८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली औपचारीक भ्रमणका क्रममा आइतबार चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि कोकियाङको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।
चिनियाँ सयम अनुसार ६ः २० मा बेइजिङ अवतरण गरेका प्रधानमन्त्री ओलीलाई चीनका विदेश मन्त्रालयका उपमन्त्री लिउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा. महेशकुमार मास्के लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार, सांसद, व्यपारिक समुदाय लगायत रहका छन् ।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता
प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा उनी सरिक हुने छन् । साथै चिनियाँ प्रधानमन्त्री लीसँगको वार्तामा पारस्परिह हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले ‘चइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’ का अध्यक्ष यु झेङसेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले रेनमिन विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment