Sunday, March 20, 2016

ललितपुरमा ८७ जना एमालेमा प्रवेश (फोटो फिचर)

ललितपुर, ३ चैत । नेकपा एमाले देबीचौरर गाउँ कमिटीको अधिवेशन सोमनाथ तिमल्सिना (राजन)को अध्यक्षतामा नयाँ कमिटीको पूनर्गठन गर्दै चैत ५ गते सम्पन्न भएको छ ।

देबी मावि देबीचौरको प्राङ्गणमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा अन्य पार्टीमा क्रियाशील र स्वतन्त्र रूपमा रहेका युवा, महिलालगायत ८७ जनालाई एमाले केन्द्रीय सदस्य एवम् साँसद सुशीला नेपालले स्वागत गर्दै पार्टी प्रवेश सदस्यता वितरण गरेकी थिइन् ।

Bishwanath-Ba

कार्यक्रममा उनले आगामी स्थानीय निकायमो निर्वाचनसम्म एमालेलाई नम्बर १ पार्टी बनाउन जोश जाँगरका साथ लाग्न आग्रह गरेकी थिइन् । एमाले ललितपुरका पूर्व अध्यक्ष मधुसुदन पौडेलले एमालेको जस्तो विचार र विकास दिने पार्टी अहिलेसम्म नजन्मिएको दावी गर्दै यस्तो पार्टीलाई माया नगरेर अरुतिर मन भड्कँदा जिल्लाकै अवस्था कमजोर भएको बताए ।

पूर्व साँसद मिठाराम शर्मा, किसान नेता सुरेन्द्रमोहन शर्मा, एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, क्षेत्र नं १ क्षेत्रीय कमिटीका अध्यक्ष चेतनाथ सञ्जेललगायतले स्थानीय निकायमा पहिलो पार्टी बनाउन अहिल्यैदेखि लाग्न अनुरोध गरेका थिए । प्रेस चौतारी नेपाल जिल्ला कमिटी ललितपुरका अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले नयाँ संविधानमा आम नागरिकका अधिकार र कर्तव्य विषयमा कार्यक्रमका सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

Sahabhag-2

अध्यक्ष तिमल्सिनासँगै गाउँ अधिवेशनबाट निर्वाचित हुनेहरुमा उपाध्यक्ष सुभद्रा बजगाईं, सचिव कृष्णप्रसाद घिमिरे र सहसचिव गोबिन्द तिमल्सिना र सदस्यहरुः अम्बिका बजगाईं, पूर्ण बहादुर डिम्डुङ्, सञ्चमाया तामाङ, सुमन लामा, कान्छी वाइवा, हरि बहादुर तामाङ, श्यामबहादुर तामाङ र जगतबहादुर सिंतानलाई केन्द्रीय सदस्य सुशीला नेपालले सपथ खुवाएकी थिइन् ।

उक्त अधिवेशनबाट गाउँ कमिटीका निवर्तमान अध्यक्ष सानुसिं लामाको संयोजकत्वमा गुरुप्रसाद दुलाल, प्रेमप्रसाद बजगाईं, बद्रिप्रसाद शर्मा, हरिप्रसाद सापकोटा, शेरबहादुर तामाङ, धनकृष्ण घिमिरे र ओमप्रसाद तिमल्सिना सदस्य रहेको सल्लाहकार समिति पनि चयन गरिएको एमाले ललितपुरका सदस्य लक्ष्मणप्रसाद बजगाईंले जानकारी दिए ।

त्यसैगरी राधिका तिमल्सिनाको अध्यक्षतामा अखिलनेपाल महिला संघ, मनोज वाइवाको अध्यक्षतामा युवा संघ र तेजप्रसाद घिमिरेको अध्यक्षतामा अखिल नेपाल किसान संघका कमिटीहरुसमेत गठन गरिएको थियो ।

कार्यक्रममा १०६ (एक सय छ) वर्षीय विश्वनाथ तिमल्सिनालाई २०५१ सालको एमाले सरकारले ल्याएको ज्येष्ठ नागरिक भत्ता कार्यक्रम असाध्यै राम्रो भएको भनी निरन्तर एमालेलाई सहयोग गरेको भनी सम्मान गरिएको थियो ।

‘वहाँ उसै पनि सम्मानित मान्छे । एक शताब्दी पार गरिसक्नुभएका हजुरबाले एमालेलाई भोट मात्रै दिनु भएन । अरुसँग पनि बुढाबुढीको साहारा भनेकै एमाले हो भनी प्रचारसमेत गरिरहनु भएको छ । तसर्थ हामीले वहाँलाई सम्मान गरेका हौं ।’–एमाले देबीचौरका निवर्तमान अध्यक्ष सानुसिं लामाले भने ।

New Member.Sahabhag-1  Sahabhag-3


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment