काठमाडौं, ११ चैत, काठमाडौं जिल्लाका विद्यालयहरुमा आजदेखि जिल्ला स्तरीय परीक्षा सुरु भएको छ । कक्षा ५ र कक्षा ८ को जिल्लाबाटै प्रश्नपत्र आउने भए पनि प्रश्नपत्रमा त्रुटी नै त्रुटी फेला परेको छ ।
आज पहिलो दिन अंग्रेजीको परीक्षा भएकामा सुरुदेखि नै गल्ती देखिएकाले जिल्ला शिक्षा कार्यालय विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दैछ भन्ने स्पष्ट भएको छ । काठमाडौं जिल्लाकै हालत यस्तो भएपछि अन्य जिल्लामा शिक्षा कस्तो होला त भन्ने प्रश्नसमेत खडा भएको छ । प्रश्न त सही बनाउन नसक्ने शिक्षकले कस्तो पढाउलान् भन्ने ज्वलन्त प्रश्न खडा भएको छ ।
के यसपटकको कक्षा आठको अंग्रेजीको प्रश्नपत्र बनाउने टिमलाई शिक्षा मन्त्रालयले कार्वाही गर्ने हैसियत राख्ला त ?
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment