शोभा शर्मा
हरेक वर्ष जाजरकोट रुन्छ, सामान्य रुघाखोकीको ओखती राज्यले समयमा पुर्याउन नसक्दा । सुन्दैछु, ४० वर्ष यताकै भीषण खडेरीले कर्णालीमा खाद्यान्नको अभाव हुँदैछ ।
हाल राजधानीमा विभिन्न शीर्षकमा दिनैपिच्छे सौन्दर्य प्रतियोगिताको आयोजना भइरहेको खबर सुनिन्छ । केही दिनअगाडि यस वर्षको मिस नेपाल प्रतियोगिता चैतको अन्तिम साता हुने भनेर घोषणा गरिएको छ । यो मिस नेपालको २१औं संस्करण हुनेछ ।
मिस नेपालमा सहभागी हुन विभिन्न स्थानबाट प्रतिस्पर्धी आएका छन् । यसरी प्रतिस्पर्धीले विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाउन थालेको केही वर्ष बितेको छ ।
प्रत्येक वर्ष जब मिस नेपालको घोषणा हुन्छ । त्यसको केही दिन अगाडिदेखि नै विभिन्न मञ्च र सञ्चारमाध्यममा ताता बहस हुन्छन् । आशा छ, यो वर्ष पनि यसले निरन्तरता पक्कै पाउने छ ।
केही वर्ष अघिसम्म आयोजना स्थलअगाडि नारीवादीको चर्को विरोध सुनिने गर्थे । तर पछिल्ला वर्षमा, यस्तो केही नभई सौहार्दपूर्ण वातावरणमा यो कार्यक्रम सम्पन्न हुँदै आएको छ ।
२१औं संस्करणसम्म आइपुग्दा मिस नेपाल आयोजना भएपश्चात्, देशलाई कसरी र कुन रुपमा फाइदा भइरहेको छ, यसको लेखाजोखाका लागि कुनै निकाय जिम्मेवार छ कि छैन ? यसमा छलफल केन्द्रित हुनुपर्छ ।
जब हरेक वर्ष मिस नेपाल प्रतियोगिताको चर्चा चल्न थाल्थ्यो, म र मेरा केही साथीले यसमा चासो राख्ने गथ्यौर्ं । केही साथीको सपना यसमा सहभागी भई आफूभित्र रहेको प्रतिभा सम्पूर्ण देशवासीसामु ल्याउने पनि हुन्थ्यो । तर, अहिले लाग्छ, पाँच हप्ताको प्रशिक्षणले बौद्धिकताको मापन कसरी र कुन आधारमा गर्न सकिन्छ र ? यस्तो जिज्ञासा सम्भवतः हरेकमा उठ्नु स्वाभाविक नै हो ।
राजधानीमा लाखौं खर्च गरी यस्तो कार्यक्रम आयोजना गर्नुको साटो ती ठाउँमा आधारभूत कुरा पुर्याउनेतर्फ सबैको ध्यान जान जरुरी छ ।
गत वैशाखमा आएको विनाशकारी भूकम्प, विषम राजनीतिक परिस्थिति र लामो समय नाकाबन्दीको चपेटामा परी आर्थिक संक्रमणले गाँजेको यो देशका दुर्गम स्थानका अधिकांश जनता आधारभूत कुराबाट नै वञ्चित भइरहेका छन् ।
यो अवस्थामा राजधानीमा लाखौं खर्च गरी यस्तो कार्यक्रम आयोजना गर्नुको साटो ती ठाउँमा आधारभूत कुरा पुर्याउनेतर्फ सबैको ध्यान जान जरुरी छ ।
संविधानका लागि लामो पर्खाइ र देशले आर्थिक क्रान्ति गरी विकसित देशको सूचीमा फड्को मार्ने दिनको परिकल्पनामा यस्ता आयोजनाले कुनै योगदान दिनेछैन ।
राजधानीमा दिनहुँ रुपमा विभिन्न शीर्षकमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दैमा देशले खासै कुनै ठूलो आर्थिक फड्को मार्न सक्दैन । यसतर्फ आयोजक तथा लगानीकर्तालाई जिम्मेवार निकायले अवगत गराउन आवश्यक छ ।
जब देश आर्थिक समृद्धितर्फ बढ्छ, तब मात्र देशवासीको इज्जत स्वतः बढ्छ । देशलाई प्रसिद्धि दिन मिस नेपाल नै हुनुपर्दैन । यो प्रतियोगिता, २१औं संस्करणसम्म आइपुग्दा, पहिलो मिस नेपाल रुबी राणादेखि हालसालै चुनिएकी इभानासम्मको लक्ष्य उस्तै छ । महिला सशक्तीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरी समाजलाई रूपान्तरण गर्ने भनिएको छ ।
जब मिस नेपाल चुनिन्छन्, अनि पहिलो वक्तव्यमा, उनीहरू समाज सेवा र नारीको समानताबारे ठूला-ठूला कुरा गर्छन् । मिस नेपाल भएपछि, एक वर्ष उनीहरूको साह्रै नै चर्चा, परिचर्चा हुने गर्छ । त्यसपछिको समयमा उनीहरू कहाँ छन् र के गर्दै छन् भन्ने कुरा धेरैलाई अत्तोपत्तो हुँदैन ।
मिस वल्र्ड, मिस अर्थ आदि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइने आशाले पनि प्रतियोगीहरू मिस नेपालमा सहभागिता जनाउने गर्छन् ।
मिस वल्र्डको इतिहास हेर्ने हो भने, यसको सुरुवात नै बिकिनीको विज्ञापन गर्नुलाई लिइन्छ । हालसम्म, यो प्रतियोगिताको विजेता तिनै देश भएका छन्, जसले यसको प्रवर्द्धन र प्रभाव विस्तार गर्नमा प्रत्यक्ष र परोक्ष भूमिका खेलेका छन् ।
हाम्रो देशमा पनि मिस नेपाल र यस्तै अन्य प्रतियोगिताको उद्देश्य उत्पादित सामग्रीको प्रचार-प्रसार गर्नु नै हो भन्दा अतियुक्ति नहोला । योबाहेक प्रतियोगिता आयोजकले अरु कुनै उपलब्धिमूलक कार्य गरेको कहीँकतै सुनिने गरेको छैन ।
हरेक वर्ष तामझामसँग बन्ने मिस नेपालले सो वर्ष जे गरे पनि सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान पाउँछ । कतिपय महिला, जो आफू जुनसुकै ठाउँमा भए पनि, निकै महत्त्वपूर्ण कार्य गरिरहेका हुन्छन्, उनीहरूको मिडियामा कहिल्यै प्रचार-प्रसार हुँदैन ।
बाहिरी सुन्दरता र बौद्धिकताको मापदण्डमा खरिने नारी नै मिस नेपाल हुने र अंग्रेजीमा दुई-चार वाक्य बोलेकालाई आधार बनाएर कुनै पनि व्यक्तिको बौद्धिकता मापन गर्न सकिएला त ? यसरी कुनै पनि व्यक्तिको बौद्धिकताको मापन हुनसक्ला र ?
व्यक्ति कति सुन्दर छ भन्ने कुरा उसको बाहिरी आवरणलाई हेरेर भनिन्छ भने, त्यो सुन्दरता मापनको कसी हुन सक्दैन । व्यक्ति सुन्दर हुन मन पनि त्यत्तिकै सुन्दर हुनुपर्छ । साथै, व्यक्तिको आनीबानी, बोलीचाली पनि राम्रो हुनुपर्छ भन्नु किमार्थ गलत नहोला । र, यो मेरो नितान्त व्यक्तिगत धारणा हो ।
बाहिरी सुन्दरता र बौद्धिकताको मापदण्डमा खरिने नारी नै मिस नेपाल हुने र अंग्रेजीमा दुई-चार वाक्य बोलेकालाई आधार बनाएर कुनै पनि व्यक्तिको बौद्धिकता मापन गर्न सकिएला त ? यसरी कुनै पनि व्यक्तिको बौद्धिकताको मापन हुनसक्ला र ?
कुनै नारी कति बौद्धिक छिन् भन्ने जान्न यो मात्रै उचित तरिका नहुन सक्छ । त्यसैले अब कुनै नयाँ अवधारणामार्फत व्यक्तिको बौद्धिकता मापन गर्न सकिन्छ कि भनेर खोजी गर्ने हो कि ?
देशलाई नै चिनाउन अरु पनि धेरै विषय हुन सक्छन् र छन् पनि । नारी सौन्दर्यलाई देश चिनाउने प्रमुख ध्येयको रुपमा लिने हो भने बौद्धिक जमातले यस्ता कार्यक्रम आयोजना हुनुको औचित्यबारे प्रश्न उठाउने र आयोजकले प्रस्ट पार्नुपर्ने हुन्छ । तर, यसबारे अहिलेसम्म कुनै अध्ययन र अनुसन्धान नै भएको छैन । बौद्धिक वर्ग पनि यस्तो संवेदनशील विषयमा मौन हुनु आश्चर्यजनक छ ।
तसर्थ, फगतमा यस्तो प्रतियोगिता आयोजना गर्नुको सट्टा क्षमतावान् महिलाहरू जो लगानीको अभावमा पिल्सिएका छन् । उनीहरूलाई अवसर दिई अगाडि बढ्नलाई प्रेरित गर्ने पो हो कि ?
साभारः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment