Thursday, March 24, 2016

आर्यन र दयाहाङको बक्स अफिस प्रतिस्पर्धा, ‘राहादानी’ले मन्त्री रुवायो

शुक्रवारदेखि नेपाली बक्स अफिसमा अहिलेका दुई चल्तीका कलाकार आर्यन सिग्देल र दयाहाङ राईविच प्रतिस्पर्धा सुरु भएको छ । आर्यनको अभिनय रहेको ‘आवेग’ र दयाहाङले अभिनय गरेको ‘राहदानी’ प्रदर्शन हुने भएपछि उनीहरुविच प्रतिस्पर्धा देखिएको हो । तर, यी दुबै कलाकार आ-आफ्नो चलचित्रको प्रमोशनमा देखिएनन् ।

बसन्त निरौलाको निर्देशन रहेको ‘आवेग’मा आर्यनको अतिरिक्त ध्रुव दत्त, अर्चना डेलाला र पवित्रा आचार्यको अभिनय छ । दुई मिल्ने साथीको कथामा बनेको भनिएको ‘आवेग’ द्धन्द्धप्रधान चलचित्र हो ।

दयाहाङको मुख्य भुमिका रहेको ‘राहादानी’को निर्देशन डब्बु क्षेत्रीले गरेका छन् । रुपा खनाल, विनिता घिमिरे, नबीन लम्साल लगायतका कलाकारको अभिनय रहेको यस चलचित्रमा बैदेशिक रोजगारमा जाने यूवाहरुको समस्या प्रस्तुत गरिएको छ ।

आजैदेखि जोन अब्राहम अभिनित हिन्दी चलचित्र ‘रक्की ह्यान्डसम’ र अंग्रेजी चलचित्र ‘ब्याट्सम्यान भर्सेज सुपरम्यान ‘पनि रिलिज भएको छ । बिहिबार आयोजना गरिएको चलचित्रको  पि्रमियर गरिएको छ । चलचित्र हेरेपछि कृषी मन्त्री हरिबोल गजुरेल डाँको छाडेर रोएका थिए । उनले चलचित्रको कथावस्तुले मन छोएको बताए ।

यता, वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’ भने पूर्ण रुपमा व्यवसायिक धारमा तयार भएको छ ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment