काठमाडौं, वैशाख २५ – सरकारले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई राजनीतिक पुर्वाग्रह राखेर फिर्ता नबोलाएको स्पष्ट पारेको छ ।
राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको विषयमा संसदलाई जानकारी गराउँदै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने र सरकारको सोचाई अनुसार काम गर्ने वातावरण बनाउन फिर्ता बोलाइएको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित हुनु र राजदूत फिर्ता बोलाउनु एउटै समयमा भए पनि यी दुईविचमा कुनै सम्बन्ध नरहेको भन्दै थापाले यसलाई अस्वभाविक र अतिरञ्जितपुर्ण रुपमा व्याख्या नगर्न पनि आग्रह गर्नुभयो ।
‘उपाध्यायले राष्ट्रपतिको भ्रमण स्थगित भएको र आफूलाई हटाईएको जानकारी एकै समयमा पाउनुभयो’ थापाले भन्नुभयो ‘राष्ट्रपतिको भ्रमण स्थगित हुनसँग उहाँलाई हटाउनुको कुनै सम्बन्ध छैन ।’सरकारले राष्ट्रपतिको भ्रमण धरातलीय कारणले स्थगित भएको भन्दै यसले नेपाल र भारतबिचको सम्बन्ध नविग्रिने बताएको छ ।
प्रधानमन्त्री केपी ओली भारत भ्रमणपछि दुई देशबिचको सम्बन्ध अझै बलियो भएको भन्दै उहाँले यसै वर्षभित्र भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
from Nepal123.com - भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउन राजदूत फिर्ता बोलाएको सरकारको दावी
No comments:
Post a Comment