Tuesday, June 28, 2016

संसद बैठक दुई बजेलाई सारियो

कठमाडौं ,१५ असार । व्यवस्थापिका संसदको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रैससँग छलफल जारी रहेकाले संसद बैठक दुई बजेका लागि सारिएको हो । यस अघि बुधबार ११ बजेका लागि संसदको बैठक बोलाइएको थियो । भूकम्प पीडितलाई एक मुष्ठ दुई लाख रुपयाँ दिनु पर्ने

from Nepal123.com - संसद बैठक दुई बजेलाई सारियो

नेपालको व्यापार घाटा चुलियो

काठमाडौं । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपालको व्यापारघाटा चुलिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म देशको कुल व्यापार घाटा ५ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ । यो घाटा अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले कम हो । तराई आन्दोलन र भारतको नाकावन्दीले ६ महिनासम्म व्यापार ठप्प

from Nepal123.com - नेपालको व्यापार घाटा चुलियो

शौचालय गएका भुजेलको ट्याङ्करले च्यापिएर मृत्यु

काठमाडौं । धादिङ्गको थाक्रे ८ सातघुम्तीमा पेट्रोलको ट्याङकरले च्यापेर एक जनाको मृत्यु भएको छ । बाटोमा रोकी राखेको ट्याङकरको पट्टा भाँचिएर पल्टिदा स्थानीय ५७ वर्षीय हरीबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट काठमाडौं आउँदै गरेको ना ३ ख ३१ २७ नम्बरको तेल ट्याङकर, बुधबार बिहान ८ बजे सातघुम्तीमा पट्टा भाचिएर पल्टिदा भुजेलको च्यापिएर

from Nepal123.com - शौचालय गएका भुजेलको ट्याङ्करले च्यापिएर मृत्यु

देउवापछि खुला मञ्च पुगेर रामचन्द्र पौडेलले पनि जनाए मधेसीको आन्दोलनप्रति ऐक्यबद्धता

काठमाण्डु, १५ असार– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार खुला मञ्चमा पुगेर विभिन्न मधेसी दलको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । काठमाण्डु, १५ असार– संविधान संशोधन लगायतका मागसहित विगत २३ दिनदेखि मधेसी मोर्चासहितको संघीय गठबन्धनले खुला मञ्चमा जारी राखेको आमरण अनसनस्थल पुगेर पौडेलले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा पौडेलले गठबन्धनको मागप्रति सरकार

from Nepal123.com - देउवापछि खुला मञ्च पुगेर रामचन्द्र पौडेलले पनि जनाए मधेसीको आन्दोलनप्रति ऐक्यबद्धता

बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

म्याग्दी, १५ असार – म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो । प्रहरी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरेर उइन्सलको खोजी

from Nepal123.com - बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

मुस्ताङ, १५ असार – मुस्ताङको छुसाङ गाविसस्थित तेताङमा रहेको नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग स्थानीयवासीले २० वर्षअघि बन्द भएको नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका हुन् । नुनखानीको पहाडै देखिए पनि उत्खनन हुन नसक्दा आयातीत नुन

from Nepal123.com - नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु

युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ। आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ। अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म

from Nepal123.com - विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु