Sunday, March 20, 2016

‘तीन महिनाको शुल्क मिनाहा नगर्ने विद्यालयलाई कारबाही’

७ चैत, चितवन । एमाओवादी निकट अखिल क्रान्तिकारी चितवनले भूकम्पका कारण पठन पाठन बन्द भएको अवधिको शुल्क लिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित २८ औं जिल्ला सम्मेलनले तीन महिनाको शुल्क मिनाहा नगर्ने विद्यालयलाई कारबाही गर्नेलगायतका सात बुँदे निर्णय गरेका नवनिर्वाचित अध्यक्ष बसन्त आचार्यले जानकारी दिए ।

सम्मेलनले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उपाध्यक्षमा दुर्लभ शाही र अमृत पोखरेल, सचिवमा प्रेम कमली, सहसचिवमा दयाराम पौडेल र विकास कोइराला तथा कोषाध्यक्षमा सन्दिप सुवेदी छन्  ।

त्यस्तै अखिल क्रान्तिकारी चितवनको प्रचार प्रसार विभाग तथा प्रवक्तामा विकास पौडेललाई चयन गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment