– प्रभात भट्टराई
बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओली सहित ३५ जना नेपाली उच्च अधिकारीलाई चीनले सरकारी पाहुनाको रुपमा आफ्नो गेष्ट हाउसमा राख्ने भएको छ। चीन सरकारले प्रधानमन्त्री दम्पतीसहित मन्त्री, सांसद लगायत उच्च पदस्थ अधिकारीलाई बेइजिङ स्थित तिआओयुथाइ सरकारी गेष्ट हाउसमा राख्न लागेको हो।
झन्डै ९० जनाको प्रतिनिधिमन्डल सहित काठमान्डौंबाट उडेका प्रधानमन्त्री टोलीका अरु सदस्यलाई भने नेपाली राजदुतावासले होटलमा बस्ने व्यवस्था मिलाएको छ। उनीहरु दुतावास नजिकैको पाँच तारे होटल छाओलाङमा बस्नेछन्। यसअघि भारत भ्रमणमा पनि दर्जन उच्च अधिकारी सहित प्रधानमन्त्री ओली राष्ट्रपति भवनस्थित सरकारी गेष्ट हाउसमा बसेका थिए।
प्रधानमन्त्री लिएर बिहान ११ बजे काठमाडौंबाट उडेको हिमालयन एयरलाइन्सको जहाज स्थानीय समय अनुसार साढे पाँच बजे बेइजिङ अवतरण गर्नेछ। त्यहाँ उनलाई चीनको परराष्ट्र मन्त्रालयका एक जना उच्च अधिकारी सहित चीनस्थित नेपाली राजदूत, नेपाल स्थित उनका समकक्षी र दुतावासका कर्मचारीले स्वागत गर्नेछन्। परराष्ट्रबाट स्वागत गर्न जाने अधिकारीको नाम टुङ्गो लागि नसकेको राजदुत डा महेश मास्केले पहिलोपोस्टलाई जानकारी दिए।
आज प्रधानमन्त्री ओलीको कुनै औपचारिक कार्यक्रम छैन। गेष्ट हाउस पुगेर आराम गर्नेछन्। सोमबार भने बिहानै देखि उच्चस्तरीय भेटघाट सुरु हुनेछ। राष्ट्रपति सि चिङफिङ एवं समकक्षी लि खस्याङसँग सोमबार नै भेट हुनेछ। दुई पक्षीय विभिन्न सन्धी सम्झौतामा पनि सोमबार नै हस्ताक्षर हुनेछ।
मंगलबार भने प्रधानमन्त्री ओलीले रन्मिङ विश्वविद्यालयमा चीनको वान वेल्ट वान रोड नीतिबारे प्रवचन दिनेछन्। सोही दिन उनले चिनियाँ व्यापारीहरुलाई नेपालमा लगानी गर्न आह्वान सहित सम्बोधन गर्नेछन्। बुधबार दिउँसो प्रम ओली बोआओ फोरममा सहभागी हुन हैनान् जानेछन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment