Sunday, March 20, 2016

नर्भिकमा लुनकरणदासको श्रद्धाञ्जली कार्यक्रम

७ चैत, काठमाडौं । लुनकरणदास चौधरीको निधन भएको ४५ औं दिनको पुण्यतिथिमा नर्भिक अस्पतालले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । शनिबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले चौधरीको योगदानको स्मरण गरेका थिए ।

नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अत्यन्तै मिहिनेती, स्वाबलम्बी, मृदुभाषी र अन्तर्मुखी स्वभावकै कारण लुनकरणदास बोलीमा भन्दा कर्ममा बढी तल्लीन हुने गरेको स्मरण गरे । राष्ट्रले आफूलाई के दियो भन्नुभन्दा पनि आफूले राष्ट्रलाई के दिन सकियो भन्ने विषयमा चौधरी सदैव चिन्तनशील रहेको उनले बताए ।

त्यतिबेला नेपालमा मुटुरोग उपचारका लागि सरकारी अस्पतालहरूमा समेत कुनै पूर्वाधार नभएको हुँदा विदेश गई उनले आफ्नो मुटुको वाइपास शल्यक्रिया गराउनुपरेको थियो । त्यसैले चौधरीले आफ्ना छोराहरुलाई नेपालमा अन्तर्राष्ट्रिय स्तरको मुटुरोग उपचार केन्द्र खोल्न बारम्बार घच्घच्याएकाले चौधरी ग्रुपले नर्भिक अस्पताल स्थापना गरेको सिंहले चर्चा गरे ।

कार्यक्रममा नर्भिक अस्पतालका कार्यकारी निर्देशक एवम् लुनकरणदासकी नातिनी मेघा चौधरी, रंगकर्मी हरिहर शर्मालगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रममा नर्भिक अस्पतालका कार्यकारी निर्देशक एवम् लुनकरणदासकी नातिनी मेघा चौधरी, चौधरी ग्रुपका द्वितीय उपाध्यक्ष पारश शाक्य, रंगकर्मी हरिहर शर्मालगायतले पनि धारणा राखेका थिए ।

लुनकरणदास चौधरी ग्रुपका संस्थापक हुन् । उनको कपडाको व्यवसाय विस्तार हुँदै अहिले चौधरी ग्रुप नेपालकै एक मात्र बहुराष्ट्रिय कम्पनी समेत बन्न सफल भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment