Thursday, April 14, 2016

केकीलाई छ कामको लोभ, ऋचा र प्रियंकाको यसरी गरिन् डाहा

आखिर, कुनै गतिलो भूमिका अरु कलाकारले गर्दा अरुलाई डाहा हुनु स्वभाविक नै हो । त्यो भूमिका मैले गर्न पाएको भए हुन्थ्यो जस्तो त सबैलाई लाग्छ नै ।

नायिका केकी अधिकारीको हकमा पनि यो कुरा लागू हुन्छ ।

हाल कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी यी सुन्दरीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई कामको लोभ हुने बताइन् । उनले भनिन्-‘नायिका ऋचा शर्माले ‘उमा’ चलचित्रमा गरेको भूमिका होस् या प्रियंका कार्कीले ‘सुन्तली’मा गरेको भूमिका नै किन नहोस्, त्यस्तो काम गर्न मैले किन पाइनँ भनेर पछुतो त हुन्छ नै ।’

उनका अनुसार अरु नायिकाले राम्रो र तारिफयोग्य भूमिका र चलचित्र पाउँदा उनलाई केही छटपटी त हुन्छ । तर, उनले छाडेका थुप्रै चलचित्र पनि अन्य नायिकाले गर्दा ब्लकबस्टर भएका छन् । कतिपय त असफल पनि भएका छन् । केकीले दुबै खालका चलचित्रको नाम लिन भने चाहिनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चन्दा उठाउन बाबुराम भट्टराईले घरदैलो गर्ने

२ वैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलनका लागि घरदैलो कार्यक्रम नै गर्ने भएको छ ।

जेठ अन्तिममा राष्ट्रिय भेला गर्ने तयारीमा रहेको नयाँ शक्तिले आर्थिक सहयोग माग्दै सार्वजनिक अपील नै जारी गरेको छ । पार्टीको नियमित कामका लागि आवश्यक रकम सदस्यहरुबाटै जुटाउने भएपनि संक्रमणकालीन व्यवस्थापन र राजनीतिक अभियान सञ्चालनका लागि आर्थिक सहयोग आवश्यक परेको भट्टराईद्धारा जारी अपीलमा उल्लेख छ ।

भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलन (चन्दा उठाउन)का लागि कम्तिमा ५ जनाको समूह बनाएर घरदैलो कार्यक्रम नै गरिने बताएको छ । आर्थिक सहयोग लिएपछि रसिच दिइने र पारदर्शी हुने भन्दै उसले भनेको छ, ‘यो रकम कुनै व्यक्तिगत प्रयोजन र स्वार्थमा खर्च गरिने छैन ।’

तर, १० हजारभन्दा बढी आर्थिक सहयोग भने बैंक चेकबाट मात्र लिइने अपीलमा जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धरहराः ११ तले बनाउन प्रस्ताव, तीनतले भूमिगत पार्किङ

२ वैशाख, काठमाडौं । भूकम्पले ढालेको धरहरा कस्तो बनाउने ? धेरैको जवाफ हुनसक्छ, र बलियो र पहिलेको जस्तै । तर, अब बन्ने धरहराको स्वरुप तपाईंले यसअघि देखेको भन्दा फरक हुन सक्छ । किनभने सरकारले अब ९ तले नभएर ११ तले बनाउन प्रस्ताव गरेको छ ।

भीमसेन थापाले बनाएको धरहरा सुरुमा ११ तले थियो । वि.सं.१९९० को महाभूकम्पमा २ तला भत्किएर ९ तलामा सीमित भयो । जुद्ध सम्शेरले ९० सालको भूकम्पमा भाँचिएको दुई तला नथपी नौ तलामै सीमित राखेर पुनर्निर्माण गराएका थिए ।

गत वैशाख १२ को भूकम्पमा फेदैदेखि ढलेको धरहरा पुरातत्व विभागले अब १९९० कै स्वरुपमा बनाउने तयारी गरेको छ । तर, यसबारे अन्तिम र औपचारिक निर्णय भने भएको छैन ।

अब धरहरा ११ तले बनाउनेबारे सरकारी अधिकारी, पुरातत्वविद र सुन्धाराका स्थानीयसँग ब्यापक छलफल र बहसपछि मात्रै अन्तिम निर्णय गरिने पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।

उचाइ बढाउन प्रस्ताव

नयाँ प्रस्तावअनुसार निर्णय भएमा धरहरा वि.सं. १८६२ मा भीमसेन थापाले बनाएकै स्वरुपमा फर्कनेछ । यसअनुसार भत्किनुअघि २ सय ३ फिट अग्लो धरहरा अब २ सय ४५ फिट अग्लो बन्नेछ । अब सातौं तलाको बार्दली ९ औं तलामा राखिनेछ ।

पुरातत्वविदले १९९० माघ २ गतेको भूकम्पअघिको धरहरा स्वरुप र बनोटबारेको विस्तृत विवरण विभागमा बुझाइसकेका छन् । पुरात्वविदले धरहराको मौलिक स्वरुप ११ तलाको नै भएकाले अब स्थापनाकालको जस्तै बनाउनुपर्नेमा जोड दिएका छन् ।

१९९० अघिका तस्वीर र विभिन्न प्रमाणहरु पनि समेत सुरक्षित रहेकाले ११ तलाको धरहरा निर्विवादित रहेको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।

भूकम्प प्रतिरोधी बन्ने

पुनर्निर्माण हुने धरहराको अग्लाइसहित न्युनतम पुर्वाधारको सीमाहरु तोकेर विभागले ६ वटा इञ्जिनियरिङ कन्सल्टेन्सीलाई त्यसको उपयुक्त ड्रोइङ/डिजाइन पेश गर्न भनेको छ ।

उनीहरुले दिनेमध्ये सबैभन्दा उत्कृष्ट ड्रोइङ-डिजाइनलाई स्वीकृत गरेर धरहराको पुनर्निर्माण अघि बढाउने तयारी गरिएको छ । अब बन्ने धरहरा भूकम्प प्रतिरोधी बन्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । यसको उचाइबाहेक बाहिरी स्वरुपमा कुनै परिवर्तन गर्ने तयारी छैन ।

लिफ्ट राख्ने तयारी

तर, यसका भित्री स्वरुपमा भने आमूल परिवर्तन हुनेछन् । धरहरामा अब लिफ्ट पनि प्रयोग गरिनेछ । पहिलेकै स्वरुपमा भर्‍याङसमेत राखिने छ ।

तर, अत्यााधुनिक लिफ्टमार्फत पनि धरहरा चढ्न सकिनेछ । कुनैबेला आकस्मिक रुपमा बाहिरिन पनि लिफ्ट राख्नैपर्ने विभाग स्रोतले बतायो । लिफ्ट राखेरै डिजाइन तयार गर्न सीमा तोकिएको छ ।

तीनतले भूमिगत पार्किङ !

अब धरहरा हेर्न र चढ्न जानेलाई पार्किङको पनि समस्या हुने छैन । अब धरहरामुनि ३ तलासम्मको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न प्रस्ताव गरिएको छ । यसमा साना गाडी र मोटरसाइकलहरु पार्क गर्न सकिने छ ।

धरहराभित्र स्मृति पार्क स्थापना गर्ने तयारी पनि छ । तर, धरहराको जग्गा एकदमै कम भएकाले समस्या आउन सक्ने विभागका अधिकारी बताउँछन् ।

जग्गाको समस्या

धरहरा छेउमै टक्सार विभागको जग्गा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ । तर, त्यसमा अर्थ मन्त्रालयले सहमति दिन आनाकानी गरेको स्रोतले बतायो । धरहरा छेउमा टक्सार विभागको झण्डै १० रोपनी जग्गा उपयोगविहीन अवस्था छ । त्यसलाई पनि समेटेर धरहरा आसपास पार्क बनाउने तयारी छ ।

जग्गा पर्याप्त नहुँदा धरहरालाई व्यवस्थित बनाउन समस्या भएको छ । अहिले उपलब्ध जग्गाको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग छलफल गर्ने विभागको तयारी छ । धरहराको जग्गामा अहिले व्यापारिक स्टलहरु पनि छन् ।

सरकारको खातामा २५ लाख मात्रै

सरकारले धरहरा जनताकै लगानीमा पुनर्निर्माण गर्ने घोषणा गरिसकेको छ । लागत अनुमान सार्वजनिक नगरे पनि ‘म बनाउँछु धरहरा’ अभियान चलाएर सरकारले बैंकमार्फत जनतासँग रकम पठाउन थालिसकेको छ । तर, त्यसमा रकम जम्मा गर्न नागरिकहरु खासै उत्साहित भएका छैनन् ।

यो खातामा अहिलेसम्म झण्डै २५ लाखमात्रै उठेको छ । पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया धरहराको अब बन्ने स्वरुप सार्वजनिक भएपछि रकम उठ्ने क्रम बढ्ने बताउँछन् । धरहरा बनाउने रकम संकलन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक महिनाको तलब राखेर खाता खोलिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अधिकांश आगलागी भान्साबाटै

वैशाख २, २०७३- पूर्वी उत्तर खासकुसुम गाविसको गाउँमा एक सातामा तीनपल्ट आगलागी भइसक्यो । चार दिनअघि शनिबार दिउँसो कुसुमको जरुवा, विकट मानिने कालाफाँटा ७ बालापुर र होलियाको पिप्रहवा गाउँमा भीषण आगलागी भयो ।

होलियामा ३०, कालाफाँटामा ६० र जरुवाका गाउँका १० गरी सयभन्दा बढी घरगोठ जले । सोमबार नेपालगन्जस्थित देउराली कटेजमा आगलागी भयो । त्यसअघि पनि थुप्रै स्थानमा आगलागीका घटना भए । आगाले करोडौंको धनमाल खाएको छ । बाँकेमा यसरी दैनिक किन आगलागी भइरहेका छन् रु सम्बद्ध निकायले कारण खोज्न थालेका छन् ।

‘आफ्नो घरमा जानेर कोही पनि आगो लगाउँदैन । तर, आगलागीका घटना दैनिक हुनुका प्रमुख कारण भनेकै लापरबाही र असावधानी हो,’ रेडक्रस, बाँकेको दैवीप्रकोप फिल्ड सुपरभाइजर प्रह्लाद विश्वकर्मा भन्छन्, ‘आगलागी भएका घटनाको अनुसन्धान गर्दा सबैमा लापरबाही भएको पाइएको छ ।’

हावाहुरी चलिरहेका बेला स्थानीयले मकै पोल्ने क्रममा होलियाको पिप्रहवा गाउँमा आगो सल्केको हो । एउटाको लापरबाहीका कारण गाउँ नै खरानी भएको प्रहरीले जनाएको छ । त्यस्तै, ६० वटा घर जलेको कालाफाँटामा पनि त्यस्तै घटना दोहोरिएको हो । खाना पकाएर राम्रोसँग ननिभाएर फालिएको खरानीले सिंगो गाउँ खायो ।

कुसुममा बालबालिकाले सलाई कोर्दा गाउँ जल्यो । ‘यी सबै घटना हेर्दा मानवीय लापरबाही नै भएको पाइएको छ । तर, स्थानीयहरू कसैको नाम लिन भने चाहँदैनन्,’ विश्वकर्मा भन्छन्, ‘आगलागीका घटना नियन्त्रणका लागि लापरबाही गर्ने व्यक्तिलाई पनि कानुनी कारबाहीमा ल्याउन आवश्यक छ ।’

यसअघि बैजापुरमा पनि त्यसै गरी आगलागी भएको थियो । अभिभावक नभएका बेला बालबालिकाले अन्डा पकाउने क्रममा घर जलेका थिए । ‘गर्मी सुरु भएसँगै हावाहुरी पनि चलेको छ । सुख्खाका कारण आगलागी हुने गरे पनि असावधानी प्रमुख कारण हो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ भन्छन्, ‘आगोको प्रयोगमा सावधानी अपनाउने हो भने यस्ता घटनामा कमी आउन सक्छ ।

हावाहुरी चल्ने बेला आगलागी हुनु र टाँसिएर बनाइका फुसका घरका कारण बढी क्षति हुने गरेको उनले बताए । ‘आगलागी भएका गाउँ पुगेर बुझ्दा मानवीय लापरबाही भएको पाइएको छ,’ प्रमुख जिल्ला अधिकारी पन्थले भने, ‘आगलागीका घटनामा कमी ल्याउन जनचेतना र प्रचारप्रसारका कार्यक्रम गरिरहेका छौँ ।’

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले आगलागीका घटना दैनिक हुन थालेपछि अनुसन्धान थालेको बताए । ‘आगलागी भएका सबै गाउँमा कसरी घटना भयो, त्यसको खोजी भइरहेको छ । नियतबस आगलागी गराएको पाइए कारबाहीको दायरामा ल्याउँछौं,’ उनले भने ।

नाम मात्रको दमकल

एकै दिन दुईरतीन स्थानमा आगलागी हुन थालेपछि दमकल अभाव भएको छ । नेपालगन्जमा एक मात्र दमकल चालु अवस्थामा छ । अर्को बिग्रिएर थन्किएको छ ।

दमकल पुग्न नसक्दा स्थानीयवासीले आफैं आगो नियन्त्रणको प्रयास गर्दै आएका छन् । गत शनिबार खासकुस्मको जरुवा, कालाफाँटाको बालापुर र होलियाको पिप्रहवामा त्यस्तै भयो । शनिबार दिउँसो ३ बजे कुसुममा आगलागी भएको खबर आएपछि नेपालगन्जबाट दमकल गएको थियो । तर, दिउँसो पौने ४ बजे पिप्रहवा गाउँमा आगलागी भएपछि दमकल बाटोबाटै फर्किंदै गर्दा बाटामै फस्यो । दमकल अभावमा बढी क्षति भयो ।

गर्मी सुरु भएसँगै बाँकेमा अगालागीका घटना हुन थालेका छन् । तर, बिग्रिएको दमकल मर्मत नगरिँदा घटनास्थलमा समयमा पुगेर पनि आगो नियन्त्रण गर्न नसकेको अग्नि नियन्त्रक बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकलमध्ये एउटा करिब ३५ वर्ष पुरानो हो । चाइनिज मोडेलको उक्त दमकल मर्मत गरेर काम चलाउने गरिएको छ । तर, त्यो काम नलाग्ने अवस्थामा पुगिसकेको अग्नि नियन्त्रकहरूले बताए ।

आगलागीका कारण बर्सेनि करोडौंको क्षति हुँदै आए पनि नयाँ दमकल खरिद गरिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि प्रक्रिया सुरु गरिसकेको दोहोर्‍याउँदै आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आफूविरुद्ध लड्न भारत र अमेरिका एक भएपछि चीन सतर्क

काठमाडौं, २ वैशाख । भारत र अमेरिकाबीच सैद्धान्तिक रुपमा मिलिटरी लजिस्टिक्स सम्झौता (सैन्य सम्झौता) पछि चीन सतर्क बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको संस्थापन निकट मानिने पत्रिका नवभारत टाइम्सले भारत र अमेरिका एक भएर लड्ने सम्झौता गरेपछि चीनले सतर्कता अपनाएको हो ।

जसअनुसार भारतका रक्षामन्त्री मनोहर पर्रिकरको अर्काे साता हुने चीन भ्रमणमा यो मुद्दा उठाउने संकेत बेइजिङ दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू काङ्गले यो सम्झौताबारे सोधिएको प्रश्नमा भने- ‘हामी अमेरिकी रक्षामन्त्री इश्टन कार्टरको भारत भ्रमणसँग जोडिएका खबरहरु सुनेका छौं । भारत संसारको एक प्रभावशाली देश हो र भारतको स्वतन्त्र कुटनीतिक नीति छ । भारत आफ्नो हितमा आफ्नो कुटनीतिक नीति तयार गर्नेछ ।’ भारतका रक्षामन्त्री १८ अप्रिलका दिन चीन जानसक्ने समेत समाचार उल्लेख छ ।

यद्यपी भ्रमणबारे दुबै देशले मिति तय गरिसकेका छैनन् । तर, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता काङ्गले भारतका रक्षामन्त्री चाँडै चीन भ्रमणमा आउने कुरा प्रेस कन्फ्रेन्समा सञ्चारकर्मीलाई जानकारी दिए ।

पछिल्लो समय चीनले भारतमा पर्ने हिन्द महासागरका सीमा टापुहरु धमाधम कब्जा गरिरहेको छ । भर्खरै मात्र २५० टापु नियन्त्रणमा लिएपछि भारत चिन्तित बनेको समाचार आएको थियो ।

यसैक्रममा मंगलबार हिन्द महासागरमा चीनको प्रभाव कम गर्न भारत र अमेरिकाबीच महत्वपूर्ण सैन्य सम्झौता भएको थियो । जसमा दुबै देशका सेनाहरु मिलिटरी सप्लाई, रिपेयर र अन्य अप्रेशनहरुका लागि एक अर्काको जमिन, आकाश, र समुद्री अड्डा (बन्दरगाहा)प्रयाग गर्न पाउनेछन् । यसका साथै एक अर्काको देशमा युद्धक विमान र युद्धपोतका इन्धन जस्ता संसाधन सजिलैसँग पाइनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

PM lacks sincerity for talks: UDMF

Kathmandu, April 13 – Leaders associated with the United Democratic Madhesi Front have termed Prime Minister KP Sharma Oli’s offer of talks with the agitating Madhesi forces as an eyewash.

The PM, while delivering televised message to the public yesterday, had invited the agitating forces to negotiating table to seek negotiated settlement on constitutional issues.

Spokesperson for the Tarai Madhes Democratic Party Sarvendranath Shukla said the PM’s offer of talks was aimed at giving a false impression to the international community that the government was trying to find negotiated settlement to the Tarai problems.

Shukla said the PM made similar offer when he became the PM but he formed the government’s talks team only after a month which reflected lack of sincerity on his part.

“In his televised address delivered yesterday, the PM said he could not understand the reasons behind Madhes agitation.

How can the government find solution if it continues to ignore the reasons behind a movement which saw 20 lakh people taking to the streets to protest against discriminatory provisions of the constitution?” Shukla wondered.

He said the PM did not even bother to listen to the UDMF’s political demands the day the UDMF leaders went to submit a memorandum to the PM.

“We sat for talks for four and a half hours that day, yet the PM discussed nothing about our political demands,” he added.

He said the UDMF was not against dialogue but the government needed to make sincere efforts to seek negotiated settlement of the Tarai problems.

Shukla said the government should announce what would be the constitutional status of the report of the committee and what would be its terms of reference.

Chairperson of Sadbhawana Party Rajendra Mahato said PM’s offer of talks was waste of time. “We had given the government an ultimatum to address our concerns before April 12.

Instead of addressing our demands within the time frame, the government just made an offer of talks. This shows how indifferent this government is to our demands,” he added.

Mahato said PM’s offer of talks was a ploy to stop the UDMF from taking to the streets.

He said the PM could have given the best gift to the citizens had he resigned from the post of prime minister citing his inability to rule the country, to find negotiated settlement of the Tarai agitation and to control black-marketing.

“This government did not address any of the challenges the country faces,” he added. Mahato said the UDMF would unveil its protest programmes in a few days and the front’s movement would be Kathmandu centric.

“We are going to launch Singha Durbar centric movement to lessen the woes of the public. This government is insensitive and does not care about people’s suffering,” he argued.

Senior leader of Tarai Madhes Sadbhawana Party-Nepal Ram Naresh Ray said the PM’s actions did not match his words, therefore, he did not believe that the PM was sincere about negotiated settlement of Madhes problems.

“We changed the forms of protests after stakeholders suggested the same and even after two months, nobody  neither the government nor the major parties  came to talk to us about our demands,” Ray said and added that the UDMF and the Federal Alliance had no option but to launch another movement.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Man dies while demolishing house in Chabahil

KATHMANDU: A man died while demolishing an old house in Chabahil on Wednesday.

The deceased has been identified as Mohan Mahato (30) of Rautahat district, the Metropolitan Police Circle Gaushan informed.

Mahato was demolishing the house near Ganeshthan of Chabahil when a pillar of the house crushed him at around 3:30 pm yesterday, police said.

Police said that the breathed his last while being rushed to the Helping Hands Community Hospital in Chabahil.

Police said that they are looking into the case.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं