Sunday, April 24, 2016

अमेरीकी गाईका आईशा फुकूशिमाले मन त मेरो नेपाली हो भन्दै गाईन गित

अमेरीकी दुताबासको आयोजनामा भृकुटी मण्डपमा आयोजना गरीएको सांगितिक कार्यक्रममा अमेरीकी गाईका आइशा फुकूसिमाले मन त मेरो नेपाली हो भन्दै गित प्रस्तुत गरीन ।

भुकम्प गएको एक बर्ष भएपछि नेपाली लाइ हौसला सहीत स्वदेशी र अमेरीकी कलाकार सहभागि रहेको सांगितिक कार्यक्रममा फुकुसिमाले अन्य सांगितिक प्रस्तुती पनि गरेकी थिइन ।

fukusima।१९७४ ए डि ,निर्णय श्रेष्ठ,संमृद्धी राइ लगायत स्वदेशी कलाकारले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।काठमाडौ पछि अब पोखरामा पनि निशुल्क कन्सर्टको आयोजनाको तयारी आयोजकको रहेको छ ।

nirnayaपोखराको बसुन्धरा पार्कमा बैशाख १७ गते कन्सर्टको आयोजना हुदै छ । पोखरामा रविन एण्ड द रीभुलेसन र मिलन एन्ड द ब्याण्डले प्रस्तुती गर्ने छन ।कलादुत कार्यक्रम मार्फत बिभिन्न अमेरीकी कलालाइ संसार भर आदान प्रदान गरीदै आएको छ ।

gurungsim


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहाडको टुप्पोमा भुइँचालोले हल्लाउँदा

विक्रम निरौला

करिब चार हजार मिटरको उचाइ। आकाशबाट हिउँका डल्ला एकोहोरो वर्षिरहेका थिए। घुँडासम्म आउने हिउँले पुरिएको बाटो पहिल्याउन पनि मुस्किल भइरहेको थियो।

नाकै ठोकिने जस्तो उकालोमा चिसो र अक्सिजनको कमीले ज्यान त्यसैत्यसै आलस्य भइरहेको थियो। लगातारको वर्षा र हिउँबाट बच्न प्लाष्टिकले बेरेको शरीर अनि मास्क र चश्मा लगाएका कारण दायाँबायाँ केही हेर्ने र देखिने अवस्था थिएन।

लेक लाग्ला भन्ने डर। त्यसैले साथीभाइ र अनुभवीहरूको सुझावअनुसार अदुवा, भटमास अनि मिस्री गोजीबाट निकालेर कुटुकुटु पार्दै उकालो काट्ने प्रयास गर्यौं। कतिपयले त हिउँबाट जोगिन अनुहारमा सातु दले। हामीले चाहिँ तातो पानीमा घोलेर सातु खायौं। पुगेर फर्किनेहरूलाई मन्दिर पुग्न कति टाढा छ भनेर सोधेर हैरान नै पारियो।

पूजा गरेर फर्किने र  जानेहरूको लर्कोले साँघुरो बाटोमा पदयात्रीहरूसँग ठेलमठेल गर्दै म र  साथी रोशन बुढाथोकी गत वर्षको वैशाख १२ गते शनिबार ताप्लेजुङको विकट ठाउँमा रहेको पाथीभरा देवीको मन्दिर जाँदै थियौं। छातेढुंगाबाट झन्डै चार घन्टाको उकालो पैदल यात्राबाट लखतरान भएका बेला मन्दिर आउन लागेको जानकारी फर्किनेहरूले दिँदै थिए। लामो उकालो चढेर पहाडको टुप्पो नजिक पुगेर सुस्केरा हाल्न नपाउँदै एक प्रकारको आतंक आइलाग्यो। रिंगटा चलेजस्तो एक्कासि शरीर फनन घुमेजस्तो भयो। म उभिएको माथिबाट हिउँका डल्ला पहिरोजस्तै आफूतिर खस्न थाले। नजिकै  समाएर आफूलाई सम्हाल्ने केही उपाय थिएन।

‘ए भुइँचालो आयो … भुइँचालो…’ भन्दै माथिबाट दुई जना युवायुवती अतालिँदै म नजिकै झरे। पहाडै खस्लाजस्तो कम्पन आयो। भीरबाट लड्नबाट जोगिन गुराँसको बोट समात्न खोजें तर सकिनँ। सबै रूख आफैं उडौँलाजस्तो गरी हल्लिरहेका थिए। हल्लिरहेको भित्तो समात्न खोजें, त्यहाँ पनि हिउँमात्र थियो।

बाँचिएला जस्तो लागेन तर जसोतसो आफूलाई सम्हाले। पछाडि फर्किंदा थुप्रै मानिसहरू पाथीभरा माताको नाम लिँदै डरले चिच्याइरहेका थिए। साथी रोशन पनि कराउँदै नजिकै यात्रु विश्रामस्थल पुगेर सम्हालिँदै थिए। मन्दिर जाने र फर्कने सयौं तीर्थयात्रु आतंकित भए। तर हामी सबैको भाग्य भन्नुपर्छ कोही कसैलाई केही भएन। भूकम्प गएको बेला हामी पुगेको त्यो ठाउँबाट एउटा मात्र ढुंगा लडेको भए त्यसभन्दा तलतिर हिँडिरहेका सयौं तीर्थयात्रीको ज्यान जानसक्ने जोखिम थियो। पहिरो गएको भए त झन् हामी सबै पुरिने सम्भावना थियो।

पहाडै हल्लिने गरी गएको भुइँचालोको आतंक कम भएपछि हामी मन्दिरतिर लाग्यौं। मन्दिर परिसर हिउँले पुरिएको थियो। यात्रुहरू बस्न बनाइएका टिनका टहरा हिउँले पुरिएर बस्न नसक्ने अवस्थामा देखिन्थे। बाक्लो हिउँको वर्षाको पर्वाह नगरी हामीले पालैपालो पूजा गर्यौं। एकछिन अगाडि बाटोमा हामीलाई आतंकित पारेको त्यो भूकम्पले पहाडको टुप्पोमा रहेको मन्दिरको पछिल्लो भाग केही क्षति पुर्याएको पुजारीले सुनाउँदै थिए। हिउँको चिसोले हात निकै कठांग्रिए। पूजा  सकेर बत्ती बालेर होम गरेको कोठामा गएर हात सेकायौं। चिसोले निकै गाह्रो पारे पनि हिउँमा बसेर फोटो खिच्यौं। पहिलोपटक हिउँमा खेल्न पाएका साथी रोशन निकै उत्साहित हुँदै हिउँमा खेल्न मन गर्दै थिए। चिसो हिउँ अनि लेक लाग्ने डरले धेरै बस्न हुँदैन भनेर हामी मन्दिरबाट फर्कियौं।

जसोतसो उकालो चढेका हामीलाई फर्कन निकै गाह्रो भयो। ओरालो झर्दा हिउँमा चिप्लिएर हिँड्न निकै गाह्रो हुँदो रहेछ। तर लठ्ठी टेकेपछि अलि सजिलो भयो। ओरालो झरेर माथिल्लो फेदी पुगेपछि होटलमा सुनियो- भूकम्पले काठमाडौंमा थुप्रै मान्छे मरे रे। धरहरा पनि ढल्यो रे। माथिल्लो फेदीमा जसोतसो मोबाइलको नेटवर्क लाग्दो रहेछ। तत्काल काठमाडौंस्थित बीबीसी नेपाली सेवाका सहकर्मी सञ्जय ढकाललाई फोन गरें। उनले धरहरा ढलेको र थुप्रै मान्छे मरेको कुरा सुनाए। त्यसपछि मैले विराटनगरतिर फोन लगाएँ। कतै सम्पर्क हुन सकेन। घरको हालखबर कतै पाइएन। बल्ल–बल्ल सहकर्मी बन्धु पोखरेलसँग फोनमा कुरा भयो। उनले भूकम्पको खबर सुनाए। घरमा फोन सम्पर्क नभएकाले उनलाई मेरो घरसम्म पुगेर बुझ्न भनें।

मोरङ प्रहरीका ततकालीन प्रवक्ता डीएसपी प्रभु ढकाललाई सोधें। उनले मोरङमा १५ जना घाइते मात्र भएको जानकारी दिएपछि अलि ढुक्क भएँ, घरपरिवार सबैलाई ठिकै रहेछ भनेर। तर बरगाछीस्थित साजनको चिया पसलमा सधैजसो भेट हुने दाइ कृष्ण पौडेलको भूकम्पमा परी काठमाडौंमा निधन भएको खबरले निकै पीडा भयो। केही दिन पहिले प्रवीन खड्कासँगै मोटरसाइकलमा काठमाडौं जाँदा बाटोमा सूर्यमुखी फूल अगाडि खिचेर फेसबुकमा पोष्ट गरेको  कृष्णदाइको फोटो झलझली सम्झिएँ, अनि चिया पसलका गफ पनि।

त्यसपछि हामी फेरि ओरालो झर्यौं। बाटोमा भेटिएको एउटा टोली निकै हतास देखें। काठमाडौंबाट पाथीभरा दर्शन गर्न आएको ३९ जनाको टोली माथिल्लो फेदी पुगेलगत्तै भूकम्पको विनास सुनेपछि मन्दिर नपुगी फर्किएका रहेछन्। फोन पनि लाग्दैन, के भयो होला भनेर उनीहरू निकै चिन्तित देखिन्थे।

सिमसिमे झरीमा रूझ्दै हामी छातेढुंगा आइपुग्यौं। सुकेटार फर्कन सयौं तीर्थयात्रीहरू गाडीको पर्खाइमा थिए। हिउँ र पानीले कच्ची बाटोमा गाडी चल्ने सम्भावना कम देखेपछि हामी दुई जना चाहिँ मोटरबाटो पछ्याउँदै सुकेटारतर्फ पैदल लाग्यौं। हिलाम्मे भएको चिप्लो बाटोको साढे तीन घन्टा हिँडेर राति ८ बजे हामी सुकेटार आइपुग्यौं। त्यहाँ हाम्रो मोटरसाइकल थियो। मोटरसाइकल चढेर हामी फुङलिङ झर्यौं।  भूकम्पको त्रास हुँदाहुँदै पहाडको भिरालो ठाउँमा बनाइएको चार तले गेष्ट हाउसमा बास बस्यौं। झण्डै १३ घन्टाको हिँडाइले जीउ निकै थाकेको थियो। त्यसैले होला रातभर निद्रा परेन। अर्कोतिर विनासकारी भूकम्पको त्रासले पनि डेरा जमाएको थियो।

वैशाख १३ गते आइतबार विहान ८ बजे फुङलिङबाट हिँड्यौं। बाटोमा खाजा खाएर फिदीम आइपुग्दा करिब साढे १२ बजेको थियो। पाँचथरका तत्कालीन डीएसपी दीपक पोखे्रलसँग भेट गर्न हामी जिल्ला प्रहरी कार्यालयमा पुग्यौं। उनी कार्यालय बाहिर रहेछन्। आउँदैछु भने उनले। हामी टेलिभिजनमा समाचार हेर्न थाल्यौं। टिभीको झ्याप्प गयो।

काठे घर भएकाले निकै हल्लायो।

‘ए फेरि भूकम्पण् आयो’ भन्दै हामी बाहिर निस्कियौं। प्रहरी कार्यालयको गेट नजिकैको घन्टाघर जोडले हल्लियो। वरिपरि ठूलो हल्लाखल्ला गर्दै सडक र चौरमा मानिसहरू भेला भए। प्रहरी कार्यालयमा रहेको सानो पोखरीका माछा माथिमाथि उफ्रिएका थिए। सायद, उनीहरू पनि भूकम्पबाट तर्सिएका होलान्।

एकछिनमा भूकम्पको झट्का सेलायो। त्यहाँबाट हामी निस्कियौं। भूकम्पको डरले सकुशल घर पुगिएला कि नपुगिएला भनेर  रफ्तारमा हामी फिदीमबाट उकालो चढ्यौं। घर परिवारबाट बारम्बार फोनको घन्टी बजिरहन्थ्यो कहाँ के कस्तो छ भनेर। अघिल्लो दुई दिनको थकाइले विराटनगर आइपुग्ने हिम्मत भएन। जसोतसो इलामको फिक्कल आइपुग्यौं, राति ८ बजेतिर।

फिक्कलको एउटा होटलमा बास बस्यौं। त्यहाँ सबै फेरि भूकम्प आउने हल्लाले त्रसित थिए। घरभित्र सुत्न डराइरहेका थिए। कोही बाहिरै थिए। रातको सवा १० बजे फेरि हल्लायो । ‘फेरि आयो, फेरि आयो’ भन्दै होटलका मानिस कराए। हामी पनि हतारहतार सटर खोलेर बाहिर सडकमा निस्कियौं। एकछिनमा भित्र गयौं र सुत्यौं। धेरै थाकेकाले जे भए पनि अब चाहिँ नउठ्ने भन्दै हामी सुत्यौं। राति पुनः दुईपटक भूकम्पको धक्का आएछ। हामीले थाहै पाएनौं।

विहान उठेपछि पो होटलावालाले भनेपछि झसङ्ग भयौं। धन्न केही भएन। चिया खाएर ओरालो लाग्यौं। दिउँसो करिब १ बजे विराटनगर आइपुग्यौं। साँझ नपर्दै फेरि भूकम्पले हल्लायो। गत वर्षको वैशाख १२ गतेको विनासकारी भूकम्पले ९ हजार बढीको ज्यान लियो। हजारौं घाइते भए। धनजनको क्षतिको विवरण कहालीलाग्दो छ। भूकम्प आएको एक वर्ष पुग्दा पनि पीडितले राहत पाएका छैन। पालमुनिको बासमा सरकारी राहतको आशा छ पीडितहरूलाई। वैशाख १२ को शक्तिशाली भूकम्पपछिको एक वर्षको अवधिमा नेपालमा झन्डै तीस हजारपटक भूकम्पका परकम्प गएका तथ्यांक छ।  मुलुक नै तहसनहस हुनेगरी आएको भूकम्पको क्षण सम्झँदा खुबै आङ सिरिङ्ग हुन्छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दीक्षितलाई म्याद थपका लागि विशेष अदालत उपस्थित गराइयो

१२ वैशाख, काठमाडौं । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ वरेका साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई विशेष अदालत उपस्थित गराइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वरिष्ठ पत्रकार समेत रहेका दीक्षितलाई पक्राउ गरेको थियो ।

उनलाई म्याद थपका लागि बबरमहलस्थित विशेष अदालत उपस्थित गराइएको हो । अहिले म्याद थप गर्ने नगर्नेबारे बहस चलिरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लगानी तथा विकासको दशक घोषणा गर्न उद्योगीको सुझाव

१२ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले पुरातनवादी सोंचबाट बाहिर निस्किएर साहसिक बजेट ल्याउन अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेट ओरालो लागिरहेको अर्थतन्त्रलाई माथि उठाउने खालको हुनुपर्ने उनीहरुको सुझाव छ ।

आइतबार परिसंघका पदाधिकारीले अर्थमन्त्री पौडेललाई भेटी निजीक्षेत्र मैत्री अग्रगामी बजेट ल्याउन सुझाव दिएका हुन् । नयाँ संविधानपछि आउन लागेको पहिलो बजेटमा उत्पादन तथा रोजगारी बढाउने, ठूला पूर्वाधार विकास तथा पुनर्निर्माणमुखी र निजी क्षेत्र एवं व्यवसायमैत्री कर तथा राजश्व नीति अंगालिनुपर्ने सुझाव छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानीलाई नीतिगत संरक्षण गर्ने गरी बजेट ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे । लगानीलाई प्रोत्साहन गर्न सकेमा उद्योग, व्यवसाय र पूर्वाधार विकासमा सघाउ पुग्ने उनको विश्वास छ । सरकारले बजेटमार्फत रोजगारी बढाउने खालका उद्योग व्यवसायलाई टेवा दिनुपर्ने उनको माग छ ।

‘अबको बजेट आयातलाई होइन, निर्यातलाई प्रोत्साहन गर्ने गरी ल्याउनुपर्छ,’ अध्यक्ष शर्माले भने, ‘यसका लागि लगानीमैत्री वातावरण चाहिन्छ, बजेटले यसतर्फ ध्यान दिनुपर्छ ।’

सरकारको राजश्व नीति पनि पुरातनवादी भएको बताउँदै अध्यक्ष शर्माले निजी क्षेत्र प्रोत्साहित हुने खालको राजश्व नीति अंगाल्न पनि सुझाव दिए । उनले सय जनाभन्दा बढीलाई रोजगारी दिने उद्योगमा ‘डेडिकेटेड फिडर’ राखेर नियमित विद्युत सप्लाई गर्न पनि सुझाव दिएका छन् ।

अध्यक्ष शर्माले आर्थिक पुनरुद्धार कोष वैशाखभित्र कार्यान्वयनमा ल्याउनुपर्ने, लगानी बोर्डमा निजी क्षेत्रको सशक्त उपस्थिति हुनुपर्ने, विकास निर्माणमा सघाउन पूर्वाधार विकास बैंक स्थापना गर्नुपर्ने लगायतका सुझावहरु पनि दिएका छन् ।

‘लगानी तथा विकासको दशक’ घोषणा गरौं

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मुलुकको स्तरोन्नती र दीगो विकासको लक्ष्य प्राप्तीका लागि आगामी दशकलाई ‘लगानी तथा विकासको दशक’ घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए । प्रमुख विकास योजनाहरुको खाका बनाएर दश वर्षभित्र सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

अर्थमन्त्रीसमक्ष परिसंघका सुझावहरु पेश गर्दै अग्रवालले भूकम्पबाट क्षतिग्रस्त साना तथा मझौला उद्योगहरुलाई पुनर्जिवन प्रदान गरी अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रको साझेदारीमा बहुपक्षीय संयन्त्रसहितको व्यवसाय पुनरुत्थान केन्द्र स्थापना गर्न सुझाव दिए ।

बजेटको एक तिहाई पूर्वाधार विकासमा

परिसंघले आगामी आर्थिक वर्ष कुल बजेटको कम्तिमा ‘एक तिहाइ’ बजेट पूर्वाधार क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएको छ । पूर्वाधार विकासका लागि छुट्टै इन्फ्राष्ट्रक्चर बैंक स्थापना गर्नुपर्ने परिसंघको सुझाव छ ।

पूर्वाधार विकासका लागि पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी) सेन्टरको स्थापना गरी यसलाई स्वायत्त संस्थाको रुपमा सञ्चालन गर्नुपर्ने परिसंघको जोड छ । पीपीपी मोडलमा कुनै पनि ठूलो परियोजना बनाउन परिसंघ तयार रहेको अध्यक्ष शर्माले बताए ।
पूर्वाधार परियोजनाका लागि करमुक्त ऋणपत्र जारी गरि गैरआवासीय नेपालीलाई समेत सहभागी गराउने व्यवस्था बजेटमार्फत गर्न परिसंघको सुझाव छ ।

निकासी प्रवर्द्धन

नेपाली उत्पादनहरुको ‘ट्रेड मार्क’ दर्ता र प्रचारमा जोड दिँदै कृषि उत्पादन, हस्तकला आदिका सामानको गुणस्तर मापन गर्ने प्रयोगशालाहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरवृद्धि गरिनुपर्ने सुझाव छ ।

यसैगरी तेस्रो मुलुकमा निर्यात गर्दा पाइने नगद अनुदानको सुविधा भारतमा पनि लागू गरिनुपर्ने परिसंघले माग गरेको छ । यसले निर्यातकर्तालाई थप प्रोत्साहित गर्ने परिसंघको ठहर छ । परिवर्त्य विदेशी मुद्रामा निकासी गर्ने उद्योगहरुले मात्र पाउने सहुलियतपूर्ण निर्यात कर्जा सुविधा सबै प्रकारका निर्यात कर्जामा उपलब्ध गराउनुपर्ने माग छ ।

नेपाली तयारी पोषाकमा भारतले लगाउँदै आएको समिकरण महशुल हटाउन सरकारको तर्फबाट पहल गरिनुपर्ने बताइएको छ ।

उर्जा क्षेत्र

परिसंघले सोलार उर्जालाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था गरिनुपर्ने माग गरेको छ । त्यस्तै, जलविद्युत आयोजनाका लागि आवश्यक ठूला मेसिन तथा उपकरणहरु लिजमा खरिद गर्नका लागि सरकारले सहजिकरण गरिदिनुपर्ने, विद्युतको प्रसारण तथा व्यापारमा निजी क्षेत्रसमेत सहभागी हुन पाउने व्यवस्था गरिनुपर्ने परिसंघको माग छ ।

परिसंघले उद्योगका लागि आवश्यक पर्ने उर्जाको कम्तीमा ७० प्रतिशत उपलब्ध भएपछि मात्र डिमान्ड चार्ज लाग्ने व्यवस्था हुनुपर्ने माग गरेको छ । उर्जा नलिएको समयको लागि डिमान्ड चार्ज भुक्तानी गर्न नपर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कर तथा राजश्व

उद्योगहरुले कर अघिको नाफाबाट सो नाफाको ४० प्रतिशतसम्म पुनर्लगानी गरेमा त्यस्तो लगानीको रकम आयकर प्रयोजनका लागि गणना नगर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

करको दायरा वृद्धि गर्न मूल्य अभिवृद्धि करको कारोबार थ्रेसहोल्ड हटाउन वा वहुदर मूल्य अभिवृद्धिकर प्रणाली अवलम्वन गर्न उपयुुक्त हुने परिसंघको ठहर छ । स्थानिय करको हकमा स्थानिय निकायमा नै प्रशासकीय वा न्यायिक पुनरावलोकन गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताइएको छ ।

उद्योग व्यवसाय बन्द गरी करमा दर्ता खारेज गर्न झण्झटिलो व्यवस्था रहेकोमा यसलाई सरल बनाइनुपर्ने, मूल्य वृद्धिदर अनुसार करदातालाई सुविधा दिनका लागि आयकरको करयोग्य आयको सीमा बढाउनुपर्ने माग छ ।

पूर्वाधार एवं उर्जा विकासका लागि आवश्यक पर्ने उपकरणहरु विदेशबाट आयात गर्दा १ प्रतिशतमात्र भन्सार महशुल लाग्ने प्रावधान हुनुपर्ने र तयारी बस्तुभन्दा कच्चा पदार्थको आयातमा लाग्ने भन्सार दर न्यूनतम २ तह कम हुनेगरी भन्सार दर निर्धारण गर्न परिसंघले सुझाव दिएको छ ।

सुझावलाई महत्व दिन्छौंः अर्थमन्त्री

अर्थमन्त्री पौडेलले आगामी बजेटमा परिसंघका सुझावहरु समावेश गर्ने आश्वासन दिएका छन् । ‘सबै सुझावहरु समावेश गर्न सम्भव नहोला, तर महत्वका आधारमा सुझावहरु समावेश गरिनेछ,’ उनले भने ।

सीमित स्रोत साधनको बिचमा धेरै कामहरु गर्नुपर्ने भएकाले उपयुक्त सुझावहरु पहिचान गरी कार्यान्वयन गर्ने मन्त्री पौडेलको आश्वासन छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Suryamukhi प्रयोग गरौं, Handsome र Beautiful बनौं

Suryamukhi Multi Vitamin Handsome and Beauty Soap Advertisement.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कारागारभित्रै श्रीमानको मृत्यु भएपछि पत्नी आमरण अनशनमा

रौतहटको गौरमा रहेको कारागारभित्रै कैदी शेख मुबारकको मृत्यु भएपछि उनकी पत्नी आमरण अनशनमा बसेकी छन्।

कारागारभित्र रहेका कैदी मुबारकलार्इ उपचारका लागि अस्पताल नलगिएकाले ज्यान गएको आरोप लगाउँदै उनका परिवार अनशनमा बसेका हुन्। मृतककी पत्नी अकलोवा -८ की सगिरा खातुन आफ्ना श्रीमान कारागारभित्रै उपचार नपाएर मरेको भन्दै कारागार प्रमुखमाथि कारबाहीको माग गर्दै कारागार परिसर नजिकै आमरण अनशनमा बसेकी हुन्।

खातुनले आफ्ना श्रीमान जेलभित्रै बिरामी हुँदा समेत परिवारलार्इ थाहा नदिएको र उपचारके समेत नगराएर राखेकाले ज्यान गएको आरोप लगाइन्। खातुन वैशाख १० गते देखि आमरण अनशनमा बस्दै आएकी छिन्।

पीडित परिवारले कारागारभित्रै उपचार नपाएर कैदीको ज्यान जानु गम्भीर घटना भएको भन्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेको छ। पीडित परिवारले घटनाको न्यायिक छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन माग समेत गरेको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारले समातेपछि दीक्षित आइसियुमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमाल खबर पत्रिकाका प्रकाशक तथा साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई थुनामा राखेर अनुसन्धान गर्ने भएको छ ।अस्वस्थ भएका कारण दीक्षित बिना नै अख्तियार थुनामा राख्ने आदेश लिनका लागि विशेष अदालतमा पुगेको छ । शुक्रबार पक्राउ परेका दीक्षितलाई रक्तचापमा समस्या देखिएपछि शनिबारदेखि वीर अस्पतालको आइसियुमा भर्ना गरिएको छ ।
कानुन अनुसार पक्राउ गरेको २४ घण्टापछि अदालत पेश गर्नु पर्ने भएकाले दीक्षित अदालत उपस्थित हुन नसके पनि अख्तियार म्याद थपका लागि विशेष अदालतमा पुगेको हो । हिजो शनिबार अदालत बन्द भएकाले दीक्षितलाई थुनामा राख्ने अनुमति अख्तियारले आइतबार लिन लागेको हो ।
दीक्षितको स्वास्थ्यमा सुधार नआएकाले डिस्चार्जको सम्भावना नभएको अस्पतालले जनाएको छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्नु पर्ने भन्दै अख्तियारले शुक्रबार दिउँसो पक्रेको हो ।दीक्षित आफूले लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउनु हुँदैन भनेर अभियान सञ्चालन गरेकाले त्यसकै प्रतिशोधमा पक्राउ गरिएको उनको  भनाई छ ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं