Thursday, March 24, 2016

मधेसी मोर्चाका शीर्ष नेताले भारतीय राजदूतलाई भेटे

११ चैत, काठमाडौं । मधेसी मोर्चाका शीर्ष नेताहरु बिहीबार लैनचौरस्थित भारतीय दूतावास पुगेर राजदूत रणजित रायसँग भेटवार्ता गरेका छन् ।

भेटघाटमा भएको कुराकानीलाई नेताहरुले गोप्य राखेका छन् । भारतीय दूतावास पुग्नेहरुमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायत थिए ।

भेटमा सहभागी एक नेताका अनुसार होलीको शुभकामना आदानप्रदान गर्ने भन्दै उनीहरुलाई बोलाइएको थियो ।

नेपाल सद्भावनाका अध्यक्ष अनिलकुमार झाले भने आफू दूतावास गएको कुरा स्वीकार गरेनन् । ‘खोई, म त कतै गएको छैन र त्यहाँ बोलाएको पनि थाहा छैन,’ उनले अनलाइनखबरसँग भने ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment