विकाश श्रेष्ठ, सोल । २६ बैशाख । दक्षिण कोरियामा पच्चिस सय साठीऔ बुद्ध जयन्तीको अवसरमा बृहत् अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको आयोजना भएको छ ।
दुइ दिन सम्म चल्ने शान्ति दिप महोत्सवको पहिलो दिन शनिवार राजधानी सोलमा साँझ पख कोरियामा सयौ बौद्ध गुम्बाका हजारौ सहगागीहरु हातमा दिप, बाजागाजा, भेषभुषा, नाचगान र बुद्धको प्रतिमा सहितको झाँकीले शहर परिक्रमा गरी जोगेशा गुम्बा पुगेर समापन भएको थियो ।
दोङदेमूनको दुसन अगाडिको पार्कबाट शुरु भएको बृहत् शान्ति ¥यालीमा नेपाल, म्यान्मार, श्रीलंका, भियतनाम, चीन, थाइल्याण्ड लगायत एशियाली मुलुकले आफ्नो राष्ट्रिय पोशाक, बुद्धको प्रतिमा, बाजागाजा, झाँकी सहित उपस्थित भएका थिए । झण्डै पाँच लाख सहभागी उक्त बृहत् र्यालीलाई स्वागत गर्न सडकको किनारामा उक्तिकै संख्या स्थानिय तथा विदेशीहरुको सहभागी थिए ।
निक्कै उल्लासपुर्ण ¥यालीमा शान्तिका अग्रदूत गौतम बुद्धको शान्ति भजन पनि बजाइएको थियो । बुद्धको स्तुतिमा लाखौ मानिसले त्यसको अनुसरण गर्दै बुद्ध भगवान प्रति श्रदा तथा भक्तिभाव प्रकट गरेका थिए । राति अवेर सम्म बुद्धका अनुयायि तथा स्वदेशी र विदेशीहरुको जोगेशा गुम्बा र सडकमा बाक्लो उपस्थिति रहेको थियो भने यहाँका दर्जनौ राष्ट्रिय टेलिभिजन, रेडियो, र विदेशी मिडियाले पनि शान्ति र्यालीको प्रत्यक्ष प्रसारण गरेका थिए ।
नेपालमा बुद्ध जयन्ती आउन झण्डै एक साता बाँकि रहदाँ कोरियाका विभिन्न शहरमा प्रत्येक वर्ष यस्तो यस्तो महोत्सवको आयोजना हुदै आएको छ । महोत्सवका आयोजकले आफ्नो समय अनुकुल बुद्ध जयन्तीको दिन भन्दा केहि दिन अघि महोत्वस मनाउदै आएको छ ।
कोरियामा यो महोत्वस इशापुर्व सन्ताउन्न देखि नै मनाउन थालिएको बताइन्छ । यस फेस्टीवलको मुख्य आयोजक यङदङहो संरक्षण कमिटि रहेको छ । गत अप्रिल बीस तारिखका दिन ग्वाङहामून प्लाजाको ह्वाम्सा गुम्बामा आयोजक कमिटिले एउटा विशाल सिंह स्वरुपको लालटीन बालेर महोत्सव आयोजना बारेमा जानकारी दिइएको थियो । यस वर्षको महोत्वसको नारा युवा रहेको छ । यो वर्षको महोत्सवले बढ्दो बेरोजगारीसँगै आफ्नो सपना र आशा गुमाउदै गएका युवाहरुलाई प्रोत्साहन दिने आयोजक कमिटिले जनाएको छ । युवालाई लक्षित गरी विभिन्न कार्यक्रम पनि राखिएको छ ।
यो महोत्सवका नेपालको तर्फबाट नार्गाजुन गुम्बा, नेवाः पुच कोरिया,नेपाली दुतावास, एनआरएन कोरिया, एनसिसि र विभिन्न संघ संस्थाहरुले सहभागिता जनाउदै आएका छन् । यद्यपी असी भन्दा बढि नेपाली संघसंस्था रहेको कोरियामा यस प्रकारको बृहत् शान्ति र्यालीमा संघसंस्थाको न्यून सहभागिता रहेको थियो ।
विभिन्न कार्यक्रम गरी आर्थिक संकलन गर्न अगाडि सर्ने नेपाली संघसंस्थाले यस प्रकारको शान्ति र्यालीमा सहभागिता न्यून हुन आफैमा लज्जास्पद कुरा हो । छिमेकी भारतले बुद्ध भारतमा जन्मेको भनेर विभिन्न खाले हर्कत कायम राखेको बेला त्यसलाई चिर्न नेपाललाई यस्तो महोत्सवमा सहज हुने र नेपाल बुद्ध जन्मेको हो भनेर प्रचार गर्न सजिलो हुन्छ । तर नेपालीको न्यून उपस्थितिले यसमा केही असर देखिएको छ ।
from Nepal123.com - बुद्ध नेपालमा जन्मिएको थिममा कोरियामा भव्य महोत्सव (फोटो फिचर)
No comments:
Post a Comment