Saturday, May 7, 2016

डिभी लोटरीको नतिजा: विश्वमै डिभी लोटरी जित्नेमा नेपालीलाई मात्र सिमाबन्दी

– किशोर पन्थी

अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा सार्वजनिक भएको छ । मंगलबार राति देखि २०१७ का लागि इडिभी परे नपरेको हेर्न सकिन्छ । गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर सम्म डिभी भरेकाहरुको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ । साथै भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।

डिभी परेर अमेरिका आउनेमा दोश्रो नम्बरमा नेपाली

डिभी परेर अमेरिका आउनेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् । आर्थिक वर्ष सन् २०१५ मा डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका थिए ।  नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएनन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका थिए । सन् २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरी भरेका थिए । उनीहरुका अन्य ३ लाख ४७ हजार १ सय ३६ जनाको विवरण डिभी लोटरी आवेदनमा उल्लेख गरिएको थियो ।

उनीहरुलाई सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरसम्म भिसा उपलब्ध गराइएको थियो । आर्थिक वर्ष २०१५ गत सेप्टेम्बरमा समाप्त भई नयाँ आर्थिक बर्ष चलिरहेको छ । आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे । आर्थिक वर्ष २०१५ मा विश्वभरका ४९ हजार ३ सय ७७ जनाले अमेरिकाको भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी लोटरी जितेकाहरुको भिसा प्रकृया संचालन गरिरहेको छ । सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले आर्थिक वर्ष २०१६ (सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को सेप्टेम्बरसम्म) ३ सय भन्दा धेरै डिभी लोटरी विजेता नेपालीहरुले भिसा नपाउने निश्चितप्राय छ ।

आर्थिक वर्ष २०१६ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया चलिरहदा अमेरिकी सरकारले एसियाका अन्य देशका तुलनामा नेपाललाई अलग्गै भिसा नम्बरमा सिमित गरिरहेको छ । सन् २०१६ को मे लागि एसियाका अन्य देशका ६८५० सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालीहरुका लागि केस नम्बर ५५२५ मा सिमित गरिएको थियो । जुन महिनाका लागि एसियाका अन्य देशका लागि ८ हजार सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालका लागि केस नम्बर ६२०० मा सिमित गरिएको छ । यसरी छुट्टै केस नम्बरको सिमितता तोकिएको विश्वमा नै नेपाललाई मात्र हो । यसरी विश्वमै नेपाललाई मात्र सिमाबन्दी तोकिएको मार्च महिनादेखि हो । यस अगाडि इथोपियालाई पनि सिमाबन्दी तोकिएको थियो ।

कतिलाई परेको थियो डिभी लोटरी

इतिहास हेर्दासन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका छन् । उनीहरुमध्ये पनि कैयन अमेरिका आउन नपाउने निश्चित छ ।

आर्थिक वर्ष २०१७ का लागि गत अक्टोबर १ देखि नोभेम्बर ३ सम्म कैयनले डिभी लोटरी भरेका थिए त्यसको परिणाम सन् २०१६ को मे ३ मा सार्वजनिक भइसकेको छ ।

DV_4

डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु

यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।

अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।

(लेखक अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकका सम्पादक हुन् ।)



from Nepal123.com - डिभी लोटरीको नतिजा: विश्वमै डिभी लोटरी जित्नेमा नेपालीलाई मात्र सिमाबन्दी

म भएपनि नभएपनि देशको विषम परिस्थितीमा स्वाभिमान नगुमाउनुहोलाः राजा विरेन्द्र

पूर्वराजा विरेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको एउटा अडियो सार्वजनिक भएको छ ।

रेडियो नेपालमार्फत गरिएको उक्त सम्बोधन २०४५ सालतिरको हो । जतिबेला बहुदलीय व्यवस्थाका लागि चुनावको घोषणा राजा विरेन्द्रले गरेका थिए ।

उक्त सम्बोधनमा उनले म भएपनि नभएपनि देशमा जस्तोसुकै विषम परिस्थितीमा पनि स्वाभिमान नगुमाउनुहोला भनेर सारा नेपालीलाई आह्वान गरेका थिए ।

सुन्नुस् राजा विरेन्द्रका सुन्दर विचारः

 



from Nepal123.com - म भएपनि नभएपनि देशको विषम परिस्थितीमा स्वाभिमान नगुमाउनुहोलाः राजा विरेन्द्र

ठमेलबाट हतियार किन्न ‘डिल’ गर्दै गर्दा ३ जना पक्राउ

सोह्रखुट्टे प्रहरीले शनिबार राती काठमाडौंको ठमेलबाट नक्कली पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।

काठमाडौंका राजीव श्रेष्ठ, उदेव मनिष खान र आयुष श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए। अर्कै समूहसँग हतियार किन्नका लागि ‘डिल’ गर्न आएका बेला उनीहरुलाई पक्राउ गरिएको उनले बताए। उनीहरुको साथबाट २ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

विदेशी महिला लुटिएको अपुष्ट खबर आएपछि प्रहरी सर्च अभियानमा जुटेको थियो । सो क्रममा पेस्तोल किन्नका लागि बार्गेनिङ भइरहेका बेला उनीहरु पक्राउ परेको प्रहरीले दाबी गरेको छ। उपत्यकामा महिलाहरुको सुनको सिक्री लुटेर भाग्ने समूह उनीहरु नै भएको डिएसपी राठौंरले बताए।

उनीहरुले बुढानिलकण्ठ, सोह्रखुट्टे र सामाखुसीमा एकै दिन एउटै मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ। उपत्यकामा १८ महिनायता सुनको सिक्री २६ जनाको लुटिएको तथ्थांक प्रहरीसँग छ।



from Nepal123.com - ठमेलबाट हतियार किन्न ‘डिल’ गर्दै गर्दा ३ जना पक्राउ

चकित पार्दै राजा

बिर्तामोड / १३८ वटा पेन्सिल मुखमा राखेर विश्व रेकर्ड कायम गर्न सफल झापाको बिर्तामोड निवासी २० राजा थापा अर्काे पनि अनौठो विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् । भारतका दिनेश शिवनाथन उपाध्यायले आफ्नो मुखमा ९२ वटा पेन्सिल राखेर कायम गरेको विश्व रेकर्डलाईपछि पार्दै गत फेव्रवरी २ मा मिरर डटकमले १३८ वटा पेन्सिल मुखमा राखेर उनले विश्व रेकर्ड कायम गरेको खवर सार्वजनिक गरेको थियो ।

पाँचथरको स्याव्रुम्वा – ६ मा जन्मिएका उनी अहिले बिर्तामोड बस्तै आएका छन् । उनले पछिल्लो समय ढाडले मारुती भ्यान तानेर विश्व रेकर्ड राख्ने तयारी गरिरहेका छन् । परीक्षण अवधिमा उनले शनिवार बिर्तामोडस्थित नयाँ वसपार्कमा मे १ च ३८६३ नम्वरको मारुती भ्यानलाई ढाडले तानेर सबैलाई अचम्वित तुल्याए । थापाले मेरुदण्डको माथिल्लो भागमा रहेको ढाडको दुवै हातका पाताको करङले गाडी डो¥याएका थिए ।

उनले त्यसरी गाडी डो¥याउदा उनलाई हेर्नेको घुइचो लागेको थियो । उनले नयाँ वसपार्कमा करिव एकसय मिटर गाडी तानेका थिए । सीधा बाटो भए २० किलोमिटरसम्म गाडी ढाडले तान्न सक्छु भन्दै उनले भने–‘आफूमा अनौठा अनौठा कला भएपनि हेरेर हासेर उडाउने वाहेका कसैको साथ नपाएकाले म सधै ओझेलमा पर्ने गर्छु ।’ गाडीलाई ढाडले तानेर विश्व किर्तामान कायम गर्दै नेपालको नाम विश्वमा चिनाउने मेरो सोच छ साथ पाए भने सफलपनि हुन्छु भन्दै उनले अगाडि थपे–‘म ढाडले मात्रै होइन दाँत, कान, कपाल र खंगाली (घाटी मुनी कुमसंगै जोडिएर रहेका हड्डी ) ले पनि गाडी तानेर विश्व रेकर्ड राख्न सक्छु ।’ उनले यस अघि ३२ वटा मैनवत्तीलाई मुखमा वालेर पनि विश्व रेकर्ड कायम गरिसकेका छन् । उनले यो रेकर्ड कायम गर्दा ३२ वटा मैनवत्तीलाई ३० सेकेन्डसम्म मुखमा राखेर बाल्न सफल भएका थिए ।

chakit pardai raja (3)

त्यस्तै ढाडको सहायताले विस्कुट फुटाएर पनि उनले विश्व किर्तिमान कायम गरिसकेका छन् । इटलीका एक व्यक्तिले एक मिनेटमा २१ वटा विस्कुट खोलेका थिए । तर, उनले सो समयमा ३८ वटा विस्कुट फुटाएर प्रत्येक पाना अलग अलग गर्दै विश्व किर्तिमान राख्न सफल भएका छन् । बिर्तामोडस्थित देवी उच्च माविमा अध्ययनरत रहेका उनी बिर्तामोडस्थित एक होटलमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । होटलको नाम खुलाउन नचाहेका उनले उक्त होटलमा आफूले तीन वर्षदेखि लगातार सेक्युरिटी गार्डको काम गर्दै आएको बताए ।

chakit pardai raja (1)
होटलमा सेक्युरिटी गार्डको काम गर्दै विश्व रेकर्ड कायम गर्न सफल उनले यस अघि सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैल्याउन झापाका विभिन्न स्थानमा हेन्डिल र ब्रेक विनाको साइकल कुदाएका छन् । ट्राफिक नियम पालना गरौं भन्ने सन्देश सहित उनले बिर्तामोड–चन्द्रगढी,बिर्तामोड–दमकसम्म ह्यान्डिल र व्रेक विनै साइकल कुदाएर जनचेतना फैंल्याउदै आएका छन् । हेन्डिल र व्रेक विनाको साइकल लिएर सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैंल्याउदै तराई भम्रण निस्कने आफ्नो लक्ष्य रहेको उनले बताए ।

उनी ह्याण्डल र ब्रेक बिनाको साइकल कुदाएर गिनिज बुक अफ द बल्र्ड रेकर्डमा नाम लेखाउन लागिपरेका छन् । यस्तो साइकल कुदाएर ट्राफिक नियम पालन गर्न युवालाई सन्देश पनि दिने उनले बताए । राम्रो कण्डिसनयुक्त मोटरसाइकल, बस लगायतका सवारी साधन कुदाए पनि ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको बताउँदै उनले भने– म त ह्याण्डल र ब्रेक बिनाको साइकल ट्राफिक नियम पालन गर्दै कुदाउदा दुर्घटना गराउदिन राम्रो कण्डिसन भएका सवारी पनि त्यसका चालकले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन्छ । अनौठो–अनौठो कार्य गरेर विश्व रेकर्ड बनाउने ध्याउन्नमा लागेका उनी आफ्नो प्रतिभा देखाउन जेठ २ गते धरान र जेठ १६ गते शनिश्चरेमा कार्यक्रम गर्ने बताए ।

अवसर पाए नेपालको नाम राख्ने मेरो सोच हो भन्दै उनले भने –‘ कसैले सहयोग गर्न चाहानुभए जस्तो सुकै काम गरेर भएपनि म देशको नाम राख्छु ।



from Nepal123.com - चकित पार्दै राजा

भारतसँगको सम्बन्धमा फायर खोलेको नभई रोकिएको

केपी शर्मा ओली नेतृत्वको सरकार करिव ढल्ने अवस्थावाट निरन्तरता पाउनेस्थितिसम्म आईपुग्दा कम्ति राजनीतिक चलखेल भएनन् । त्यतिमात्र कहाँ हो र ? त्यसयता राष्ट्रपतिको भारतभ्रमण रद्ध भएको देखि भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने परिस्थिति सम्मले नेपालको राजनीति निकै असहज स्थितीमा रहेको पुष्टि गर्दछ । त्यसमाथि पछिल्लो घटनाक्रमहरुमा दुई ठूला छिमेकीहरु भारत र चीनको गुप्त सक्रियतालाई लिएर यतिबेला नयाँ बहस समेत आरम्भ भएको छ ।

नयाँ संविधान निर्माणसंगै प्रमुख दलहरुले गरेका अनेक प्रतिवद्दतामध्ये शीघ्र सरकार परिवर्तनलाई स्वीकार नगर्ने भन्नेपनि थियो । नेपालमा चाँडो सरकार परिवर्तनले अस्थिरता बढाएको र यसको बलमा बैदेशिक हस्तक्षेप बढेको निचोडमा दलहरु ढिलै भएपनि पुगेका थिए । तर ओली सरकारले छ महिना पुरा गर्दै गर्दा देखिएको सरकार परिवर्तनको फोहोरी खेलले पुनः नेपाली जनतालाई झस्काईदिएको छ ।

भलै ओली सरकार नढल्ने अवस्था बनेपनि एकीकृत माओवादी र नेपाली कांग्रेसका प्रमुख नेताहरुको सत्ताप्रतिको उत्कट आकांक्षा सतहमा आएको छ । भारतको अनावश्यक हस्तक्षेप र चासोप्रति अनुदार ठानिएको ओली सरकारप्रति जनतामाझ लोकप्रिय छवी छ । यस्तो अवस्थामा कांग्रेसमार्फत एकीकृत माओवादीलाई अगाडि सारेर ओली सरकारलाई विस्थापन गर्न भारतले उक्साएको आरोप सर्वत्र छ । जसको कारण ओली सरकारले कठोर निर्णय लिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्ध गर्नुकासाथै भारतकालागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको छ ।

यो अवस्थाले नेपाल र भारतबीचको सम्वन्धमा थप तनाव बढाएको अनुमान लगाउन गाह्रो पर्दैन पनि । यद्धपि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले भने राष्ट्रपतिको भारत भ्रमण स्थगित हुनु आन्तरिक कारण भएको बताउदै राजदुत फिर्ता प्रकरण भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्नुहुन्छ ।

उता ओली सरकार टिकाउन चीनको समेत चर्को दौडधुप रहेको भन्ने विषय र चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली राजदुत महेश मास्केलाई भेटेर आफ्ना चासो व्यक्त गरेको विषयले नेपाली राजनीतिमा अर्को नयाँ बहस सुरु गरेको छ । जे होस् हामी आफै आन्तरिक मामिलालाई सम्वोधन गर्ने हैसियत गुमाउन पुग्यौं भने छिमेकीहरुले बढ्ता चासो लिन्छन् । केही समय अघिसम्म भारतमात्रको बढ्ता प्रभाव रहेको भनिएको नेपालको राजनीतिमा अव आएर चीनले पनि गतिलो स्थान खोज्न थालेको छ । छिमेकीहरुसंग सन्तुलित सम्वन्ध विकास गर्न नसक्ने नेपालका प्रमुख दलहरु नै नेपाली राजनीतिमा वाह्रय हस्तक्षेप निम्त्याउने कारक हुन भन्दा फरक पर्दैन् ।



from Nepal123.com - भारतसँगको सम्बन्धमा फायर खोलेको नभई रोकिएको

​भारतीय मिडिया लेख्छ- नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो

काठमाडौँ :  सुध्रिँदै गएको मानिएको दक्षिणी छिमेकीसँगको सम्बन्ध पुनः एक पटक बिग्रन लागेको संकेत देखिने गरी केही भारतीय मिडियाले आज समाचार लेखेका छन्। 

सबभन्दा कडा हेडलाइन र समाचार भारतको दोस्रो सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक द पायनियरले लेखेको छ। ‘नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो’ शीर्षकमा विनिता पान्डेको बाइलाइनमा लेखिएको समाचारमा नेपाल सरकारले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सघाउने भारतीय प्रस्तावलाई अस्वीकार गरेको उल्लेख गरेको छ।

समाचारमा राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणलाई अस्वीकार गरेको, अकस्मात् भ्रमण अस्वीकार गरेको विषयमा रिजर्भेसन राख्ने नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको पनि उल्लेख छ।

‘नेपाल-भारत सीमा नजिक रहेको र रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेकोले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने मल्टी बिलिनियर डलरको प्रोजेक्टमा भारतले रुचि देखाएको थियो,’ समाचारमा लेखिएको छ, ‘गएको जुनमा पुननिर्माणका लागि नेपालले गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विदेश मन्त्री सुष्मा स्वराजले निजगढ विमानस्थल र काठमाडौँबाट निजगढ जोडिने फास्ट ट्रयाक बनाउनमा भारतीय रुचि पहिलो पटक सार्वजनिक गरेकी थिइन्।’

‘ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफ्नै स्रोत परिचालन गर्ने निर्णय गरेको छ,’ समाचारमा लेखिएको छ।

द पायनियरले समाचारमा आफ्नो विचार लेख्दै भनेको छ, ‘आफ्नो टाउकोमाथि खतराको तरबार झुण्डिरहेका ओलीले आफ्नो निराशा राजदूतमाथि पोखेका छन् जो वास्तवमा नेपाल-भारत सम्बन्ध पुनः ट्रयाकमा ल्याउन अथक प्रयास गरिरहेका थिए। त्यस्तो सम्बन्ध जो ओली सत्तामा आएदेखि नै समस्याको सामना गरिरहेको छ। उपाध्याय (राजदूत) नेपालको आन्तरिक राजनीतिको शिकार भएको देखिन्छ। उनी नेपाली कांग्रेसको वरिष्ठ सदस्य भएकोले ओलीले विपक्षीलाई प्रहार गर्न खोजेका छन्।

त्यसैगरी हिन्दुस्तान टाइम्सले नाम नखुलाइएका भारतीय अधिकारीहरुलाई उद्धृ त गर्दै ओलीका पछिल्ला मूभहरु उग्र राष्ट्रवादलाई फेरि भड्काएर तराई क्षेत्रमा रहेका संवैधानिक चासोका विषयलाई बेवास्ता गर्नेतर्फ लक्षित भएको लेखेको छ। नेपालको आन्तरिक मामिलामा आफूलाई तानिएकोमा भारतीय नेतृत्व खुसी नरहेको र काठमाडौँको ‘अनावश्यक र अकारणको संकेत’बाट दिक्क रहेको समाचारमा उल्लेख छ।



from Nepal123.com - ​भारतीय मिडिया लेख्छ- नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो

फोटोमा हेर्नुस् यसरी मनाइयो फिमेल राइड डे, जिमखानामा वर्षा बनिन् पहिलो

काठमाडौँ : प्रत्येक वर्ष मे महिनाको पहिलो शनिबार मनाइने ‘इन्टरनेसनल फिमेल राइड डे’ नेपालमा पनि मनाइयो। यो अवसरमा स्कुटर र्‍याली र जिमखाना गरियो।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउन्डबाट प्रारम्भ भएको महिला स्कुटर राइडरहरुको टोली गोदावरी पुगेको थियो। गोदावरीमा गरिएको  जिमखानामा वर्षा बस्नेतले पहिलो, नीता डिसीले दोस्रो र आज्ञा खनालले तेस्रो स्थान हासिल गरिन्।

मोटरसाइकल रेसिङको पहिलो चरणलाई जिमखाना भनिन्छ। यसमा मोटरसाइकल वा स्कुटरलाई बांगोटिंगो सर्किटमा निश्चित समयमा निश्चित नियमका साथ घुमाउनु पर्छ।

संसारको जुनसुकै स्थानमा भए पनि महिलाहरु पनि मोटरसाइकल वा कुनै पनि सवारी साधन चढ्न र त्यसैमा रमाउन चाहन्छन् र सो चाहना पुरा गर्नुपर्छ भन्ने यो दिवसको सन्देस हुन्छ। ‘जहाँ, जसरी र जे चढे पनि शनिबार तपाईँकै राइड डे हो’ भन्ने यसको भनाइ छ।

नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को तत्वाबधानमा मनाइएको उक्त राइड डेको व्यवस्थापन राइडर्स युनिफाइडले गरेको थियो।

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image



from Nepal123.com - फोटोमा हेर्नुस् यसरी मनाइयो फिमेल राइड डे, जिमखानामा वर्षा बनिन् पहिलो