११ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेता मागेको छ । यो समूहले दलको नेता रामचन्द्र पौडेललाई अघि सारेको छ ।
पौडेल समूहका दुई नेता प्रकाशमान सिंह र डा. रामशरण महतले बिहीबार देउवालाई भेटेका छन् । पार्टी एकताको सन्देश दिनु पर्ने र पदीय बाँडफाँड हुनु पर्ने भन्दै उनीहरुले दलको नेता दाबी गरेका छन् ।
पार्टी सभापति देउवालाई भेट्न जानु अघि पौडेल समूहका नेताहरुको बैठक महामन्त्री शशांक कोइराला निवासमा भएको थियो ।
सभापति देउवाले भने सल्लाह गरेर निर्णय लिने जवाफ दिएको एक नेताले बताएका छन् । सभापति देउवा आफैं संसदीय दलको उम्मेदवार हुने तयारीमा छन् । उनलाई आफैं उम्मेदवार हुन निकटवर्तीहरुको दबाब छ ।
कांग्रेस संसदीय दलको चुनाव २२ गतेका लागि तोकिएको छ । निर्वाचनका लागि रमेश रिजालको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ ।
साभारः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment