Sunday, March 20, 2016

नामिवियाबिरुद्ध नेपालले कीर्तिपुरमै खेल्ने पक्का

७ चैत, काठमाडौं । विश्व क्रिकेट लिग लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा नामिवियाबिरुद्धको खेल नेपालले कीर्तिपुरस्थित घरेलु मैदानमै खेल्न पाउने भएको छ ।

आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको थियो साथै एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएको थियो ।

बन्दुलाले आज मैदानको अवलोकन गरेका थिए । कर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि अनलाइनखवरसँग कुरा गर्दै म्यानेजर बन्दुलाले खेल नेपालमै हुने जानकारी गराए । ‘आजको खुसीको खवर भनेको नेपालमै खेल हुने पक्का भयो’ उनले भने ।

आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएपनि नेपाली क्रिकेटको आन्तरिक कलहका कारण भारतमा हुने चर्चा चलेको थियो ।

विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत नेपालले यसअघि दुई चरण खेलिसकेको छ । जसमा पहिलो चरणमा स्कटल्याण्ड र दोस्रो चरणमा पपुवा न्यूगिनीबिरुद्ध थियो । जसमा नेपालले सबै खेल गुमाएको छ ।

सन् २०१५ देखि सुरु भएर २०१७ सम्म चल्ने विश्व क्रिकेट लिग च्याम्पियनसीपमा ८ एशोसियट मुलुकका टोलीहरुले होम एण्ड अवेको अवधारणामा १४ खेल खेल्नेछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment