Wednesday, March 23, 2016

नयाँ शक्ति पछि कांग्रेसको वेवसाइट पनि ह्याक

काठमाडौं:  नेपाली कांग्रेसको वेवसाइट ह्याक भएको छ। मंगलबार राती ११ वजेदेखि कांग्रेसको वेवसाइटमा ह्याक भएको सूचना  देखिएको छ। मंगलबार दिउँसो नयाँ शक्ति नेपालको वेवसाइट ह्याक गर्नेहरुले नै कांग्रेसको वेवसाइट पनि ह्याक गरेका हुन्। ह्याक गर्नेले आफु फोर ब्रदर्श भएको बताएको छ।

नेपाली कांग्रेस पार्टी कार्यालयका सचिव सूर्य भट्टराईले वेवसाइट ह्याक भएको जानकारी आएको बताए। ‘हामी भ्याली बाहिर छौं वेवसाइट ह्याक भएको जानकारी आजमात्र पायौं आजै प्राविधिकहरुसँग कुराकानी गर्नेछौं’ उनले भने।

कांग्रेसले पछिल्लो समय पार्टीका धेरै सूचनाहरु वेवसाइट मार्फत प्रकाशित गर्ने गरेको थियो। १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्यहरुको नामावली लगायत धेरै सूचनाहरु वेवसाइटमा नै उपलब्ध थियो। मंगलबार नयाँ शक्तिको वेवसाइट ह्याक गर्नेले पनि यही नाम राखेको थियो। नयाँ शक्तिको वेवासाइट अहिले ह्याकरको नियन्त्रणमा रहेको छैन वेवसाइट निर्माण हुँदै गरेको भन्ने सूचना राखिएको छ।

समाचार सौजन्यः पहिलो पोष्ट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

​नेपाली निजी क्षेत्रले चिनियाँ व्यवसायीलाई भने – नेपालमा संयुक्त लगानी गरौं

बेइजिङ : निजी क्षेत्रका तीन नेपाली संस्थाका अध्यक्षहरुले चिनियाँ व्यवसायीलाई लगानी लिएर नेपाल आग्रह गरेका छन्।

वेइजिङमा चाइना काउन्सिल फर द काउन्सिल अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) मा व्यवसायीहरुलाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानी गर्न आह्वान गरेका हुन्।

‘चीनले लिएको वान वेल्ट वान रोड नीतिलाई हामीले उच्च स्वागत गरेका छौं र अब त्यसको हिस्सेदारी लिन हामी उद्यत पनि छौं’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकाले भने। नेपालमा संविधान निर्माणपछि लगानीको वातावरणमा सुधार आएको उल्लेख गर्दै पर्यटन जलविद्युत लगायतका क्षेत्रमा चिनियाँ लगानीलाई उनले आमन्त्रण गरे।

परिसंघ अध्यक्ष शर्माले संयुक्त लगानीमा आएका उद्योगले नेपालमा उच्च सफलता हासिल गरेको उदाहरण दिँदै सोही अवधारणामा आधारित व्यवसायका लागि चिनियाँ पक्षलाई आग्रह गरे। ‘२० बर्षअघि एक मिलियन अमेरिकी डलरमा खुलेका संयुक्त लगानीका उद्योगको बजार पुँजीकरण मात्र अहिले एक बिलियन अमेरिकी डलर पुगेको छ त्यसैले संयुक्त लगानीको व्यवसायका लागि नेपाल सदैव उन्नत मुलुक हो’ उनले भने।

संविधान निर्माणपछि वातावरण अझ सुदृढ भएको भन्दै उनले नेपालको लगानी भोलीको लागि सुन्दर भविष्‍य रहेको बताए।

नेपाल चेम्बर अफ कमर्स एवं नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले चीनसँगको आफुहरुको सदियौं पुरानो सम्बन्ध अब नयाँ चरणमा प्रवेश गरेको बताए। दुई देशीय व्यापारिक सम्बन्धमा पनि अब सुनौला घाम उदाउने संभावना देखिएको उनको भनाइ छ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए। उनले नेपाल अब नयाँ चरणमा प्रवेश गरेको र लगानीकर्ताको सहजताका लागि प्रशासनिक व्यवधानहरु पनि धेरै हद सम्म कम गरिएको बताए। संविधान निर्माणपछि मुलुकको प्राथमिकतामा आर्थिक विकास परेको र त्यसका लागि नेपाल सरकार हदैसम्म प्रतिबद्ध रहेको उनको भनाइ छ।

नेपालमा चिनियाँ पर्यटकको आगमन वृद्धि एवं पर्यटन क्षेत्रमा चिनियाँ लगानीका लागि उनले आग्रह गरे। वर्षमा करिव पाँच लाख नेपाली युवा श्रम बजारमा आउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै उद्योग विस्तारका लागि पनि श्रम शक्तिको खाँचो नहुने बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालीमा लगानी सम्भावना बारे पावर पोइन्ट प्रेजेन्टेसन दिएका थिए। उनले नेपालमा आर्थिक प्रशासनिक र राजनीतिक सबै हिसावले अब गरिने लगानीबाट राम्रो प्रतिफल आउने चिनियाँ व्यवसायीहरुलाई बताए।

प्रधानमन्त्रीकै उपस्थितीमा सिसिपिआइटी र नेपाल चाइना चेम्बर अफ कमर्सबीच सहयोग आदान प्रदानबारे सम्झौता भएको छ। सम्झौतामा सिसिपिआइटीका उपाध्यक्ष यिन जोङहुवा र चेम्बर अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै यिनले आगामी दिनमा लगानीका लागि नेपाल आफुहरुको रोजाइ मुलुक रहने बताए।

समाचार सौजन्यः पहिलो पोष्ट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बेलायती राजकुमार हृयारीलाई सेनापतिले दिए खुकुरी उपहार

९ चैत, काठमाडौं । विभिन्न जिल्लाको भ्रमण गरेर बेलायती राजकुमार हृयारी काठमाडौं आइपुगेका छन् । बर्दिया, लमजुङ  हुँदै पोखरा पुगेका राजकुमार हृयारी नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार काठमाडौं आएका हुन् ।

बेलायती राजकुमार हृयारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्वागत गरेका छन् । हृयारीलाई प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको तर्फबाट सम्झना स्वरुप खुकुरी उपहार दिएका छन् ।

बेलायती राजकुमार हृयारी ले नेपाली सेनाको प्रशंसा गदैं आफ्नो भ्रमणको दौरानमा नेपाली सेनाले पुर्‍याएको सहयोगको लागि धन्यवाद दिए ।

नेपाल-बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा हृयारी पाँच दिने नेपाल भ्रमणमा छन् ।

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाली पञ्चकन्यालाई बेलायती मिडियाले ‘भर्जिन’ भनेपछि….

९ चैत, काठमाडौं । पाटन दरवार स्क्वायर भ्रमणका क्रममा बेलायती राजकुमार हृयारीलाई स्वागत गरेको तस्वीर राख्दै द टेलिग्राफले लेख्यो-प्रिन्स हृयारीलाई नेपालमा पाँच भर्जिनहरुले भाग्य र पवित्रताको समारोहका बीच स्वागत गरे ।

केही बेलायती सञ्चार माध्यमहरुले पनि यस्तै हेडलाइन लेखे । खासमा बेलायती राजकुमार हृयारीलाई पञ्चकन्याले स्वागत गरेका थिए ।

harryinNepal

जसलाई हिन्दु धर्ममा पञ्चकन्याको अर्थ अहिल्या, द्रौपती, सीता तारा र मन्दोदरी हुन्छ । पञ्चकन्यालाई शुद्धता र पवित्रताको प्रतिकका रुपमा हिन्दु धर्ममा मानिन्छ । नेपालमा कञ्चकन्या वा पञ्च कुमारीलाई जिवित देवीको रुपमा समेत लिने गरिन्छ ।

समाचारभित्र पञ्चकन्या भन्ने उल्लेख गरिएको छ । तर, हेडलाइनमा भर्जिन भन्ने शब्द प्रयोग गरिएको छ । अंग्रेजीमा भर्निजको अर्थ कहिल्यै शारीरिक सम्वन्ध नराखेको भन्ने अर्थ लाग्छ ।

यो समाचारको शीर्षकलाई लिएर धेरै नेपालीहरुले असन्तुष्टि जनाएका छन् । गौरभकुमारले उक्त समाचारमा कमेन्ट गर्दै ‘खराब हेडलाइन’को संज्ञा दिएका छन् र हिन्दु सँस्कृतिबारे पढ्न सुझाएका छन् ।

डा. सुधांसु केसीले ट्वीट गर्दै यसलाई लाजमर्दो बताएका छन् । अंग्रेजी उनीहरुको भाषा भएपनि उनीहरुले नै नजानेको टिप्पणी गर्दै उनले फाइभ भर्जिन लेख्नु लाजमर्दो भएको बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालमा इन्धन व्यापार गर्न चीन सहमत, रेल्वेका लागि सहयोग गर्ने

१० चैत, काठमाडौं । नेपाल र चीन इन्धन व्यापार सम्झौताका लागि तयार भएका छन् । साथै नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक-प्राविधिक सहयोग गर्न चीन तयार भएको छ ।

बेइजिङमा नेपाल र चीनले बुधबार १५ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । जसमा इन्धनको व्यापारका लागि सम्झौता गर्न दुबै देश सहमत भएको आठौं बुँदामा उल्लेख छ । यसका लागि सम्वद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन र मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न भनिएको छ ।

नेपालले आफ्ना मागको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने समझदारी यसअघि नै गरिसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा इन्धन सम्झौता नभएपछि त्यसका लागि प्रतिवद्धता आएको छ ।

साथै नेपालमा इन्धन भण्डारण स्थल निर्माणका लागि दुबै पक्ष तयार भएका छन् । र, नेपालमा ग्यास तथा तेलको सम्भाव्यता अध्ययनका लागि तीनले सहयोग गर्ने औपचारिक सम्झौता पनि भइसकेको छ ।

चीनले नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक-प्राविधिक सहयोग गर्ने भएको छ । प्रस्तावित रसुवागढी-काठमाडौं र काठमाडौं-पोखरा-लुम्बिनीको रेल्वे सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)का लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने संयुक्त वक्तव्यको १३ औं बुँदामा उल्लेख छ ।

उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र

उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र बनाउन नेपाल र चीन सहमत भएका छन् । अरुण किमाथांक हाइड्रो, रसुवागढी-केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन र काठमाडौं-खाँदवारी-धनकुटा रोड दुई लेनको बनाउन सम्भाव्यता अध्ययन तथा डीपीआरका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने छ ।

काठमाडौं उपत्यकामा चक्रपथ विस्तारको पहिलो चरणको कामलाई तीव्रता दिन, दोस्रो चरणको सम्भावता अध्ययन गर्न र अरनिको राजमार्ग मर्मत गर्न चीन तयार भएको छ ।

यस्तै नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनले प्रोत्साहन गर्ने दुई देशको १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख छ । क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अरु भन्सार नाकाहरु खोल्दै जाने र हालै भएको पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनका लागि गर्ने छलफल अघि बढाउने दुई देशको सहमति छ ।

चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रको २५ परियोजनाका लागि सहयोग गर्ने र ३ बिलियन आरएमबी अर्थात करिव ५० खर्ब रुपैयाँ २०१६-०१८ मा खर्च गर्ने गरी दिने नेपाल र चीनको संयुक्त वक्तव्यमा उल्लेख छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ल्हारक्याललाई वैदेशिक रोजगार विभागले बयान लियो  

१० चैत, काठमाडौं । गोली काण्डमा रिहा भएलगत्तै ठगी आरोपमा पक्राउ परेका ल्हारक्याल लामालाई बुधबार वैदेशिक रोजगार बिभागमा लगिएको छ । उनलाई विभागका अधिकारीहरूले बयान लिएका छन् ।

२०७० सालमा केशबहादुर लामाले वैदेशिक रोजगारीमा आफूलाई ठगेको भन्दै लामाविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएका थिए ।

गत सोमबार गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादीका तत्कालीन सांसद लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको गेटबाट निस्कनासाथ पक्रेको थियो ।
अकुत सम्पत्ती छानविन गरिरहेको अख्तियारले लामाको बैंक लकरमा गोली फेला पारेपछि प्रहरीको जिम्मा लगाएको थियो । गोली काण्डमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार ७५० धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
समाचार सौजन्यः अनलाईन खबर

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Tuesday, March 22, 2016

भैरहवामा होलीको रौनक (फोटो फिचरसहित)


सलमान खान

१० चैत, भैरहवा । आज होली अर्थात फागु पुणिर्मा तराई मधेसका विभिन्न जिल्लाहरुका साथै रुपन्देहीमा पनि हर्षोल्लासका साथ मनाइदैछ ।

तराईका जिल्लाहरुको विभिन्नको चोकमा साङ्गतिक कार्यक्रम गर्दै तथा एकआपसमा मित्रता, आत्मीयता, सामीर्‍य र सद्घाव दर्शाउन साथीभाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाइदै छ ।

Terai HOLI 2072 (2)होली पर्वको अवसरमा भैरहवामा क्रियाशिल पत्रकारहरु संगठन लुम्बिनी प्रेस क्लबले पनि होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजिक सदभाव र एकताका लागि क्लबले भैरहवामा आयोजना गरेको कार्यक्रममा राजनितिक दल, समाजिक संघ संस्था, प्रहरी, उद्योगी लगायतको उपस्थिति थियो ।

Terai HOLI 2072 (7)होली पर्वको सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले जिल्ला भरी सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला भरी मोबाइल गस्ती लगायत प्रहरी टिमहरु विभाजन गरी जिल्ला भरी खटाइएको र ठाउँठाउँ प्रहरी चेकिङ प्वाइन्ट समेत राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Terai HOLI 2072 (8)रुपन्देहीमा होली पर्व शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि रुपन्देही प्रहरीले मदिरा विक्रि वितरण र सेवनमा पनि रोक लगाएको छ ।

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराई मधेसमा होली पर्व मनाउने गरिन्छ ।

Terai HOLI 2072 (3)दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्य ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी बिहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रहृलादसहित पस्न लगाउदाँ होलिका भष्म भएको तर भक्त प्रहृलाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली अर्थात फागु पुणिर्मा मनाउने गरिन्छ ।

Terai HOLI 2072 (9)

Terai HOLI 2072 (4)

Terai HOLI 2072 (5)

Terai HOLI 2072 (10)

Terai HOLI 2072 (6)

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं