Saturday, May 7, 2016

राप्तीको चक्का जाम यथावत , तुलसीपुर पनि बन्द

राप्तीमा व्यवासायीको चक्का जाम आइतबार पनि यथावत छ। कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै शनिबारदेखि राप्तीको सार्वजनिक यातायात ठप्प पारिदै आइएको छ।

बस सञ्चालनका विषयमा समिति बीच झडपको स्थिति बनेपछि लाठी चार्ज गर्नु परेको प्रहरीले दाबी गरेको छ। सामान्य विवादका क्रममा प्रहरीले लक्षित गरेर राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष एवं नेपाल राष्ट्रिय यातायात व्यवासयी महासंघका केन्द्रीय उपमहासचिव सुरेश हमाल लगायतका पदाधिकारीलाई आक्रमण गरेको भन्दै त्यसको विरोधमा चक्काजाम गरेका हुन्।

बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। जसले गर्दा राप्तीको सामान्य जनजीवन निकै कष्टकर बनेको छ।

‘प्रहरी ज्याजती विरुद्ध आफूहरूले चक्काजाम गरेको र त्यो रहर नभई वाध्यता हो,’ राप्ती समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शुक्रबारदेखि मालिका कालिका यातायात प्रालिले राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरदेखि रूकुमसम्म बस सञ्चालन गर्न खोजेपछि राप्ति समिति र उक्त प्रा.लि.का बिचमा विवाद उत्पन्न भएको थियो। त्यसयता दाङको सार्वजनिक यातायातमा तनाव उत्पन्न हुँदै आएको छ।

तुलसीपुर बजार पनि बन्द

व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार सुरेश हमालमाथि भएको आक्रमणको विरोधमा आईतबार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर बजार बन्द गराएको छ।

आक्रमणमा सम्लग्न दोषी प्रहरी माथि कारबाहीको माग गर्दै तुलसीपुर बजार बन्द गरिएको हो। संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्र वलीले विज्ञप्ति जारी गर्दै प्रहरी ज्याजतिको विरोधमा आइतवार एक दिनका लागि बजार बन्द गर्न आह्वान गरेका छन्।



from Nepal123.com - राप्तीको चक्का जाम यथावत , तुलसीपुर पनि बन्द

No comments:

Post a Comment