Saturday, May 7, 2016

‘एनसेलः नेपाल लुट्नकै लागि’ जस्ता नारा राखेर जनताले दबाब दिएपछि एनसेल कर तिर्न बाध्य

काठमाण्डु, २६ वैशाख– एनसेले सेयर खरिद–बिक्रीपछि तिर्नुपर्ने पुँजीगत लाभकरअन्तर्गत अग्रिम कर आइतबार सरकारी खाातामा जम्मा गर्ने भएको छ । 

एनसेलको माउ कम्पनी स्वीडेनको टेलियासोनेरा नेपालबाट बाहिरिएपछि क्रेताको रुपमा भित्रिएको मेलिसियन कम्पनी एक्जियटाले नै सरकारलाई कर तिर्ने भएको हो । आइतबार कुल कारोबारको १५ प्रतिशतले हुन आउने करिब २१ अर्ब ७२ करोड रुपैया सरकारको राजस्व खातामा एनसेलले जम्मा गर्नेछ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले आइतबारसम्ममा एनसेलले कुल बिक्री रकमको १५ प्रतिशत अग्रिम आयकर बुझाउनुपर्ने बताए । कारोबार दैनिकबाट



from Nepal123.com - ‘एनसेलः नेपाल लुट्नकै लागि’ जस्ता नारा राखेर जनताले दबाब दिएपछि एनसेल कर तिर्न बाध्य

No comments:

Post a Comment