रवीन्द्र घिमिरे
७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीमाथि भ्रष्टाचारको अभियोगमा छानविन थालेको छ ।
सीईओ ज्ञवालीविरुद्ध अख्तियारमा झण्डै एक दर्जन उजुरी परेका छन् ।
उजुरीका आधारमा अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरसँग पुष्टि गरे । पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत नियुक्त हुनुअघि ज्ञवाली नगर विकास कोषमा कार्यकारी निर्देशक थिए ।
‘कोष र प्राधिकरण दुबैमा ज्ञवालीले अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएका छन्’ पुस्करले भने- ‘हामीले छानविन गरिरहेका छौं ।’
चार किसिमका आरोप
स्रोतका अनुसार प्राधिकरणका सीईओ ज्ञवालीविरुद्ध अख्तियारमा अहिले चार किसिमका उजुरी परेका छन् । प्राविधिक, प्रशासनिक, आर्थिक विषयका साथै सार्वजनिक खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।
उनले नगर विकास कोषमा कार्यरत रहँदा नगरपालिका र उपभोक्ता समितिहरुलाई विभिन्न आयोजनाका लागि ऋण तथा अनुदान दिँदा विभिन्न किसिमबाट भ्रष्टाचार गरेको आरोप लागेको छ ।
नगर विकास कोषले दातृ निकायसँग एक प्रतिशतसम्म ब्याजदरमा ऋण लिएर नगरपालिकाहरुले सञ्चालन आयोजनालाई ८ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।
यस्तै नगरपालिकाले ऋण लिएर चलाएको आयोजना बनेपछि अर्को योजनाका लागि अनुदान समेत दिने गरेको थियो । पछिल्लो समयमा भने कोषले एउटै आयोजनामा ऋण र अनुदान दिँदैछ ।
प्राधिकरणमा आएपछि ज्ञवालीले प्राविधिक (ड्रोइङ तथा डिजाइनिङ) अनियमितता गरेको भन्दै उजुरी दर्ता भएका छन् ।
अनुसन्धान आधा सकियोः अख्तियार
अख्तियार प्रवक्ता पुस्करले ज्ञवालीमाथि भ्रष्टाचारको अनुसन्धान तीव्र गतिमा भइरहेको दाबी गरे । अनुसन्धानले दिने निश्कर्षमा आधारमा मात्रै थप बोल्न सकिने उनले बताए ।
केही उजुरीको अनुसन्धान प्रारम्भिक अवस्थामा नै छन् । दोषी पाइए उनीविरुद्ध मुद्दा दायर गरिने अख्तियारले बताएको छ ।
सीइओ ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment