Sunday, March 20, 2016

प्रधानमन्त्री ओली चीन जाँदा दिल्ली हल्लियो, बीबीसीले भन्यो- भारतलाई खतरा !

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण आजदेखि सुरु भएको छ ।

आफ्नो करिब ५० भन्दा बढी संख्याको जम्बो टोली लिएर प्रधानमन्त्री ओली आइतबार विहानै चीन उडेका हुन् । ओली चीन उडेपछि नेपालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रमणलाई असोभनिय भन्दै आलोचना गरेका छन् भने भारतको राजधानी दिल्लीमा त नयाँ तरंग नै पैदा भएको छ ।

यो भ्रमणले दिल्लीलाई सोच्न नै बाध्य बनाइदिएको छ । दिल्लीका एक जना वरिष्ठ विश्लेषक युवराज घिमिरेले त बीबीसी हिन्दीमा यो भ्रमणले भारतलाई कति खतरा छ भनेर टिप्पणी नै गरेका छन् ।

बीबीसी हिन्दीले ‘ओलीको चीन भ्रमणले भारतलाई खतरा ?’ भन्ने हेडलाइनमा प्रकाशित गरेको टिप्पणीमा ‘ओलीको यो भ्रमण ‘सन्तुलनको साधन’ भन्दा केही धेरै हो । आफ्नो भौगोलिक महत्वका कारण नेपाल १७६८ मा अस्तित्वमा आउनुभन्दा पहिला भारत र चीन दुवैका लागि महत्वपूर्ण थियो ।’ भनिएको छ ।

‘एकीकृत नेपालका राजा पृथ्वीनारायण शाहले यसलाई ‘दुई ढुंगाबीचको तरुल’ को संज्ञा दिएका थिए’, ‘१९६८ पछि नेपालले सैन्य शक्ति र आफ्नो कूटनीतिका माध्यमबाट आफूलाई ब्रिटिस साम्राज्य र त्यसपछि भारत र चीनसँग बचाएर राख्यो ।’ उसले अगाडि लेखेको छ– नेपालले अहिले ‘अहिले दुई ढुंगाबीचको तरुलको परिभाषालाई पुनर्प्रिभाषित गर्दै ‘समान दुरी राख्ने नीति’ अपनाएको छ ।

टिप्पणीको भाषाअनुवादः
नेपाल र भारतबीच अहिले साझा संस्कृति, खुल्ला सीमाना, मान्यता र जनसंख्यिकी, खासगरी बिहार र उत्तरप्रदेशको सीमाका मानिसहरुको पारिवारिक सम्बन्ध छ । नेपालमा भने केही राजनीतिक दलका नेताहरुको भारतसँग विशेष सम्बन्ध स्थापित गर्ने र चीनसँग सम्बन्ध विस्तार गर्दै नगर्ने प्रवृत्तिको विरोध हुँदै आएको छ । भारतसँगको परनिर्भरताका कारण नेपालको अर्थतन्त्र सृदृढ हुन नसकेको समेत चर्चा हुने गरेको छ ।

नेपालको राजनीतिमा पहिले भारतको मात्रै भूमिका देखिने गरेको र चीनले तिब्बती शरणार्थीका गतिविधिबारेमात्रै चासो राख्ने गरेकोमा अहिले नेपालको समेत चासो हुन थालेको टिप्पणी गरेको छ ।

भारतले प्रधानमन्त्री ओलीलाई जोडदार स्वागत गरेपनि ओलीको भ्रमणका क्रममा साझा वक्तव्यसमेत जारी हुन सकेन । प्रधानमन्त्रीको भ्रमणका क्रममा साझा वक्तव्य आउन नसक्नुका पछि सम्बन्ध पूर्ण रुपमा सुधार नभएको संन्देश नै हो ।

गत असोजमा नेपालको संविधान जारी भएपनि भारतले त्यसको स्वागत नगरी आपत्ति जनयो र सीमा नाका बन्द गरेर नेपालको आपूर्ति व्यवस्थामा असहजता उत्पन्न गराएपछि यहाँ भारतविरोधी भावना जनस्तरसम्म नै पुगेको छ ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएपछि मात्रै भारत जाने अडान राखेपनि भारत नगई चीन जाने हिम्मत भने गर्न सकेनन् । भारत गएको एक महिनापछि ओली चीन गएका छन् ।

ओलीको चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौता समेत हुने भएको छ । चीनसँग २२ सय मेघावाट बिजुली निकाल्ने गरी विद्युत अयोजना निर्माण, नेपालको मुख्य पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण लगायतका सम्झौता गर्ने तयारी छ । यस प्रति भारत खुसी नरहेको बताइन्छ ।

गत बैशाखमा गएको विनासकारी भूकम्पपछि चीनले नेपालको क्षतिग्रस्त इलाका र सम्पदाहरुको पुनः निर्माणमा सहयोग गर्ने बचन दिएको थियो । भारत र चीन दुवै नेपालको विकास, शान्ति र स्थिरताको एजेण्डामा मुछिएका छन् । तर दुवैको लडाई अहिले आफ्नो उपस्थिति बलियो बनाउनेतर्फ केन्द्रीत छ ।

यद्धपि नेपालमा अहिले भारतको लोकप्रियतामा धेरै गिरावट आइसकेको छ । भारतले नेपालको राजनीतिमा गरिरहेको नांगो हस्तक्षेप र पछिल्लो नाकाबन्दीले जनता भारतप्रति आक्रोशित छन् ।

भारतमा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच बिग्रिएको सम्बन्ध सदृढ गर्न भ्रमण फलदायी भएको बताएका थिए । तर चीन भ्रमणका क्रममा चीन नेपालका लागि महत्वपूर्ण रहेको मुख्य सन्देश लुकेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment