Sunday, March 20, 2016

भाटभटेनी सुपर मार्केटले उपभोक्तालाइ ठगिरहेको खुलासा

काठमाडौँ- भाटभटेनी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले भाटभटेनी सुपर मार्केटले उपभोक्ता ठगिरहेको भेटिए पछि अनुगमनमा सामानको मुल्य चर्को असुल्ने गरेको फेला परेको जनाएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभाग निर्देशक लक्ष्मण श्रेष्ठले सर्वसाधरणको उजुरीको आधारमा अनामनगरमा रहेको भाटभटेनी सुपर मार्केटमा अनुगमन गरेको बताउनु भयो । उहाँका अनुसार बाल्ट्राको थरमसमा १८ सय १० रुपैयाको ट्याङ टासिएको तर, बिक्री बिलमा  १९ सय २० रुपैयामा बिक्री भइरहेको  बताउनु भयो ।

उपभोक्तालाई सिधै ठगी गरेकाले थप अनुसन्धानबाट कारबाही प्रक्रिया अघि बढाइने विभागको तयारी छ । विभागका अनुसार ऐन अनुसार दूई बर्षसम्म कैद र जरिवाना हुन सक्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment