Sunday, March 20, 2016

पाटन दरबारमा ‘सिकर्मी’ बने बेलायती राजकुमार हृयारी (भिडियोसहित)

७ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी निकै चञ्चले एवं रमाइला मान्छे हुन् भन्ने दृष्टान्त आइतबार पाटन दरबार स्वायरमा राम्रैसँग देखियो ।

ऐतिहासिक एवं पुरातात्विक पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण राजकुमार त्यहाँ पुग्दा नेपाली मूर्तिकारहरु काठ र ढुंगामा कलात्मक मूर्ति कुँदिरहेका थिए ।

बेलायती राजकुमारले काठ र ढुंगाका मूर्ति कुँदिरहेको एकैछिन हेरे । सिकर्मीहरुले काम गरेको देखेपछि उनले आफूलाई रोक्नै सकेनन् र आफूले पनि हातमा राँबो लिएर काम गर्न थाले ।

कलात्मक मूर्ति कुँदन राखिएको काठमा उनले राँबो राखेर एक छिन चलाए । सँगै रहेका सिकर्मीले राम्रो छ भनेपछि उनी खुलेर हाँसे । बेलायती राजकुमारले भूकम्पबाट पाटन दरबारमा पुर्‍याएको क्षतिबारे पनि जानकारी लिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment