक हुन् ।

पछिल्लो समयमा एनएसीले उनलाई ‘फ्लाइट अपरेसन इन्टरनेसनल’को उप निर्देशक बनाएको छ ।

कोपाइलटलाई माला, पाइलटलाई हेला

‘तपाईं जीवनमा पहिलोपटक जहाज चढेको याद छ ?’ विजयलाई सोधियो ?

‘अहो,’ उनले धाप मार्दै भने, ‘गज्जबको प्रश्न पो सोधियो ।’ तर दुखको कुरा उनलाई पहिलोपटक जहाज चढेको कहिले हो भन्ने याद थिएन । कत्ति गर्दा पनि सम्झन सकेनन् ।

नेपालमा पहिलोपटक जहाज उडाउँदाको अनुभव भने उनको मनमा ताजै छ । उनले क्याप्टेन एएस राणाको कोपाइलट भएर काठमाडौंबाट लुक्ला उडान भरेका थिए । रोचक के भयो भने जहाज लुक्ला नपुग्दै टावरबाट विजय लामालाई धेरै मानिसहरु पर्खेर बसेका छन् भन्ने खबर आइसकेको थियो ।

विजयलाई सेलिब्रेटीको रुपमा धेरै नेपालीले चिन्थे । त्यसैले उनलाई पाइलटका रुपमा हेर्न धेरै मानिसहरु लालायित थिए । लुक्ला विमानस्थलमा ओर्लेपछि मानिसहरुले विजयलाई माला र खादा लगाइदिएर स्वागत गरे । जबकि मुख्य पाइलट राणालाई भने कसैले वास्ता गरेन ।

जोमसोमबाट फर्केर आउदाको घटना विजय कहिल्यै भुल्न सक्दैनन् । उनको करिअरमै सबैभन्दा तनावपूर्ण उडान थियो त्यो । सामान्य अवस्थामा १८ मिनेट उड्ने जहाज उनले डेढ घन्टा उडाएका थिए ।

‘वास्तवमा त्यतिबेला मलाई निकै अप्ठेरो लागेको थियो । तर पछिपछि त बानी नै भयो ।’ विजय भन्छन् । विजयले १५८० घन्टाको कोर्स पूरा गरेपछि जहाजको क्याप्टेन बने । अनि भने उनलाई त्यस्तो असहज परिस्थितिबाट गुज्रिन परेन ।

१८ मिनेटको उडानलाई डेढ घण्टा

जोमसोमबाट फर्केर आउदाको घटना विजय कहिल्यै भुल्न सक्दैनन् । उनको करिअरमै सबैभन्दा तनावपूर्ण उडान थियो त्यो । सामान्य अवस्थामा १८ मिनेट उड्ने जहाज उनले डेढ घन्टा उडाएका थिए ।

सो उडानलाई यसरी सम्झिन्छन् विजयः  ‘मौसम निकै बिग्रेकाले काठमाडौंमा लगेर अवतरण गराउने अवस्था थिएन । त्यसैले मैले जहाज होल्ड गर्न थाले ।

निर्धारित समयमा जहाज अवतरण हुन नसकेपछि यात्रुहरुबीच खुल्दुली सुरु भयो । तर, निकै बेरसम्म पनि अवतरण गर्ने अवस्था नहुँदा को-पाइलट पनि आत्तियो । यात्रुहरु रुन कराउन र चिच्याउन थाले ।’

‘यता, जहाजको इन्धन पनि खत्तम हुन लागेपछि जसरी भए पनि अवतरण गर्नुपर्ने अवस्था आयो । अन्ततः मैले नअत्तालिइकन भरतपूर विमानस्थलमा जहाज अवतरण गराएँ । विमानबाट ओर्लेका यात्रुहरुले रुँदै मलाई अंगालो मार्नुभयो । कतिजनाले माटोलाई चुम्मा खाएर टाउकोमा लगाउनुभएको देखेँ । त्यतिबेला चाहिँ म पनि भावुक बनेँ ।’

अलिकति स्पेस चाहिन्छ, खुला राजमार्गमा पनि जहाज अवतरण गर्न सकिन्छ

राजमार्गमा पनि ल्याण्ड गर्न सकिन्छ

विजय अगाडि भन्छन्, ‘जस्तोसुकै परिस्थितिमा पनि जहाजलाई सुरक्षित अवतरण गराउन सक्छु भन्ने आत्मविश्वास मलाई छ । अलिकति स्पेस चाहिन्छ, खुला राजमार्गमा पनि जहाज अवतरण गर्न सकिन्छ ।’

विमान उडाउनु धेरैका लागि असुरक्षित र जोखिमपूर्ण पेशा हो । तर, विजय भने यसलाई संसारकै सुरक्षित पेशा दावी गर्छन् । उडनका विविध पक्षबारे हाम्रो जिज्ञासाको जवाफ विजयले यसरी दिए ।

विमान उडाउनु कत्तिको असुरक्षित पेशा हो ?

विमान उडाउनु भनेको प्राकृतिक नियमको उल्लंघन हो । गुरुत्वाकर्षणको नियमअनुसार कुनै पनि वस्तु माथिबाट तल खस्छ । तर, जहाज तलबाट माथि उड्नुपर्छ । सायद यसैले गर्दा यो कामलाई असुरक्षित मानिएको छ ।

अर्को कुरा, यो पेशामा सेकेन्ड चान्स हुँदैन । एउटा गल्ती भयो भने सकियो । सरी भन्नेसम्म मौका मिल्दैन । अरु पेशामा गल्ती गर्दा पैसा नाश हुन्छ,, तर, यसमा त जीवन नै समाप्त हुन्छ ।

Bijay Lama_400_1यति जोखिमपूर्ण पेशा किन अंगाल्नुभयो त ?

जोखिम त केमा छैन ? कुन पेशा खतरामुक्त छ ? के तपाईंको पेशामा जोखिम छैन ? तपाईंले लेखेको समाचार तलमाथि भयो भने भोलि कसैले गुण्डा लगाएर तपाईंलाई मार्न पनि त सक्छ नि । म भन्छु, अरु पेशाको तुलनामा हाम्रो पेशा सबैभन्दा सुरक्षित छ ।

हामी पूर्ण दक्ष भइसकेपछि मात्रै एउटा जहाज उडान उडाउन पाउछौं । अरु पेशामा जस्तो यसमा सम्झौता गरिँदैन । सानोतिनो कुरामा पनि हेलचेक्र्याइ गरिँदैन ।

त्यसैले यो सुरक्षित छ । दुर्घटना भनेको मानवीय गल्तिले हुने हो । गल्ति नगरेसम्म दुर्घटना हुँदैन । जहाजको सेफ्टी जमीनबाट सुरु हुन्छ र जमीनमै आएर पूरा हुन्छ ।

सुरक्षित उडानको सबैभन्दा महत्वपूर्ण आवश्यकता के हो ?

जहाज कमाण्डर, को-पाइलट र क्रु मेम्बरबीचको तालमेल सबैभन्दा महत्वपूर्ण हुन्छ । जहाजमा निर्णायक भूमिका कमाण्डरको नै हुन्छ । कठीन क्षणहरुमा उसले लिने निर्णय नै अन्तिम हुन्छ । तर, कमाण्डर मात्रै दक्ष भएर पुग्दैन । चालक दल र क्रु-मेम्बरले गडबडी गरेको खण्डमा जे पनि हुन सक्छ । त्यसैले सबैजना एक मुठीजस्तो हुनुपर्छ ।

कस्तोबेलामा यात्रुहरु अत्यधिक डराएको पाउनुहुन्छ ?

मौसम बिग्रेका बेला । बाहिर डम्म भएर केही देख्न सकिएन, झल्याकझुलुक विजुली चम्कियो र  जहाज हल्लिन थाल्यो भने यात्रुहरुमा त्रास पैदा भएको पाइन्छ ।

तर, हाम्रा लागि यी अवस्था सामान्य हुन् । मौसम बिगि्रँदैमा हामी अत्तालिदैनौं, किनकि हाम्रो तालिम नै त्यस्तै हुन्छ ।

एउटा पाइलट साच्चिँकै आत्तिनुपर्ने परिस्थिति कतिबेला उत्पन्न हुन्छ ?

यदि को-पाइलट आत्तिन थाल्यो भने कमाण्डरका लागि चिन्ताको विषय हुन्छ । त्यतिबेला पाइलटले को-पाइलटलाई पनि मोटिभेट गर्न सक्नुपर्छ । जहाजको इन्जिनमा कुनै प्राविधिक समस्या आयो भने पनि सबैभन्दा तनाव हुन्छ । एउटा दक्ष पाइलटको परीक्षा यस्तो बेला नै हुने हो ।

कुनै डरलाग्दो समस्या आयो भने यात्रुहरुलाई बताइँदैन । किनभने त्यस्तो बेलामा जहाज दुर्घटना हुन सक्ने डरले यात्रुहरु कहालिने मात्रै होइन, भित्रै भागदौडसम्म गर्न सक्छन्

जहाजभित्र समस्या आउँदा कतिबेला यात्रुहरुलाई जानकारी दिइन्छ र कतिबेला सूचना लुकाइन्छ ?

मौसम खराब भयो भने यात्रुहरुलाई जानकारी दिइन्छ । जहाज लामो समय होल्ड गर्नुपर्दाखेरि पनि त्यसको कारण बताइन्छ । तर, साँच्चै जहाजमा कुनै डरलाग्दो समस्या आयो भने यात्रुहरुलाई बताइँदैन । किनभने त्यस्तो बेलामा जहाज दुर्घटना हुन सक्ने डरले यात्रुहरु कहालिने मात्रै होइन, भित्रै भागदौडसम्म गर्न सक्छन् ।

एउटा जहाजलाई कति उचाइसम्म लगिन्छ ? धेरै उचाइमा लैजानु किन आवश्यक छ ?

३९ हजार फिट माथिसम्म लैजाने हो । उचाइमा उड्दा जहाज बढी सुरक्षित हुन्छ । इन्धन पनि बच्छ । तल उडाउँदा धेरै पावर चाहिन्छ । जति माथि उड्यो जहाजको तौल उति कम हुन्छ र इन्धन खपत पनि कम हुन्छ ।

जहाज उडाइरहँदा ककपिटभित्र चालक दलका सदस्यबीच गफगाफ वा ख्यालठट्टा कत्तिको हुन्छ ?

सामान्यतया जहाज टेकअप गरेपछि १० मिनेटको समय संवेदनशील हुन्छ । यतिबेला सबैभन्दा बढी व्यस्तता हुने भएकाले आपसमा कुराकानी हुँदैन ।

निश्चित उचाइमा पुगेपछि जहाज स्थिररुपमा उड्न थाल्छ । यतिबेला सहजता आउँछ र मजाले गफ गर्न सकिन्छ । यद्यपि पाइलटले जतिबेला पनि चनाखो आँखाले अगाडि हेरिरनुपर्छ । यसैगरी जहाज ल्याण्ड गर्ने बेलामा फेरि व्यस्तता बढ्छ । ल्याण्ड गर्नुभन्दा १५ मिनेट अगाडिदेखि फेरि गफ हुन छोड्छ ।

आफ्नो पेशाबाट कति सन्तुष्ट हुनुहुन्छ ?

म पूर्ण सन्तुष्ट छु । यति ठूलो आत्मसन्तुष्टि सायद अन्य कुनै पेशामा छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ब्रान्ड, करिअर र इज्जतमा घेरिएको ‘नाई नभन्नु ल ४’

कुनै कुनै चलचित्रको व्यापार निर्माताको गोजी भर्नका लागि मात्र हुँदैन । केही चलचित्र यस्ता हुन्छन्, जसको व्यापारले निर्माता, निर्देशक, ब्यानरदेखि कलाकारको भविष्यलाई पनि अगाडि बढाउन मद्दत गर्छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ४’ यस्तै एक चलचित्र हो, जसले विभिन्न कुरालाई पनि सँगै लिएर दौडिएको छ । अगाडिका ३ वटा सिक्वेल हिट भएर ब्रान्ड बनेको यो चलचित्रको चौथो सिरिज पनि चल्यो भने यसको ब्रान्ड अझ मजबुत बन्नेछ । चलचित्रबाट ३ जना कलाकार नेपाली रजतपटमा उत्रदैछन् । मोडल पल शाह, बर्षा राउत र आँचल शर्मा यो चलचित्रका नयाँ अनुहार हुन्, जसको करिअर यही ब्रान्ड चलचित्रसँग जोडिएको छ ।

निर्देशक विकास आचार्यको सफलता ‘नाई नभन्नु ल’ सँग जोडिएको छ । विकास यो चलचित्र चलेको खण्डमा उनी फेरि भाग्यमानी साबित हुनेछन् । नेपाली चलचित्रकी सर्वाधिक व्यस्त नायिका प्रियंका कार्कीको आजसम्म आफ्नै दमले कुनै पनि चलचित्र चलेका छैनन् । यो चलचित्रमा दर्शकमाझ चिनिएकी कलाकार उनी मात्र एक हुन्, जसले गर्दा यो चलचित्र चल्यो भने उनलाई केही फाइदा हुनेछ ।

यो पटक यसको चौथो सिरिजलाई लिएर विभिन्न खालका बिश्लेषण पनि भैरहेको छ । ‘नाई नभन्नु ल ४’ ब्रान्ड, इज्जत र करिअरको लडाई शुक्रबारदेखि लड्दैछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गुन्डानाइके सिंह पक्राउ

काठमाडौं, २४ चैत । प्रहरीले गुन्डानाइके विश्वक्रान्ति सिंहलाई पक्राउ गरेको जनाएको छ ।  ललितपुर प्रहरी परिसरले हतियारसहित सिंहलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले सिंहलाई पक्राउ गरेको बताए । सिंहलाई पक्राउ गरेका विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।

हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दीमा संलग्न सिंह केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा समेत परेका थिए ।

प्रहरीलाई घुस दिन मध्यस्कर्ताको भूमिका खेलेको भन्दै उनी पक्राउ परेका थिए । पछि अख्तियारले उनलाई छाडेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल मधुमेहको उच्च जोखिममा

कल्पना पौडेल 

काठमाडौँ, २४ चैत । नेपालमा मानिसहरुमा मधुमेह हुने प्रमुख कारण मोटोपना भएको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६.७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसमा महिला १६.६ प्रतिशत रहेका छन् भने पुरुष १३.६ प्रतिशत रहेका छन् । मधुमेह गराउनसक्ने अन्य कारणमा रहेका अल्छीपना भएका ३.३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले नेपाल मधुमेहको उच्च जोखिममा रहेको देखाउने चिकित्सकको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार नेपालमा अहिलेसम्म मधुमेहपीडित कति छन् भन्ने तथ्याङ्क नै छैन तर सन् २०१६ को मधुमेह प्रोफाइलअनुसार एक सर्वेक्षणले ९.१ प्रतिशतमा मधुमेह रहेको उल्लेख छ । त्यसमा १०.५ प्रतिशत पुरुषमा र ७.९ प्रतिशत महिलामा मधुमेह रहेको देखाएको छ ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चीज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपना बढाएको र त्यसैले मधुमेहले महामारीको रूप लिँदैगएको बताउनुहुन्छ ।

उहाँले नेपाललगायत दक्षिण एसियाली मुलुकमा खानपानले प्राथमिकता पाउने गरेको र अस्वस्थकर खानपानका कारण मधुमेहले ठूलोरुप लिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधुमेहको भयावह स्थिति छ । हामी मधुमेह हुने विश्वका दुई ठूला देश चीन र भारतको बीचमा बस्दछौँ । त्यसले पनि हामीलाई रोगबाट बच्न चुनौती थपिदिएको छ ।”

नेपालमा खासगरी सबैभन्दा बढी असर परेकामा मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेमा मधुमेह देखिएको छ । यी दुवै समस्यालाई समयमा नै सचेत बनेमा रोकथाम गर्न सकिने र उपचार सम्भव भएको छ । यदि यिनलाई बेलैमा समाधान नगरे पछि गएर खतरनाक अवस्था पनि हुन सक्छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार यसले पछि गएर मानिसका महत्वपूर्ण अङ्गलाई काम नलाग्ने बनाउन सक्छ, जस्तै–हृृदयरोग, मस्तिष्कघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने तथा मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिन सक्यौ“ भने यसबाट बच्न सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “मधुमेह भएका ९० प्रतिशत मानिसलाई उच्च रक्तचापको समस्या देखिने हुन्छ भने सामान्य मानिसलाई भन्दा तीन गुणा बढी हृदयाघात हुने र उच्च रक्तचापको समस्या देखिने गर्दछ ।” डा भट्टराईका अनुसार ‘स्वस्थ खानेकुरा खाने र चिनीगुण भएका खानेकुरालाई नियन्त्रण गर्ने, हामीले प्रोटिनयुक्त, रेसादार खानेकुरा आवश्यकताअनुसार मात्र खाने गर्दा पनि धेरै कम हुन्छ ।”

दैनिक ३० मिनेट व्यायाम गर्दा वयस्कलाई तौल नियन्त्रण गर्न मद्दत गर्छ । सरकारले बालबच्चालाई प्रभाव पार्न बनाइएका बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न कार्यक्रम ल्याउन पनि आवश्यक छ । अव्यवस्थित, खानेकुरामा लेबल नलगाइएका वस्तुहरू बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ । सरकारले मधुमेह नियन्त्रणका लागि स्वास्थ्य हेरविचार कार्यक्रमलाई बढाउने र मधुमेहबारे शैक्षिक जागरण कार्यक्रमलाई बढाउनुपर्ने चिकित्सकको सुझाव छ ।

त्यस्तो मानिसमा जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ हत्तपत्त निको नहुने, हातगोडा झम्झमाउने, निदाउने या गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु आवश्यक छ । मधुमेह लागिसकेका बिरामीले चिकित्सकले भनेअनुसार औषधि सेवन र खानपानमा विचार पु¥याउनुपर्दछ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सीके राउतलाई समर्थकको कडा टक्कर, देश टुक्राउने अतिवादी मागको कुनै तुक छैन

भर्खरै एमबिबिएस पूरा गरेका डा. विनयकुमार पञ्जियार शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् । २०६४ सालको एसएलसीमा धनुषा जिल्ला टपर र जनकपुर अञ्चलका दोश्रो टपर विनयले केहि वर्षअघि डा. सिके राउत रङ्गेलीमा पक्राउ पर्दा उनको रिहाइको माग र बचाउसहित काठमाडौंको माइतीघर मण्डलामा भएको ‘क्यान्डल मार्च’लाई नेतृत्व गरेका थिए ।

सीके राउतको देश विखण्डनको मागसंग पूरापूर असहमत तर मधेसमाथिको ‘विभेद र वञ्चना’ अन्त्य गर्ने विषयमा सहमत विनय सीके राउतले सञ्चालन गरेको विखण्डनकारी अभियानको ‘सेफ ल्यान्डिङ’ हुनुपर्ने धारणा राख्छन् । डा. विनय पञ्जियारसंग यहि विषयमा उनको कार्यक्षेत्र शिक्षण अस्पताल महाराजगञ्ज पुगेर विमल योगी  र मनोज खतिवडा ले लिएको अन्तर्वार्ता:

डा. सी.के. राउतको अभियानप्रति तपाईँको धारणा के हो ?

सी.के. राउतले हाल चलाइरहेको अभियान नेपालभित्रको मधेसमा आम मधेसीप्रतिको विद्यमान विभेद, विभिन्न कपटपूर्ण चालबाजीद्वारा मधेसीहरुलाई सँधै राज्यको पहुँचबाट टाढै राख्ने प्रवृत्ति र समग्र मधेसमा लादिएको कठोर उपनिवेशवादको उपज हो । वर्णन गर्नै नसकिने मधेसमाथिको चरम उत्पीडनको परिणामका कारण जन्मिएका डा.सी.के. राउतका केही बाहेक अधिकांश माग जायज छन् ।
डा.सी.के. राउतले देश विखण्डनको मागसहित अभियान चलाइरहेका छन् । राष्ट्रविरोधी सीके राउतहरु जन्मिनुको कारण के हो ? सीके

राउतको देशविरोधी अभियान उदय हुनुमा दोषी को हो ?

सी.के. राउतहरु जन्मिनुमा दोषी निर्विवाद रुपमा राज्य नै हो । विभिन्न राष्ट्रियता, भाषा र जातजाति मिलेर राष्ट्र बन्छ । नेपालको राज्यसत्ताले कहिल्यैपनि मधेसीलाई यो देश तिम्रोपनि हो, राज्यमा तिम्रोपनि अधिकार छ, सेनामा कर्मचारीतन्त्रमा अथवा राज्यका प्रत्येक निकायमा तिम्रोपनि उपस्थिती हुन्छ भनेर कहिल्यै महशुस गराउन सकेन । जसको कारणले गर्दा मधेसीहरु जहिल्यै राज्यबाट बहिष्कृत भए, उपेक्षित भए र राज्यसंग मधेसीको सम्बन्ध टाढिँदै गयो । फलस्वरुप आज विखण्डनका श्वरहरु मधेसमा गुञ्जिरहेका छन् ।

तपाईँ आफैँले अभियान नै चलाएर रङ्गेलीमा पक्राउ परेका सी.के. राउतको रिहाइको माग राख्नुभयो । एमविविएस पूरा गरेर सम्मानित सामाजिक हैसियत प्राप्त गरेको व्यक्तिले किन राष्ट्रविरोधी अभियान चलाइरहेको व्यक्तिको रिहाइको माग राख्नुभएको ?

दोश्रो कुरा एकीकृत नेपालभित्रै मधेस समस्याको हल खोजिनुपर्छ र सिंगो नेपालको राजनीतिको मुलधारमा सी.के. राउतलाई पनि ल्याउनुपर्छ । मधेसमा लादिएको औपनिवेशिक शासनको अन्त्य गर्न बौद्धिक र राजनीतिक बहसलाई तीव्र पार्नुपर्छ । सेनामा मधेसीको प्रतिनिधित्वलाई अबिलम्ब सुनिश्चित गरि आम मधेसी युवाहरुमा देशप्रति गौरवको भावना जागृत हुने अवस्था सिर्जना गर्नुपर्छ । भाषिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विभेदलाई अन्त्य गर्न सकियो भने मलाई लाग्छ सी.के. आफैं मुलधारको राजनीतिमा आउन बाध्य हुनेछन् । यी माग पूरा हुने हो भने देश टुक्राउनेजस्तो अतिवादी मागको कुनै तुक देख्दिन म । तर यदि विभेद कायम नै रहने हो भने यो देशले हजारौं सिके राउतहरुको सामना गर्नुपर्नेछ ।

आज तपाईँले तथ्यगत रुपमा सी.के. राउतले उठाएका मुद्दाहरु हेर्नुभयो भने अधिकांश माग जायज छन् । डाटा र तथ्यसहित बोलिरहेका सी.के. राउत प्राबिधिक रुपले सहि छन् । म आफैं र मेरा वरपरका साथीहरु कसैलेपनि उनले उठान गरेका विषयमा त्रुटि पाएनौँ । क्याम्ब्रिजमा पढेको र विश्वप्रतिष्ठित संस्थामा वैज्ञानिकका रुपमा काम गरिसकेको मेधावी व्यक्तिले मधेसका हितमा बोलेको सन्दर्भले हामीलाई आकर्षित गरेको हो । मधेसलाई सवल, सक्षम र कुशल नेतृत्व कसैले दिन सक्छ भने त्यो निर्विकल्प रुपमा सी.के. राउत नै हो । राज्यलाई अझ समुन्नत कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको व्यक्ति हो म ।

म आफैँले प्राविधिक शिक्षामा कसरी मधेसीहरुको बढिभन्दा बढि प्रतिनिधित्व गराउन सकिन्छ भनेर अभियान छेडेको थिएँ । हामीले टिचिङ हस्पिटलबाट आरक्षणको मागसहित आन्दोलन ग-यौँ । हाम्रो भनाइ सुन्ने र बुझ्ने कोशिषै गरिएन । अन्तिममा टि.यू.लाई हामीसंग सहमति गर्न बाध्य पारेका थियौँ । यो उदाहरणबाट मैले भन्न खोजेको के हो भने सशक्त नेतृत्वको अभावमा मधेसका शक्तिशाली एजेन्डाहरु छायाँमा परेका छन् । र मलाई के लाग्यो भने यदी डा. सी.के. राउतले समग्र मधेसको नेतृत्व लिन सक्ने हो भने युगौँ देखिको दलनमा रहेका मधेसीहरुपनि नेपाली राजनीतिको मुल धारमा आउन सक्छन् । त्यसैले मैले सिके राउतलाई बचाउनुपर्छ भनेर लागि परेको हो ।

सी.के. राउतसंग तपाईँको व्यक्तिगत सम्बन्ध कस्तो किसिमको हो ?

उहाँसंग व्यक्तिगत सम्बन्ध अत्यन्त सुमधुर छ । उहाँ पहिलो पटक काठमाडौंमा आउँदा नै मैलेपनि उहाँसंग पहिलोपटक भेट्ने मौका पाएको थिएँ । मेरा लागि उहाँ रोलमोडल नै हो । उच्च बौद्धिक व्यक्तित्व र अन्तर्राष्ट्रिय जगतमा समेत ख्याति कमाइसकेको भएर म उहाँसंग प्रभावित पनि छु । पहिलोपटक म आफैंले पनि मधेसको डिस्कोर्सका विषयमा उहाँसंग तालिम लिएको थिएँ । उहाँले मलाई मधेसको दलनका विषयमा केही पुष्तकहरुपनि दिनु भएको थियो । त्यसबाट मधेसका यथार्थ समस्याहरुका विषयमा म जानकार भएको थिएँ ।

Dr. Binaya Panjiyarसी.के. राउतका मागबारे तपाईँलाई कति जानकारी छ ?

वास्तवमा सी.के. राउतले अतिवाद उन्मुख मागचाहिँ उठाएकै हो । तर यसलाई विभिन्न कोणबाट हेर्ने हो भने मधेसलाई अझ सशक्त बनाउनका लागि समेत सी.के. राउतका अधिकांश मागहरु आवश्यक छन् । दासता र औपनिवेशीक शासन यदि मधेसमा रहिरहने हो भने त्यसले मधेसको भलाइ गर्दैन । र मधेसको भलाइ नहुने हो भने नेपालको पनि भलाइ हुँदैन । विकासका लागि आवश्यक पहिलो शर्त नै स्वतन्त्रता हो । दास समाजले कहिल्यैपनि विकास गर्न सक्दैन । त्यसैले मेरो भनाइ के हो भने मधेसको उपनिवेश अन्त्य गर्नुपर्छ । दोश्रो कुरा सेनामा मधेसीको समानुपातिक समावेशी उपस्थिती गराउनुपर्छ । यसो भयो भने मात्र यो देश र संविधान मधेसीको पनि हुन्छ । यो बाटोबाट गयौँ भने हामी सम्पूर्ण नेपालीका सौभाग्यका दिन शुरु हुनेछन् ।

सी.के. राउतको अन्तिम गन्तव्य त फेरिपनि देश टुक्राउनु नै हो । एकीकृत र अखण्ड नेपालभित्र मधेस समस्याको हलचाहिँ कसरी खोज्न सकिन्छ ?

सी.के. राउतलाई उक्त निश्कर्ष निकाल्न यहि राज्यले बाध्य पारेको हो । तर म आफुले चाहिँ यो समस्याको निचोड, सी.के. राउतको राजनीति र राजनीतिक जीवनको ‘सेफ ल्यान्डिङ’का लागि केही बिकल्प सोचेको छु । पहिलो कुरा पुरा गर्नसकिने र गर्नुपर्ने सी.के. राउतले उठाएका मागहरुलाई तत्कालै पूरा गरिनुपर्छ ताकि उनको अभियान अतिवादबाट यथार्थको धरातलमा आउन सकोस् । दोश्रो कुरा एकीकृत नेपालभित्रै मधेस समस्याको हल खोजिनुपर्छ र सिंगो नेपालको राजनीतिको मुलधारमा सी.के. राउतलाई पनि ल्याउनुपर्छ । मधेसमा लादिएको औपनिवेशिक शासनको अन्त्य गर्न बौद्धिक र राजनीतिक बहसलाई तीव्र पार्नुपर्छ । सेनामा मधेसीको प्रतिनिधित्वलाई अबिलम्ब सुनिश्चित गरि आम मधेसी युवाहरुमा देशप्रति गौरवको भावना जागृत हुने अवस्था सिर्जना गर्नुपर्छ । भाषिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विभेदलाई अन्त्य गर्न सकियो भने मलाई लाग्छ सी.के. आफैं मुलधारको राजनीतिमा आउन बाध्य हुनेछन् । यी माग पूरा हुने हो भने देश टुक्राउनेजस्तो अतिवादी मागको कुनै तुक देख्दिन म । तर यदि विभेद कायम नै रहने हो भने यो देशले हजारौं सिके राउतहरुको सामना गर्नुपर्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

निर्माणाधीन चिडियाखाना परिसरमा पदमार्ग

२४ चैत, पोखरा । युनाइटेड क्लब, पोखराको सक्रियतामा लेखनाथ नगरपालिकाको पचभैयामा निर्माण गर्न लागिएको खुला चिडियाखाना परिसरमा तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्न लागिएको छ ।

बृहत् पोखराको अवधारणाअनुसार पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२ र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाउन लागिएको चिडियाखानामा पर्यटकलाई अवलोकनका लागि पदमार्ग बनाउन लागिएको हो ।

क्लबका अध्यक्ष हिमालय बख्रेलका अनुसार निर्माणाधीन चिडियाखानाभित्र तीन किलोमिटरको मूल पदमार्गसहित अन्य शाखा मार्ग पनि निर्माण गरिनेछ ।

समग्र चिडियाखानाको निर्माणका लागि नक्साङ्कनसहित समग्र संरचनाको लागत अनुमानको तयारी अन्तिम चरणमा पुगेको उनले  जानकारी गराए ।

क्लबले विगत केही वर्षयता पोखरा महोत्सव गर्दै आएकोमा त्यसको कुल लाभांशमध्ये २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइएको उनले बताए ।

खुला चिडियाखानाको अवधारणाअनुरुप संरचना निर्माण गरिने र चिडियाखाना परिसरमा वन्यजन्तुको उपचार केन्द्र स्थापना समेतको लक्ष्य राखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं