Sunday, March 20, 2016

होलीमा प्रहरीको विशेष सुरक्षा योजनाः जबरजस्ती लोला हान्नेलाई सार्वजनिक मुद्दा

काठमाडौँ, ७ चैत । फागु पूर्णिमामा उच्छृङ्खल गतिविधि रोक्न ट्राफिक प्रहरी महाशाखाले विशेष सडक सुरक्षा योजना तयार पारेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले यस वर्ष फागुमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, हेल्मेट नलगाउने, ध्वनि प्रदूषण गर्ने, सवारीसाधनको प्रयोग गरी रङ हान्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्न योजना तयार पारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नेपाल प्रहरीसँग ट्राफिक प्रहरीले संयुक्त रुपमा समन्वय गरी योजना कार्यान्वयन गर्ने छ । फागुको दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकाका ५३ स्थानमा संयुक्त जाँच गरिने महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले उपत्यकामा मौजुदा तीन हजार प्रहरी परिचालन हुने गरेकामा फागुको दिन थप दुई हजार प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार इच्छाविपरीत लोला हान्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवन गर्नेलाई सार्वजनिक मुद्दा चलाइने छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

निजगढ विमानस्थल र द्रुतमार्ग नेपाल आफैले बनाउनुपर्ने: अर्थ समिति

– रमेश लम्साल

काठमाडौँ, ७ चैत । व्यवस्थापिका-संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई मधेस द्रुत मार्ग सरकार आफैंले निर्माण गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका ती दुवै परियोजना नेपाली लगानी र सीपमा नै निर्माण गर्नुपर्नेमा जोड दिँदै तत्काल प्रक्रिया सुरु गर्नसमेत सरकारलाई निर्देशन दिएको हो ।

सो आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा राखी सरकार आफैँले आर्थिक स्रोत व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो । यस्तै विमानस्थलको डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण, पुनःर्वासको व्यवस्था, विमानस्थल क्षेत्रभित्र रहेका रुखको व्यवस्थापनलगायतका विषयमा तत्काल निर्णय गरी छिटो छरितो र पारदर्शी ढङ्गबाट आधुनिक प्रविधियुक्त विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देश गरेको छ ।

विमानस्थल निर्माणको लागि चार किल्ला निर्धारण भइसकेको अवस्थामा जग्गा अधिग्रहण, बस्ती व्यवस्थापन र निर्माणस्थल तयार पार्ने क्रममा पुगेको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ज्यादै व्यस्त हुनुका साथै ठूला विमान अवतरणमा समेत कठिनाइ भइरहेको अवस्थामा सबै किसिमका विमान उडान र अवतरण हुनसक्ने अत्याधुनिक विमानस्थलको रुपमा निजगढलाई प्रस्ताव गरिएको हो ।

सो विमानस्थल निर्माण भएको खण्डमा मुलुकको पर्यटकीय गतिविधि अभिवृद्धि हुनुका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान दिन सक्नेछ । सो आयोजना अगाडि बढाउनका लागि सरकारले आव २०७१/७२ देखि बजेट विनियोजन गरेको हो । तर कुन प्रक्रियाका आधारमा विमानस्थल निर्माण गर्ने भन्ने सन्दर्भमा भने हालसम्म ठोस निर्णय हुन सकेको छैन ।

परियोजनाका लागि सरकारले आव २०७१/७२ र २०७२/७३ मा रु ५०/५० करोड बजेट उपलब्ध गराएको थियो । अघिल्लो सरकारले विमानस्थलको चार किल्ला कायम गर्ने निर्णय गरेर निर्माण प्रक्रिया सुरु गर्ने प्रारम्भिक कामको सुरुवात गरेको थियो । सरकारले सो आयोजनालाई निर्माण, स्वामित्व, सञ्चालन र स्वामित्व (बुट) अवधारणाअनुसार अगाडि बढाउने जनाउँदै आएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भइसकेको अवस्थामा लगानी बोर्डमार्फत आयोजना अगाडि बढाउने वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै काम गर्ने भन्ने विषयमा समेत केही समय विवाद देखिएको थियो । निर्माण सुरु गर्न आधारभूत रुपमा पहुँच मार्ग निर्माणको काम सुरु गर्न वन कटानमा देखिएको समस्या समाधान गर्नुपर्ने देखिएको छ ।

कोरियाली कम्पनी एलएमडब्ल्युले २०६६ फागुनमा रु ३६ करोड लागतमा विमानस्थलको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार पारेको थियो । सो अध्ययनअनुसार आयोजनाको लागत रु ३५ अर्ब ५१ करोड लाग्ने जनाइएको थियो । सन् २०११ को अन्त्यबाट निर्माण सुरु गर्ने र सन् २०१५ मा सम्पन्न गर्ने विगतमा लक्ष्य राखिएको भए पनि सरकारी चासोको अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । विमानस्थल निर्माणपछि सन् २०३० सम्म छ करोड यात्रु भित्र्याउने लक्ष्य राखिएको छ ।

चालु आवमा विनियोजन गरिएको रु ५० करोड रकम गढीमाइ नगरपालिकामा पर्ने टाँगी बस्ती स्थानान्तरणमा खर्च गरिने उहाँको भनाइ छ ।

द्रुतमार्गको काम अघि बढेन
यस्तै काठमाडौँ– तराई मधेस– द्रुतमार्ग अगाडि बढाउनका लागि भारतीय कम्पनी आइएल एन्ड एफएस कम्पनी छनोट गरिएको भए पनि पछिल्लो दिनमा कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

सो कम्पनीले परियोजना प्रतिवेदन तयार पारेको सन्दर्भमा न्यूनतम सवारी आवागमनबापत उठ्ने रकमको ग्यारेन्टी गरेर मात्रै काम सुरु गर्न समितिले आग्रह गरेको छ । कुल ७६ किलोमिटर लामो सो द्रुत मार्गको लागत रु एक खर्ब १२ अर्ब लाग्ने अनुमान छ ।

सरकारले इक्विइटीबापत ५० प्रतिशत कार्य सम्पन्न भएपछि रु १५ अर्ब अनुदानको रुपमा प्रवद्र्धकलाई दिने व्यवस्थाको साथै रु ७५ अर्ब रकम सहुलियत ब्याज दरमा सरकारले ऋण उपलब्ध गराउने व्यवस्था गलत भएको भन्दै विवाद बढेको थियो । सो परियोजनाको अवधि जम्मा ३० वर्षको रहेको, सडक निर्माण गर्न पाँच वर्ष लाग्ने र निर्माण सम्पन्न भएको वर्षदेखि २५ वर्षसम्म लगानीकर्ताले उक्त सडकबाट सडक प्रयोग दस्तुर उठाउने र तत्पश्चात सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ ।

पहिलो वर्ष सडक प्रयोग गर्ने सवारीसाधनको सङ्ख्या एक करोड ६४ लाख ३१ हजार ३२२ हुने र जसमा दैनिकरुपमा सवारीसाधन सङ्ख्या बढ्दै गई २५सौँ वर्षमा दुई करोड ४७ लाख ४९ हजार ६७९ पुग्ने उल्लेख गरिएको छ । तर सवारीसाधनले तिर्नुपर्ने शुल्क महँगो भएकाले नेपाल सरकारले नै निर्माण गर्नुपर्ने समितिको ठहर छ ।

आयोजनाको नेपाली सेनाले ट्रयाक खोल्ने कार्य पहिल्यै सम्पन्न गरेको र घरजग्गा अधिग्रहण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २००८ मा भएको अध्ययनबाट अनुमानित लागत रु ६७ अर्ब रहेको र हाल रु ९७ अर्ब लाग्ने अनुमान गरिएकाले विदेशीलाई भन्दा स्वदेशीले नै लगानी गर्नुपर्ने माग उठेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खुसीको सीमा नै छैन: ह्यारी (फोटो फिचर)

– विष्णु नेपाल

ललितपुर, ७ चैत । कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाउनुभयो ।

काष्ठकला निर्माणमा मुख्य रुपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भन्नुभयो, “तस्बिरमा तपाईंहरुको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थेँ, आज तपाईंहरुसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।”

गत वैशाख महिनामा नेपालमा गएको भूकम्पले क्षति पुर्याएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आज अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिनुभयो । राजकुमार ह्यारीले क्रममा सो क्षेत्रमा झन्डै पौने दुई घन्टा बिताउनुभयो ।

Harry visit patan darbar (3)

अहिले पुरातत्व विभागले स्मारक क्षेत्र अन्तर्गतका मुख्य स्थल मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचामा पुनःनिर्माण अगाडि बढाइरहेको छ । भूकम्पले सो क्षेत्रका राधाकृष्ण मन्दिर, हरिशङ्कर मन्दिर, चारनारायण मन्दिर र सोह्रखुट्टे पाटीलाई पूर्णरुपमा क्षति पुर्याएको थियो भने विश्वनाथ, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिरलगायतमा क्षति पुर्याएको थियो ।

काठमाडाँै भ्याली प्रिजभेसन ट्रस्ट मार्फत विभागले पुनःनिर्माणका काम बढाएको छ । राजकुमार ह्यारीले भत्किएका संरचनाका ऐतिहासिक पक्षको अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । भत्किएका संरचनालाई देखेर राजकुमार भावुक र चिन्तित देखिनुहुन्थ्यो । अब यी संरचना कसरी तयार गर्दै हुनुहुन्छ भनेर राजकुमार ह्यारीले कालीगढसित प्रश्न समेत गर्नुभएको थियो ।

Harry visit patan darbar (5)

भण्डारखाल बगैँचाका वरिपरि काम गरिरहेका कालीगढसित भलाकुसारी गर्ने क्रममा ह्यारीले सो जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा कालीगढले चलाइरहेका औजारलाई राजकुमार ह्यारीले मागेर त्यसको चलाउने तरिकाबारे उत्सुकता देखाउनुभएको थियो । कालीगढले राजकुमार ह्यारीलाई आफ्ना सीप र पौरखलाई पुनःनिर्माणमा उपयोग गर्ने जानकारी दिनुभएको थियो ।

उहाँले भूकम्पले क्षति पुर्याएका क्रमशः मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचा क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो परिसरमा १९ स्मारक छन् । यसै स्मारक क्षेत्रलाई समेटी युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा राखेको थियो । कलाकौशलका लागि सो क्षेत्र विश्वप्रसिद्ध छ ।
Harry visit patan darbar (4)
राजकुमार ह्यारीका पिता चाल्र्सले पनि विसं २०३९ मा नेपाल भ्रमण गर्दा सो स्मारक क्षेत्रको भ्रमण गर्नुभएको थियो । राजकुमार ह्यारीले सो क्षेत्रमा उपस्थित स्थानीय बासिन्दालाई अभिवादन समेत गर्नुभएको थियो । ‘हाई ह्यारी’ भन्दै हात मिलाउन अगाडि बढेका स्थानीय युवासित हात मिलाउन समेत राजकुमारले भ्याउनुभएको थियो । स्थानीय बूढापाकाले भने ह्यारीलाई नेपाली टोपी उपहार दिएका थिए ।

खुलेर कुराकानी गर्न रुचाउने ह्यारीले सो क्षेत्रमा आएका विदेशी पर्यटकसित भलाकुसारी समेत गर्नुभएको थियो । आफ्नो देश बेलायतमा भेट गर्न नपाएका ह्यारीसित नेपालमा हात मिलाउन पाएकामा डेभिडका परिवार औधि खुसी देखिन्थे । उनीहरु आज नै सो क्षेत्रमा घुम्न निस्केका थिए । पर्यटकले ‘प्रिन्स ह्यारी, आइएम फ्रम युके’ भनेपछि राजकुमार ह्यारीले करिब दुई मिनेट उनीहरुसित कुराकानी गर्नुभएको थियो ।

Harry visit patan darbar (2)

अपराह्न १२ः३० बजे सो क्षेत्रमा ह्यारी पुग्नु हुँदा नेवारी वेशभूषामा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए ।

राजकुमार ह्यारीले आजै ललितपुरको हिरण्यवर्ण महाविहार(क्वावहा) गई त्यसका बारेमा जानकारी लिनुभयो । नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिरमध्ये सो मन्दिर पनि एक हो । पटक पटक जीर्णोद्धार हुँदै आएको सो मन्दिरलाई पनि गत वैशाख महिनामा गएको भूकम्पले क्षति पुर्याएको थियो ।

राजकुमार ह्यारीका साथमा नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिस पनि सहभागी हुनुुुहुन्थ्यो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शीतल निवासमा भावुक हुँदै राजकुमार ह्यारीले भने- विपद्मा पनि नेपाली खुसी देखेँ

काठमाडौँ, ७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच भएको भेटवार्तामा दुई देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् घनिष्ठ सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

भेटका अवसरमा राजकुमार ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतका महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराउनुभएको थियो ।

राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राख्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताउनुभयो ।

Harry-bidhya

“भूकम्प र इन्धन समस्या भोगिरहँदा समेत नेपालीको अनुहारमा हाँसो देख्दा विपद्मा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,” राजकुमार ह्यारीले भावुक हुँदै भन्नुभयो ।

राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पुर्याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको पाँचदिने भ्रमणका लागि शनिबार यहाँ आइपुग्नुभएका बेलायती राजकुमार ह्यारीले आज विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन तथा त्यहाँ भूकम्पबाट भएको क्षति तथा भक्तपुरमा बेलायती सहयोग नियोगले भूकम्पपीडितलाई गरेको उद्धार सहयोग लगायत विषयमा जानकारी लिने कार्यक्रम छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओली चीन जाँदा दिल्ली हल्लियो, बीबीसीले भन्यो- भारतलाई खतरा !

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण आजदेखि सुरु भएको छ ।

आफ्नो करिब ५० भन्दा बढी संख्याको जम्बो टोली लिएर प्रधानमन्त्री ओली आइतबार विहानै चीन उडेका हुन् । ओली चीन उडेपछि नेपालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रमणलाई असोभनिय भन्दै आलोचना गरेका छन् भने भारतको राजधानी दिल्लीमा त नयाँ तरंग नै पैदा भएको छ ।

यो भ्रमणले दिल्लीलाई सोच्न नै बाध्य बनाइदिएको छ । दिल्लीका एक जना वरिष्ठ विश्लेषक युवराज घिमिरेले त बीबीसी हिन्दीमा यो भ्रमणले भारतलाई कति खतरा छ भनेर टिप्पणी नै गरेका छन् ।

बीबीसी हिन्दीले ‘ओलीको चीन भ्रमणले भारतलाई खतरा ?’ भन्ने हेडलाइनमा प्रकाशित गरेको टिप्पणीमा ‘ओलीको यो भ्रमण ‘सन्तुलनको साधन’ भन्दा केही धेरै हो । आफ्नो भौगोलिक महत्वका कारण नेपाल १७६८ मा अस्तित्वमा आउनुभन्दा पहिला भारत र चीन दुवैका लागि महत्वपूर्ण थियो ।’ भनिएको छ ।

‘एकीकृत नेपालका राजा पृथ्वीनारायण शाहले यसलाई ‘दुई ढुंगाबीचको तरुल’ को संज्ञा दिएका थिए’, ‘१९६८ पछि नेपालले सैन्य शक्ति र आफ्नो कूटनीतिका माध्यमबाट आफूलाई ब्रिटिस साम्राज्य र त्यसपछि भारत र चीनसँग बचाएर राख्यो ।’ उसले अगाडि लेखेको छ– नेपालले अहिले ‘अहिले दुई ढुंगाबीचको तरुलको परिभाषालाई पुनर्प्रिभाषित गर्दै ‘समान दुरी राख्ने नीति’ अपनाएको छ ।

टिप्पणीको भाषाअनुवादः
नेपाल र भारतबीच अहिले साझा संस्कृति, खुल्ला सीमाना, मान्यता र जनसंख्यिकी, खासगरी बिहार र उत्तरप्रदेशको सीमाका मानिसहरुको पारिवारिक सम्बन्ध छ । नेपालमा भने केही राजनीतिक दलका नेताहरुको भारतसँग विशेष सम्बन्ध स्थापित गर्ने र चीनसँग सम्बन्ध विस्तार गर्दै नगर्ने प्रवृत्तिको विरोध हुँदै आएको छ । भारतसँगको परनिर्भरताका कारण नेपालको अर्थतन्त्र सृदृढ हुन नसकेको समेत चर्चा हुने गरेको छ ।

नेपालको राजनीतिमा पहिले भारतको मात्रै भूमिका देखिने गरेको र चीनले तिब्बती शरणार्थीका गतिविधिबारेमात्रै चासो राख्ने गरेकोमा अहिले नेपालको समेत चासो हुन थालेको टिप्पणी गरेको छ ।

भारतले प्रधानमन्त्री ओलीलाई जोडदार स्वागत गरेपनि ओलीको भ्रमणका क्रममा साझा वक्तव्यसमेत जारी हुन सकेन । प्रधानमन्त्रीको भ्रमणका क्रममा साझा वक्तव्य आउन नसक्नुका पछि सम्बन्ध पूर्ण रुपमा सुधार नभएको संन्देश नै हो ।

गत असोजमा नेपालको संविधान जारी भएपनि भारतले त्यसको स्वागत नगरी आपत्ति जनयो र सीमा नाका बन्द गरेर नेपालको आपूर्ति व्यवस्थामा असहजता उत्पन्न गराएपछि यहाँ भारतविरोधी भावना जनस्तरसम्म नै पुगेको छ ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएपछि मात्रै भारत जाने अडान राखेपनि भारत नगई चीन जाने हिम्मत भने गर्न सकेनन् । भारत गएको एक महिनापछि ओली चीन गएका छन् ।

ओलीको चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौता समेत हुने भएको छ । चीनसँग २२ सय मेघावाट बिजुली निकाल्ने गरी विद्युत अयोजना निर्माण, नेपालको मुख्य पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण लगायतका सम्झौता गर्ने तयारी छ । यस प्रति भारत खुसी नरहेको बताइन्छ ।

गत बैशाखमा गएको विनासकारी भूकम्पपछि चीनले नेपालको क्षतिग्रस्त इलाका र सम्पदाहरुको पुनः निर्माणमा सहयोग गर्ने बचन दिएको थियो । भारत र चीन दुवै नेपालको विकास, शान्ति र स्थिरताको एजेण्डामा मुछिएका छन् । तर दुवैको लडाई अहिले आफ्नो उपस्थिति बलियो बनाउनेतर्फ केन्द्रीत छ ।

यद्धपि नेपालमा अहिले भारतको लोकप्रियतामा धेरै गिरावट आइसकेको छ । भारतले नेपालको राजनीतिमा गरिरहेको नांगो हस्तक्षेप र पछिल्लो नाकाबन्दीले जनता भारतप्रति आक्रोशित छन् ।

भारतमा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच बिग्रिएको सम्बन्ध सदृढ गर्न भ्रमण फलदायी भएको बताएका थिए । तर चीन भ्रमणका क्रममा चीन नेपालका लागि महत्वपूर्ण रहेको मुख्य सन्देश लुकेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Talk of reviving monarchy will stir instability: Koirala

BIRATNAGAR, March 20: Nepali Congress leader, Sujata Koirala, on Sunday said the political parties must unite while moving forward to implement the new constitution and institutionalize the republic.

Speaking at the Girija Prasad Trade Union Award distribution ceremony held by GP Koirala Foundation in Biratnagar, Koirala said the party should remain committed in working for the interest of the laborers citing their support for the party.

Referring to the establishment of the republican set up in the country, Koirala said, “In a sense the royal institution ended the day when King Birendra’s dynasty was massacred, so the talk of reviving the King will only stir instability in the country.”

She further emphasized that the parties must remain focused on implementing the constitution and eradicating poverty. She said her party must take lead to fulfill these workloads. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

House panel directs govt to construct Nijgadh int’l airport, fast track

KATHMANDU, March 20: The Finance Committee of the Legislature-Parliament on Sunday directed the government to construct Nijgadh International Airport and Kathmandu-Tarai/Madhes Fast Track on its own.

The meeting of the committee concluded that the government should mobilize its own resources for construction of the airport saying that it is a project of national significance.

Chairman of the House panel Prakash Jwala said the government has been directed to forward all the construction works by managing own resources keeping the national interest at the center.

“Committee members stressed that the government should start the work by taking decision on design, cost estimation and land acquisitions among others,” said Jwala, “The committee directed the government, Finance Ministry, Minister for Culture, Tourism and Civil Aviation to start construction works in a transparent manner.”

The government was preparing to award contract for detail study of the airport to International Finance Corporation (IFC).

Likewise, the committee directed to start work of Nijgadh-Kathmandu Tarai/Madhes Fast Track by mobilizing it own resources.

The government had selected Indian Company Infrastructure Leasing & Financial Services (IL & FS) to prepare Detailed Project Report (DPR) of the expressway. The government was preparing to award the project to IL & FS under Public Private Partnership (PPP) model.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं