Sunday, March 20, 2016

Police rescue youth from Chitwan cliff after truck accident

KATHMANDU: An Armed Police Force team successfully rescued a youth who was stuck on a cliff in a truck accident in Chitwan district today.

APF DSP Ajaya Chhatkuli said Surya Lama (19), from Chapur-1 of Rautahat district, was rescued while he had fallen off the road from a truck (Na 5 Kha 7739) in Bhanjyang-5 along the Mugling-Narayangadh road section.

Lama, the assistant to the truck driver, was rescued with the use of ropes from the point around 20 metres down the road by a team deployed from the Kurintar-based APF Disaster Management Training Centre.

The truck was heading toward Besisahar of Lamjung from Chapur. Lama had come out of the vehicle to provide information about the space on the road to the driver while the latter was trying to reverse the vehicle to skip a traffic congestion, police said.

APF Inspector Ajaya Tamang had led the rescue team.

Meanwhile, Lama, who broke both his legs in the accident, was admitted to the Bharatpur Hospital.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Nepal begins lab tests for Zika virus

KATHMANDU: Nepal has started laboratory tests to confirm Zika virus in suspected cases at the time the prominent pandemic of Zika virus infection has terrorised the entire world.

The disease supposed to be caused by the daytime active Aedes mosquitoes has largely affected the South American countries.

The World Health Organisation (WHO) provided ‘polymerase chain reaction kits’ to Nepal to undergo lab tests against the virus, bearing in mind the risk of its outbreak in Nepal.

According to the National Public Health Laboratory Director Dr Geeta Shakya, the WHO provided 1,000 kits to Nepal.

Epidemiology and Disease Control Division Director Dr Baburam Marasini said Nepal is transit for many countries and timely precautions were needed to be taken in order to prevent possible spread of Zika virus.

Pregnant women are the most vulnerable group of the virus infection. The infected expectant mothers can give birth to infant with microcephaly and mental retardation.

The virus was first detected in a monkey of the rhesus macaque species in Uganda in 1947 and the first evidence of human infection was detected in 1952.

Brazil had seen the outbreak of the virus in 2015 and it has then spread to 24 other countries so far.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देउवाले भने- बाँडीचुँडी खान सरकारमा गइँदैन

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बाँडिचुडी खानकै लागि’ आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने उदघोष गरेका छन् । उनले राष्ट्रिय मुद्दाहरुको समाधानका लागि भने दलहरुबीच सहकार्य हुनुपर्ने औंल्याए ।

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आइतबार राजधानीमा आयोजना गरिएको अन्तरक्रियामा एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर, सोही कार्यक्रममा उपस्थित कांग्रेस सभापति देउवाले भने- ‘बाँडीचुडी खाउँ, सरकारमा जाउँ भन्न खोजीएको हो भने मेरो भन्नु केही छैन, होइन भने अरुखालको सहकार्य भएकै छ र भविष्यमा पनि हुनेछ ।’

एमाले महासचिव पोखरेलले संक्रमणकालको पहिलो अध्याय सकिएर दोस्रो अध्याय सुरु भएको भन्दै अझै पनि दलहरु सत्तापक्ष र प्रतिपक्षमा बाँडिनु नहुने बताएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।

कुनै विशेष परिस्थितिमा राष्ट्रिय सरकार गठन औचित्यपूर्ण हुने भन्दै कांग्रेस सभापति देउवाले अहिले केवल बाँडिचुँडी खानका लागि सरकारमा जान कांग्रेस इच्छुक नरहेको प्रष्ट पारे ।

सभापति देउवाले मधेस समस्या र सीमांकन अहिलेको प्रमुख समस्या रहेको उल्लेख गरे । उनले भने, ‘यो समस्या समाधान गरेपछि मात्रै देशमा स्थायी शान्ति र स्थिरता आउन सक्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामले प्रधानमन्त्रीलाई भने- जम्बो टोली अशोभनीय नै भयो है

७ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोली जम्बो भएको टिप्पणी गरेका छन् । साथै उनले नेपाल एयरलाइन्सको सट्टा अर्को विमान प्रयोग गर्नु अशोभनीय भएको बताए ।

प्रधानमन्त्री चीन उडेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले चीन भ्रमण शुभरहोस् भनेका छन् । तर, भूकम्प र नाकाबन्दीले थिल्थितलो बनेको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी १०० जनाको जम्बो टोली लगेको भन्दै उनले विरोध गरे ।

उनले लेखेका छन्, ‘१०० जनाको जम्बा टोली लैजानु र नेपाल एयरलाइन्सको जेट विमान छँदाछँदै सञ्चालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहीँ अलि बढी नै ज्यादतीपूर्ण र अशोभनीय नै भयो है !’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘तीन महिनाको शुल्क मिनाहा नगर्ने विद्यालयलाई कारबाही’

७ चैत, चितवन । एमाओवादी निकट अखिल क्रान्तिकारी चितवनले भूकम्पका कारण पठन पाठन बन्द भएको अवधिको शुल्क लिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित २८ औं जिल्ला सम्मेलनले तीन महिनाको शुल्क मिनाहा नगर्ने विद्यालयलाई कारबाही गर्नेलगायतका सात बुँदे निर्णय गरेका नवनिर्वाचित अध्यक्ष बसन्त आचार्यले जानकारी दिए ।

सम्मेलनले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उपाध्यक्षमा दुर्लभ शाही र अमृत पोखरेल, सचिवमा प्रेम कमली, सहसचिवमा दयाराम पौडेल र विकास कोइराला तथा कोषाध्यक्षमा सन्दिप सुवेदी छन्  ।

त्यस्तै अखिल क्रान्तिकारी चितवनको प्रचार प्रसार विभाग तथा प्रवक्तामा विकास पौडेललाई चयन गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नर्भिकमा लुनकरणदासको श्रद्धाञ्जली कार्यक्रम

७ चैत, काठमाडौं । लुनकरणदास चौधरीको निधन भएको ४५ औं दिनको पुण्यतिथिमा नर्भिक अस्पतालले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । शनिबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले चौधरीको योगदानको स्मरण गरेका थिए ।

नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अत्यन्तै मिहिनेती, स्वाबलम्बी, मृदुभाषी र अन्तर्मुखी स्वभावकै कारण लुनकरणदास बोलीमा भन्दा कर्ममा बढी तल्लीन हुने गरेको स्मरण गरे । राष्ट्रले आफूलाई के दियो भन्नुभन्दा पनि आफूले राष्ट्रलाई के दिन सकियो भन्ने विषयमा चौधरी सदैव चिन्तनशील रहेको उनले बताए ।

त्यतिबेला नेपालमा मुटुरोग उपचारका लागि सरकारी अस्पतालहरूमा समेत कुनै पूर्वाधार नभएको हुँदा विदेश गई उनले आफ्नो मुटुको वाइपास शल्यक्रिया गराउनुपरेको थियो । त्यसैले चौधरीले आफ्ना छोराहरुलाई नेपालमा अन्तर्राष्ट्रिय स्तरको मुटुरोग उपचार केन्द्र खोल्न बारम्बार घच्घच्याएकाले चौधरी ग्रुपले नर्भिक अस्पताल स्थापना गरेको सिंहले चर्चा गरे ।

कार्यक्रममा नर्भिक अस्पतालका कार्यकारी निर्देशक एवम् लुनकरणदासकी नातिनी मेघा चौधरी, रंगकर्मी हरिहर शर्मालगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रममा नर्भिक अस्पतालका कार्यकारी निर्देशक एवम् लुनकरणदासकी नातिनी मेघा चौधरी, चौधरी ग्रुपका द्वितीय उपाध्यक्ष पारश शाक्य, रंगकर्मी हरिहर शर्मालगायतले पनि धारणा राखेका थिए ।

लुनकरणदास चौधरी ग्रुपका संस्थापक हुन् । उनको कपडाको व्यवसाय विस्तार हुँदै अहिले चौधरी ग्रुप नेपालकै एक मात्र बहुराष्ट्रिय कम्पनी समेत बन्न सफल भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विवादमा अखेटोपहारः जलाउनु ठीक कि जोगाउनु ?

७ चैत, काठमाडौं । देशभरबाट चितवनमा जम्मा पारिएका वन्यजन्तुका बहुमूल्य हाडछाला (अखेटोपहार) नष्ट गर्ने तयारी गरिएको छ । तर, यसलाई संरक्षण गरेर प्रदर्शनका लागि राख्नुपर्ने आवाज पनि उठिरहेको छ ।

वन्यजन्तुका छाला, हाड, सिङ र विभिन्न अंगहरुलाई अखेटोपहार भनिन्छ । चितवनमा जम्मा भएका यस्ता अखेटोपहारलाई जलाएर नष्ट गर्ने योजना बनेको छ । ०५४ सालमा यस्तै गरी जम्मा भएका अखेटोपहार नष्ट गर्दा विवाद आएको थियो ।

वीस वर्षयता चितवनमा गैंडाका ३६९ वटा खाग जम्मा भएका छन् । त्यस्तै पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १८५ वटा दाह्रा, चितुवाका ४९३ वटा छाला, कस्तुरी मृगको ३६ थान बिना र ३ सय ५२ किलोग्राम सालकको खपडा संकलन भएको छ ।

akhetopahar (15)वन मन्त्रालयले बनाएको अहिलेको योजनालाई विवादरहित बनाउन भन्दै संसदको प्राकृतिक स्रोत साधन समितिले चितवन पुगेर अखेटोपहारको अनुगमन गरेको छ ।

अनुगमनपछि संसदीय समितिले अवस्था मूल्यांकन गरेर अखेटोपहार नष्ट गर्न ‘क्लीन चीट’ दिनेछ । त्यसलगत्तै वन मन्त्रालयले त्यसलाई जलाएर नष्ट गर्नेबारेको प्रतिवेदन मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सबै अखेटोपहार जलाइनेछ ।

नजलाए के हुन्छ ?

अखेटोपहार संरक्षण गरेर राख्दा वन्यजन्तु चोरी सिकारी नियन्त्रणमा समस्या हुने भन्दै वन मन्त्रालयले यसलाई नष्ट गर्न लागेको हो । यसलाई जोगाएर राख्दा चोरी सिकारी गर्नेलाई ‘यो बहुमूल्य हो’ भन्ने भ्रम पर्ने भएकाले नष्ट गर्न लागिएको वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर बताउँछन् ।

लामो समयदेखि त्यसलाई चितवनमा संकलन गरेर राख्दा त्यसको खासै अर्थ पनि नभएको र त्यो संरक्षणमा चुनौति आएको भन्दै नष्ट गर्ने तयारी गरिएको हो ।

तर, अखेटोपहार राष्ट्रको अमूल्य सम्पत्ति भएको भन्दै यसलाई राज्यले उचित तवरले संरक्षण गर्न सकिने आवाज समाजिक सञ्जालहरुमा बलियो रुपमा उठिरहेको छ ।

अबैध बजारमा यस्ता अखेटोपहारलाई बहुमूल्य मानिन्छ । तर, साइटिस सन्धीमा हस्ताक्षर गरेको नेपालले यसलाई बिक्री गर्न भने पाउँदैन ।

akhetopahar (1)त्यसैकारण यसलाई संरक्षण गरेर प्रदर्शनमा राख्न सकिन्छ । यस्तै अनुसन्धान सामाग्रीका रुपमा अखेटोपहारलाई प्रयोग गर्नबाहेक अन्य प्रयोजनमा यसको उपयोग गर्न पाइँदैन । ०५४ सालपछि यति ठूलो मात्रामा जम्मा भएका यी अखेटोपहारलाई जलाउनुभन्दा संरक्षण गरेर राख्नु उचित हुने मत धेरैको छ ।

अखेटोपहरको छुट्टै संग्राहलय बनाएर पर्यटक आकषिर्त गर्नुपर्ने पक्षमा सर्वसाधारणहरु देखिएका छन् । तर, यसैका कारण गलत मनोविज्ञान बसेर चोरी शिकारी झन बढ्ने डर सरकारलाई छ ।

हेर्नुस् अखेटोपहरका थप फोटोहरूः

akhetopahar (9) akhetopahar (8) akhetopahar (7) akhetopahar (6) akhetopahar (5) akhetopahar (4) akhetopahar (3) akhetopahar (2) akhetopahar (10) akhetopahar (11) akhetopahar (12) akhetopahar (14)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं