१२ चैत, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासो सुन्न व्यवस्था गरेको हटलाइनमार्फत ५८ जना नेपाली कामदारको उद्धार भएको छ ।
विभिन्न देशहरुबाट प्रहरीको ९७७-१७१७ नम्बरको हटलाइनमा आएका गुनासोका आधारमा ५८ जना नेपालीको विदेशबाट उद्धार गरिएको हो । उद्धारको माग गरेका ३ सय ५ जनालाई अझै स्वदेश फर्काउन बाँकी छ ।
जोखिमयुक्त अवस्थामा रहेका र छिटो उद्धार आवश्यक भएका कामदारलाई स्वदेश फर्काइएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।
विभिन्न माध्यमबाट वैदेशिक रोजगारका नाममा ठगिएका साथै विदेशमा अलपत्र परेका सम्मको उजुरी तथा गुनासो दैनिक आउन थालेपछि अपराध महाशाखाले दुई वटा हटलाई नम्बर स्थापना गरेको छ । विदेशबाट ४२६९७४१ र नेपालबाट ११७७ मा सिधै सम्पर्क गरेर आफनो समस्या राख्न सकिने प्रहरीले बताएको छ ।
हटलाइन सम्पर्क स्थापना भएपछि उजुरीहरु बढ्न थालेका छन् । केही महिना अघिमात्रै स्थापना भएको ११७७ मा ७७ वटा उजुरी परेका छन् । त्यस्तै निवेदनमार्फत ४१ वटा उजुरी तथा गुनासोहरु आएका छन् ।
महाशाखाले स्थापना गरेको हटलाइनमा २४ सै घण्टा फोन उठ्ने छ । त्यसका लागि राति पनि २ जना प्रहरी खटिने गरेका छन् ।
३६३ युवाले गरे उद्धार अपील
वैदेशिक रोजगारीमा जाँदा ठगिएका वा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेकाले हटलाइनमा फोन गर्ने क्रम पछिल्लो दिनमा बाक्लिएको छ ।
विदेशमा अलपत्र परेकाको उद्धारमा प्रहरीले सम्बन्धित कामदार पठाउने म्यानपावर कम्पनी, त्यहाँस्थित नेपाली दुताबास, गैरआवासीय नेपाली संघ लगायतको सहयोग लिने गरेको डीएसपी मरासिनीले बताए ।
महाशाखा काठमाडौंले वैदेशिक रोजगारीका बाहानामा ठगिएका र अलपत्र परेकाहरुको गुनासो सुन्न छुट्टै हटलाइन सेवा सञ्चालनमा ल्याएपछि १ सय ३८ वटा उजुरी त्यसैमार्फत दर्ता भएका छन् ।
यी उजुरीमार्फत ३ सय ६३ युवाले उद्धारका लागि प्रहरीसँग सहयोग मागेका छन् । जसमध्ये ५८ जनाको उद्धार गरिसकिएको छ । अहिले हटलाइनमा आएका गुनासोहरु सिधै रेर्कड हुने व्यवस्था छ ।
वैदेशिक रोजजारीमा ठगिएका, अलपत्र परेका र उद्धारको आवश्यक्ता भएकाले प्रहरीलाई गुहारेका हुन् । विदेशमा बिरामी परेर नेपाल फर्किन नसकेका युवाले पनि प्रहरीको ढोका ढकढक्याएका छन् ।
उद्धार गर्न बाँकी युवालाई जतिसक्दो छिटो नेपाल फर्काउन पहल भइरहेको महाशाखाले जनाएको छ । ‘बाँकीको उद्धारको प्रक्रिया पाइपलाइनमा छ’ डीएसपी मरासिनीले भने-‘जोखिमको मूल्यांकन गर्दै संवेशदनशील भएर हामी उनीहरुको उद्धारका लागि पहल गर्दैछौं ।’
युरोपमा पनि अलपत्र
प्रहरीको हटलाइनमा मलेसिया र खाडीबाट मात्र नभएर युरोपियन मुलुकबाट पनि नेपाली युवाले उद्धार माग्दै फोन गरेका छन् । रसिया, पोर्चुगल, साइप्रस लगायतका देशमा पुगेका धेरै युवाले प्रहरीसँग उद्धारका लागि आग्रह गरेका हुन् ।
आकर्षक कमाइ र उतै स्थायी बसोबासको प्रलोभनमा पारेर युरोप पुर्याइएका युवा अहिले प्रहरीसँग उद्धारको गुहार मागिरहेका छन् । सम्झौताअनुसार काम र तलब नपाएका कारण पनि उनीहरु उद्धारको प्रतिक्षामा देखिएको प्रहरीले जनाएको छ ।
‘नेपालीहरु धेरै जाने ओमान, कतार, कुवेत, साउदी, दुबई, मलेसिया लगायतबाट उद्धारको माग हुनु अस्वभाविक होइन’ मरासीनीले भने-‘तर पोर्चुगल, रसिया लगायतका देशमा पनि नेपाली युवा अलपत्र छन् ।’
प्रहरीको यो हटलाइन सेवा २४ सै घन्टा खुला राखिएको छ । वैदेशिक रोजगारीका नाममा बढेको मानव तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न उजुरी सुन्ने व्यवस्था गरिएको मरासिनीले बताए ।
‘रोजगारीका बाहनामा विभिन्न देशमा लगेर युवा युवतीलाई अलपत्र गर्ने क्रम चलिरहेको छ । अलपत्र युवाको उद्धार गर्न हटलाइन प्रभावकारी देखिएको छ’ उनले भने-‘यस्ता गुनासो सुन्न कै लागि हटलाइन स्थापना भएको हो ।’
विदेशमा दुख पाउनु भो ? हटलाइनमा सम्पर्क गर्नुहोस्
बिहीबार दिउँसो अपराध महपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल विभिन्न अपराधिक घटनाको पत्रकार सम्मेलनको तयारीमा थिए । त्यहीबेला उनको मोबाइलमा एउटा फोन आयो । फोन साउदीबाट आएको थियो ।
एसएसपी खनालले फोन उठाउनासाथ मलाई नेपाल फर्काइदिनुहोस भन्दै रोदनको आवाजमा गुनासो आयो । उनले फोन तत्कालै डीएसपी मधु मरासीनीलाई दिए र गुनासो रेकर्ड गर्न लगाए ।
साउदीबाट फोन गर्ने पीडित थिए मोरङका मौसम भट्ट । मौसमले आफनो सबै गुनासो डीएसपीलाई सुनाए । केही महिना अघि गोंगबु स्थित इक्वयटर म्यानपावर मार्फत साउदी पुगेका मौसमलाई सुरुमा सुपरमार्केटमा काम गर्ने भनेर पठाइएको थियो । तर, उनले सुपरमार्केमा होइन एउटा स्कुलमा सफा गर्ने काम गर्नु पर्ने भयो । त्यसमा पनि उनलाई धेरै दिन राखेनन् र कुचिकारको काममा लगाउन थाले ।
केही दिन अघि महाशाखाको फोन नंम्बर ४२६९७४१ नंम्बरमा मलेसियाबाट फोन आयो । मलेसियाबाट फोन गर्ने दिपेश क्षेत्री भन्दैथिए, एक नेपालीले नै आफु लगायत ५ जनाको पैसा लिएर फरार भयो, खोजिदिनुपर्यो
पैसा बुझाएर साउदी पुगेका भट्टले भनेको जस्तो काम र तलब त पाएनन नै, अहिले घर फर्किन प्रहरीको साहरा मागिरहेका छन ।
डीएसपी मरासीनीले उनको सबै गुनासो आवाज सहित रेकर्ड गरेर राखेका छन् । डीएसपी भन्छन्-हामी मौसमलाई पठाउने म्यानपावरलाई सम्पर्क गरेर उद्धारका लागि पहल गर्छौं ।
केही दिन अघि महाशाखाको फोन नंम्बर ४२६९७४१ नंम्बरमा मलेसियाबाट फोन आयो । मलेसियाबाट फोन गर्ने दिपेश क्षेत्री भन्दैथिए, एक नेपालीले नै आफु लगायत ५ जनाको पैसा लिएर फरार भयो, खोजिदिनुपर्यो ।
महाशाखाले रेकर्ड गरेर राखेको उनको गुनासोमा पीडित क्षेत्रीले ती फरार व्यक्तिलाई किन पैसा दिएका थिए खुलाएका छैनन् । प्रहरीले उजुरीकर्तासँग पैसा लिएर फरार व्यक्तिको पास्पोर्ट नं र ठेगाना उपलब्ध गराउन भनेको छ ।
दैनिक दर्जनौं गुनासो
महाशाखाले स्थापना गरेको हटलाइनमा दैनिक दर्जनौं गुनासोहरु आउने गरेका छन् । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार खाडी मुलुकहरु साउदी , कतार , दुवई , मलेसियासँगै रुस, पोर्चुगल, साइप्रस लगायतका देशबाट नेपालीहरुले फोन गरेर उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
विषेश गरेर नेपालबाट एउटा काममा भनेर जाने र उता अर्कै काम गर्नुपर्ने, भनेको तलब नपाउने जस्ता गुनासो सहितका फोनहरु धेरै आउने गरेका छन् । त्यसमा पनि दुःख पाएर नेपाल फर्किन खोजेका तर नसकिरहेकाहरुले स्वदेश फर्काइदिन भन्दै अपराध महाशाखामा फोन गर्ने गरेको एसएसपी खनाल बताउँछन् ।
कसरी हुन्छ उद्धार ?
विभिन्न देशमा अलपत्र परेका तथा नेपाल फर्किन नपाएको भन्ने गुनासो आएपछि महाशाखाले सरकारका अन्य निकायदेखि विभिन्न गैरसरकारी संस्था र गैरआवासीय नेपालीसँग समन्वय गरेर ती नेपालीहरुको उद्धार गर्ने गरेको छ ।
विदेशमा पुगेर अलपत्र परेका कतिपयका आफन्त महाशाखा मै पुगेर पठाउने व्यक्ति तथा म्यानपावर विरुद्ध उजुरी गर्छन् भने कतिपयले उतैबाट फोन गरेर उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
फोनमा आएको उजुरी आवाजसहित रेकर्ड हुनेछ । निवेदन दिएर पनि उजुरी गर्न सकिनेछ । त्यसरी आएका उजुरीहरुको अध्ययन गरेर महाशाखाले अनुसन्धान गर्ने अधिकृत तोक्छ र उसले विदेश पठाउने म्यानपावरदेखि व्यक्तिसम्मलाई सम्पर्क गरेर उद्धार तथा समस्या समाधान गर्न लगाउँछ ।
कतिपय म्यानपावरका सञ्चालकलाई फोन गरेर अपराध महाशाखामा बोलाइन्छ र कति दिनभित्र समस्या समाधान हुन्छ वा अलपत्र परेका व्यक्ति कहिले फिर्ता हुन्छ भन्ने समय सीमा तोकेर हस्ताक्षर गर्न लगाइन्छ । त्यसरी हस्ताक्षर गरेर गएपछि पनि पीडितको उद्धार नगर्ने म्यानपावर सञ्चालकलाई कार्वाहीको दायरामा ल्याउने महाशाखाको दावी छ ।
साभारः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment