Thursday, March 24, 2016

सँगै को बस्ने भन्ने विवादले भेनिसाको मृत्यु, हत्या अभियोगमा ३ पक्राऊ

११ चैत, काठमाडौं । भक्तपुरको नगरकोटमा एक महिना अघि मृत फेला परेकी धनकुटाकी भेनिसा लिम्बुको हत्या अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी लिम्बुको हत्यामा संलग्न भएकाले बौद्धका सनि लामा, बौद्धकै सजित लामा र मोरङका राजन राईलाई पक्राउ गरेको जानकारी दिएको छ ।

लिम्बु गत फागुन ८ गते नगरकोटमा मृत फेला परेकी थिइन् । उनीहरुले ठमेलको एक रेष्टुरेन्टमा सँगै मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि लाजिम्पाटस्थित एक अपार्टमेन्टमा फर्केपछि भेनिसासँग को बस्ने भन्ने विषयमा विवाद भएको थियो । विवादमा धकेलाधकेल हुँदा भेनिसाको अपार्टमेन्टको छतबाट खसेर मृत्यु भएको थियो ।

त्यसपछि उनीहरुले भेनिसाको शवलाई गाडीमा हालेर नगरकोट पुर्‍याइ फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनापछि फरार भएका उनीहरूलार्इ सर्लाहीको त्रिभुवननगर गा.वि.स-१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment