Sunday, April 10, 2016

जलविद्युत् केन्द्र बन्दै दैलेख

चैत्र २८, २०७२- सदरमुकामदेखि १५ किमि उत्तरपूर्वमा पर्ने नौमुलेमा भइरहको जलविद्युत्को कामले चहलपहल निक्कै बढेको छ । त्यहाँका लोहोरे र द्वारीखोलामा बेग्लाबेग्लै आयोजना बन्दै छन् । ४.२ मेगावाट क्षमताको लोहोरेखोला र ३.७५ मेगावाटको द्वारीखोला आयोजनाले रोजगारीको अवसर पनि बढाएको छ ।

द्वारीखोला हाइड्रोपावर कम्पनीले पावरहाउस निर्माणसँगै पाइपलाइन खन्ने, पोल गाड्ने, डयाम बनाउने काम एकसाथ गरिहरेको छ । द्वारीखोलाबाट २६ सय मिटर लामो नहर बनाई पाइपलाइनमार्फत् १ किमि तल झारेर विद्युत् उत्पादन गर्दै छ ।

उत्पादित बिजुलीलाई सदरमुकामस्थित सब स्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । पावर हाउसबाट सब स्टेसनसम्म विद्युत् पुर्‍याउन ३२ पोल जोडिने कम्पनीका सञ्चालक समिति सदस्य मोहनविक्रम कार्कीले बताए । सिभिल निर्माण, हाइड्रोमेकानिकल तथा इलोक्ट्रो मेकानिकलसम्बन्धी काम एकैसाथ भएका छन्,’ उनले भने, ‘कुनै अवरोध नभए ०७४ असारसम्म निर्माण गरिसक्छौं ।’

द्वारीखोलाभन्दा तल लोहोरेखोला आयोजना बन्दै छ । यस आयोजनाले पनि नहर खन्ने, मुआब्जा वितरण गर्ने, डयाम साइट निर्माणका काम धमाधम सञ्चालन गरिरहेको छ ।

यो आयोजनाले बालुवाटार–३ स्थित लोहोरेखोलामा पदमखोलाको पानी मिसाएर १४ मिटर लामो र ४.५ मिटर अग्लो डयाम बनाई ३५ सय मिटर तलको तोली–५ भुर्सुको खरखैरनीमा खसाल्नेछ ।

त्यस्तै, माथिल्लो द्वारीखोला र चिंगाड क्षेत्रबाट बगिरहेको पराजुलखोलामा पनि आयोजना निर्माणका लागि सर्भे गर्न थालिएको छ । विद्युत् प्राधिकरणसँग खरिद सम्झौता (पीपीए) गर्ने तयारी अन्तिम चरणमा पुगेको ती आयोजनाका प्रवद्र्धकले बताएका छन् ।

यी ४ वटै आयोजना स्वदेशी लगानीमा बन्न लागेका हुन् । आयोजनाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक सुधारमा टेवा पुर्‍याउने विश्वास छ ।

उता, दैलेख, सुर्खेत र अछाम जिल्लाका १२ गाविसमा पर्ने गरी विदेशी लगानीमा बन्न लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पीडीए भइसकेको छ । पीडीएपश्चात् प्रवद्र्धक जीएमआर कम्पनीले अन्य साझेदारहरूको खोजी गरिरहेको छ ।

स्थानीय स्तरमा विशेष गरी पश्चिम दैलेखका ६ गाविसमा कम्पनीले सामाजिक पूर्वाधारका क्षेत्रमा काम गर्नुका साथै विभिन्न संरचनाका लागि आवश्यक सर्भेहरू गरिरहेको छ । बढी प्रभावित दैलेख जिल्ला हुने भएकाले दैलेखवासीले नै आयोजनाबाट बढ्ता लाभ पाउनुपर्ने स्थानीयको माग छ ।

नौमुले क्षेत्रमा खोलापिच्छे जलविद्युत् आयोजना बन्ने भएपछि स्थानीयवासी हर्षित छन् । नौमुले दैलेखका उत्तरपूर्वी भेगका ७ गाविसको केन्द्रबिन्दु मात्र नभई जुम्ला र जाजरकोटको व्यापारिक नाका पनि हो ।

दैलेखसँग सीमा जोडिएका ती जिल्लाका स्थानीय बासिन्दा नुन, चामल, तेल, लत्ताकपडा लगायत सामग्री नौमुलेबाटै लैजान्छन् भने आफ्ना घरेलु उत्पादन यहाँ ल्याएर बिक्री गर्छन् । स्थानीय लालबहादुर खड्काले जलविद्युत्का कामले गर्दा व्यापार व्यवसाय बढेको दाबी गरे ।

‘डोजर चलेका छन् । ट्रयाक्टर, ट्रकले सामान लोड अनलोड गरिरहेका छन् । स्थानीयले पनि केही न केही सीपअनुसारको रोजगारी पाएका छन्,’ खड्काले भने, ‘हाइड्रोपावरले गर्दा यहाँ चहलपहल ह्वात्तै बढाएको छ । मोटरबाटो विस्तार गरिदिएका छन् । विकास भनेकै यही छ ।’ नौमुलेजस्तो विकट क्षेत्रमा मोटरबाटो पुग्ला भन्ने आफूले कल्पनासम्म नगरेको बताए ।

पर्यटन तथा होटल व्यवसायी रूपक थापाले ठूला आयोजनाले गर्दा विकासको चौतर्फी मार्ग प्रशस्त हुने धारणा राखे । उनले भने, ‘जिल्लाका अधिकांश खोला, नदीहरूबाट विद्युत् आयोजना बनाउन सकिन्छ । दैलेख ‘हाइड्रो हब’ बन्दै छ । त्यसैले अब लगानीकर्ता भित्रिने वातावरण निर्माण गर्नुपर्छ ।’

१ सय ४५ अर्ब लागतको माथिल्लो कर्णालीदेखि लघु जलविद्युत् आयोजना निर्माण भए जिल्ला मात्र नभई सिंगो मुलुक लोडसेडिङमुक्त हुने व्यवसायीको अपेक्षा छ ।

दैलेख उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र थापाले जिल्लालाई ‘हाइड्रो हब’ बनाउन आफूहरूले बृहत् योजना बनाउने बताए । ‘लगानीकर्तालाई जेजस्तो पनि सहयोग गर्न तत्पर छौं । यहाँ लगानीको सुरक्षित वातावरण बनाउँछौं,’ उनले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नौबिसे-नागढ‌ुंगा सडक खण्डमा दैनिक सवारी जाम, यात्रुलाई सास्ती

चैत्र २८, २०७२- पृथ्वीराजमार्ग हुँदै काठमाडौंको प्रवेशद्वार नागढुंगाको उकालोमा दैनिक जसो हुने सवारीजामले यात्रुहरुले हरेक दिन सास्ती पाउने गरेका छन् । नौबिसेको झ्याप्लेखोलादेखि नागढुंगासम्मकै जाम हरेक दिन सवारी अवागमन ठप्प हुने गरेको छ । 

बिहानैदेखि सवारी आवागमन ठप्प हुादा करिब ५ देखि ७ किलोमिटर क्षेत्रसम्म गाडीको लाइन लाग्ने गरेको छ  । झण्डै २ देखि ३ घन्टासम्म सवारी आवागमन रोकिादा हजारौं यात्रुले बिहानैदेखि सास्ती पाउने गरेका छन् ।

‘हरेक दिन बिहान ७ देखि १० बजेसम्म सवारी साधनको अत्यधिक चाप हुने समयमा सवारी जाम हुने गरेको जिल्ला ट्राफिक कार्यालय इन्चार्ज मुरारी मिश्रले बताए । नागढुंगा मुनि सडक उकालो र धेरै घुम्ती भएको र अधिकांस मालवाहक गाडी बिग्रेर सडक अवरुद्ध गर्ने गरेको प्रहरीले जनाएको छ ।

‘सडक मापदण्ड विपरित व्यापारिक सामाग्री बोकेर आएका ठुला भारतीय ट्रकहरु घुम्ती मोडमा बिग्रेर हरेक दिन समस्या आउने गरेको खानीखोलास्थित प्रहरी निरिक्षक यादव थापाले बताए । दरबन्दी अनुसार ट्राफिक प्रहरी संख्या नभएकोले जनशक्तिको अभाव व्यहोरी रहेको अवस्थामा राजमार्गको ट्राफिक प्रहरी दैनिक नौबिसे खण्डमै व्यस्त हुनु परेपछि अन्य स्थानमा ध्यान दिन नसकिएको गुनासो गरेका छन् ।

 

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तातोपानीमा नुहाउनेको घुइँचो

चैत्र २८, २०७२- प्राकृतिक रूपमा रहेका यहाँका तातोपानी पोखरीमा डुब्दै विभिन्न रोगको उपचार गर्ने बिरामी यतिबेला बढेका छन् ।

म्याग्दी खोला किनारका मुदी र सिंगा, राहुघाट नदी किनारको दग्नाम र कालीगण्डकी किनारका दोवा, घारको रातोपानी, भुरुङ र पाउद्वारको गनपानस्थित तातोपानीका पोखरीमा भीड छ । फागुनदेखि वैशाखसम्म तातोपानीमा डुब्ने उपयुक्त मौसम मानिन्छ ।

‘न जाडो न बढी गर्मी सिजन भएकाले टाढा–टाढाबाट मान्छे आएका छन्,’ घार पोखरेका खण्ड गिरीले भने, ‘मान्छे धेरै भएर बस्तीमा बास नपाउनेहरू भीरपहराको ओडारमा पनि बसेका छन् ।’ सहरमा उपचारबाट लाभ महसुस नगरेकाहरू, पुराना रोग भएका र सहरका अस्पताल पुग्न नसकेकाहरू यहाँ आएको उनले बताए ।

धौलागिरि हिमालको फेदीमा झन्डै ४ हजार मिटर उचाइमा अवस्थित गुर्जा र मुदीको सिमानामा रहेको पोखरी जिल्लाकै अग्लो स्थानको तातोपानी हो । यहा स्थानीयबाहेक धौलागिरि आरोहण वा फन्को मार्ने र भिलेज पदमार्गमा आउने पर्यटकले समेत नुहाएर आनन्द लिने गरेका छन् ।

यी स्थानमा रूख तथा भीरबाट लडेर हाडजोर्नी मर्केका र चोट लागेका बेला, पेटसम्बन्धी र छालाका रोगको उपचार गर्न डुब्ने गरिन्छ । पछिल्ला केही वर्षदेखि अर्थोपेडिक उपचारबाट हरेस खाएकाहरूसमेत यहाँको पानीमा डुब्ने गरेका छन् ।

३६ वर्षअघि भैंसीले हानेर घाइते भएपछि ठूला अस्पताल धेरै चहारियो । झन् दुवै हातखुट्टा चल्न छाडे,’ १५ वर्षदेखि थलापरेको बताउने चितवन माडीका ६२ वर्षीय कृष्णबहादुर घलेले भने, ‘तातोपानीमा डुबेपछि निको हुन्छ भन्ने सुनेपछि आएको हुँ । २५ दिन डुब्दा धेरै आराम भइरहेको महसुस गरेको छु ।’

जिल्लाका सात वटा स्थानमध्ये सिंगा तातोपानी पोखरी बढी व्यवस्थित छ । भुरुङ तातोपानी विदेशी एवं आन्तरिक पर्यटकलाई बढी लक्षित गरिएको छ । पाउद्वारको नुनिलो तातोपानी, दोवा, दग्नाम र मुदीका परम्परागत साना पोखरी व्यवस्थित हुन बाँकी छन् । स्थानीय एवं छिमेकी गाउँका बिरामी बढी डुब्ने यी तातोपानीमा आवास क्षेत्र नभएकाले आगन्तुकहरू भीर तथा ओडारमा बस्न बाध्य छन् ।

‘बस्तीदेखि अलि टाढा अस्करे भीरको जरोमा राहुघाट खोला र पाखापानीको झरना छेउमा तातोपानी छ । भीरको ओडारमा बस्नुको विकल्प नै हुँदैन,’ पाखापानीका हरिबहादुर पाइजाले भने, ‘यहाँको तातोपानीमा वास्तविक बिरामी र बढी आँट भएका बिरामी समूहमा मात्र बस्न सकिन्छ ।’

तातोपानीका मुहानहरू स्थानीयको रोग निको पार्ने प्राकृतिक अस्पताल मात्र भएका छैनन्, स्थानीय विद्यालय सञ्चालन, बस्ती एवं संस्कृति संरक्षण, युवा क्लबको आर्थिक स्रोत पनि भएका छन् ।

सिंगा र भुरुङ तातोपानीको आम्दानीबाट मावि तहमा ३/३ जना शिक्षकलाई तलबभत्ता दिइएको छ । विद्यालयको भौतिक पूर्वाधारमा समेत लगानी गरिएको छ । बेनी नगरपालिकाले समेत वार्षिक १० लाख कर लिने गरेको छ ।

‘यहाँबाट उठेको रकममध्ये ७५ प्रतिशत विद्यालयमा र २५ प्रतिशत तातोपानीको पोखरी तथा मूल संरक्षणमा खर्च गर्ने गरिएको छ । आवश्यक पर्‍यो भने संरक्षण खर्च कटाएर पनि विद्यालयमै खर्च गर्ने गरेका छौं’, सर्वोदय मावि भुरुङ तातोपानीका शिक्षक–अभिभावक संघका अध्यक्ष श्याम रानाले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

निर्वाचनविरुद्ध सिंहदरबारभित्र प्रदर्शन गर्ने १० कर्मचारी पक्राउ

चैत्र २८, २०७२- वैशाख १० गतेका लागि तोकिएको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्र आन्दोलनमा उत्रिएका १० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य प्रशासन मन्त्रालय बाहिरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले निर्वाचन कार्यालयको झ्याल र प्रहरीको गाडीको सिसा तोडफोड गरेको भन्दै पक्राउ गरिएको हो ।

प्रहरीको लाठीचार्जबाट फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडाैंको आकास धमिलो हुँदा….

– सुरज कुँवर, काठमाडौं

माडौंलाई सिधै जोड्ने टर्कीको ध्वजावहाक विमान टर्कीस एयरलाइन्स अघिल्लो फागुन २० गते अवतरणका क्रममा धावनमार्गमै चिप्लिएर (स्कीड–अफ) दुर्घटना भयो । त्यसपछि यो एयरलायन्स यहाँ चर्चित बन्यो तर यस घटनाले नेपाललाई बाँकी विश्वमा नकरात्मक चर्चा दिलायो ।

एउटामात्रै धावनमार्ग भएका कारण नेपालको एउटै विमानस्थल ४ दिन बन्द भयो । त्यसबेला छिनभरमै बिग्रिएको ‘भिजिविलिटी’मा टर्किसका क्याप्टेनले गरेको अवतरण गर्ने निर्णय ‘क्रयास–ल्याण्डिङ्ग’ मा परिणत भयो ।

बुधबार म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग–वेमा उभिएका बेला टर्किस उड्न तयार थियो । मध्यान्हको नेपाली आकास ट्राफिकका कारण बिजी थियो । त्यहीबेला ककपिटको झ्याल एक्कासी खुल्यो । क्याप्टेन सोमर ओक्सवेले आफ्नोतीरको सिसामा एक बोतल पानी भित्रैबाटै छ्यापे । वाइपर चलाए । त्यतिले मात्र चित्त बुझेन छ क्यार । ककपिटबाट आधा शरिरै बाहिर निकालेर न्यापकिन पेपरले मज्जाले सिसा पुछे । केही मिनेटको पर्खाईपछि टावरले उनलाई उड्न अनुमत दियो । २८९ यात्रु बोकेर उनी इस्तानबुल उडे ।

सर्वियामा मुख्यालय रहेको एउटा संस्थाले हालै सार्वजनिक गरेको तथ्यांकले काठमाडौंलाई विश्वका प्रदुषित सहरहरुको सूचीमा तेस्रो स्थानमा देखायो । टर्किसका क्याप्टेनले सिसा पुछेको देखेपछि मलाई लाग्यो– काठमाडौंको सडकमात्रै होइन, नेपाली आकास पनि कहाँ सफा रहेछ र !

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संवैधानिक परिषद् बैठकः ओनसरी अस्पताल भर्ना हुँदा सुशीलाको नाम सिफारिस भएन्

काठमाडौँ, २८ चैत । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको जानकारी दिनुभयो ।

अर्काे बैठक आजै साँझ ५ः३० बजे बस्ने जनाइएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । उहाँपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा रहनुभएको छ ।

नेपालको संविधानानुसार परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Saturday, April 9, 2016

नया बर्ष संगै गायक सिताराम पोखरेलको नया म्युजिक भिडियो साथमा संचारकर्मी सुर्य चन्द

काठमाडौँ : बरिष्ट गायक सिताराम पोखरेलको नया म्युजिक भिडियो चाडै बजारमा आउदै छ l

उनको सम्मान -२ एल्बम बाट “आखा भरि रंगिन सपना सल्बलायो के गरु तिम्रो रुपले यो मन खलबलायो के गरु” भन्ने गित बाट उनको म्युजिक भिडियो चाडै बजारमा आउन लागेको हो l उक्त गीतका गीतकार दिपक कौडन्य छन् भने संगीत किरण कंडेलको रहेको छन् l गायक सिताराम पोखरेल, संचारकर्मी सुर्य चन्द र मोडेल सुप्रिया कटवालको अभिनय रहेको उक्त म्युजिक भिडियो मल्लाकालीन प्रेम कथामा आधारित छ l

12966280_10207928940213837_1372800697_nमल्लकालीन राज खानदानको कहानी लाइ समेटेर बनाइएको म्युजिक भिडिओमा गायक सिताराम पोखरेल भारदारअर्थात् महारानी को बडीगार्ड को रुपमा उक्त भिडियो मा प्रस्तुत भएका छन् र यसै क्रममा भारदार सिताराम पोखरेल र महारानी (सुप्रिया कटवाल) को माया प्रेम बस्छ l संचारकर्मी सुर्य चन्दको मंगेतर बनेकी महारानी अन्त्यमा आफ्नो मंगेतर लाइ छोडेर भारदार संग गएको र माया प्रेममा सानो ठुलो, जात भात केहि हेरिदैन भन्ने कहानी लाइ उत्कृष्ट रुपले म्युजिक भिडियो निर्देशक समन अधिकारि ले प्रस्तुत गरेका छन् l12966739_10207928940413842_1927999089_n

शोभा भगवती, गोदावरी र ललितपुरको नै एउटा कोलोनी मा सुटिङ गरिएको उक्त म्युजिक भिडियो चाडै नै बजारमा आउदै छ l12965993_10207928673527170_1560477707_n

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं