काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकै बेला ज्योतिषहरुले खतरनाक भविष्यवाणी गरेका छन् ।
उनीहरुले अहिलेको सरकारलाई अप्ठेरो पर्ने र विदेशीसँग सम्बन्ध विग्रिने सम्भावना उच्च रहेको निष्कर्ष निकालेका छन् ।
चर्चित ज्योतिष सुनील सिटौलाले भने- ‘सायन ज्योतिष गणनामा आज विहान १० बजेर १५ मिनेटमा सूर्य मेष राशीमा प्रवेश गरेको छ । त्यो समयमा कुण्डली बनाउँदा नेपालको अस्तलग्नमा शनि र मंगल रहेको छ । यसले पश्चिमेली राष्ट्रसँगको सम्बन्ध बिग्रन सक्छ । साथसाथै छिट्टै सरकारलाई अप्ठयारो पर्न जाने पनि देखिन्छ ।’
ज्योतिषवाणीका अनुसार धेरै दल मिलेर बनेको ओली सरकाबाट सत्ता साझेदार दल बाहिर सक्छन् भने सरकारै ठल्न पनि सक्छ ।
यसको लक्षण एमाओवादीका अध्यक्ष प्रचण्डले पनि देखाइसकेका छन् । एमाओवादी भित्रै सरकारबाट बाहिरिन चर्काे दबाब परेको समाचार आजै आएको थियो ।
ज्योतिष सिटौलाका अनुसार आज दिन र रात बराबर हुने दिन हो ।
सायन ज्योतिष गणनालाई आधार मानेर बनाइएको कुण्डलीमा अमेरिकाको त टाउकैमा शनि मंगल परेको छ । जसका कारण अमेरिकामा ठूलो जनधन क्षति हुनसक्ने सम्भावना बढी रहेको उनले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment