Sunday, March 20, 2016

‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

८ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेको आजको अन्नपूर्णमा समाचार छ ।

आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपतिसँग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउथे । साँच्चै गोर्खाहरु बहादुर र सहासी छन् ।’ ह्यारीले आफू गोर्खा सैनिकका परिवार तथा आफन्तसँग भेट्न आतुर भएको पनि बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment