नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसी अब एक चलचित्रमा ब्रिटिस लाहूरे बन्ने भएका छन् । लगातार २ चलचित्र सफल दिएको सुवास इन्टरटेन्मेन्टको ब्यानरले नायक भूवन केसीको ब्यानर द सुपर काजलसँग सहकार्य गर्दै चलचित्र बनाउने भएको छ । सुवास इन्टरटेन्मेन्टको निर्माण तथा द सुपर काजल फिल्मस्को सहकार्यमा यो चलचित्र बन्ने छ ।
चलचित्रको नाम वर्किङ टाइटलको रुपमा ‘केशर’ राखिएको छ । यसलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
चलचित्रको छायांकन बेलायत र नेपालमा हुने निर्माता सुवास गिरीले बताए । चलचित्रमा अनमोल केसी पक्का भैसकेका छन् भने उनीसँग केही दिनमा संझौता हुनेछ । चलचित्रलाई टीभी फिल्मीले प्रस्तुत गर्नेछ ।
चलचित्रका लागि २ नायिकाको छनोट गरिने निर्माता सुवास गिरीको भनाई छ । अडिशनबाट २ नायिका छानिने भन्दै सुवासले अब आफूले कर्पोरेट शैलीमा चलचित्र बनाउन लागेको बताए ।
चलचित्रका २ गीतमा बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारीले आवाज दिनेछन्, जुन गीतमा विशेष पाण्डेले संगीत भर्नेछन् ।
नायक अनमोल केसीले चलचित्रका लागि करिब ३ महिना होमवर्क गर्नेछन् । चलचित्रको छायांकन साउनको अन्तिम साताबाट सुरु गर्ने योजना रहेको सुवासले जानकारी दिए ।
चलचित्रको लगानी छायांकनमा जानु अगाडि नै उठ्ने संभावना छ । हाइलाइट्स नेपालले ओभरसिज राइट्स लिने तयारी गरेको छ भने काठमाण्डौ बाहिरका लागि मोटो रकममा ‘एमजी’ पाउने संभावना छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment