Sunday, March 20, 2016

साइबर क्राइमको मुद्दामा आङकाजी शेर्पाले सफाई पाए

चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले साइबर क्राइमको मुद्दामा संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पालाई सफाई दिएको छ ।

न्यायाधीश हरिप्रताप केसीको इजलासले शेर्पाविरुद्ध सरकारले लगाएको दाबी अभियोग नपुग्ने ठहर गरेको हो ।

गत भदौ ७ मा भएको टीकापुर घटनालाई लिएर समाजिक सञ्जालमा भ्रमपूर्ण र सामाजिक सद्भाव खलबल्याउने पोष्ट गरेको भन्दै प्रहरीले शेर्पालाई पक्राउ गरेको थियो ।

१६ भदौमा पक्राउ परेका शेर्पा १६ दिनपछि धरौटीमा छुटेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment