Sunday, March 20, 2016

बिश्व क़ुइन्स चलचित्र महोत्सव पुरस्कार समारोहमा आचार्य उत्कृष्ठ चलचित्रकार घोषित

अमेरिकाको न्युयोर्कमा सम्पन्न छैठौ बिश्व क़ुइन्स चलचित्र महोत्सव पुरस्कार समारोहमा नेपालका रबिन आचार्यले उत्कृष्ठ चलचित्रकारको पुरस्कार हात परेका छन् l न्युयोर्कको क़ुइन्समा गत मार्च १५ देखि २० सम्म भएको चलचित्र महोत्सव पुरस्कार समारोहमा उनको चलचित्र “डाइंग क्यानडल ” ले उक्त पुरस्कार प्राप्त गरेको छ l

र लघु चलचित्र “डाइंग क्यानडल” रबिन आचार्य तथा भारतीय चलचित्रकार दिपाङ्कर सिक्दरले छायांकन गरेका थिए l यसै गरि उक्त समारोहमा बिमिना रंजितले निर्माण गरेको वृतचित्र ” रिभाईभिंग नेपाल भाषा ” पनि पुरस्कृत भएको छ l

5

मार्च १५ देखि २० सम्म भएको नेपाली चलचित्रहरु समारोहमा प्रदर्शन भएको थियो l जस्मा अरुण देव जोशीको निर्माण गरेको लघु चलचित्र कमारो ,रिभाईभिंग नेपाल भाषा वृतचित्र साम शाक्यले निर्देशक गरेका हुन् भने “डाइंग क्यानडल” को निर्देशन नरेश कुमार केसीले गरेका हुन l

76321

तस्बिर सौजन्य :/समाचार योगदान: अनुज थापा ,न्युयोर्क


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment