Thursday, March 24, 2016

नेपाली ‘नटवरलाल’- केटीलाई नछुने, पैसा नभई नहुने

११ चैत, काठमाडाैं । विवाह गरेर अमेरिका लैजान्छु भन्दै युवतीहरुलाई ठगी गरेको आरोपमा जीवन तामाङ पक्राउ परेका छन् ।

२७ वर्षका जीवनले आफूलाई अमित, विष्णु कुमार लगायतका नामबाट चिनाएका रहेछन् । प्रहरीले उनी ठगको नटबरलाल नै भएको बताएको छ ।

अहिलेसम्म सात महिलाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरिसकेका छन् । लामा स्वयंम १४ जनाको महिलाको नाम लिएका छन् । तर, प्रहरीले भने लामाबाट ठगिनेको संख्या ३०/३५ भएको अनुमान छ ।

प्रहरीका अनुसार लामाले फेसबुकमा साथी बन्न रिक्वेस्ट पठाउँथे । त्यो स्वीकार नभएसम्म पठाउने र साथी बनेपछि आफू अमेरिकन आर्मी हुँ भन्दै कुरा गर्थे । फेसबुक च्याटमा कुराकानी गरेपछि केही समयपछि आफू नेपाल आउँछु भन्ने र नयाँ सीमकार्ड लिएर फोन गर्ने गर्थे ।

कुराकानीका क्रममा उनले विवाहको प्रस्ताव राख्ने गर्थे। यतिसम्म कि उनी युवतीको घरसम्म जान्थे । बिहे गरेर अमेरिका लैजाने बाचा गरेर छुट्ने र केही दिनपछि विभिन्न बहाना बनाएर तत्काल पैसा चाहिएको भन्दै माग्ने गर्थे ।

परिसर प्रवक्ता प्रधुम्न कार्कीले अनलानखबरसँग भने, ‘कहिले काका विरामी भयो त कहिले के बहाना बनाउने र आफूसँग भएको डलर साट्न सम्भव नभएको भन्दै पैसा माग्ने गरेको पाइयो ।’

उनले अघि भने, ‘अहिलेसम्मको अनुन्धान अनुसार केटीको शरीरमा छुँदै नछुने रहेछन् । पैसाका लागि मात्र यस्तो गर्ने गरेको पाइएको छ ।’

उनी आफैंले पैसा नलिई काठमाडौं, पोखरा, नवलपरासीमा आईएमईमार्फत पैसा पठाउन लगाउँथे । उनले प्रत्येक महिलासँग २ देखि ५ लाखसम्म लिन्थे । जब पैसा हात लाग्थ्यो उनी विस्तारै टाढिन्थे ।

महिलाहरुको उजुरीका आधारमा लामालाई १० गते सामाखुसीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरीले पक्राउ गर्ने क्रममा पनि उनले महिलालाई भेट्न समय दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment