बिर्तामोड / १३८ वटा पेन्सिल मुखमा राखेर विश्व रेकर्ड कायम गर्न सफल झापाको बिर्तामोड निवासी २० राजा थापा अर्काे पनि अनौठो विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् । भारतका दिनेश शिवनाथन उपाध्यायले आफ्नो मुखमा ९२ वटा पेन्सिल राखेर कायम गरेको विश्व रेकर्डलाईपछि पार्दै गत फेव्रवरी २ मा मिरर डटकमले १३८ वटा पेन्सिल मुखमा राखेर उनले विश्व रेकर्ड कायम गरेको खवर सार्वजनिक गरेको थियो ।
पाँचथरको स्याव्रुम्वा – ६ मा जन्मिएका उनी अहिले बिर्तामोड बस्तै आएका छन् । उनले पछिल्लो समय ढाडले मारुती भ्यान तानेर विश्व रेकर्ड राख्ने तयारी गरिरहेका छन् । परीक्षण अवधिमा उनले शनिवार बिर्तामोडस्थित नयाँ वसपार्कमा मे १ च ३८६३ नम्वरको मारुती भ्यानलाई ढाडले तानेर सबैलाई अचम्वित तुल्याए । थापाले मेरुदण्डको माथिल्लो भागमा रहेको ढाडको दुवै हातका पाताको करङले गाडी डो¥याएका थिए ।
उनले त्यसरी गाडी डो¥याउदा उनलाई हेर्नेको घुइचो लागेको थियो । उनले नयाँ वसपार्कमा करिव एकसय मिटर गाडी तानेका थिए । सीधा बाटो भए २० किलोमिटरसम्म गाडी ढाडले तान्न सक्छु भन्दै उनले भने–‘आफूमा अनौठा अनौठा कला भएपनि हेरेर हासेर उडाउने वाहेका कसैको साथ नपाएकाले म सधै ओझेलमा पर्ने गर्छु ।’ गाडीलाई ढाडले तानेर विश्व किर्तामान कायम गर्दै नेपालको नाम विश्वमा चिनाउने मेरो सोच छ साथ पाए भने सफलपनि हुन्छु भन्दै उनले अगाडि थपे–‘म ढाडले मात्रै होइन दाँत, कान, कपाल र खंगाली (घाटी मुनी कुमसंगै जोडिएर रहेका हड्डी ) ले पनि गाडी तानेर विश्व रेकर्ड राख्न सक्छु ।’ उनले यस अघि ३२ वटा मैनवत्तीलाई मुखमा वालेर पनि विश्व रेकर्ड कायम गरिसकेका छन् । उनले यो रेकर्ड कायम गर्दा ३२ वटा मैनवत्तीलाई ३० सेकेन्डसम्म मुखमा राखेर बाल्न सफल भएका थिए ।
त्यस्तै ढाडको सहायताले विस्कुट फुटाएर पनि उनले विश्व किर्तिमान कायम गरिसकेका छन् । इटलीका एक व्यक्तिले एक मिनेटमा २१ वटा विस्कुट खोलेका थिए । तर, उनले सो समयमा ३८ वटा विस्कुट फुटाएर प्रत्येक पाना अलग अलग गर्दै विश्व किर्तिमान राख्न सफल भएका छन् । बिर्तामोडस्थित देवी उच्च माविमा अध्ययनरत रहेका उनी बिर्तामोडस्थित एक होटलमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । होटलको नाम खुलाउन नचाहेका उनले उक्त होटलमा आफूले तीन वर्षदेखि लगातार सेक्युरिटी गार्डको काम गर्दै आएको बताए ।
होटलमा सेक्युरिटी गार्डको काम गर्दै विश्व रेकर्ड कायम गर्न सफल उनले यस अघि सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैल्याउन झापाका विभिन्न स्थानमा हेन्डिल र ब्रेक विनाको साइकल कुदाएका छन् । ट्राफिक नियम पालना गरौं भन्ने सन्देश सहित उनले बिर्तामोड–चन्द्रगढी,बिर्तामोड–दमकसम्म ह्यान्डिल र व्रेक विनै साइकल कुदाएर जनचेतना फैंल्याउदै आएका छन् । हेन्डिल र व्रेक विनाको साइकल लिएर सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैंल्याउदै तराई भम्रण निस्कने आफ्नो लक्ष्य रहेको उनले बताए ।
उनी ह्याण्डल र ब्रेक बिनाको साइकल कुदाएर गिनिज बुक अफ द बल्र्ड रेकर्डमा नाम लेखाउन लागिपरेका छन् । यस्तो साइकल कुदाएर ट्राफिक नियम पालन गर्न युवालाई सन्देश पनि दिने उनले बताए । राम्रो कण्डिसनयुक्त मोटरसाइकल, बस लगायतका सवारी साधन कुदाए पनि ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको बताउँदै उनले भने– म त ह्याण्डल र ब्रेक बिनाको साइकल ट्राफिक नियम पालन गर्दै कुदाउदा दुर्घटना गराउदिन राम्रो कण्डिसन भएका सवारी पनि त्यसका चालकले ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुन्छ । अनौठो–अनौठो कार्य गरेर विश्व रेकर्ड बनाउने ध्याउन्नमा लागेका उनी आफ्नो प्रतिभा देखाउन जेठ २ गते धरान र जेठ १६ गते शनिश्चरेमा कार्यक्रम गर्ने बताए ।
अवसर पाए नेपालको नाम राख्ने मेरो सोच हो भन्दै उनले भने –‘ कसैले सहयोग गर्न चाहानुभए जस्तो सुकै काम गरेर भएपनि म देशको नाम राख्छु ।
from Nepal123.com - चकित पार्दै राजा
No comments:
Post a Comment