Sunday, March 20, 2016

‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

८ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेको आजको अन्नपूर्णमा समाचार छ ।

आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपतिसँग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउथे । साँच्चै गोर्खाहरु बहादुर र सहासी छन् ।’ ह्यारीले आफू गोर्खा सैनिकका परिवार तथा आफन्तसँग भेट्न आतुर भएको पनि बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली औपचारीक भ्रमणका क्रममा आइतबार चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि कोकियाङको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।

चिनियाँ सयम अनुसार ६ः २० मा बेइजिङ अवतरण गरेका प्रधानमन्त्री ओलीलाई चीनका विदेश मन्त्रालयका उपमन्त्री लिउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा. महेशकुमार मास्के लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार, सांसद, व्यपारिक समुदाय लगायत रहका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा उनी सरिक हुने छन् । साथै चिनियाँ प्रधानमन्त्री लीसँगको वार्तामा पारस्परिह हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले ‘चइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’ का अध्यक्ष यु झेङसेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले रेनमिन विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भागेर अमेरिका पसेका युवक विश्वकै सर्बोत्कृष्ट अस्पतालका प्रख्यात डाक्टर (फोटो फिचर)

– विजय थापा
दृढ संकल्प र इच्छा शक्ति मानवभित्र निहित छ भने कसैले रोक्न सक्दैन भन्ने प्रमाण अबैध रुपमा अमेरिका छिरेका मेक्सिकोका एक युवाले बिश्वलाई चकित गरिदिएका छन् ।

जहा इच्छा त्यहाँ उपाय भने झैँ मेक्सिको मेक्सिकाली नगरपालिका १९ बर्षीय युवा क्विनोंस हिनोजोसाले सबैलाई सोच्न बाध्य पनि बनाई दिएका छन् ।

१९८७ मा १९ बर्षको उमेरमा अमेरिका र मेक्सिको सिमामा रहेको डरलाग्दो काँडे तारबाट हामफाली अमेरिका छिरे । उनको पहिलो प्रयासमा सफल भएनन् र प्रहरीको फन्दामा परे । उनलाई आफ्नो देश फर्काइयो ।

alfredo-3

अमेरिका जानु नै छ भन्ने मनभित्र लागेपछि दोस्रो पटक गैरकानुनी रुपमा तगारो नाघ्ने प्रयास गरे । दोस्रो पटकमा उनी सफल पनि भए । जुन समयमा अमेरिका अबैध रुपमा छिरेका थिए, त्यस समयमा नत उनी अंग्रेजी बोल्न पनि जान्दथ्ये नत उनीसंग फुट्टी कौडी थियो ।

जटिल अवस्थाबाट गुज्रिएर अमेरिका जस्तो मुलुकमा ठूलो संघर्ष गर्दै उनीभित्र रहेको उर्जा शक्ति तथा अद्वितीय अभिलाषाको कारण कदम अगाडी बढ्दै गए । उनी हाल अमेरिकाको बाल्टिमोरस्थित बिश्व कै सर्बोकृष्ट अस्पताल जन हप्किन्सका स्नायु बैज्ञानिक तथा प्रख्यात स्नायु शल्य चिकित्सक हुन सफल भएका छन् । मानब जातिको लागि प्रेरणाको स्रोत बनेका छन् चिकित्सक क्विनोंस । चिकित्सक क्विनोंस अत्यन्तै मृदुभाषी, मिलनसारको साथै अविष्कारशीलता पनि छन् ।

alfredo-2

जीवनमा उनले दुःख झेलेको हुनाले आफ्ना बिरामीहरुलाई आफै अभिनन्दन गर्दै आफै हात मिलापको लागि हात बढाउँछन र उनको ब्यबहार अद्वितीय छ । उनले जीवनमा धेरै दुःख पाएको र ५ बर्षको उमेरमा आफ्नो परिवारको लागि आर्थिक सहयोग गर्ने हेतुले मुद्रा कमाउन उनी बस्ने नगरपालिकाका ईन्धन चौकी (ग्यास स्टेसन) हरुमा खाने कुरा बेचेको उनले अन्तर्वार्तामा भनेका छन् ।

यद्यपी उनी गरिब थिए तर, पाठशालामा अन्य बिद्यार्थीको तुलनामा अत्यधिक राम्रो गरेकोले १८ बर्षको उमेरमा शिक्षकको अनुमति पत्र हासिल गरेका थिए । जीवनमा कसरि अगाडी बढ्ने भन्ने चिन्ताले उनलाई सतायो । कुनै हालतमा जीवन बनाउनु छ भन्दै उनले अमेरिका गैरकानुनी रुपमा छिर्ने निधो गरे । जुन जोखिम थियो तर उनका ठूला सपना थिए ।

काडे तगारो नागेर अमेरिका छिरेका डा क्विनोंसले क्यालिफोर्नियामा कपास, टमाटर, मकै, ब्रोकाउली टिप्ने तथा रंग रोक्न गर्ने काम गर्न बाध्य भए । यस्तो समय पनि आयो उनी झन्डै मृत्युको मुखमा परेका थिए । २१ बर्षको उमेरमा रेल सडकमा दुर्घटना भयो । उनी १८ फिट मुनि रिक्त पेट्रोल बोक्ने ट्यांकीमा खसे पनि बाच्न सफल भए । अस्पतालको सघन कक्षमा भर्ना भएपनि पुनर्जीवन पाए ।

alfredo-4

जन हप्किन्समा

१९९२ मा रेल सडकको काम त्याग्दै क्यालिफोर्निया बर्केली बिश्व बिद्यालयमा मनोविज्ञानमा भर्ना भए । अंग्रेजीमा कमजोर भएको कारण संघर्ष निकै गर्दै त्यही समयमा उनले क्याल्कुलस (गणित), भौतिक बिज्ञान तथा रसायन शास्त्रको पाठ्यक्रम लिए । पढाई सम्बन्धि निर्णय गर्न हम्मे हम्मे पर्यो उनलाई ।

उनी कानुन तथा चिकित्सा कुन क्षेत्रमा अध्ययन गर्ने दोधारमा परेको अवस्थामा उनकी मेक्सिकोमा रहेकी हजुर आमाको सुझाब अनुसार चिकित्सा क्षेत्रमा लागे । उनी निकै मेधावी छात्र र सरस्वतीका वरद पुत्र भएकाले सजिलो संग उत्तीर्ण भए । सिमा नाघेर गैरकानुनी रुपमा अमेरिका पसेका एक युवा बिश्व प्रसिद्ध अस्पताल जन हप्किन्सका ख्याती प्राप्त स्नायु शल्य चिकित्सक भए ।

स्याउ टिप्ने काम छोडेर रेल मार्गमा फलाम जोड्ने काम गर्दाको अवस्था

स्याउ टिप्ने काम छोडेर रेल मार्गमा फलाम जोड्ने काम गर्दाको अवस्था

अदम्य साहस तथा परिश्रमी मेक्सिकोका युवा २००५ देखि अमेरिकाको बाल्टिमोरको जन हप्किन्समा मस्तिष्क अबुर्द रोग (ब्रेन क्यान्सर )तथा अबुर्द ग्रन्थि सम्बन्धि विशेषज्ञता गरिरहेका छन् । उनी अहिले सहायक प्राध्यापक न्युरो सर्जरी, एसोसिएट प्रोफेसर अफ अनकोलोजी, डिरेक्टर अफ ब्रेनट्युमर सर्जरी प्रोग्राम जन हप्किन्स भ्यु मेडिकल सेन्टर तथा जन हप्किन्सका पिटुटरी सर्जरी मेक्सिकोमा शिक्षक बन्ने चाहना राख्ने युवा अमेरिका मात्र नभई बिश्व कै चर्चित शल्य चिकित्सक भएका छन ।

जन हप्किन्समा व्यस्त

जन हप्किन्समा व्यस्त

उनले अन्तर्वार्तामा भनेका छन– म वास्तबमा नै खानाको लागि भोको थिए । मेरो पेट भोको थियो । उनका एक नातेदारले उनीलाई टमाटर, कपास, मकै, ब्रोकाउली टिप्ने काम गर्दा जीवन भर यस्तै काम गर्नु पर्ने छन् भने पछि उनीभित्र खुल्दुली मच्चियो ।

मेक्सिको बाट गैर कानुनि रुपमा छिरे पछि उनि यस्तो सानो चलायमान घरमा बस्थे

मेक्सिको बाट गैर कानुनि रुपमा छिरे पछि उनि यस्तो सानो चलायमान घरमा बस्थे

त्यहाँ देखि एक दृढ संकल्प गरि त्यो दुनियाँबाट उम्किनुपर्छ भन्ने सकारात्मक सोचले उनलाई यो अवस्थामा पुर्याएको अन्तर्वार्तामा भनेका छन् । विश्वभरका मानिस अमेरिका आउन किन मरी हत्ते गर्छन त आखिर मा ? किनभने अमेरिका सपनाको संसार हो । हामी सबैको अन्तिम चाहना र ईच्छा नै अमेरिका हो ।

अमेरिका अवसरको भुमि हो । डा अल्फ्रेडो सबैको लागि उत्प्रेरक बनेका छन् । उनीबाट युवाले ठूलो पाठ सिक्नुपर्ने हुन्छ । बुद्धिमान तथा प्रतिभा भएका कसैले पनि अमेरिकामा ठूलो फड्को हान्न सक्छ । डा अल्फ्रेडो हामी सबैका उत्प्रेरक हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिश्व क़ुइन्स चलचित्र महोत्सव पुरस्कार समारोहमा आचार्य उत्कृष्ठ चलचित्रकार घोषित

अमेरिकाको न्युयोर्कमा सम्पन्न छैठौ बिश्व क़ुइन्स चलचित्र महोत्सव पुरस्कार समारोहमा नेपालका रबिन आचार्यले उत्कृष्ठ चलचित्रकारको पुरस्कार हात परेका छन् l न्युयोर्कको क़ुइन्समा गत मार्च १५ देखि २० सम्म भएको चलचित्र महोत्सव पुरस्कार समारोहमा उनको चलचित्र “डाइंग क्यानडल ” ले उक्त पुरस्कार प्राप्त गरेको छ l

र लघु चलचित्र “डाइंग क्यानडल” रबिन आचार्य तथा भारतीय चलचित्रकार दिपाङ्कर सिक्दरले छायांकन गरेका थिए l यसै गरि उक्त समारोहमा बिमिना रंजितले निर्माण गरेको वृतचित्र ” रिभाईभिंग नेपाल भाषा ” पनि पुरस्कृत भएको छ l

5

मार्च १५ देखि २० सम्म भएको नेपाली चलचित्रहरु समारोहमा प्रदर्शन भएको थियो l जस्मा अरुण देव जोशीको निर्माण गरेको लघु चलचित्र कमारो ,रिभाईभिंग नेपाल भाषा वृतचित्र साम शाक्यले निर्देशक गरेका हुन् भने “डाइंग क्यानडल” को निर्देशन नरेश कुमार केसीले गरेका हुन l

76321

तस्बिर सौजन्य :/समाचार योगदान: अनुज थापा ,न्युयोर्क


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Popular on Twitter, Pope Francis now has Instagram account

VATICAN CITY , March 20:Pope Francis is expanding his presence on social media with an Instagram account.

The pontiff, who has more than 26 million followers on Twitter, made his debut Saturday on Instagram, a photo-sharing site.

On the eve of the launch, a Vatican communications official, Monsignor Dario Vigano, told Vatican Radio that the pope believes images can reveal many things. Vigano also said that the Instagram account will allow people to share the pope’s “gestures of tenderness and mercy.”

The pope’s account will use the name @Franciscus, his name in Latin.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

केरा संसारबाटै लोप हुने खतरा !

७ चैत, काठमाडौं । सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’ जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो ।

‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औल्याएको आजको नागरिक दैनिकमा समाचार छ ।

ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ । अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ ।

ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोरले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ ।

अध्ययन अनुसार दक्षिणपूर्वी एसियाली देशका नब्बेको दशकबाट क्याभेन्डिसमा यो संक्रमण दिखिएकोमा अहिले अफि्रका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएकोले वैज्ञानिकहरुले केरा लोप हुने खतरा औल्याएका हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आउनुहोस्, बाबुरामको भण्डाफोर गरौँ !

विशेषतः माओवादी कमरेडहरु । साथै, गणतन्त्र र संघीयताका पक्षधर तथा विरोधी पार्टीका अभियन्ता मित्रहरु !

मलाई माफ गरिदिनुहोला ! किनकी, यहाँहरुले चलाउँदै आएको ‘बाबुरामको भण्डाफोर गरौँ !’ भन्ने महाअभियानमा सहभागी हुन सकिन । फगत फेसबुकमा बाबुरामकाविरुद्ध दुई-चारवटा स्ट्याटस मात्र लेखेर बसेँ । पार्टीले भन्दै आएको ‘बुर्जुवा शिक्षा’लाई प्राथमिकता दिन पुगेकोमा पार्टीको संस्कारविपरीत आत्मालोचित पनि छु ।

मलाई थाहा छ, ‘बुर्जुवा शिक्षा’लाई महत्व दिएर यस्तो महाअभियानमा सहभागिता नजनाउनुलाई पक्कै पनि पार्टीले क्रान्तिको हितविपरीतको कदममात्र होइन, नेतृत्वप्रतिको अविश्वास र अभियानप्रतिको अवमूल्यनको रुपमा पनि लिएको छ । तर, ‘महान् तथा गौरवशाली’ पार्टीले चलाएको यो ऐतिहासिक कदमप्रति मेरो फरक मत भने होइन । किनकी, यी ‘अवसरवादी’ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको जति नै भण्डाफोर गरेपनि कमै हुन्छ भन्नेमा म श्रद्धेय कमरेडहरुजत्तिकै सहमत छु ।

यिनैको भरमा त्यत्रो ठूलो पंक्ति जनयुद्धमा सहभागी बनेको थियो । गाउँको एउटा गोठालोको छोरो, पढाईमा पनि अद्वितीय हुँदै पिएचडी गरेको एउटा विलक्षण प्रतिभावान् इन्जिनियरले देश बनाउँछु भनेपछि विश्वास पनि गरेकै हुन् सबैले । ‘राजा फाल्नुपर्छ, बल्ल देश बन्छ’ भनेपछि ठिकै होला ! भनेर बुझेर-नबुझेरै पनि सहयोग गरे । सशस्त्र युद्ध गर्न र यसबाट उत्पन्न परिणाम भोग्नका निम्ति पनि तयार बने ।

१७ हजारले बलिदानी दिए, हजारौँ बेपत्ता बने, हजारौँ अङ्गभङ्ग भए, हजारौँले जेलनेल खाए र लाखौँले प्रत्यक्ष–अप्रत्यक्षरुपमा साथ दिए । संविधानसभाको माग गर्दै निर्वाचनमा भाग लिएपछि जनताले प्रत्यक्षमा बहुमत र समानुपातिकमा सबैभन्दा ठूलो दलसमेत बनाइदिए उनैको पार्टी माओवादीलाई । भलै, उनी पार्टीको प्रमुख नेता थिएनन् । यद्यपी, आमबुझाई भने ‘बाबुरामको माओवादी’ भन्ने नै थियो ।

तर, पार्टीको मूल नेतृत्व सरकारमा नजाने भन्ने आफ्नै पार्टीको प्रतिबद्धतालाई कुल्चेर संविधानसभाको निर्वाचनमा पार्टी सबैभन्दा ठूलो बनेपछि अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदै अर्थमन्त्री बन्ने यी बाबुरामको भण्डाफोर किन नगर्ने ?

इतिहासकै सबैभन्दा सफल अर्थमन्त्री भन्दै प्रशंसा गरेको पट्यार नै लाग्नेगरी सुन्नुपर्छ । तर, मलाई भने त्यस्तो लाग्दैन । देशकालागि अत्याधिक राजस्व उठाईदिनु र समृद्धिको योजना ल्याउनु ठूलो कुरै होइन । बरु, पार्टीकालागि के गरे र यिनले ? राजनीति गर्नेले त पार्टीका लागि कुन नेताले के गर्‍यो ? भनेर हो सोच्ने । हाम्रो राजनीतिक संस्कारमा ‘देश र जनताको लागि’ त भन्नेमात्र न हो ।

यिनी अर्थमन्त्री नै हुँदा पनि कार्यकर्ताले चन्दा नउठाई सुखै पाएनन् । पार्टी चलाउने खर्च जुटाईदिएनन् यिनले । पार्टीको माया हुन्थ्यो भने त अर्थमन्त्री हुँदा केही वर्षका लागि पार्टी चलाउने खर्च पनि त जम्मा गर्न सक्नुपर्ने नि ! अरु पार्टीका अर्थमन्त्रीले त भूकम्प पीडितलाई राहतकालागि आएको जस्तापातासमेत बेचेर पार्टी चलाउने खर्च जुटाए । विचरा…! त्यसैले, मलाई त पहिले नै लाग्ने गर्थ्यो कि यो मान्छेलाई पार्टीको खासै माया छैन । अर्थमन्त्री बन्नु तर, पार्टीलाई आर्थिक सहयोग नगर्नुको कारण खोजिनुपर्छ र यसको भण्डाफोर हुनैपर्छ ।

अर्थमन्त्री मात्र होइन, यी देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री समेत बने । त्यतिबेला त झनै यिनको कम्युनिष्ट चिन्तन ‘स्खलित’ भएर सतहमै छताछुल्ल भयो । त्यति ठूलो त्याग र बलिदानीपूर्ण संघर्षबाट बनेको ‘जनमुक्ति सेना’लाई पुरानो सेनामा समायोजन गरिदिए । त्यतिबेला पनि धेरै कमरेडहरुले कालोझण्डा त देखाए तर, रोक्न भने सकेनन् । शान्ति प्रक्रिया टुंग्याउने यिनको यो कदमको कम्युनिष्ट क्रान्तिकारीले जोडदाररुपमा भण्डाफोर गरिरहनुपर्छ ।

झन्झन् यिनको ‘गैरकम्युनिष्ट’ मानसिकता उजागर हुँदै थियो । त्यसको सार गोरखाको पालुङटारमा सम्पन्न राष्ट्रिय भेलामा नांगो रुपमा देखा पर्यो। सर्वहारावर्गले विद्रोहद्वारा राज्यसत्ता आफ्नो हातमा लिनसक्ने प्रवल सम्भावना हुँदा-हुँदै पनि यिनले ‘शान्ति र संविधान’को छुट्टै डकुमेण्ट पेश गरे । यिनकै कारण पार्टीले केन्द्रीय सत्ता कब्जा गर्न पाएन । बहादुर योद्धाहरुलाई यस्तो ‘कायर नेता’को भण्डाफोर नगरी बस्ने छुट छैन ।

नयाँ चुनावमा जानुपर्ने बेला प्रधानमन्त्री भएँ भन्दैमा मापदण्डविपरीतका घर भत्काउँदै हिँड्ने पनि यिनै हुन् । प्रधानमन्त्री हुँदा त उखानटुक्का सुनाउँदै जनता हँसाउने काम पो गर्नुपर्छ ! तर, यिनले सुधारका काम गर्ने भन्दै जनतालाई कालो झण्डा देखाउन र विरोध गर्दै सडकमा सुत्न बाध्य पार्ने काम गरे ।

चुनावमा जानुपूर्व त जुनसुकै तरिका अपनाएर भएपनि पैसा जम्मा गर्ने, कार्यक्रमको उद्घाटनमात्र गर्दै हिँड्ने, जनतालाई सपना बाँड्ने…, काम पो हो गर्ने ! तर, यिनी त सुधारका काम गर्नतर्फ लागे । एमाले, कांग्रेसलाई खुसी बनाएर एकपटक बजेटसमेत ल्याउन सकेनन् ।

यिनैले पेलेर जाने नीति लिएकोले मणी थापा, मातृका यादवहरुले पार्टी नै छोड्नुपर्यो । मोहन वैद्यहरु पनि यिनैका कारण पार्टी फुटाएरै जान बाध्य भए । वैद्यको पार्टीलाई कांग्रेस, एमालेलगायतका पार्टीमा भोट हाल्न बाध्य पार्ने यी बाबुरामलाई इतिहासले पक्कै पनि धिक्कार्नेछ ।

आफ्नो पार्टी तेस्रो स्थानमा पुग्दापनि संविधान बनाउन अहोरात्र खट्ने, थारु–मधेशी–जनजाति–दलितलगायतका उत्पीडित जाति, क्षेत्र र लिङ्गलाई अधिकार दिनुपर्छ भनेर अड्डी कसिरहने पनि यिनै हुन् । ‘पहाडीया’ ब्राह्मण जातको पुरुषलाई किन चाहियो अधिकार ? चाहिएकाहरु चुप रहँदारहँदै पनि यिनले साम्प्रदायिक सद्भाव ‘बिथोल्न’ खोजेका छन् । अधिकार त जसलाई चाहिन्छ, उसैले पो हो माग्ने ! तसर्थ, यस्ता ‘ढोँगी बाबुराम’को भण्डाफोर अत्यन्तै आवश्यक छ ।

यी माओवादी पार्टीप्रति असन्तुष्ट रहेको कुरा त श्रृंखलामै देखिन्छ । पार्टी परित्याग गर्नुभन्दा दुई वर्ष अघिदेखि नै ‘नयाँ शक्ति’को बहस चलाउँदै आएका थिए यिनले । पार्टी अनुशासन विपरीत विचारको बहस चलाउनु ‘अराजकताको पराकाष्ट’ नै थियो । कम्युनिष्ट पार्टी पनि नयाँ विचारले चल्छ त ? यसले त पुरानोलाई हुबहु लागुमात्र गर्नुपर्छ । विचारको पनि विकास हुन्छ ? यसको त प्रयोगमात्र हुन्छ ।

नयाँ विचार भन्दै यिनले कम्युनिष्ट विचार नै छाडे । केही समय सशस्त्र संघर्ष गरिरहेको भए युद्धबाटै सत्ता कब्जा गर्ने सम्भावना थियो । थप हजारौँ योद्धाहरु मर्न–मार्न र जस्तोसुकै संघर्ष गर्न तयार थिए । योभन्दा दोव्बर संख्यामा शहिद, बेपत्ता भएको भए पार्टी झनै ठूलो हुन्थ्यो । तर, यिनले तत्कालिन समयमा बलिदानीपूर्ण संघर्षबाट आजित भएर क्रान्तिकारी पार्टीलाई ‘सामन्ती’ (कांग्रेस) र ‘लिङ्ग नछुट्टिएको’ पार्टी (एमाले)सँग मिलेर आन्दोलन गर्ने र राजा फाल्ने ‘दक्षिणपन्थी कदम’ चाल्न बाध्य पारे ।

हुन त, त्यतिबेलै सिध्याउन खोजिएको हो यिनलाई ! तर, पार्टी नेतृत्वले छ महिनासम्म बन्दुकको नाल कञ्चटमा तेर्स्याएरै जोगायो । त्यसरी जोगाउँदै प्रधानमन्त्रीसम्म बनाउने पार्टीलाई नै छोडेर हिँडे यिनी । यस्ता ‘धोकेवाज’को भण्डाफोर अपरिहार्य नै बनिरहेको छ ।

जनयुद्धमा लागेर बलिदान गर्ने ति महान् शहिदहरुले शान्ति र विकास हो र चाहेको ? ति महान् योद्धाहरुले त क्रान्ति चाहेका थिए, ‘सत्ता’ चाहेका थिए । देश बनाउन होइन, पार्टी बनाउन हिँडेका थिए । सबै समान हुनुपर्छ भनेर हैन, झुपडीमा बस्न मन नलागेर ‘महल बनाउन’ हिँडेका थिए । सबैले खान, लाउन, बस्न पाउनुपर्छ भनेर हो र…! दुई दिनको जिन्दगीमा ‘मोजमस्ती’ गर्न पाउनुपर्छ भनेर राजनीतिमा लागेका थिए । तर, ति महान् शहिद, बेपत्ताहरुको सपनामा ‘कुठाराघात’ गर्दै यिनी देश बनाउँछु भन्दै देश दौडाहमा लागिरहेका छन् यतिबेला ।

नयाँ शक्ति बनाउने रे ! प्रधानमन्त्री भइसकेको मान्छेलाई किन चाहियो नयाँ शक्ति ? यिनलाई किन नेता बनिरहनुपर्यो ? नयाँलाई अवसर दिनु पर्दैन ? यो देश यिनैको मात्र हो र ? यो देश त सबैको साझा हो । यहाँको अवसर पनि सबैले लिन पाउनुपर्छ ।

संविधान बनेलगत्तै पार्टी छोडेर ‘नयाँ नेपाल’ बनाउँछु भन्दै हिँडेका छन् यि बाबुराम ! यस्तो सुन्दर देशको स्वरुप बिगारेर किन बनाउनुपर्यो नयाँ ? देशलाई समृद्ध बनाउँछु पनि भन्दै हिँडेका छन् । दक्षिण एसियाको सबैभन्दा गरीब भएकै कारण त हामीलाई विदेशीले सहयोग गर्दै आएका छन् । यिनले देशलाई समृद्ध बनाए भने कुन देशले दिन्छ नेपाललाई सहयोग ? तसर्थ, भण्डाफोरले मात्र पुग्दैन, यिनलाई ‘देशद्रोही’कै मुद्दा लगाउनुपर्छ ।

स्वाधीन, समृद्ध र समावेशी मुलुक बनाउने रे ! सबै नारा यिनैले लिइदिए । कुनै–कुनै एजेण्डा त अरु पार्टीलाई पनि त छोडिदिनुपर्छ नि ! कस्तो ‘एकमनावादी’ चिन्तन हो यिनको ? सबै अटाउने पार्टी बनाउने भनेर यिनले कम्युनिष्ट पार्टीको ‘खिल्ली उडाउँदै’ छन् । पारदर्शी, स्वयंसेवी, नैतिकवान्, स्वविवेकी र सक्षम व्यक्तिहरु मात्र नयाँ पार्टीमा अटाउन सक्छन् भन्ने यिनको कुराले त नेपालका कम्युनिष्ट पार्टीलाई नराम्ररी ‘प्रहार’ भएको छ । त्यसैले, कहिल्यै उठ्न नसक्नेगरी पत्याक्रमण गर्नुपर्छ हामीले पनि ।

यिनले विस्तार गरेको नयाँ शक्ति निर्माण अभियानको अन्तरिम परिषद्का व्यक्ति हेरौँ न ! नौ जना त विद्यावारिधी (पिएचडी) गरेका व्यक्ति छन्, चार जना पूर्वसचिव छन् । सबै क्षेत्रका सफल व्यक्तित्व छन् ।

ति पिएचडी गरिसकेका र आफ्नो क्षेत्रमा सफल भइसकेका व्यक्तिलाई किन राजनीतिमा ल्याउनुपरेको ? राजनीति त असफल व्यक्तिहरुले पो गर्ने हो । कतै केही गर्न नसकेपछि अन्तिम विकल्पका रुपमा प्रयोग गर्न र जीवनयापन गर्न सहयोग पुग्ने यो राजनीतिक क्षेत्रमा पनि यिनले धेरैको बाटो अवरोध गरिदिए । तसर्थ, यिनको विरुद्ध पाटीको खर्चमा मात्र होइन, राज्यकै खर्चमा सरकारबाटै भण्डाफोर अभियान चलाउनुपर्छ ।

‘नयाँ विचार, नयाँ सोच, नयाँ कार्यशैली, नयाँ संगठन र नयाँ नेतृत्वसहितको नयाँ नेपाल’ भन्दै हिँडेका यिनले हाम्रो सबै पहिचान नै मेटाईदिने भए ! यिनको पुराना पार्टीले मात्र विरोध गरेर पुगेन । पुराना शक्तिको कार्यक्रमलाई जनताले पनि पत्याएनन् । तसर्थ, बाबुराम र नयाँ शक्ति नेपालको भण्डाफोर अभियानमा सबै लागौँ !


यो समग्री नेपाल१२३.com मा पुरै पढौं