७ चैत, काठमाडौं । देशभरबाट चितवनमा जम्मा पारिएका वन्यजन्तुका बहुमूल्य हाडछाला (अखेटोपहार) नष्ट गर्ने तयारी गरिएको छ । तर, यसलाई संरक्षण गरेर प्रदर्शनका लागि राख्नुपर्ने आवाज पनि उठिरहेको छ ।
वन्यजन्तुका छाला, हाड, सिङ र विभिन्न अंगहरुलाई अखेटोपहार भनिन्छ । चितवनमा जम्मा भएका यस्ता अखेटोपहारलाई जलाएर नष्ट गर्ने योजना बनेको छ । ०५४ सालमा यस्तै गरी जम्मा भएका अखेटोपहार नष्ट गर्दा विवाद आएको थियो ।
वीस वर्षयता चितवनमा गैंडाका ३६९ वटा खाग जम्मा भएका छन् । त्यस्तै पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १८५ वटा दाह्रा, चितुवाका ४९३ वटा छाला, कस्तुरी मृगको ३६ थान बिना र ३ सय ५२ किलोग्राम सालकको खपडा संकलन भएको छ ।

अनुगमनपछि संसदीय समितिले अवस्था मूल्यांकन गरेर अखेटोपहार नष्ट गर्न ‘क्लीन चीट’ दिनेछ । त्यसलगत्तै वन मन्त्रालयले त्यसलाई जलाएर नष्ट गर्नेबारेको प्रतिवेदन मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सबै अखेटोपहार जलाइनेछ ।
नजलाए के हुन्छ ?
अखेटोपहार संरक्षण गरेर राख्दा वन्यजन्तु चोरी सिकारी नियन्त्रणमा समस्या हुने भन्दै वन मन्त्रालयले यसलाई नष्ट गर्न लागेको हो । यसलाई जोगाएर राख्दा चोरी सिकारी गर्नेलाई ‘यो बहुमूल्य हो’ भन्ने भ्रम पर्ने भएकाले नष्ट गर्न लागिएको वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर बताउँछन् ।
लामो समयदेखि त्यसलाई चितवनमा संकलन गरेर राख्दा त्यसको खासै अर्थ पनि नभएको र त्यो संरक्षणमा चुनौति आएको भन्दै नष्ट गर्ने तयारी गरिएको हो ।
तर, अखेटोपहार राष्ट्रको अमूल्य सम्पत्ति भएको भन्दै यसलाई राज्यले उचित तवरले संरक्षण गर्न सकिने आवाज समाजिक सञ्जालहरुमा बलियो रुपमा उठिरहेको छ ।
अबैध बजारमा यस्ता अखेटोपहारलाई बहुमूल्य मानिन्छ । तर, साइटिस सन्धीमा हस्ताक्षर गरेको नेपालले यसलाई बिक्री गर्न भने पाउँदैन ।

अखेटोपहरको छुट्टै संग्राहलय बनाएर पर्यटक आकषिर्त गर्नुपर्ने पक्षमा सर्वसाधारणहरु देखिएका छन् । तर, यसैका कारण गलत मनोविज्ञान बसेर चोरी शिकारी झन बढ्ने डर सरकारलाई छ ।
हेर्नुस् अखेटोपहरका थप फोटोहरूः
यो समग्री नेपाल१२३.com मा पुरै पढौं












No comments:
Post a Comment