Friday, January 22, 2016

पुटिनकै ‘स्वीकृति’ मा जासुस मारिए : वेलायती

माघ ८, २०७२- सन् २००६ मा वेलायतमा पूर्व रसियाली जासुस अलेक्जेण्डर लिटभिनेन्कोको हत्या गर्न ‘सम्भवत’ राष्ट्रपति भ्लादिमिर पुटिनले नै स्वीकृति दिएको एक अनुसन्धानले देखाएको छ । आपसी वैमनस्यका कारण पुटिनले लिटभिनेन्कोलाई विष ख्वाएर मार्न स्वीकृति दिएको हुनसक्ने अनुसन्धानको ठहर छ । वेलायती गृहमन्त्री थेरेसा मेले उक्त हत्यालाई अन्तर्राष्ट्रिय कानुनको ‘नांगो र अस्वीकार्य’ भनेकी छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भोलि (शनिबार) देखि नाकाबन्दी खुल्छ: प्रचण्ड

कास्की, ८ माघ । प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार (भोलि) भारतीय नाकाबन्दी खुल्ने बताएका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले संसद बैठकमा छलफल चलिरहेको नेपालको संविधान पहिलो संशोधन विधेयक शनिबार (भोलि) पारित हुने र पारित भएलगत्तै भारतीय नाकाबन्दी पनि अन्त्य हुने दावी गरेका हुन् । भारतीय ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्वर्गको टुक्राजस्तो घोरेपानी पर्यटकको पखाईमा (फोटो फिचर)

महेन्द्र भुसाल ८ माघ, काठमाडौं । प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी । गगनचुम्वी हिमाल नियाल्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ । नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पुनहिल स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेलीमा मृत्यु भएकाका परिवारले शव बुझ्न मानेनन्

८ माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको छानविन गर्न दोषिलाई कडा कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका हुन् । मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । मृतकहरुको शव कोशी अन्चल अस्पतालमा राखिएको छ । प्रहरीसँगको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अपाङ्गता भएकाका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

८ माघ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ । नेपालको संविधानअन्तर्गत सामाजिक न्यायको हक, राष्ट्रिय स्वास्थ्य नीति २०७१, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६, एसिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिका लागि क्षेत्रीय रणनीति २०१३–२०२२ ले तय ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Thursday, January 21, 2016

कस्तो बन्दैछ नयाँ शक्तिको राष्ट्रिय सम्मेलन आयोजक समिति ?

काठमाडौं – एकीकृत माओवादी र सांसद पद त्यागको चार महिनापछि नयाँ शक्ति निर्माण अभियानले केन्द्रीयस्तरको अन्तरिम सांगठनिक स्वरुप घोषणा गर्न थालेको छ । चैत्रको अन्तिमतिर राष्ट्रिय सम्मेलन वा महाधिवेशन गर्ने गरी आयोजक समिति घोषणा गर्न थालिएको हो । आइतवार पत्रकार सम्मेलन मार्फत नयाँ शक्तिको राष्ट्रिय सम्मेलन आयोजक समितिको घोषणा गर्ने तयारी भएको स्रोतले बतायो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उत्तरी नाका विस्तार नगरी नेपालको विकास असम्भव

दुई ठूला र विकसित छिमेकी राष्ट्रहरू चीन र भारतको बीचमा रहेको नेपाल विकासको दृष्टिकोणले निकै पछि रहेको छ । विश्वकै गरिब राष्ट्रहरूमा गनिन लागेको नेपाल बाह्य हस्तक्षेप तथा आन्तरिक किचलोका कारण विकासको पथमा अगाडि लम्किन सकेको छैन भने प्रतिदिन अधोगतितर्फ धकेलिँदै गएको छ । यस्तोमा नेपालको विकासको आधारका लागि भने यिनै दुई राष्ट्रसँगको सम्बन्ध, कूटनीति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं